पोखरामा यू–१५ विद्यालय खेलकुद प्रतियोगिताको तयारी
पाेखरा | जेठ २३, २०८१

पोखरा: यू–१५ विद्यालय खेलकुद प्रतियोगिता २०८० को तयारी पोखरामा सुरु भएको छ ।
राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनमा यहि जेठ ३० र ३१ गते हुने प्रतियोगिताको तयारी सुरु भएको हो । तयारी स्वरुप गण्डकी प्रदेशको छनौट खेल बिहिबार पोखरामा हुने भएको छ ।
विद्यालय यू–१५ प्रतियोगिता अन्तर्गत विभिन्न ६ खेलहरुको छनौट खेल बिहिबार पोखरा रंगशालामा सम्पन्न गर्ने गरी तयारी गरिएको प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिएका छन् ।
प्रतियोगिता अन्तर्गत छात्ररछात्रा बास्केटबल, रग्बी, ब्याडमिन्टन, एथलेटिक्स, टेबुल टेनिस र बुद्धिचाल खेलका गण्डकी प्रदेशका ११ जिल्लाका ४१६ जना खेलाडी र ७१ जना प्रशिक्षक गरी ४८७ जना बुधबार पोखरा आइपुग्ने परिषदका कार्यालय प्रमुख तोपलाल भुसालले बताए ।
बुधबार सञ्चालन हुने छनौटबाट विभिन्न ६ खेलका ७६ जना खेलाडी छनौट हुनेछन् । जस अन्तर्गत एथलेटिक्सतर्फ १०० मि, २०० मि, ४०० मि, ८०० मिटर दौड, सटपुट, लङ्गजम्प, र रिले दौडका लागि ६ छात्र र ६ जना छात्रा गरी १२ खेलाडी छनौट हुनेछन् ।
त्यसै गरी टेबुल टेनिसका लागि छात्ररछात्रा ४–४ जना गरी ८ खेलाडी छनौट हुनेछन् । जस अन्तर्गत छनौट भएका खेलाडीहरुले सिंगल्स, डबल्स, मिक्स डबल्समा प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै व्याडमिन्टनका लागि ४–४ जना गरी ८ जना खेलाडीको छनौट हुनेछन् । ब्याडमिन्टनतर्फ सिंगल्स, डबल्स, मिक्स डबल्समा प्रतिस्पर्धा हुनेछ भने बुद्धिचालतर्फ सिंगल्स र टिम इभेन्टमा प्रतिस्पर्धा हुनेछ । बुद्धिचालतर्फ पनि छात्ररछात्रा गरी ८ खेलाडी छनौट हुनेछन् ।
त्यसै गरी रग्वी छात्ररछात्रातर्फ १०–१० जना र बास्केटबलतर्फ १०–१० खेलाडी छनौट हुने आयोजकले जनाएको छ ।
परिषदले छनौट हुने कुल ७६ जना खेलाडीहरुलाई २५ देखि २९ गते सम्म पोखरामा बन्द प्रशिक्षणमा राख्ने तयारी समेत गरेको छ ।
पहिलो पटक आयोजना हुन लागेको राष्ट्रिय यू–१५ प्रतियोगिताको उद्घाटन जेठ ३० गते हुनेछ ।
प्रतियोगिता अन्तर्गत हुने सबै खेलहरु पोखरा रंगशाला परिसरमा नै सञ्चालन हुने गरी तयारी भइरहेको परिषदले जनाएको छ ।
विद्यालय यू–१५ राष्ट्रिय प्रतियोगितामा सात प्रदेशका विभिन्न ६ खेलका खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी ६३० जनाको सहभागिता हुनेछ ।
काठमाडौं: प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४३औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभ...
नवलपरासी: चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको म्याद एक वर्ष थपिने भएको छ । सडक विभाग आयोजना निर्देशनालय (एडिबी)का आयोजना निर्देशक इञ्जिनियर चुडाराज ढक...
पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ७ दिने औपचारिक भ्रमणका लागि मंगलबार चीनतर्फ प्रस्थान गरेका छन्। नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवको अवसरमा आयोजित...