लगातारको बर्षाले बिपी र मध्यपहाडी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास हुँदै
सिन्धुली | असार २२, २०८१
सिन्धुली: लगातारको बर्षाले सिन्धुलीस्थित दुई ठुला राजमार्ग अबरुद्द भएको छ । बिपी राजमार्गको सुनकोसी गाउपालिका–२ कमिरेफाँटमा माथिबाट लेदो झरेर सडक अवरुद्द भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोबिन्दराज काफ्लेले जानकारी दिनुभयो ।
उहाँका अनुसार मध्यपहाडी राजमार्गमा पनि पहिरो झरेर अवरुद्द भएको छ । मध्यपहाडी राजमार्गको गोलान्जर गा।पा।६ स्थित अक्करेभिर र फिकल गा।पा।२ स्थित सुनाम वेसिमामा पहिरो गएपछि राजमार्ग अबरुद्ध भएको प्रहरीले जनाएको छ ।
गएरातीदेखि परेको निरन्तर बर्षाका कारण राजमार्ग अबरुद्ध भएपछि पूर्वी पहाड तथा तराइका विभिन्न जिल्लाबाट काठमाडौं आवातजावत गर्ने सयौं सवारी बाटोमै अलपत्र परेका छन् ।
राजमार्गमा झरेको पहिरो पन्छाउने काम भैरहेको प्रहरी प्रमुख काफ्लेले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन । नेपाल खेलकुद पत्रकार मञ्च गण्ड...
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

