काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार विशेष मनसुन बुलेटिन जारी गर्दै आगामी दुई दिन देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। ...

काठमाडौं:     प्रतिनिधिसभाको आजको बैठकले ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक’ २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । बैठकमा अर्थमन्त्री वर्षमान पुनले उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रस्तावमाथिको छलफलमा सांसदहरु डा चन्दा कार्की भण्डारी, लक्ष्मी तिवारी, अशोककुमार चौधरी, प्रेम सुवाल, नारायणी शर्मा, दुर्गा राई, सरिता भुसाल, सोविता गौतम, निशा डाँगी, रामकृष्ण यादव, राजेन्द्रकुमार केसी र नागिना यादवले भाग लिई आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो । छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विकसित वित्तीय प्रणाली, वित्तीय औजार, वित्तीय सुरक्षा र वित्तीय जोखिमसमेतका आधारमा बैँक तथा वित्तीय संस्थाको प्रभावकारी व्यवस्थापन एवं नियमन गर्न उक्त विधेयक ल्याउनुपरेको बताउनुभयो ।  उहाँले नेपालको संविधान तथा प्रचलित कानुनमा उल्लेखित तीनै तहको सरकारको वित्तीय अधिकार क्षेत्रको व्यवस्थित कार्यन्वयन गर्न, हालैका दिनमा प्रदेश सरकारले पनि प्रदेश बैंकहरु खोल्न सुरु गरिसकेका सन्दर्भमा विधेयकको आवश्यकता औँल्याउनुभयो । मन्त्री पुनले भन्नुभयो, “नेपालको समग्रमा बैंकिङ तथा वित्तीय प्रणालीको विश्वसनीयता अभिवृद्धी गर्न, राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाइ स्थायित्व कायम गर्न, बंैक तथा वित्तीय संस्थाको स्थापना र सञ्चालन व्यवस्थापन नियमन कार्यलाई व्यवस्थापन गर्न विधेयक ल्याउनुपरेको हो ।”

सुनसरी:     नेकपा एमाले सुनसरीका अध्यक्ष निलम खनालको निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेका खनालको उपचारका क्रममा निधन भएको हो । खनाललाई उपचारका लागि भारतको हैदरावाद लगिएकोमा त्यहीँ उपचारका क्रममा उनको निधन भएको हो । उनी दुई साताअघि मात्रै सुनसरी एमालेको अध्यक्षमा निर्वाचित भएका थिए । जेठ ५ देखि ७ सम्म चलेको आठौँ जिल्ला अधिवेशनबाट खनाल एमाले सुनसरीको अध्यक्षमा निर्वाचित भएका थिए । सुनसरीको बराहक्षेत्र नगरपालिका–४ घर भएका ६२ वर्षीय खनाल यही जेठ ७ गतेमात्रै एमाले सुनसरीको आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए । 

म्याग्दी:     गण्डकी प्रदेश सरकारले सात वर्षमा हजार पाँच सय किलोमिटरभन्दा बढी सडक स्तरोन्नति गरेको छ । चालु आर्थिक वर्षमा थप एक सय १९ किलोमिटर सडक कालोपत्र र ४१ दशमलव २ किलोमिटर  ढलान भएको छ ।   भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार चालु आवको करिब ११ महिनामा सालबसाली र बहुुवर्षीय आयोजनामार्फत थप सय किलोमिटरभन्दा बढी ग्राभेल भएको छ । गत आव २०७९÷०८० सम्म पाँच सय ९९ किलोमिटर सडक ग्राभेल र छ सय ६८ किलोमिटर कालोपत्र भएको थियो ।  “प्रदेश स्थापना भएदेखि हालसम्म आठ सय ८२ किलोमिटर सडक कालोपत्र र ढलान गरी स्तरोन्नति गरेका छौँ”, उक्त मन्त्रालयअन्तर्गतको पूूर्वाधार विकास निर्देशनालयका निर्देशक  महेन्द्र बानियाले  भन्नुभयो, “सडक निर्माण र स्तरोन्नतिमा हालसम्म रु ४८ अर्ब भन्दा बढी खर्च भएको छ ।”  बाह्र अर्ब पुँजीगत बजेट रहेको भौतिक मन्त्रालयले चालु आवमा पुराना बहुवर्षीय र सालबसालीसहित एक हजार चार सय ६४ योजनालाई वार्षिक कार्यक्रममा समावेश गरेको थियो । यस वर्ष एक सय २७ प्रादेशिक सडक, पाँच वटा सङ्घीय समपूरक सडक, ३० पक्की पुल र चार झोलुङ्गे पुल आयोजना बहुुवर्षीय ठेक्कामार्फत कार्यान्वयन भएका छन् ।  निर्देशक वानियाका अनुसार बहुवर्षीय योजनका सडक, मोटरेबल र झोलुुङ्गे पुलका लागि रु १२ अर्ब ७३ करोड ९८ लाख बजेट सुनिश्चित भएको छ । अधिकांश तीन वर्ष र केही योजना दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य  छ ।  राष्ट्रिय राजमार्गका वैकल्पिक सडक पनि खोल्ने र स्तरोन्नति गर्ने योजनालाई प्राथमिकता दिइएको भौतिक मन्त्रालयमार्फत एक निर्वाचन क्षेत्र, एक सडक, स्थानीय तहको केन्द्र जोड्ने, अन्तरजिल्ला, अन्तरपालिका जोड्ने रणनीतिक महत्वका सडक गौरवका आयोजनाका रुपमा कार्यान्वयनमा रहेका उक्त मन्त्रालयका सचिव शङ्करप्रसाद पण्डितले बताउनुभयो । 

बझाङ:    चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उरै नाकामा सशस्त्र प्रहरी बलसहितको सरकारी टोलीले निरीक्षण गरेको छ । कोरोना महामारीपछि नेपाली सुरक्षाकर्मीको टोली पहिलोपटक उरै पुगेको हो ।  सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरीक्षक जनकराज पन्त, साइपाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा तामाङसहितको टोलीले उरैस्थित नाग्ना डाँडामा रहेको दुई नम्बर सहायक सीमा स्तम्भलगायत पुलान वरपरको भूभागको निरीक्षण गरेको हो । साइपाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा तामाङले तीन दिन पैदल हिँडेर टोली उरै नाका पुगेको जानकारी दिँदै पाँच हजार दुई सय मिटर उचाइमा रहेको २ नम्बर पिलर र आसपासको क्षेत्रको अनुगमन गरिएको रासस प्रतिनिधिलाई  बताउनुभयो । टोलीमा छ जना सरकारी कर्मचारी, साइपालको काँडा र धुली प्रहरी चौकीबाट पाँच जना नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीसहित १८ जना सहभागी थिए । बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलका अनुसार आगामी असार १६ गतेदेखि उरै नाका पूर्णरूपमा सञ्चालनमा हुनेछ । नाका खुलेपछि व्यापार–व्यवसायका निम्ति सीमापारि जान हालसम्म पाँच जनाले अनुमतिपत्र लिएका उनले  जानकारी दिए ।    नेपाल र चीन सरकारबीच चीनसँगका १४ नाका क्रमशः खोल्नसहमतिभएसँगै यही जेठ १२ गते तिब्बतको सिगात्सेको चेन्टाङमा आयोजित कार्यक्रममार्फत उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनको स्वशासित क्षेत्र तिब्बतका उपध्याक्ष सिलाङ निमाले  संयुक्त रूपमा नाका पुनःसञ्चालनको घोषणा गरे । 

पोखरा:    ताल तथा जलाधारको क्षेत्रमा काम गर्ने सरकारी कार्यालयहरुले पोखराको फेवाताल खपौदी क्षेत्रमा सरसफाइ गरी विश्व वातावरण दिवस मनाएका छन ।  गण्डकी प्रदेश सरकार ताल संरक्षण तथा बिकास प्राधिकरण पोखरा, नेपाल सरकार बन तथा वातावरण मन्त्रालय र बृहत जलाधार ब्यवस्थापन केन्द्र पोखराको संयुक्त आयोजनामा फेवाताल किनार खपौदी क्षेत्रमा सरसफाइ गरेका हुन । फेवाताल सरसफाइलाई जलारी समुदायको अर्थ उपार्जनमा जोड दिदै उनीहरुले जलारीको बस्ती रहेको खपौदीमा सरसफाइ गरेका हुन । सो अवसरमा बोल्दै गण्डकी प्रदेश उद्योग वन तथा वातावरण मन्त्रालयका महाशाखा प्रमुख पुणेश्वर सुवेदीले मानविय क्रियाकलापले वातावरणमा परेको असरलाई न्युनीकरण गर्नका लागि आफुहरुले वातावरण दिवसको सन्दर्भमा फेवातालमा आश्रित जलारी समुदायहरुलाई फेवाताल सरसफाईमा प्रेरित गराउन फेवा किनारको खपौदीमा ताल क्षेत्र सरसफाइ गरिएको बताए । तालको संरक्षण गरी यसबाट हुने फाइदालाई बांडफांड गर्ने उद्देश्य भएतापनि मानविय हितको लागि सोच्ने र प्रकृतिको बारेमा नसोच्ने गरेकै कारण ताल वर्षेनी पुरिदै गएको बताउदै त्यसबारेमा सचेतना जोगाउनका लागी जलारी समुदाय संग मिलेर फेवाताल सरसफाइ गरिएको उनको भनाइ रहेको थियो । ताल संरक्षण तथा बिकास प्राधिकरणका कार्यालय प्रमुख शम्भु कुमार मिश्रले वातावरण दिवसमा ताललाई केन्द्रित गरी ताल सरसफाइ गरिएको बताए । पोखरामा रहेका नौ वटै तालको अवस्था जीर्ण रहेको बताउदै उनले जनतालाई सुसुचित गराउनका लागि आवश्यक रहेको बताए ।  वर्षेनी सडक निर्माणका कारण खोलाहरुबाट गेग्रनहरु तालमा आउने, ताल घुम्न आउनेहरुले ताल किनारमा फोहोर फाल्ने गरेकै कारण ताल खुम्चिदै गएका बताउदै मिश्रले तालका छेउछाउमा बस्नेले मात्र नभइ तालकै कारण ब्यवशाय चलायमान गर्ने होटल, पर्यटन ब्यवशायीहरुले पनि तालको संरक्षणमा लाग्नुपर्ने बताए ।    बृहत जलाधार केन्द्रका निमित्त प्रमुख अमर अधिकारीले पोखरा १८ मा रहेको खपौदीमा रहेका जलारी समुदाय र नागरिक समाज संग मिलेर जलारी समुदायको भुमि र भविष्य भनेकै फेवाताल रहेको र फेवातालको क्षेत्रफल घट्दै जाँदा जलारी समुदायलाई प्रत्यक्ष असर परेकाले त्यसबारेमा सचेतना फैल्याउने कार्यक्रम सहित सरसफाइ कार्यक्रमलाई जोड दिएको बताए । सो अवसरमा बोल्दै जलारी समाजका अध्यक्ष ज्ञान बहादुर जलारीेले जलारी समुदायले मासिक रुपमा फेवा किनारमा सरसफाइ गर्ने गरेको भएतापनि घुम्न आउनेहरुले फेवातालके छेउछाउमा फोहोर फाल्ने गरेकै कारण फेवाताल सरसफाइमा चुनौती थपिएको बताए । नागरिक समाज कास्कीका राम बहादुर पौडेलले टोल बिकास संस्थाहरु गठन भएको भएतापनि उनीहरुले काम नगरेकै कारण फेवाताल सरसफाइले सोचेजस्तो रिजल्ट नआएको वताए । सरसफाइ कार्यक्रम मार्फत जलारी समुदायलाई अर्थ उपार्जनमा जोड्ने उद्देश्य रहेके छ । 

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुकमा विश्व वातावरण दिवसको अवसरमा गुराँस पार्क निर्माण गरिएको छ । विश्व वातावरण दिवसको अवसरमा घान्द्रुकमा गुराँस पार्क स्थापनासँगै ३ सय वटा गुराँसको बिरुवा रोपिएको हो ।  अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय घान्द्रुक, संरक्षण क्षेत्र व्यवस्थापना समिति घान्द्रुक तथा मेश्रम बराह माविको सयुक्त पहलमा लालीगुराँस पार्क निर्माणसँगै पार्कमा गुराँससँगै अन्य विभिन्न प्रजातिका फूलहरु रोपिएको लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङले जानकारी दिए ।   अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) घान्द्रुकका प्रमुख जगन गुरुङले पार्क निर्माणसँगै जङ्गल र गुराँसको संरक्षणमा सबैको चासो बढ्ने बताए ।  ‘विश्व वातावरण दिवसको अवसरमा घान्द्रुकमा गुराँस पार्क निर्माण गरिएको छ, जंगल र गुराँसको संरक्षण गर्ने जिम्मेवारी हामी सबैको हो’, गुरुङले भने, ‘पार्कले घान्द्रुकमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गराउँछ, यसको व्यवस्थापन र संरक्षणमा सबैले हातेमालो गर्नुपर्छ ।’ कार्यक्रममा मेश्रम बराह मावि घान्द्रुकका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्षिण गुरुङले विद्यालय परिसरमा खाली रहेको जग्गामा वृक्षारोपण गर्दा सकारात्मक सन्देश जाने बताए । ‘विद्यालय परिसरमा नै वृक्षारोपण गर्दा सकारात्मक सन्देश हामीले दिएका छौं, वन जंगल फडानी र डढेलोले विश्वमा असर पु¥याएको छ, गुरुङले भने, ‘पार्क निर्माणसँगै गुराँस लगायत अन्य फूलहरुले पार्कको महत्व बढाउँछ ।’ विश्व वातावरण दिवसको अवसरमा मेश्रम बराह माविको विद्याललय परिसरमा रहेको खाली जग्गामा संरक्षण क्षेत्र व्यवस्थापना समिति घान्द्रुकको सक्रियतामा वृक्षारोपण गरिएको अध्यक्ष गुञ्जमान गुरुङले बताए ।  गुराँस पार्कमा चौतारी निर्माणसँगै पार्कमा घुम्नका लागि गोरेटो बाटो निर्माण गर्ने समेत उनले बताए ।   मेश्रम बराह मावि घान्द्रुकका प्रधानाध्यापक यामप्रसाद भण्डारीले विश्व वातारण दिवस औपचारिक कार्यक्रम मात्र नभएर स्थानीय र विद्यार्थीको लागि पार्क निर्माणसँगै वृक्षारोपण​ महत्वपूूर्ण सिकाई भएको बताए ।  पार्क निर्माण गर्न ओभर ल्याक जर्मनीले विद्यालय मार्फत आर्थिक सहयोग प्राप्त भएको संरक्षण क्षेत्र व्यवस्थापना समिति घान्द्रुकले जनाएको छ । 

पोखरा:     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेटका अधिकांश प्रावधानहरू सबै प्रदेशका साझा भए पनि गण्डकीमा महत्त्वपूर्ण र ऐतिहासिक योजना कार्यान्वयन गर्न लागेको बताएका छन् ।  नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशको पार्टी प्रशिक्षणमा पार्टी अध्यक्ष प्रचण्डले प्रदेशका विकासमा महत्त्वपूर्ण फड्को हान्नेगरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेट निर्माण भएको बताए । उनले आव २०८१/८२ को बजेटले कृषिको रूपान्तरण, ऊर्जाको विकास, सूचना प्रविधिको विकास, पर्यटन प्रवर्द्धन र उद्यमशीलता र औद्योगिक विकासलाई विशेष प्राथमिकतामा राखेको जानकारी दिए ।    “भरतपुर, बुटवल र पोखरालाई गण्डकी त्रिभुज परियोजनाको रूपमा विकास गरिने छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यो परियोजना मुलुककै महत्त्वपूर्ण र ऐतिहासिक हुनेछ ।” उनले म्याग्दी, मुस्ताङ, मनाङ र गोरखाको हिमाली क्षेत्रमा कस्तुरी–मृग लगायतका वन्यजन्तु पालन गर्ने व्यावसायिक फार्म स्थापना गर्नेगरी नयाँ सोचका साथ बजेट निर्माण गरिएको बताए ।  मुक्तिनाथ दर्शन यातायात सेवा सञ्चालन गरी तीर्थयात्रीलाई सहज रूपमा प्रमुख धार्मिकस्थल दर्शन गर्ने व्यवस्था मिलाउने योजनासहित सरकारले बजेट विनियोजन गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले गुरिल्ला ट्रेल लगायतका पर्यटकीय पूर्वाधारको विकास गर्ने, गण्डकीलाई पर्यटनको हब बनाउने महत्त्वपूर्ण काम अगाडि बढाइने बताए ।  भौतिक पूर्वाधारको क्षेत्रलाई पनि सरकारले विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै प्रधानमन्त्रीले मुग्लिङ्ग–पोखरा सडक खण्डको विस्तार कार्य सम्पन्न गर्ने, बुटवल–पोखरा सडक खण्डलाई डेडिकेटेड दुई लेनमा स्तरोन्नति गरिने गरी सरकार अगाडि बढेको बताए ।  घरेलु मदिराको उत्पादन, ब्राण्डिङ, बजारीकरण गर्ने एवम् बन्दीपुरको इतिहास, संस्कृति, भाषा र सभ्यतालाई संरक्षण र संवर्द्धन गर्न विविध कार्यक्रम सञ्‍चाल गरिने बताउँदै प्रधानमन्त्रीले तनहुँको चुँदी रम्घामा सबै नेपाली भाषाभाषीका मूर्धन्य स्रष्टाको प्रतिमा र सप्तधामसहितको भानु साहित्य उद्यान स्थापना गर्ने बताए । गोरखामा राजतन्त्रदेखि गणतन्त्रसम्मको अभिलेख रहने गरी ऐतिहासिक सङ्ग्रहालय निर्माण, मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र विस्तार, टाकुरा पर्यटकीय गन्तव्यको विकास जस्ता कार्यक्रमले यस क्षेत्रमा रोजगारी सिर्जना गर्नुका सार्थ आयआर्जनमा सहयोग गर्ने प्रधानमन्त्री प्रचण्डको विश्वास छ ।

काठमाडौं:     राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरणमा योगदान गरेर भावी पुस्ताको भविष्य सुरक्षित गर्न विश्व समुदायलाई अपिल गरेका छन् । विश्व वातावरण दिवसको अवसरमा आज राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले विश्वव्यापी उष्णताको बढ्दो प्रभावबाट तीव्ररुपमा हिमशृङ्गखलाहरू र हिमतालहरूमा आएको परिवर्तनले तल्लो तटीय क्षेत्रमा बाढी पहिरो लगायतको प्रकोपहरूले त्यस क्षेत्रका वासीन्दाहरूका लागि आधारभूत जीवनयापनका चुनौतीहरु थपिँदै गएको उल्लेख गरे । राष्ट्रपति पौडेलले विश्व वातावरण दिवसको मूल नारा ‘हाम्रो भूमि, हाम्रो भविष्य: भूमि पुनस्थापना, मरुभूमिकरण र खडेरी प्रतिरोध’ ले हाम्रा अगाडि रहेका साझा चुनौती र अवसरहरूलाईसमेत प्रष्ट पारेको उल्लेख गरे । उनले गत वर्ष संयुक्त राष्ट्रसंघका महासचिव श्री एन्टोनियो गुटेरसले नेपालको भ्रमणका अवसरमा भनेको स्मरण गर्दै भने– ‘नेपालका हिमालले भोग्नु परेको संकटका लागि विश्वसामु अझ जोडदार ढंगले प्रस्तुत गर्नु भएको थियो । उहाँकै शब्दमा जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपाललगायत अन्य पर्वतीय मुलुकहरु एउटा विश्वव्यापी संकटको भूमरीमा फसेका छन् जस्को सृजनामा उनीहरुको आफ्नै योगदान नगण्य छ । म आव्हान गर्न चाहन्छु की यस गम्भिर मुद्दालाई सम्बोधन गर्न विश्व समुदाय एकत्रित भएर लागौँ । हामीलाई अझै ढिला गर्ने सुविधा छैन ।’ जलवायु परिवर्तनको विश्वव्यापी मुद्दाहरूको सम्बोधनमा नेपालले राष्ट्रियस्तरमा विभिन्न कार्यहरू गर्दै आएको बताउदै सरकारको नीति तथा कार्यक्रममा घोषणा गरिएको राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रमले जलवायु परिवर्तनका नकरात्मक असर न्यून गर्दै अनुकुलन क्षमता वृद्धि गरी उत्थानशीलता हासील गर्न सहयोग गर्ने बताए । उनले सो कार्यक्रमले उच्च हिमशृङखला र नदी प्रणालीलाई जीवन्त राख्दै हिमाल, पहाड र तराई क्षेत्रमा जलवायु परिवर्तनबाट परेका असरलाई एकिकृत र सन्तुलित रुपमा सम्बोधन हुने बताए । राष्ट्रपति पौडेलले विश्व वातावरण दिवसको यस अवसरलाई जीवन, समृद्धि, र आशाको शक्तिशाली प्रतीकको रूपमा बिरुवा रोपेर मनाउँन गइरहेको उल्लेख गर्दै यो एउटा प्रतीकात्मक इशारा हो जसले भावी पुस्ताहरूका लागि वातावरण संरक्षण गर्ने हाम्रो अटल समर्पणलाई झल्काउँने बताउने । राष्ट्रपति पौडेलले वातावरण संरक्षणका लागि चौतारी र पोखरीको हाम्रो पुरानो सभ्यताको जगेर्ना गर्न आवश्यक रहेको बताए । सो क्रममा राष्ट्रपति भवन परिसरमा राष्ट्रपति पौडैलले पलाँसको बिरुवा रोपेर वृक्षरोपणको शुभारम्भ गरेका थिए । सो कार्यक्रममा उपराष्टपति रामसहाय प्रसाद यादव, प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले पनि वृक्षरोपण गरेका थिए । कार्यक्रममा मुख्य सचिव बैकुण्ठ अर्याल, प्रधानसेनापति प्रभुराम शर्मा, सुरक्षा निकायका प्रमुखहरू, विभिन्न देशका राजदुत तथा दातृ निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

डोटी:     दार्चुलाबाट धनगढीतर्फ गइरहेको यात्रुवाहक जीप डोटीको जोरायल गाउँपालिका–१ खडिनामा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने अन्य सातजना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार आज बिहान भएको दुर्घटनामा दार्चुलाको लेकम गाउँपालिका–४ पैतोलीकी ४० वर्षीया धौलीदेवी धामीको घटनास्थलमै र सोही वडाकी तीन वर्षीया बालिका रीतिका पार्कीको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्यको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । उक्त जिपमा चालकसहित नौजना सवार थिए ।