काठमाडौं:   चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुनेको संख्या १८ पुगेको छ ।  जिल्लाको टिमुरेमा बाढीमा १८ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी हेम बहादुर शाहीले जानकारी...

पोखरा:   पोखराका विभिन्न ९ वटा रोटरी क्लबहरुको आयोजनामा लेकसाइडमा ‘रोटरी कार्निभल–२०२३’ सम्पन्न भएको छ । शनिबार फेवाताल किनार खहरेमा आयोजित रोटरी कार्निभल उद्घाटन गर्दै रोटरी इन्टरनेशनल ३२९२ का गभर्नर राजेन्द्रप्रसाद ध्वजुले हरेक जोनमा रोटरी कार्निभल गर्नुपर्नेमा जोड दिए । उनले रोट्र¥याक्टलाई पनि समेट्दै फेलोसिपसँगै सामाजिक सेवामा कार्निभल उपयोगी हुने बताए । डिष्ट्रिक्ट गभर्नर नोमिनी विनोद कोइरालाले यस किसिमको कार्यक्रम रोटरीमा महत्वपूर्ण रहेको भन्दै निरन्तरताको कामना गरे । उनले रोटरीको सार्वजनिक छवि बढाउन, पर्यटन प्रवद्र्धन तथा संस्कृतिको संरक्षणमा कार्निभल सहयोगी हुने बताए । कार्यक्रममा डिष्ट्रिक्ट सेक्रेटरीद्वय दुर्गा सुवेदी, दिनेशराज मानन्धर, असिस्टेन्ट गभर्नरहरु जयराम पौडेल, ईश्वरप्रसाद कर्माचार्य, पुरन कुँवर, रोटरी बानेश्वरका अध्यक्ष विष्णु कार्की, रोटरी भरतपुरका पूर्व अध्यक्ष आईपी ढकाल, रोटरी कार्निभलका परिकल्पनाकार सुभाष सिग्देल लगायतले मनोरञ्जन र फेलोसिपसँगै सामाजिक सेवामा रोटरी कार्निभल महत्वपूर्ण रहेको बताए । कार्यक्रमको संयोजन रोटरी न्यूरोड पोखराका अध्यक्ष रामविक्रम अधिकारीले गरेका थिए । गत वर्ष रोटरी क्लब अफ पोखरा न्यूरोड एक्लैले कार्निभल गरेकोमा यसपालि बृहत् बनाउन रोटरी इन्टरनेशनल ३२९२ अन्तर्गत पोखराका ९ वटै क्लबहरुले संयुक्त आयोजना गरेको रोटरी लेकसाइड अध्यक्ष शोभाकान्त सिग्देलले बताए । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम पनि गरिनुका साथै कौडा, तामाङ्सेलो, सालैजा, झोरा लगायत नृत्य पनि देखाइएको रोटरी प्याराडाइजका पब्लिक इमेज चेयरपर्सन तथा सहसचिव जसु गुरुङले बताइन् । नृत्य स्टार्स स्टूडियोको संयोजनमा भएको थियो ।    रोटरी कार्निभलका परिकल्पनाकार सुभाष सिग्देल पोखरामा पर्यटन प्रवद्र्धनसहित लोकसंस्कृतिको जगेर्नाका लागि आफूहरुले अझ बृहत् रुप दिन यसपालि पोखराका ९ वटै क्लब लागेको बताए । कार्निभलबाट बचत रकम जाजरकोट भूकम्पपीडितको सहयोगार्थ केही ठूलो प्रोजेक्ट गर्ने योजना रहेको उनले बताए । गत वर्ष पनि बचत करिब ७० हजार पोखरामा सार्वजनिक शौचालय, कलेज व्यवस्थित गर्न र पुनर्निर्माणमा खर्चिएको रोटरी क्लब अफ पोखरा न्यूरोडका पूर्व अध्यक्ष समेत रहेका सिग्देलले बताए । आयोजनास्थल आसपासका करिब १० रेष्टुरेन्टले सहभागीलाई विभिन्न प्रकारका खानाका परिकार पस्किएका थिए । जसमा उनीहरु रातिसम्मै रमाए । कार्यक्रममा धन्यवाद ज्ञापन रोटरी लेकसाइड अध्यक्ष शोभाकान्त सिग्देलले गरेका थिए । रोटरी इन्टरनेशनल ३२९२ अन्तर्गत १ सय ५४ क्लब छन् । तीमध्ये एउटा भुटान र बाँकी नेपालमा छन् । पोखरामा रोटरी क्लब अफ पोखरासहित रोटरी इन्टरनेशनल ३२९२ अन्तर्गत न्यूरोड, लेकसाइड, मिडटाउन, फिस्टेल, अन्नपूर्ण, लेखनाथ, प्याराडाइज र गण्डकी क्लब सञ्चालित छन् । 

नवलपुर:    नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा बाघको आक्रमणबाट सासुबुहारीको मृत्यु भएको छ ।  आइतबार दिउँसो घाँस काट्नसँगै निस्केका सासुबुहारीको आज (सोमबार) क्षतविक्षत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपसारी पूर्वका प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए ।  आइतबार साँझसम्म पनि घर नफर्केपछि परिवारले स्थानीयको सहयोगमा नजिकको जङ्गलमा खोजतलाश दुबै जनाको शव क्षतविक्षत भएको अवस्थामा फेला पारेको हो । प्रहरी उपरीक्षक रेग्मीका अनुसार बाघको आक्रमणबाट विनयी त्रिवेणी गाउँपालिका–१ को खहरे जङ्गलमा स्थानीय ५९ वर्षीय मनादेवी पौडेल र २९ वर्षीय विष्णु पौडेलको मृत्यु भएको हो । मृतक दुवै जनाको कम्परा र पछाडी पट्टी ढाडमा चोट रहेकाले बाघले आक्रमण गरेको र शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल मध्यबिन्दु पठाइएको प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले बताए ।

काठमाडौं:    नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउन लागेका हुन् ।  दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उहाँले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । क्रिसमसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतले शुभकामना सन्देश दिनुभएको छ । ‘क्रिसमस डे’ का अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।  ‘ख्रीष्टमस’ पनि भनिने यस अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । क्रिसमस डेमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नाका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ । क्रिसमसका अवसरमा काठमाडौँ, ललितपुर, भक्तपुर र पोखरालगायत स्थानमा विशेष रौनक छ । बजार र ठूला व्यापारिकस्थलमा क्रिसमस ट्री लगायतले सजाइएको छ ।

भक्तपुर:   भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोलमा प्रहरी नायव निरीक्षक (सई) मृत फेला परेका छन् ।   प्रहरी प्रधान कार्यालय १ नम्बर गण नक्साल काठमाडौंमा कार्यरत प्रहरी नायव निरीक्षक ४४ वर्षीय बालकृष्ण उपाध्याय घिमिरे मृत फेला परेका हुन् ।   उनी आफ्नै घरको तेस्रो तलामा आफू सुत्ने कोठाभित्र मृत फेला परेको भक्तपुर प्रहरी परिसरका प्रमुख वेद विष्टले जानकारी दिए ।   उनको मृत्युको कारण खुलेको छैन । उनी मृत फेला परेको जानकारी पाउनासाथ प्रहरी वृत्त जगातीबाट अनुसन्धान अधिकृत सहितको टोली घटनास्थल पुगेको थियो । यस सम्बन्धमा थप अनुसन्धान भई रहेको भक्तपुर प्रहरीले जनाएको छ ।

चितवन:    नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि आजदेखि दैनिक चार घण्टा सवारी साधन चलाउन नपाइने भएको छ । बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने छ ।  भिर भएको ठाउँमा पुल बनाउनुपर्ने भएकाले यातायात सेवा बन्द गरेर नै काम गर्न लागिएको हो । चितवन र तनहुँतर्फका विभिन्न ६ स्थानमा सवारी साधन रोकिने छन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड ९नारायणगढ–मुग्लिन०का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाने सवारी साधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान १०:४० बजेसम्म चलाउन पाइने छ भने मालवाहक सवारी साधन भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १०:३० बजेसम्म मात्र चलाउन पाइने छ ।  काठमाडौँबाट आउने यात्रुवाहक सवारी साधन मुग्लिन बजारदेखि मनकामना केबुलकारसम्म बिहान १०ः५५ सम्म तथा मालवाहक सवारी सधान १०:४५ सम्म मात्र चलाउन पाइने सूचना अधिकारी आचार्यले बताउनुभयो ।  यसैगरी, पोखरातर्फबाट आउने यात्रुवाहक सवारी साधनलाई बिहान १०:५५ बजेदेखि बेनीटारदेखि पावरहाउससम्म र मालवाहक सवारी साधनलाई बिहान १०:४५ बजेदेखि सत्रसय फाँटमा रोकिने छ । पहिलो चरणमा तीन हप्ताका लागि सडक बन्द गरेर भित्तो काटिने छ । गत वर्ष भित्तो काटिएको भए पनि कडा चट्टान भएकाले काम गर्न कठिन भएपछि विस्फोटका लागि रोकिएको थियो । बिस्फोटको अन्तिम तयारी गर्दैगर्दा पुनः एकपटक सडक बन्द गरेर काट्ने तयारी गरिएको आचार्यले बताउनुभयो ।  साठी मिटर अग्लो पहाड गत वर्ष २५ मिटर काटिएको थियो । बाँकी ३५ मिटर सडक अब काट्न लागिएको आचार्यले बताउनुभयो । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी साधन चल्ने गर्छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चार घण्टा सवारी साधन रोकिने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ । ट्राफिक जाम हुन सक्ने भएकाले सम्भव भएसम्म वैकल्पिक बाटोको प्रयोग गर्न अनुरोध गरिएको छ । 

बलेवा:    बागलुङ बजारमा संवेदनशील खाद्य पदार्थको आधारभूत परीक्षण गर्न सकिने गरी खाद्य प्रयोगशाला स्थापनाको पहल थालिने भएको छ । बागलुङ नगरपालिका उपभोक्ता हित संरक्षण समितिको बैठकले प्रयोगशाला स्थापनाका लागि आवश्यक पहल गर्ने निर्णय गरेको हो । पानी, दूध, तेललगायतका पदार्थको आधारभूत परीक्षण गर्न मिल्ने प्रयोगशाला स्थापनाका लागि आवश्यक सहयोग गर्न बागलुङ नगर कार्यपालिकालाई अनुरोध गर्ने निर्णय गरिएको समितिका संयोजक तथा नगरउपप्रमुख राजु खड्काले बताउनुभयो । प्रयोगशाला स्थापनापछि आधारभूत खाद्य पदार्थको नियमन सहज हुने उहाँको धारणा छ ।  प्रयोगशालाको अभावमा अनुगमनका क्रममा अखाद्य वस्तु बिक्री वितरण गर्नेलाई कारबाही गर्न कठिन भएको उपप्रमुख खड्काले बताउनुभयो । चिनीको मूल्य घटेको भए पनि उपभोक्ताले चर्को मूल्य तिर्नुपरेको भन्दै तत्काल मूल्य समायोजन गरी बिक्री वितरण गर्न उद्योग वाणिज्य संघमार्फत अनुरोध गर्ने र अनुगमनलाई निरन्तरता दिने निर्णय गरिएको छ । बागलुङ उद्योग वाणिज्य संघले सञ्चालन गर्न थालेको बागलुङ महोत्सवमा रहने खाद्यान्नको कक्षको नियमित अनुगमन र खाद्य स्वच्छताका लागि नियमन गर्ने बैठकले निर्णय गरेको छ । 

पोखरा:    पोखरामा सुनको सिक्री चोरी गरेको आरोपमा सुमन परियारलाई प्रहरीले प्रकाउ गरेको छ ।  सुनको सिक्री चोरी गरेको आरोपमा प्रहरीले सुमनलाई बुधबार सिद्धार्थ चोकबाट प्रकाउ गरेको हो ।  पोखरा महानगरपालिका–२७ बस्ने हेमन्त पुनले घाटीमा लगाएको सुनको सिक्री सुमनले महेन्द्रपुलबाट चोरी गरेर फरार भएका थिए । सुनको सिक्री चोरी भएको सूचनापछि जिल्ला प्रहरी कार्यालय कास्की र महेन्द्रपुल प्रहरी बिटबाट खटिएको प्रहरीको टोलीले सुमनलाई पोखरा ४ सिद्धार्थ चोकबाट प्रकाउ गरेको हो ।  प्रकाउ परेका सुमनलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी मुद्धामा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।   

पोखरा:  पोखरामा धाराको टुटी चोरी गरेको आरोपमा प्रहरीले सुरज थापा मगरलाई प्रकाउ गरेको छ । धाराको टुटी चोरी भएको खवरपछि अनुसन्धानको क्रममा शंस्कापद अवस्थामा भेटिएका सुरज थापा मगरलाई चोरी भएको धाराको टुटी सहित हिजो प्रकाउ गरेको वडा प्रहरी कार्यालय बगरले जनाएको छ ।  पोखरा महानगरपालिका–२५ हेम्जास्थित नेवारेखोला तथा झाँक्री खानेपानी उपभोक्ता समितिको कार्यालयबाट स्थानीय उपभोक्ताहरुलाई वितरण गर्न लागिएको खानेपानीको धारा चोरी भएको खवरपछि शंस्कापद अवस्थामा भेटिएको सुरजले भिरेको झोलाबाट २८ थान धाराको टुटी, रेगुलेटर ३ थान र टिकाको थाली ३ थान फेला पारेको छ ।  नेवारेखोला तथा झाँक्री खानेपानी उपभोक्ता समितिको कार्यालयबाट स्थानीय उपभोक्ताहरुलाई वितरण गर्न लागिएको खानेपानीको धाराको ६० थान धाराको टुटी र रेगुलेटरको भल्भ १८ थान चोरी भएपछि समितिले प्रहरीलाई खवर गरेको थियो ।  धाराको टुटी चोरी गरेको आरोपमा प्रकाउ परेका सुरजलाई जिल्ला अदालत कास्कीबाट चोरी सम्बन्धी मुद्धामा म्याद थप गरेको अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

काठमाडौं:    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २०७४ साल पुस ३० गते काठमाडौं महानगरपालिका १४ बल्खुस्थित बोक्सिदह डाँडामा एक महिलाको हत्या गरी फरार रहेका व्यक्तिहरुलाई पक्राउ गरेको छ । प्रहरीले २०७४ साल पुस ३० गते काठमाडौं महानगरपालिका वडा नं। १४ बल्खुस्थित भुमेश्वरी मन्दिर पछाडि बोक्सीदह डाँडामा अन्दाजी ५० वर्षीया महिलाको टाउको र मुखमा गहिरो चोट लागेको अवस्थामा मृत फेला पारेको थियो । अनुसन्धान गर्दै जाँदा प्रहरीले मृतक नारायणी तिमल्सिना रहेको पत्ता लगाएको थियो । सोही अपराधमा संलग्न दुई व्यक्तिहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पुस ४ गते पक्राउ गरेको हो । पक्राउ पर्नेमा अर्घाखाँची जिल्ला शीतगङ्गा नगरपालिका वडा नं. १४ का ३७ वर्षीय जगत विश्वकर्मा र धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ३ तल्लोपोखरा बस्ने वर्ष ४६ को शिवराम अधिकारी छन् । अधिकारी भनि ०७९ साल कात्तिक २९ गते चोरी मुद्दामा तीन वर्ष कैद सजाय पाई हाल कारागारमै रहेको प्रहरीले जनाएको छ । अनुसन्धान अधिकृतले बताए अनुसार मृतक अप्सरा भनिने नारायणी तिमल्सिनासँग जगत विकको चिनजान घटना घटेको दिनमा मात्रै भएको थियो । शिवराम अधिकारीले नारायणी तिमल्सिनालाई भूपू आर्मिसँग विवाह गराइदिन्छु भनि १५/२० हजार रुपियाँ र गरगहना लगाई राम्रो भएर आउनु भनी फोन गरी बोलाएका थिए । माछापोखरी एरियामा तीन जनाको भेट भएपश्चात् दुई/तीन घण्टा खानपिन गरी चक्रपथ चल्ने बसमा चढी, बल्खु झरी ललितपुरको कुसुन्तीमा पुगेर साँझको खाना त्यहीँ खाई बल्खु एरियामा नाम थाहा नभएको खोला किनारामा मन्दिर पछाडि बसेका थिए । शिवराम अधिकारी र मृतक दुई घण्टा सँगै सुतेका थिए । सोही क्रममा अधिकारी र वि.क.ले ढुङ्गा प्रहार गरी हत्या गरेर मृतकले लगाएका सुनका मुन्द्री र नगद छ÷सात सय रुपियाँ निकाली गाडी चढी गंगबु बसपार्कको कोपिला गेष्ट हाउसमा बसेका थिए भने अर्को दिन बिहान पूर्व जाने गाडी चढी फरार भएका थिए । आरोपी नेपाल आउँदैछन् भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले २०८० साल पुस ४ गते जगत वि.क.लाई पक्राउ गरेको हो । अनुसन्धानको क्रममा अर्को आरोपी शिवराम अधिकारी ०७९ कात्तिक २९ गते चोरी मुद्दामा तीन वर्ष कैद सजाय भई नाम परिवर्तन गरी अर्जुन अधिकारीको नाममा केन्द्रीय कारागारमा रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।