काठमाडौं:   प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले आज तीन जनाको नाम सिफारिस गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्तको संयोजकत्...

काठमाडौं:    नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले डिसेम्बर १ अर्थात् १५ मङ्सिरदेखि लागुु हुने गरी पेट्रोल प्रतिलिटरमा दुई रुपियाँ र डिजेल÷मट्टीतेल लिटरमा चार रुपियाँ मूल्य घटाएको हो ।  नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १७० रुपियाँ र डिजेलरमट्टीतेल प्रतिलिटर  १६० रुपियाँ कायम भएको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।   

काठमाडौं:  इन्टरपोलद्वारा आयोजित ‘इन्टरपोल हन्ड्रेड ग्लोबल भिडियो कन्सेस्ट फर योङ पुलिस लिडर्स’ प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ ।    मंसिर १२ देखि अष्ट्रियाको भियनामा आयोजना भइरहेको इन्टरपोलको ९१ औं महासभाको पहिलो दिन उक्त प्रतियोगितामा सहभागी इन्टरपोलका १९५ सदस्य राष्ट्रहरूमध्ये नेपाल सर्वोत्कृष्ट घोषित भएको हो ।    नेपाललाई प्रतिनिधित्व गर्दै नेपाल प्रहरीका प्रहरी निरीक्षक नारायण थापा र प्रहरी निरीक्षक उमेश गुरुङ श्रेष्ठद्वारा निर्माण गरिएको ‘लेट्स अस सेभ द प्लानेट–इन्टरपोल हन्ड्रेड’’ छोटो भिडियो सर्वोत्कृष्ट घोषणा भएको हो ।    भिडियोमा जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, आर्टिफिसियल इन्टेलीजेन्सका कारण भविष्यमा हुनसक्ने समस्याहरू समाधान गर्न र दिगो विकासको लक्ष्य प्राप्त गर्न यूएनको मुख्य साझेदारको रूपमा रहेको इन्टरपोलको अहम भूमिका हुने विषय समेटिएको  छ ।   इन्टरपोल अध्यक्ष मेजर जनरल डाक्टर अमेद नासेर एएल रैसीले  नेपाल प्रहरीलाई सम्मान स्वरूप प्रमाणपत्र प्रदान गरेका थिए ।

काठमाडौं:    नेपाल प्रहरीले सामानको अग्रिम अनलाइन भुक्तानी गर्न लगाई डेलिभरी नगराई ठगी गर्ने गिरोह सक्रिय भएको भन्दै सचेत हुन आम नागरिकमा अनुरोध गरेको छ ।  प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले विभिन्न क्षेत्रबाट यस्ता घटना भएको भन्दै उजुरी पर्न थालेकाले यकिन गरेर मात्रै सामानको भुक्तानी दिन आग्रह गरे।  उनले भने, “पछिल्लो समय सामाजिक सञ्जालको माध्यमबाट सस्तोमा सामानको विज्ञापन राखी अग्रिम भुक्तानी गर्न लगाई पैसा लिने र डेलिभरी नगरी ग्राहकका अकाउन्टलाई ब्लक गरी ठगी गर्ने क्रियाकलापसम्बन्धी गुनासो बढिरहेको छ । त्यसैले सामाजिक सञ्जालमार्फत कारोबार गर्दा सम्बन्धित पेज÷अकाउन्ट आधिकारिक हो वा होइन यकिन गरेरमात्र कारोबार गर्नुपर्छ ।” प्रहरीले यस्ता ठगीका सम्बन्धमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवन वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सप्रमाण निवेदन दिन पनि अनुरोध गरेको छ ।  पछिल्लो समयमा अनलाइन कारोबार फस्टाएर ग्राहकलाई सजिलो बनाए पनि त्यसबाट विकृति भने बढ्दो छ । आकर्षक सामान देखाएर प्रलोभनमा पारी ग्राहकको मन तान्ने र सामान अर्डर गरेर घर आइपुग्दा कमसल मल प्राप्त हुने गरेको गुनासो यसअघि पटकपटक सार्वजनिक भइसकेको छ ।

काठमाडौं:    देशभर कात्तिक महिनामा घरजग्गा कारोबार घटेको छ । भूमि व्यवस्थापन तथा अभिलेखालय विभागको तथ्यांक अनुसार असोजको तुलनामा कात्तिक महिनामा घरजग्गा कारोबार घटेको छ ।  असोजको तुलनामा कात्तिकमा देशभर घरजग्गा कारोबार ३४ प्रतिशतले कमी आएको छ । असोज महिनामा देशभर ३९ हजार ८८१ को संख्यामा घरजग्गा कारोबार भए पनि कात्तिक महिनामा घटेर २६ हजार ४६ संख्यामा घरजग्गा कारोबार भएको छ ।  गत वर्षको कात्तिकको तुलनामा यस वर्षको कात्तिकमा भने समग्रमा ६ प्रतिशतले मात्र घरजग्गा कारोबारमा कमी आएको हो । गत वर्षको कात्तिक महिनामा २७ हजार ९३९ संख्यामा घरजग्गा कारोबार भएको थियो । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अधिकारी बलराम काफ्लेका अनुसार कात्तिक महिनामा चाडपर्वको समय भएका कारण घरजग्गा कारोबार बढ्न नसकेको हो ।  उनले भने, ‘कात्तिक महिना चाडपर्वको महिना भएका कारण घरजग्गा कारोबार बढ्न नसकेको हो । अब मङ्सिर महिनामा बढ्छ ।’ उनका अनुसार गत आर्थिक वर्षको तथ्यांकमा पनि मंसिरदेखि चैत्रसम्मको समयमा घरजग्गाको कारोबार बढ्दै गएको थियो । घरजग्गाको कारोबार घटेसँगै राजस्व संकलनमा समेत कमी आएको आएको छ । कात्तिकमा घरजग्गा कारोबारको सेवा कर, रजिस्ट्रेसन दस्तुर र पुँजीगत समेत २ अर्ब १६ करोड ३१ लाख ६१ हजार राजस्व संकलन भएको छ । जसमध्ये सेवा कर २० करोड १५ लाख ३५ हजार रजिस्ट्रेसन दस्तुर १ अर्ब ३७ करोड ८ लाख ४४ हजार, पुँजीगत लाभकर ७७ करोड ९ लाख १६ हजार लाभकर संकलन भएको विभागको तथ्यांक छ । कात्तिकमा मात्रै सरकारले २० करोड २२ लाख ९० हजार राजस्व छुट दिएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा १२ अर्ब २० करोड ६१ लाख ६४ हजार राजस्व संकलन भएको छ । असोजमा ४ अर्ब ८ करोड ६६ लाख २९ हजार राजस्व संकलन भएकोमा भदौमा ३ अर्ब ४ करोड ५९ लाख ४७ हजार र साउनमा २ अर्ब ९१ करोड ४ लाख २७ हजार राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको यही अवधिमा सकारले घरजग्गाको कारोबारबाट ११ अर्ब ८७ करोड ७१ लाख २२ हजार राजस्व संकलन गरेको थियो । कात्तिकमा मात्रै ३ अर्ब ७६ लाख २६ हजार राजस्व संकलन भएको थियो ।  असोजमा २ अर्ब ५६ करोड ९३ लाख ४८ हजार राजस्व संकलन हुँदा भदौमा ३ अर्ब ५६ करोड २९ लाख ७ हजार र साउनमा २ अर्ब ७३ करोड ७२ लाख ४१ हजार राजस्व संकलन भएको थियो ।  

काठमाडौं:    नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरेररनगरेका विषयमा २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ ।  नेपाल दूरसञ्चार प्राधिकरणले एक सार्वजनिक सूचना प्रकाशित गरी २४ घण्टाभित्र टिकटक बन्द गर्ने निर्णय कार्यान्वयन भएरनभएकाबारे जानकारी दिन निर्देशन दिँदै यसअवधिमा जानकारी नदिने सेवा प्रदायकलाई दूरसञ्चार ऐन, २०५३ अनुसार अनुमति पत्र खारेजीलगायतको कारबाही गर्ने चेतावनी दिएको छ ।  यसअघि टिकटक बन्द गर्ने सरकारको निर्णय कार्यान्वयन गरी जानकारी गराउन सबै इन्टरनेट तथा मोबाइल सेवा प्रदायकलाई निर्देशन दिए पनि अहिलेसम्म जानकारी नआएकाले २४ घण्टाभित्र जानकारी दिन निर्देशन दिइएको प्राधिकरणका उप–निर्देशक तथा सूचना अधिकारी सूर्यप्रसाद लामिछाने राससलाई जानकारी दिनुभयो । गत कात्तिक २८ गते र मङ्सिर २ गते सार्वजनिक टिकटक बन्द गराउन सूचना निकालिसकेकाले अबको २४ घण्टाभित्र जवाफ पेस गर्न प्राधिकरणले उक्त सूचनामार्फत निर्देशन दिएको उहाँले बताउनुभयो । गत कात्तिक २७ गतेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सद्भाव बिग्रिन थालेको भन्दै टिकटकको प्रयोगलाई बन्द गर्ने निर्णय गरेको थियो ।  उक्त निर्णय लगत्तै प्राधिकरणले टिकटक बन्द गर्न सेवा प्रदायकलाई निर्देशन दिएको थियो । हालसम्म कुनै पनि सेवा प्रदायक कम्पनीले निर्देशन कार्यान्वयन नगरेको भन्दै प्राधिकरणले कारबाही गर्ने चेतावनीसमेत दिएको छ । रासस

काठमाडौं:    मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको परामर्शअनुसार निर्वाचनको मिति तोकेको सरकारको प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । आगामी फागुन २० गते राष्ट्रिय सभाका एक तिहाइ सदस्य (२० जना)को पदावधि सकिँदैछ । त्यसको ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ । नेपाल इन्जिनियरिङ सेवातर्फ रिक्त सचिव पदमा श्वेता दवाडीलाई नियुक्ति गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

काठमाडौं:   रुस–युक्रेन युद्धमा परी तीन जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीनै जनाको गत कात्तिक २९ गते भाइटीकाको दिन मृत्यु भएको हो । ढिलो गरी प्राप्त सूचना अनुसार गत कात्तिक २९ गते मारिनेमा स्याङ्जा पुतलीबजार–५ ठूलास्वाराका प्रितम कार्की, दोलखाको मेलुङ–६ सुनापती टोलका राज कुमार रोका र इलाम–५ इलामका गंगाराज मोक्तान छन् । उनीहरु तीनै जना रुसी सेनामा कार्यरत थिए । मस्कोस्थित नेपाली दूतावासले मंसिर ८ गते काठमाडौंको त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागलाई पत्र लेखेर उनीहरुको शव व्यवस्थापनका लागि परिवारसँग समन्वय गर्नुपर्ने भएकाले सम्पर्क स्थापनाका लागि सहजीकरण गरिदिन अनुरोध गरेपछि मात्र रुसी सेनामा कार्यरत नेपालीहरुको मृत्यु भएको खुलेको हो । उक्त पत्रमा रुसी सेनाका अधिकारीले टेलिग्राममार्फत् तीन जना नेपालीहरुको मेडिकल डेथ सर्टिफिकेट मस्कोस्थित नेपाली दूतावासलाई प्राप्त भएको व्यहोरा उल्लेख छ । तर उनीहरु कुन स्थानमा र कसरी मारिए भन्ने उल्लेख छैन ।

पोखरा:    पोखराबाट प्रशारण हुने एभरेस्ट एफएम ९३ मेगाहर्जले शनिबार पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा १८८ युनिट रगत संकलन भएको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमले आफ्नो वार्षिकोत्सवको अवसर पारेर शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा १५७ जना पुरुष र ३१ जना महिलाले रक्तदान गरेका हुन् । ‘नियमित रक्तदान गरौं, जीवन बचाउने अभियानमा सहभागी बनौं’ भन्ने मूल नाराका साथ आयोजित एफएमको रक्तदान कार्यक्रममा ३१ जनाले पहिलो पटक रक्तदान गरेका छन् । रक्तदानमा सशस्त्र प्रहरीको मुक्तिनाथ बाहिनी, नेपाल प्रहरी, कालिगड संघ कास्की,फिस्टेल लज, जिफन्ट, इन्न्डियन पेन्सन क्याम् भू पू गोर्खा, नागरिक समाजलगायतको संस्थागत सहभागिता रहेको थियो । यसअघि रत्तदान कार्यक्रमको एभरेस्ट मिडिया हाउस प्रालिकी अध्यक्ष कर्मकुमारी गुरुङले रक्तदाता ट्याक्सी चालक शंकर गुरुङ र नागरिक समाज पोखराका पूर्व अध्यक्ष तथा सामाजिक अभियन्ता रामबहादुर पौडेललाई व्लड ब्याग हस्तान्तरण गरेर उद्घाटन गरेकी थिईन् । रक्तदान कार्यक्रम रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रम विहान ७ः३० बजेदेखि मध्याह्न १२ बजेसम्म भएको थियो । रक्तदान कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष कर्मकुमारी गुरुङले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मिडिया हाउसले रक्तदान कार्यक्रम गरेको बताईन् । उनले रेडियोको जीवन बचाउने अभियानमा सहभागि हुन आग्रह गरिन् । एभरेस्ट एफएम तथा एभरेस्ट आवाज डटकमका सम्पादक दीपेन्द्र श्रेष्ठले जीवन बचाउने अभियान अन्तर्गत रक्तदान कार्यक्रम गरिएको बताए । संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिकोत्सवको अवसर पारेर वार्षिक क्यालेन्डर नै बनाएर मिडिया हाउसले रक्तदान गर्दै आएको उनले बताए । रक्त सञ्चार केन्द्र पोखराका प्राविधिक प्रमुख अर्जुनप्रसाद ज्ञवालीले हरेक स्वस्थ व्यक्तिले तीन/तीन महिनामा रक्तदान गर्न सक्ने बताए । नेपाल रेडक्रस सोसाईटी कास्कीका महामन्त्री सुरेन्द्र गुरुङले रक्तदान गर्नु आफैमा महादान भएकाले यसमा सरिक हुन सबैमा आग्रह गरे ।  

पोखरा:   कर्मचारी मिलन केन्द्र कास्कीको तेस्रो अधिवेशन एवम् पाँचौं साधारणसभाले केन्द्रको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।      पोखरा महानगरपालिका वडा नं ११ कार्कीडाँडामा आयोजित अधिवेशनले जिल्ला शिक्षा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।      जिल्लास्थित सरकारी, सार्वजनिक संस्थान लगायत क्षेत्र समेटेर निर्मित समितिको उपाध्यक्षमा नवराज गौतम, सचिवमा सन्तोष ढुुङ्गाना, सह सचिवमा सागर भण्डारी, कोषाध्यक्षमा मञ्जु अधिकारी र सह कोषाध्यक्षमा डा.प्रकाश अधिकारी रहनुुभएको छ ।      समितिका सदस्यहरूमा मुकुन्दराज पौडेल, बद्री आचार्य, प्रदिपकुमार श्रेष्ठ, निर्मला फुलारा, वासुदेव पौडेल र सन्तोष थापा रहनुुभएको छ । स्थानीय तह एवम् सुरक्षा निकायबाट एक एक जना पछि कार्यसमितिले चयन गर्ने जनाइएको छ ।      अधिवेशनका लागि जिल्ला समन्वय अधिकारी नवराज बरालको संयोजकत्वमा सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल र मिलन केन्द्रका अध्यक्ष केदार बराल सदस्य रहनुुभएको निर्वाचन समिति गठन गरिएको थियो । समितिले आवश्यक छलफल सहित कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।      यस अघि अधिवेशनको उद्घाटन समारोहमा कर्मचारी मिलन केन्द्रका संरक्षक एवम् कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले केन्द्रलाई जिल्लास्थित कार्यालयका कर्मचारीको सुख, दुःखको साथी बनाउन सक्नुपर्ने बताउनुुभयो । केन्द्रलाई सिर्जनात्मक बनाउनका लागि सबैको सकृयता आवश्यक हुने उहाँले बताउनुुभयो ।      गण्डकी प्रदेशका निमित्त प्रमुख सचिव विनोदबहादुर कुँवरले सार्वजनिक सेवा प्रवाहका क्षेत्रमा कृयाशिल कर्मचारीलाई आफ्नो नियमित सेवा प्रवाहका अतिरिक्त सामाजिक काममा सिर्जनात्मक काममा लाग्न प्रेरणा दिने संस्था कर्मचारी मिलन केन्द्र भएको बताउनुुभयो ।      केन्द्रका अध्यक्ष केदार बरालको अध्यक्षता एवम् उपाध्यक्ष महेश पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत जिल्ला समन्वय अधिकारी नवराज बरालले गर्नुभयो भने कोषाध्यक्ष सन्तोष ढुुङ्गानाले सचिव तथा कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त अवसरमा सेवा निवृत्त बन्नुुभएका केन्द्रका कार्यसमिति सचिव कृष्णप्रसाद पौडेल र सदस्य अनिल शाहीलाई सम्मानपत्र एवम् मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष लोकनाथ आचार्य, सेवा निवृत्त सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाही लगायतले बोल्नुुभएको थियो ।