घान्द्रुकमा गुराँस पार्क निर्माण, ३ सय गुराँसको बिरुवा रोपियो

पाेखरा | जेठ २३, २०८१

घान्द्रुकमा गुराँस पार्क निर्माण, ३ सय गुराँसको बिरुवा रोपियो

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुकमा विश्व वातावरण दिवसको अवसरमा गुराँस पार्क निर्माण गरिएको छ । विश्व वातावरण दिवसको अवसरमा घान्द्रुकमा गुराँस पार्क स्थापनासँगै ३ सय वटा गुराँसको बिरुवा रोपिएको हो । 


अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय घान्द्रुक, संरक्षण क्षेत्र व्यवस्थापना समिति घान्द्रुक तथा मेश्रम बराह माविको सयुक्त पहलमा लालीगुराँस पार्क निर्माणसँगै पार्कमा गुराँससँगै अन्य विभिन्न प्रजातिका फूलहरु रोपिएको लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङले जानकारी दिए ।  


अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) घान्द्रुकका प्रमुख जगन गुरुङले पार्क निर्माणसँगै जङ्गल र गुराँसको संरक्षणमा सबैको चासो बढ्ने बताए । 


‘विश्व वातावरण दिवसको अवसरमा घान्द्रुकमा गुराँस पार्क निर्माण गरिएको छ, जंगल र गुराँसको संरक्षण गर्ने जिम्मेवारी हामी सबैको हो’, गुरुङले भने, ‘पार्कले घान्द्रुकमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गराउँछ, यसको व्यवस्थापन र संरक्षणमा सबैले हातेमालो गर्नुपर्छ ।’


कार्यक्रममा मेश्रम बराह मावि घान्द्रुकका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्षिण गुरुङले विद्यालय परिसरमा खाली रहेको जग्गामा वृक्षारोपण गर्दा सकारात्मक सन्देश जाने बताए ।


‘विद्यालय परिसरमा नै वृक्षारोपण गर्दा सकारात्मक सन्देश हामीले दिएका छौं, वन जंगल फडानी र डढेलोले विश्वमा असर पु¥याएको छ, गुरुङले भने, ‘पार्क निर्माणसँगै गुराँस लगायत अन्य फूलहरुले पार्कको महत्व बढाउँछ ।’


विश्व वातावरण दिवसको अवसरमा मेश्रम बराह माविको विद्याललय परिसरमा रहेको खाली जग्गामा संरक्षण क्षेत्र व्यवस्थापना समिति घान्द्रुकको सक्रियतामा वृक्षारोपण गरिएको अध्यक्ष गुञ्जमान गुरुङले बताए । 


गुराँस पार्कमा चौतारी निर्माणसँगै पार्कमा घुम्नका लागि गोरेटो बाटो निर्माण गर्ने समेत उनले बताए ।  


मेश्रम बराह मावि घान्द्रुकका प्रधानाध्यापक यामप्रसाद भण्डारीले विश्व वातारण दिवस औपचारिक कार्यक्रम मात्र नभएर स्थानीय र विद्यार्थीको लागि पार्क निर्माणसँगै वृक्षारोपण​ महत्वपूूर्ण सिकाई भएको बताए । 


पार्क निर्माण गर्न ओभर ल्याक जर्मनीले विद्यालय मार्फत आर्थिक सहयोग प्राप्त भएको संरक्षण क्षेत्र व्यवस्थापना समिति घान्द्रुकले जनाएको छ । 

ललितपुर:  नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक शनिबार बसिरहेको छ। बैठक ११ बजेदेखि ललितपुरको एकान्तकुनास्थित म्याजेस्टिक ग्राण्ड प्यालेसमा बसिरहेको छ । बैठकमा त्यसपछि पार्टी अध्यक्ष केप...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसले वरिष्ठ पत्रकार एवम् पूर्वमन्त्री होमनाथ दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको छ । शनिबार बिहान बसेको केन्द्रीय समितिको बैठकले दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको हो । ...

थप पढ्नुहोस्

पोखरा:  गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले विश्व बजारमा प्रतिष्पर्धा गर्ने समयानुकुल शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ । सुदूरपश्चिम सम्पर्क समाज, पश्चिमाञ्चल क्याम्पस पोखराले आयोजना गरेको ‘पछ्य...

थप पढ्नुहोस्