काठमाडौं:   चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुनेको संख्या १८ पुगेको छ ।  जिल्लाको टिमुरेमा बाढीमा १८ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी हेम बहादुर शाहीले जानकारी...

पोखरा:    पोखरामा ८९ औं भूपी जयन्ती विविध कार्यक्रमका साथ मनाइएको छ ।  जरोटुप्पो संरक्षण साहित्य समाज नेपालको आयोजना तथा पोखरा प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा भूपी विमर्श र काव्य उत्सवसहित जन्मजयन्ती मनाइएको हो । ‘भूपीका कवितामा विश्वदृष्टि’ अवधारणापत्र प्रस्तुत गर्दै अध्येता गौरी तमूले साहित्यका विविध विधामा विश्वदृष्टिको परिचर्चा भए तापनि कवितामा न्यून रहेका बेला भूपीका कविताको विश्वदृष्टिको चर्चा वर्तमानको आवश्यकता रहेको बताइन् । अवधारणामाथि टिप्पणी गर्दै सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठानका अध्यक्ष उप–प्राध्यापक विष्णुप्रसाद शर्माले भूपी शेरचनका कविताको आयाम बृहत् हुँदाहुँदै सबै आयामबाट परिचर्चा हुन नसकेको बेला अध्ययनको दायरा बढाइनु सान्दर्भिक रहेको धारणा राखे । लोकगायिका हरिदेवी कोइरालाले अक्षरका पुजारीले गरेको योगदानको कदर नै स्वस्फुर्त हुने स्मरण भएको बताउँदै भूपी शेरचनले कल्पेको समाज निर्माण आज पनि हुन नसक्नु दुखको कुरा रहेको बताइन् ।  भूपी शेरचनका आफ्नै सालाबाबु डा सोमतसिंह तुलाचनले भूपीले आफ्नो उर्जाशील जीवन साहित्य सिर्जनामा लगाएकाले उनको व्यक्तित्व आज जीवन्त रहन पुगेको बताए । पोखरा प्रज्ञा–प्रतिष्ठानका कुलपति पद्मराज ढकालले अग्रज स्रष्टा साधकले समयको कालक्रममा पु¥याएको योगदानको परिचर्चामा प्रतिष्ठान क्रियाशील रहँदै आएको जानकारी दिए ।  उनले राज्यबाट निर्मित सीमित बजेट र मापदण्डका कारण चाहेर पनि प्रज्ञा–प्रतिष्ठानले आवश्यकतानुकूल कार्यक्रम गर्न नपाएकोमा चिन्तासमेत व्यक्त गरे । कार्यक्रम संयोजक कृष्णप्रसाद पौडेलले जरोटुप्पो संरक्षण साहित्य समाज नेपाल स्थापनकालदेखि  भानुजयन्ती, मोतीजयन्ती, लक्ष्मीजयन्ती, समजयन्ती, पृथ्वीजयन्ती, विनोद गौचनजयन्ती, भूपीजयन्ती, पारिजातजयन्तीलाई नेपाली वाङ्मयका जरा मानेर नियमित कार्यक्रमलाई अगाडि बढाउने क्रममा यसपटक भूपी विमर्शसहितको काव्यउत्सव आयोजना गरिएको बताए । जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानका संरक्षक प्राध्यापक कुञ्जराज थापाले भूपी शेरचनको आफ्नो परिवारसँगका स्मृति र ३० को दशकबाटै शेरचनले आफूलाई कर्मनिष्ठ स्रष्टाका रूपमा चिनाएको स्मरण गरे ।  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालका सदस्य दुर्गा शाह बाबाले साहित्य लेखन यात्रा र भूपीका विविध आयामबारे धारणा राख्दै भूपी अथक र पृथक पहिचानका साधक रहेको बताए । थकाली सेवा समितिका अध्यक्ष ई. रुजिन्द्र तुलाचनले भूपीको योगदानको स्मरणमा प्रत्येक दुई वर्षमा संस्थाले साहित्यिक प्रतिभाको प्रोत्साहनका लागि पुरस्कार अर्पण गर्दै आएको बताए । वडा नं. ३ की सचिव चन्द्रावती वाग्लेले नेपाली कविता विधाका कालजयी स्रष्टाकारूपमा भूपीलाई चिनाइन् । नुमराज बराल, छविलाल आचार्य, आवाज शर्मा, रमा पराशर, देवेन्द्र केसी, नरेन्द्र रानाभाट, पदम नेपाल, सुवास गुरुङलगायतले कवितावाचन गरेको कार्यक्रममा प्राडा यमबहादुर पौडेल र असफल गौतमले पनि बोलेका थिए ।   

 पोखरा:   सुखावती स्टोर फाउन्डेशन नेपालले आफ्नो चौथो शाखा पोखरा महानगरपालिका वडा नं १७ पावरहाउसमा सञ्चालनमा ल्याएको छ ।      प्रयोग भैसके पनि पुनः प्रयोग गर्न मिल्ने सामाग्री सङ्कलन÷प्रशोधन गरी न्युन मूल्यमा विक्री गरेर भएको आम्दानी परोपकारी काममा लगाउँदै आएको सस्थाले सन् २०१४ देखि सडकबाटै आफ्नो सेवा सञ्चालन गरेको थियो ।      सन् २०१६ मा कानुनी रुपबाटै नाफा वितरण नगर्ने संस्थाका रुपमा सेवा सुरु गरेको सुुखावती स्टोरका काठमाडौंमा तीनवटा शाखा सञ्चालनमा आइसकेकोमा यही अक्टोबर ११ बाट पोखरा महानगरपालिका वडा नं १७ पावरहाउसस्थित डमरु मार्केटमा चौंथो नयाँ शाखा सञ्चालनमा ल्याइएको व्यवस्थापक चित्र दहालले जानकारी दिनुुभयो ।      पोखरामा शाखा सञ्चालनमा ल्याएर मानव कल्याण, रोजगारी सिर्जना र खेर गैरहेको सामाग्रीको यथासम्भव पुुनः प्रयोग गर्ने संस्कृतिलाई बढावा दिदै वातावरणीय संरक्षणमा योगदान दिने अभियानमा पोखरेलीवासीको साथ र सहयोग मिल्ने विश्वास लिइएको उहाँले बताउनुुभयो ।          संस्थाकै आयोजनामा आज पोखरा महानगरपालिका वडा नं १७ पावरहाउस क्षेत्रमा चार टन भन्दा बढी फोहोर संकलन गरिएको छ ।       संस्थाले समाजिक उत्तरदायित्व अन्तर्गत फोहोर व्यवस्थापनका लागि सचेतना अभिबृद्धि गर्ने उद्देश्य राख्दै आज गरिएको सरसफाईमा ६० किलोग्राम तौलका ६८ वटा बोरामा चार हजार ८० किलोग्राम फोहोर संकलन भएको फाउन्डेशनका अध्यक्ष चिजमान गुुरुङले जानकारी दिनुुभयो ।      महेन्द्रपुल लगायत पोखराका विभिन्न स्थाबाट आएको फोहोर पावरहाउसमा आउने गरेको स्थानीयवासीबाट जानकारी पाइएको फाउन्डेशनका सचिव कमला गुुरुङले बताउनुुभयो । फोहोरको ठाउँ ठाउँमा नै उचित व्यवस्थापन भएरमा थुप्रीएर ठूलो मात्रामा नआउने भएकोले यसतर्फ राज्यको ध्यान पुुग्नुु जरुरी रहेको उहाँको भनाइ छ ।  

 पोखरा:    कस्केली अधिकृत समाजले समाजका सदस्यलाई लक्षित गरी आज पोखरामा स्वास्थ्य सचेतना सम्पन्न गरेको छ । समाजको वार्षिक कार्ययोजना अनुुुरुप दुखाई व्यवस्थापन(पेन म्यानेजमेन्ट), क्लोरेष्टोर एवम् अन्य स्वास्थ्य सचेतना लगायत विविध विषयमा चिकित्सकहरूले प्रशिक्षण दिनुुभएको थियो । कार्यक्रममा पेन फिजिसियन डा.हरि पौडेलले दुखाई स्वास्थ्य समस्या रहेको बताउँदै बेलैमा यसबारे सचेत र उपचारविधि अपनाउन सकेमा शारिरिक एवम् मानसिक रुपमा पार्ने थप असरहरूबाट बच्न सकिने बताउनुुभयो । अर्का चिकित्सक डा. सन्तोष बानियाले आहारविहारमा सचेतना अपनाउन सकेमा क्लोरेष्टोर लगायतका स्वास्थ्य समस्याबाट जोगिन सकिने बताउनुुभयो । प्याकेट च्यात्ने र ढकनी खोल्ने किसिमका खाद्य सामाग्री कम उपयोग गर्न उहाँले सुुझाव दिनुुभयो ।      कार्यक्रममा समाजका सल्लाहकार देबेन्द्र केसीले चिकित्सकद्वयबाट स्वास्थ्य रक्षा सम्बन्धमा धेरै जीवनोपयोगी विषयबारे जानकारी पाइएको बताउनुुभयो ।        कस्केली अधिकृत समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीको अध्यक्षता एवम् सचिव महेश पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत सह सचिव विष्णुुप्रसाद पोखरेलले गर्नुुभएको थियो । कार्यक्रममा कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल, कृषि विकास बैंकका प्रदेश निर्देशक घनेन्द्र अधिकारी, सल्लाहकारहरू भगवान पन्त, प्रेमप्रकाश गौतम, डा. दीर्घनाथ ढुुङ्गाना, विश्वनाथ पराजुली र ऋषिराम लामिछाने, पूर्व कर्मचारी परिषद्का अध्यक्ष नरहरि बराल, कर्मचारी मिलन केन्द्रका उपाध्यक्ष नवराज गौतम, आजीवन सदस्यहरू तथा अन्य स्वास्थ्य क्षेत्र लगायतका व्यक्ति सहभागी हुुनुहन्थ्यो । कार्यक्रममा कस्केली अधिकृत समाजका आजीवन सदस्य लोकनाथ आचार्य, कार्यसमिति सदस्यद्वय सन्तोष ढुुङ्गाना र वासुदेव पौडेल कर्मचारी मिलन केन्द्रको क्रमशः अध्यक्ष, सचिव र सदस्य पदमा निर्वाचित बन्नुुभएकोमा बधाई तथा सफल कार्यकालको शुुभकामना व्यक्त गरिएको थियो ।  

पाल्पा:   सिद्धार्थ राजमार्ग दैनिक ६ घण्टा बन्द हुने भएको छ । आगामी पुस १६ गतेदेखि दैनिक ६ घण्टा सडक बन्द हुने भएको हो । सिद्धबावा क्षेत्रमा सुरुङ् मार्ग निर्माण गर्न राजमार्ग बन्द गर्न लागिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिनुभयो । सडक राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द हुनेछ । बन्दका बेला अत्यावश्यक सवारीसाधनलाई भने संचालनमा रोक नलगाइने प्रजिअ काफ्लेले बताउनुभयो । सिद्धबाबा सुरुङ् मार्ग निर्माण आयोजना कार्यालयबाट पत्राचार भइ आएकाले योजनाको कामलाई अगाडि बढाउन स्थानीय प्रशासनले सडक बन्द गर्न लागेको हो । सडक सय दिनसम्म दैनिक ६ घण्टा बन्द हुने बताइएको छ । सुरुङ् मार्ग निर्माण गर्दा माथिबाट पहिरो र ढुङ्गाहरू खस्ने भएकाले सडक बन्द गरेर आयोजनाको काम अगाडि बढाउनुपरेको सुरुङ् मार्ग आयोजना कार्यालय बुटवलका प्रमुख रामपुकार जैसवालले बताउनुभयो । सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा एक हजार १२६ मिटर सुरुङ मार्ग बनाउने गरी चाइना कम्पनीसँग सम्झौता भएको छ । सुरुङ् मार्गको हालसम्म ८ प्रतिशत मात्र काम भएको छ ।

सुनिल उलक ​ ​पोखरा, पुस १०:    भूपि शेरचनको जन्म बि.सं. १९९२ पौष १० गते मुस्ताङ जिल्लाको टुकुचेमा भएको थियो । जन्मको नाम भुपेन्द्रमान शेरचन भए पनि शुरूमा भुपेन्द्रमान शेरचन्द ‘सर्वहारा’ नामबाट कविता लेखेका थिए । ‘घुम्ने मेच माथि अन्धो मान्छे’को प्रकाशन गर्दा भूपि शेरचन लेख्न थालेका हुन् र यहि नामले सर्वाधिक चर्चित पनि भए । राणाकालमा बि.सं. १९०७ तिर जंगबहादुरले सरकारी कर्मचारीलाई थाकखोलामा थकालीहरूलाई भरियाको रूपमा भर्ना गर्न पठाए तर कोबाङका बलबिर तथा धन्साराम थकालीले त्यस बिरूद्ध उजुरी गरे । त्यसपछि थकालीलाई सैनिकको रूपमा मात्र राख्ने त्यसबेलाको राणा सरकारले सम्झौता गरे ।  बलबीर थकालीले भोटसंगको युद्धमा दोभाषेको रूपमा काम पाए । यो जंगबहादुरको समय थियो । युद्धमा उनको योगदानलाई कदर गर्दै बौद्ध धार्मिक ग्रन्थ काङ्ग्यूर र टेङ्ग्यूरको पाण्डुलिपि उपहार दिए । १९१७ मा भोटको नुन तथा अन्य बस्तुको बिक्रीको कर उठाउने ठेकेदारी पाएका चम्पासिंह खड्का क्षेत्रीको सहयोगीकारूपमा बलबीरले काम पाए ।  उनलाई बिभिन्न आरोपमा समातेर जेलमा राख्दा भागेर काठमाडौ गई जंगबहादुरलाई बिन्तिपत्र चढाए पछि उनका दुश्मनहरू सबै समातिए साथै ब्यापारको सीमा पनि कास्कीसम्म भयो । यहि समयमा २ सय १६ थकाली परिवारहरू थाकखोलाबाट बाहिर कास्की तथा लमजुङमा बसाइ सरे । बि.सं. १९२५ मा दानामा भोटको ब्यापारको भन्सार रकम उठाउने ठेकेदारी यिनै बलबरि थकालीले पाएपछि परिवारको जीवनस्तर निकै उकासिन थाल्यो ।   यिनै बलबीर थकाली नै भूपी शेरचनका बुढा जिजुबाजे हुन् । उनका जिजुबाजे कविराम कोवाङबाट टुकुचेमा बसाइ सरेका थिए । थाकखोला, कोवाङ तथा टुकुचेमा सर्वाधिक धनी तथा राणाबाट सुब्बाको पद पाएका परिवार भएकोले भूपीको शान पनि कुनै राणाको भन्दा कम थिएन ।    उनकै जेठो दाजु अनंगमान शेरचनले पनि निकै समय भैरहवा भन्सारको ठेकेदारी पाएका थिए । यसरी पारिवारिक रूपले सम्पन्न भूपीले भने बाल्यकाल रमाइलो गरी बिताउन पाएनन् । भूपि भन्दा माथि चार छोराको जन्म भइसकेकोले उनका बाबु हितमान शेरचन छोरीको चाहनामा थिए । तर छोराको जन्म त्यो पनि मूल (औसी) मा परेको भनि बाबुको उपेक्षा रह्यो ।  एउटै माया गर्ने आमाको पनि पाँच वर्षको हँुदा नै मृत्युले अझ मायाको अभावमा हुर्के । १०–१२ वर्षको उमेरबाटै बनारस पढ्न गएका उनको त्यहिबाट नै चुरोट तथा रक्सीको लत लाग्यो । यहि नै माक्र्सवादी चिन्तनको प्रभावमा परे जसको असर उनका कविताहरूमा स्पष्ट देख्न सकिन्छ ।  २०१२ मा सानै उमेरमा पारिवारिक दबाबमा बिबाह बन्धनमा बाँधिएका उनी पछि स्वेच्छाले राणा परिवारसंग बिबाह बन्धनमा गाँसिए ।  चालीस हजारमा बाबु हितमान शेरचनले किन्नु भएको राणा वडाहाकिम धनशम्शेरको पोखराको सेतो दरबार नै उनको निवास भए पनि कान्छी बिबाह गरे पछि अधिकांश समय काठमाडौ नै बसे । उनले आफुलाई यसरी वर्णित गर्थे ‘औंसीमा जन्मी मूलमा पर्नु, किशोरावस्थामा कम्युनिस्ट भएर भूलमा पर्नु र अहिले कर्मनिस्ट हुनु ।’ यसरी बिभिन्न आरोह–अवरोहपछि २०४६ जेठ १ गते सदाको लागि संसारबाट बिदा लिए ।  

पोखरा:   पोखरामा कारले पैदल यात्रुलाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका– पस्र्याङ स्थित कारले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  बागलुङ बसपार्कबाट जिरो किमी तर्फ जाँदै गरेको बा १३ च ३७२१ नम्बरको कारले पस्र्याङमा ठक्कर दिँदा बागलुङका ढालेन्द्र छन्त्याल र अर्का पैदल यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ ।  कारको ठक्करबाट बागलुङको ढोरपाटन नगरपालिका–६ घर भई पोखरा–३ नदीपुर बस्ने २० वर्षीय ढालेन्द्र छन्त्याल र अर्का परिचय नखुलेको ३५ वर्षीय जस्तो देखिने पुरुष गम्भिर घाइते भएका थिए ।  कारको ठक्करबाट गम्भिर घाइते भएका दुवैजनालाई उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याएपनि उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।   पैदल यात्रुलाई ठक्कर दिने कार प्रहरीले नियन्त्रणमा लिएको छ भने कार चालक फरार रहेको कास्की प्रहरीले जनाएको छ । पैदल यात्रुलाई ठक्कर दिएर फरार भएका कार चालकको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।   

सिन्धुली:    सिन्धुलीको सुनकोसी गाउँपालिकामा भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएपछि स्थानीयले बसमा आजगजी गरेकाले अवरुद्ध बनेको बिपी राजमार्ग अपराह्न १ बजेदेखि सञ्चालनमा आएको छ । मोटरसाइकललाई ठक्कर दिने अरनिको यातायात सेवा समितिको बसमा स्थानीयले आगजनी गरेपछि बिपी राजमार्ग अवरुद्ध भएको थियो ।  आज बिहान रामेछापको मन्थलीबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४५९३ नं को अरनिको यातायात सेवा प्रालिको बसले काठमाडौँबाट खुर्कोट जाँदै गरेको बा ६० प ३५४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार खोटाङको दिक्तेल नगरपालिका– १० रुपाकोटकी १८ वर्षीया मुनाकला राईको घटनस्थलमै मृत्यु भएको थियो ।  त्यसैगरी सो मोटरसाइकल चालक खोटाङ जिल्ला तुवाचुङ नगरपालिका–२ का कुमार राईको पनि उपचारका लागि स्थानीय खाल्टे अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । 

काठमाडौं:    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार मंगलबार दिउँसो तीन बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री प्रचण्डले सरकार सम्हालेको एक वर्ष पुगेको अवसरमा सम्बोधन गर्न लागेका हुन् ।

काठमाडौं:     दक्षिण कोरियामा सन् २०२४ का लागि उत्पादनतर्फको कोरियन भाषा परीक्षा (इपिएस)मा अहिलेसम्मकै धेरैले आवेदन दिएका छन् । वैदेशिक रोजगार विभागका इपिएस शाखाका अनुसार पुस २ देखि ६ सम्म आवेदन माग गरेकामा अहिलेसम्मकै धेरै एक लाख ४३ हजार ८१२ जना युवाले आवेदन दिएका हुन् ।  सो शाखाका प्रमुख गुरुदत्त सुवेदीले अनलाइन प्रणालीबाट आवेदन दिने माग गरेयताको उच्च आवेदन परेको जानकारी दिनुभयो । तीन वर्षयता अनलाइनमार्फत इपिएसको आवेदन दिन सकिने व्यवस्था रहेको छ । सो शाखाका अनुसार गत साउनमा परीक्षामा अनुत्तीर्ण भएकाले समेत परीक्षा दिन पाउने भएका छन् । त्यसले गर्दा पनि आवेदन दिनेको सङ्ख्या बढेको हो ।  गत साउनमा पानीजहाज निर्माणसम्बन्धी कामका लागि इपिएसले कोरिया भाषाको परीक्षा लिएको थियो । यसमा आवेदन दिएर अनुत्तीर्ण भएकालाई यस पटकको परीक्षामा सामेल नगर्ने गरी आवेदन खुलाइएको थियो । त्यसबेला अनुत्तीर्ण भएका १८ जना उच्च अदालतमा यो निर्णयविरुद्ध गएका थिए । अदालतले सो समय अनुत्तीर्ण भएकाले पनि यस पटकको भाषा परीक्षामा सहभागिता जनाउन पाउने निर्णय गरेको थियो ।  रोजगारीका लागि कोरिया जान सबैभन्दा पहिले भाषा परीक्षा उत्तीर्ण गर्नु पर्छ । दक्षिण कोरिया सरकारले सन् २०२४ मा नेपालबाट १५ हजार ८४८ नेपाली रोजगारीका लागि लैजाने छ । जसमा उत्पादनमूलक क्षेत्रमा मात्रै सो सङ्ख्यामा आवेदन खुलाएको हो । यो क्षेत्रका लागि हाल खोलिएको आवेदनको परीक्षा मिति भने तोकिएको छैन । सन् २०२४ का लागि दक्षिण कोरिया सरकारले नेपाललाई १६ हजारको कोटा उपलब्ध गराएको छ । आवेदन दिएका परीक्षार्थीको परीक्षा ढिलोमा फागुनसम्म हुने इपिएस कोरिया शाखाले जनाएको छ ।  कोरिया सरकारले सन् २००८ देखि सरकारी तवरमा श्रमिक लैजान थालेको हो । अहिलेसम्म एक लाख १० हजार युवाले कोरियामा रोजगारीको अवसर पाएको इपिएस कोरिया शाखाले जनाएको छ । अहिले करिब ५० हजार नेपाली युवा कोरियामा कार्यरत छन् ।अदालतको आदेशपछि यसअघिको परीक्षामा अनुत्तीर्णले आवेदन दिन पाए । दक्षिण कोरियाको पानीजहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षामा अनुत्तीर्ण भएकाले पनि उत्पादनमूलक क्षेत्रमा आवेदन दिन पाउने भएका छन् । उच्च अदालत पाटनले पानीजहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा दिएर अनुत्तीर्ण भएकालाई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा पनि सहभागी गराउन अन्तरिम आदेश दिएको हो ।  यसअघि रोजगार अनुमति प्रणाली (इपिएस) ले पानीजहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा दिएर अनुत्तीर्ण भएकाले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने भनेको थियो । यो निर्णयविरुद्ध १८ जनाले उच्च अदालत पाटनमा रिट दिएका थिए । सो रिटको सुनुवाइ गर्दै उच्च अदालत पाटनले उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा पनि सहभागी गराउन आदेश दिएको हो । उच्च अदालतले पानीजहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा दिएर अनुत्तीर्णलाई फाराम भर्न रोक नलगाउन र आवेदन फाराम भर्न दिन आदेश दिएको छ ।