पोखरा:  र्‍यान्डम रिडर्स सोसाइटीको ११८ औँ नियमित कार्यक्रममा शनिवार साहित्यकार तीर्थ गुरुङको उपन्यास ‘हिउँको गीत’ को चर्चा गरिएको छ । सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै कृति वा वि...

पोखरा:     कास्कीको पोखरा महानगरपालिका–१२ माटेपानीमा रहेको नमूना पशुपक्षी अस्पतालले गत साउनयता नयाँ सुविधायुक्त भवनबाट सेवा सञ्चालन गरिरहेको छ । सँगै निर्माण सुरु गरिएको तनहुँको नमूना पशुपक्षी अस्पताल भवन भने निर्माण कम्पनीको ढिलासुस्तीका कारण अधुरै छ ।  दुवै अस्पतालमा प्रदेश सरकारको लगानी छ । यसअघि रहेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रलाई सेवा सुविधा र पूर्वाधार विस्तार गरी नमूना पशुपक्षी अस्पताल बनाउन लागिएको हो ।  कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलको पशुपक्षी विकास महाशाखाका वरिष्ठ पशु विकास अधिकृत डा शोभा शर्माले कास्कीको अस्पतालबाट पशुपक्षीको उपचारमास्तरीय सेवा दिन सुरु गरिएको जानकारी दिनुभयो ।  “कास्कीमा नयाँ भवनबाट नमूना अस्पताल सञ्चालनमा आइसकेको छ, केही जनशक्ति र उपकरण थप्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “तनहुँमा भने अस्पताल भवन निर्माणाधीन अवस्थामा छ, निर्माण कम्पनीको ढिलाइले समयमा भवन बन्न सकेन ।”  भवन निर्माणलाई पूर्णता दिएर चालु आवभित्रैमा उक्त अस्पताल सञ्चालनमा ल्याउने योजना रहेको डा शर्माले बताउनुभयो । समयमा काम नसकिएपछि ठेक्काको म्याद थप गरिएको उहाँको भनाइ छ । उहाँले प्रदेश सरकारसँग भएको सीमित स्रोतसाधनका बाबजुद कास्कीमा बनेको नमूना पशुपक्षी अस्पतालले किसानलाई प्रत्यक्ष लाभ मिलेको बताउनुभयो ।  उक्त अस्पतालका लागि थप प्राविधिक जनशक्ति र उपकरणको प्रबन्धका लागि मन्त्रालयबाट पहल भइरहेको उहाँले जानकारी दिनुभयो । अस्पतालले पशुपंक्षीमा लाग्ने रोगको निदान र उपचारका लागि आधुनिक पूर्वाधारसहितको सेवा दिइरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्दका प्रमुख शम्भुराज पाण्डेले बताउनुभयो । “पशुपक्षीको एक्सरे, भिडियो एक्सरे, शल्यक्रिया, दूध परीक्षणलगायत सेवा प्रदान गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “जनशक्ति व्यवस्थापनलाई अझ थुस्त बनाउनुपर्ने खाँचो छ ।” नमूना अस्पताल बनेपछि पशुपक्षीमा देखिने जटिल प्रकृतिका रोगको निदान र उपचारका लागि बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको प्रमुख पाण्डेले बताउनुभयो ।   “अत्याधुनिक प्रविधि र उपकरण नहुँदा कुनै बेला अनुमानका भरमा पनि उपचार गर्नुपर्ने अवस्था थियो, अब पशुपक्षीको उपचार पद्दतिमा पनि गुणात्मक परिवर्तन ल्याउने गरी अस्पतालको पूर्वाधार तयार भएको छ”, उहाँले भन्नुभयो, “पशुपक्षीमा बेलाबेला फैलने गरेको महामारीजन्य रोगको उपचार, नियन्त्रण र रोकथामका लागि पनि यो अस्पतालबाट ठूलो टेवा पुग्छ ।” मन्त्रालयका अनुसार कास्कीमा बनेको अस्पतालको लागत रु पाँच करोड ५४ लाख ४८ हजार र तनहुँको रु पाँच करोड ५४ लाख ६५ हजार रहेको छ ।   कास्कीको अस्पतालबाट स्याङ्जा, लमजुङ, बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका किसान लाभान्वित भइरहेको मन्त्रालयले जनाएको छ । तनहुँमा बन्न लागेको उक्त अस्पतालबाट गोरखा, लमजुङ, नवलपुरलगायत क्षेत्रका किसानले लाभ पाउने डा शर्माले बताउनुभयो ।  प्रदेशका ११ वटै जिल्लामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द सञ्चालनमा रहे पनि कास्की र तनुहँमा नमूना अस्पतालका रुपमा सञ्चालन गर्ने योजना प्रदेश सरकारले ल्याएको हो । 

काठमाडौँः   प्रधानमन्त्री केपी शर्मा ओलीले अराजकता तथा साम्प्रदायिक विद्वेष फैलाउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिइने स्पष्ट गर्नुभएको छ ।  मातातीर्थस्थित सशस्त्र प्रहरी बल प्रतिष्ठानमा आज भएको सिसं–१६, सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा उहाँले कानुन विपरीत क्रियाकलाप हुन नदिने बताउनुभयो । दीक्षितहरूलाई राष्ट्रको शान्तिसुरक्षामा समर्पित हुने ध्येयका साथ सेवा प्रवेश गरी तालिम पूरा गरेकामा बधाई ज्ञापन गर्दै प्रधानमन्त्री ओलीले प्रहरी बललाई प्रभावकारी बनाउन तथा सुविधा बढाउन मौजुदा कानुन संशोधन गरिने बताउनुभयो ।  प्रधानमन्त्री ओलीले सीमा क्षेत्रको सुरक्षा सशस्त्र प्रहरीले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै सङ्गठनको क्षमता विस्तारमा जोड दिनुभयो ।  त्यस अवसरमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मी, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायत उपस्थिति हुनुहुन्थ्यो । आज ४५ जना दीक्षित  भएका हुन् ।  

काभ्रेपलाञ्चोकः   काभ्रेपलाञ्चोकमा दुई स्थानीय तहमा सञ्चालित बृहत् खानेपानी आयोजनामा गत महिनाको बाढीपहिरोले ठूलो क्षति पु¥यायो ।   गत असोज ११ र १२ गतेको अविरल वर्षाको बाढीपहिराले तेमाल गाउँपालिका र पाँचखाल नगरपालिकामा सञ्चालित निर्माणाधीन खानेपानी आयोजनामा क्षति पुगेपछि समयमै सम्पन्न गर्ने लक्ष्य पूरा हुन नसक्ने हुँदा तोकिएको समयमा स्थानीय नागरिकले खानेपानी उपभोग गर्नबाट वञ्चित बन्न पुगेका हुन् ।  तेमालमा ५५ हजार स्थानीयका लागि सञ्चालित खानेपानी आयोजनाको प्रारम्भिक मूल्याङ्कनअनुसार रु आठ करोडका संरचनामा क्षति पुगेको जनाइएको छ । उपभोक्ता समितिका अनुसार खानेपानीको स्रोतका रुपमा रहेका मुहान क्षेत्र सुनकोशी नदी किनारमा एउटा मुख्य ट्याङ्की पूर्ण रुपमा पुरिएको छ । समितिका अध्यक्ष सङ्ग्रामजित लामाले लिफ्टिङका लागि राखिएको एक ट्रान्सफर्मर, तीन गार्ड घर, बिजुलीका १५ वटा खम्बा, चारवटा वितरण ट्याङ्कीमा क्षति पुगेको छभने एक हजार तीन सय मिटर जिआईका मुख्य पाइपलाइनमा क्षतिग्रस्त भएको तथा बिजुलीका संरचना सबै ध्वस्त भएको जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न बस्तीमा लगिएका पाइपलाइनमा पनि क्षति पुगेको छ ।  सो आयोजना पुनःनिर्माण एवं मर्मत–सुधार गर्नका लागि आयोजनासँग बजेट प्राप्तिका लागि प्रशासनिक कार्य सुरु गरिएको लामाले बताउनुभयोे“प्राविधिकसहित प्रत्येक संरचनाको क्षति मूल्याङ्कन गर्ने कार्य भर्खरै सुरु गरेका छौँ, यकिन क्षति विवरण भने आउन बाँकी नै छ”, उहाँले भन्नुभयो ।  आयोजना सम्पन्न गर्न थपिएको समयसीमामा लक्षित समुदायमा पानी वितरण गर्ने सम्पूर्ण तयारी भइसकेको अवस्थामा बाढीपहिराले आयेजनामा क्षति पुगेको लामाको भनाइ छ ।  लामाले गत साउनमा सक्नुपर्ने आयोजना केही प्राविधिक कारण असोजसम्म लम्बिएको थियो । उहाँले भन्नुभयो, “विपद्ले झन् तहसनहस बनाइदियो, अब कहिलेसम्म बनाइसक्ने हो, आधाकारिक मूल्याङ्कनपछि मात्रै थाहा हुनेछ ।”  गत वर्षको चैतमै समयसीमाभित्र उपभोक्ताको घरघरमा खानेपानी उपलब्ध गराउने लक्ष्य लिइए पनि निर्माण कम्पनीले भुक्तानी नपाएको भन्दै काम रोकेपछि गत साउनसम्म लम्ब्याइएको थियो । खानेपानी मन्त्रालयबाट करिब रु पाँच करोड भुक्तानी नपाएको जनाउँदै कम्पनीले महिनौँदेखि निर्माणको काममा आलटाल गरेको उपभोक्ता समितिले जनाएको छ ।  उक्त आयोजना आठ वर्षअघि कालिका–सिएबी जेभी नामक निर्माण कम्पनीले २०७८ मा सक्ने गरी ठेक्का लिएको थियो । यसअघि आयोजनालाई कोरोनाको दुई लहर र २०८० साउनमा सुनकोशी नदीमा आएको बाढीले मुहान क्षेत्रमा क्षति पुञ्याउँदा सो आयोजना करिब एक वर्ष धकेलिएको थियो । लामाले आयोजनाको ९९ प्रतिशत काम सकिएको बताउनुभयो । उहाँका अनुसार आयोजनाको पानी प्रशोधनको काम भएको छभने पहिलो चरणमा करिब तीन हजार पाँच सय उपभोक्तालाई घरमा पानी पुञ्याइसकिएको थियो ।  उहाँका अनुसार २३ ट्याङ्कीमा पानी परीक्षण भइसकेको, मुख्य पाइपलाइन र शाखा लाइनमा पाइप बिछ्याउने तथा घरघरमा धाराका सामग्री वितरण कार्यसमेत सकिएको थियो । साथै, प्रशोधन केन्द्रदेखि वितरण ट्याङ्कीसम्मको पाइपमा समेत पानी परीक्षण भइसकेको जनाइएको छ ।  यस आयोजनाले नमोबुद्ध नगरपालिका–५ कोट तेमाल र कालीमाटीका करिब नौ सय घर तथा रोशी गाउँपालिका–७ कटुञ्जेस्थित एक सय १० घरपरिवार समेटेको छ । तेमाल क्षेत्रका नौ हजार तीन सय १० परिवारका करिब ५५ हजारका लागि खानेपानी आयोजना सञ्चालन गरिएको हो ।  पाइपको मुख्य लाइनअन्तर्गत ५० किलोमिटर उपभोक्ताले खाल्डो खनेर बिछ्याउनुपर्ने सम्झौताअनुसार काम भएको थियो । आयोजनाका लागि रु पाँच करोड बराबरको जनश्रमदान भएको लामाले बताउनुभयो ।  आयोजनाको छुट भएका केही निर्माणको काम गर्न सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाबाट गत पुसमा रु १० करोड ३४ लाख ४१ हजार उपलब्ध भए पनि थप निर्माणको काम भएको छ । याङ्बेल डाँडामा आयोजनाको चार लाख लिटर क्षमताका निर्माण गरिएको दुई मुख्य ट्याङ्कीमा भने क्षति नपुगेको लामाले बताउनुभयो । लिफ्टिङ प्रविधिको उक्त आयोजनाको मुहान सुनकोशी नदी किनारमा छ ।  गत वर्षको पहिलो बाढीले तेमाल खानेपानीको मुहान रहेको स्थान तेमाल गाउँपालिका–२ र ३ को सिमाना सुनकोशी नदी किनार चुखाबेँसीका कटान गरेको थियो । त्यससँगै गत साउन १७ र १९ गतेको बाढीले क्षति पु¥याएपछि आयोजनाको मुहान क्षेत्रमा निर्माण लिफ्टिङ ट्याङ्कीको जोखिमलाई सुरक्षित गरिएको छ ।  लामाका अनुसार बाढीले त्यतिबेला आयोजनाको रु ६० लाखभन्दा बढी क्षति पु¥याएको थियो भने करोडौँको संरचनालाई जोखिम पु¥याएको थियो । तेमाल क्षेत्रअन्तर्गत तेमाल गाउँपालकाको नौ वडा, नमोबुद्धको तीन वडा तथा रोशी गाउँपालिकाको ७ नं वडाका बासिन्दाले उक्त खानेपानी उपभोग गर्न पाउने भएका हुन् ।  विसं २०७२ असारमा सम्झौता भएको आयोजनाको काम २०७८ मङ्सिरमा सक्ने लक्ष्य राखिएको थियो । खानेपानी विभागमार्फत रु एक अर्ब २७ करोड, गाउँपालिकाको एक प्रतिशत र स्थानीय उपभोक्ताले नौ प्रतिशत जनश्रमदानमा सञ्चालन गरिएको आयोजनामध्ये दुई चरणमा सुनकोशी नदीबाट १२ किलोमिटरको उचाइमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइने संरचना बनिसकेका थिए ।  यसैगरी, गत असोज तेस्रो साता पाँचखालका उपभोक्ताले आ–आफ्ना धारामा खानेपानी पाउने थिए, तर यस वर्षको बाढीपहिरोले आयोजनामा क्षति पु¥याएपछि केही महिना धकेलिएको छ । पाँचखाल नगरमा सञ्चालित बृहत् पाँचखाल–सुनकोशी खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगिसकेको थियो । उपभोक्ता समितिले असोज २३ गते पहिलो चरणमा खानेपानी दिलाउने योजना बाढीपहिरोले विफल बनाएको हो । पाँचखालका छ हजार परिवारको साढे ३१ हजार नागरिकले घरघरमा स्वच्छ पिउने पानी पाउने आयोजना हो ।  बाढीपहिरोले आयोजनाको मुहान क्षेत्रमा डुबान गर्नाका साथै करिब ७५ मिटर घेरा पर्खाल भत्काएर लेदो जमेको छभने ४८ स्थानमा करिब तीन मिटर वितरण पाइप, १२ वटा बिजुली पोल, खानेपानीको करिब दुई किलोमिटर हाइटेन्सन तार तथा केही संरचनामा क्षति पुगेको आयोजनाले जनाएको छ ।  आयोजनाका परामर्शदाता अशोक अधिकारीका अनुसार प्रारम्भिक मूल्याङ्कनले आयोजनाको रु एक करोड ७० लाख क्षति पुगेको जानकारी दिनुभयो । उहाँले मुहानका मुख्यलगायत कलेक्सन ट्याङ्की तथा उक्त क्षेत्रमा जमेको लेदो सफाइ र अन्य भौतिक क्षति मर्मत गर्न करिब चार महिना लाग्नेछ ।  यसैबीच, खानेपानी उपभोक्ता समितिले आयोजनाको अनुगमन निरीक्षण गरी क्षतिग्रस्त संरचना तत्काल बनाउन आयोजना तथा ठेकेदार कम्पनीलाई आग्रह गरेको छ । समितिका अध्यक्ष कुमार लामिछानेले तीन महिनाको अवधिमा आयोजनाको क्षति मर्मत एवं बाँकी काम सम्पन्न गर्न आयोजनालाई आग्रह गरिएको बताउनुभयो ।  “असोजमै खानेपानी वितरण गर्ने योजना बाढी, पहिरोले विफल बनाइदियो, अब निरन्तर काम गरी तीन महिनामा उपभोक्ताको घरमा पानी पु¥याउने गरी लाग्न आयोजना र निर्माण कम्पनीलाई आग्रह गरेका छौँ”, उहाँले भन्नुभयो । निर्माणाधीन यस आयोजनाको भौतिकतर्फ करिब ९७ दशमलब ४० प्रतिशत सम्पन्न भएको जनाइएको छ ।  लामिछानेका अनुसार हाल योजनाको कार्य अन्तिम चरणमा पुग्दा परीक्षणबाट प्रतिसेकेन्ड ८४ लिटर पानी तान्न सफल भएको छ । यस्तै, प्रतिघण्टा तीन लाख दुई हजार चार सय पानी तान्न सहज ढङ्गबाट सकिने र आयोजनाको लक्ष्यअनुसार लगातार २० घण्टा पानी तान्न सकिने प्रमाणित भएको लामिछानेले बताउनुभयो ।  लगातार २० घण्टा पानी तान्दा ६० लाख ४८ हजार लिटर पानी उपभोग गर्न सकिने भएको हो । यस्तै, आयोजनाअन्तर्गत सुनकोशी नदी किनारमा छवटा इनार, चार÷चार लाख लिटर क्षमताको दुई पानी सङ्कलन ट्याङ्की, तीन लाख लिटरको ब्याकवास ओभरहेड ट्याङ्की, दश नयाँ वितरण ट्याङ्की, छ ब्रेक प्रेसर ट्याङ्की तथा १५ वटा पालेघरलगायत आवश्यक बिजुलीका सामग्री र पाइपलाइनको काम सम्पन्न भएको जनाइएको छ ।  कुल छ हजार ३७ धारामध्ये हालसम्म पाँच हजार पाँच सय धारा जडान, उपभोक्ता समिति भवन, पानी प्रशोधन केन्द्रका सम्पूर्ण कार्य सम्पन्न भइसकेको छ । हाल आयोजनाको २४ पानी तान्ने पम्प जडान, सात बिजुलीको ट्रान्सफर्मर जडान, खोलादेखि पानी सङ्कलन केन्द्रसम्मको हाइटेन्सन लाइन विस्तारको काम सम्पन्न भइसकेको छ । सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच २०७७ असार १५ गते २०७९ माघ महिनामा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको आयोजनाको काम कोरोना सङ्क्रमण, मेलम्चीमा आएको बाढीका कारण आयोजनाको पूर्वाधारमा क्षति पु¥याएका कारण लम्बिएको हो । यी कारणले पहिलोपटक १० महिना र दोस्रोपटक चार महिना गरी आयोजना सम्पन्न गर्न १४ महिनाको समय थप गरिएको थियो । पाँचखाल नगरमा खानेपानी व्यवस्थापनका लागि भुम्लु गाउँपालिका–१० बिमिरेस्थित सुनकोशी नदी किनारमा इनार तथा लिफ्टिङ प्रविधिका भौतिक पूर्वाधार निर्माण गरिएको हो ।  रु १ अर्ब ४७ करोड ४३ लाख ६० हजारको लागतमा निर्माण सम्पन्न हुने आयोजनाबाट पाँचखाल नगरपालिका–२, ३, ४, ६, ७, ८, ९, १०, ११ र १२ का छ हजार ३७ घरधुरीका हाललाई ३१ हजार चार सय १५ नागरिक लाभान्वित हुनेछन् ।  आगामी सन् २०४० सम्म ४५ हजार नागरिक लाभान्वित हुनेसमेत प्रक्षेपण गरिएको छ । आयोजनाका लागि सम्झौताअनुसार दातृ निकाय, नेपाल सरकारको बजेटसँगै कुल योजनाको पाँच प्रतिशत अर्थात् रु ११ करोड पाँच लाख पाँच हजार तीन सय परिवारले प्रतिपरिवार रु १८ हजारका दरले रकम बुझाएका छन् ।  यस्तै, आयोजनाका लागि सम्झौताअनुसार दुई सय १४ उपभोक्ताले सहकारी संस्थाबाट समेत ऋण लिई खानेपानीका लागि रकम बुझाएका थिए । यसैबीच, गत असोज दोस्रो साताको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा सञ्चालित एक सय खानेपानीका आयोजनामा क्षति पुगेको जनाइएको छ ।  हालसम्म प्राप्त क्षतिको विवरणअनुसार काभ्रेपलाञ्चोकमा मात्र रु एक अर्बको क्षति पुगेको खानेपानी तथा सरसफाइ ३ नं डिभिजन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । कार्यालयका अनुसार बाढीपहिरोले एक सयभन्दा बढी निर्माणाधीनलगायतका खानेपानी आयोजनामा क्षति पुगेको हो ।  जिल्लामा सञ्चालनमा रहेका दुई र निर्माणाधीन अवस्थाका सात योजनामा क्षति पुगेको जनाइएको छ । कार्यालयका निमित्त प्रमुख इन्जिनियर दिलीप कुमारका अनुसार बाढीपहिरोले काभ्रेपलाञ्चोकमा एक सयभन्दा बढी लिफ्ट तथा ग्राभिटी खानेपानी आयोजनामा क्षति पुगेको छ ।  उहाँले अझै बाढीपहिरोका कारण क्षति पुगेका खानेपानी आयोजनाको तथ्याङ्क आउने क्रम जारी रहेको बताउनुभयो । उहाँका अनुसार सबै स्थानीय तहलाई खानेपानी आयोजनामा पुगेको क्षतिको विवरण पठाउन टेलिफोन तथा पत्रको माध्यमबाट अनुरोध गरिएको छ ।  कार्यालयले काभ्रेपलाञ्चोकको भुम्लु बृहत् खानेपानी, कटुन्जे लिफ्टिङ, सीताघारी खानेपानी, रोशी औद्योगिक ग्राम र कालढुङ्गा बजार व्यवस्थित खानेपानी आयोजना, भूमिडाँडा बृहत् खानेपानी आयोजना, भदौरेछाप–फेट्टार–मुकुटार–सिहाले, बकुलछार–फलाङ्गे बृहत् खानेपानी, इन्द्रावती कोलाचौर लिफ्ट खानेपानी, भुम्लु सपिङ खानेपानीलगायत योजनाको क्षतिको विवरण प्राप्त भएको जनाएको छ ।  सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भक्तपुरका आयोजना प्रमुख इन्जिनियर राजेन्द्रप्रसाद श्रेष्ठले बाढीपहिरोबाट काभ्रेपलाञ्चोकको सञ्चालनमा रहेको तिमाल बृहत् ९सुक्खा क्षेत्र० खानेपानी तथा सरसफाइ आयोजनामा क्षति पुग्दा आठ हजार तीन सय ७३ घरपरिवार र चौँरीखोला–ढोकेडाँडा खानेपानी आयोजनामा क्षति हुँदा एक हजार नौ सय तीन घरपरिवार खानेपानीको सुविधाबाट वञ्चित भएको जानकारी दिनुभयो ।  उहाँका अनुसार बाढीपहिरोबाट जिल्लामा निर्माणाधीन भकुन्डेबेँसी–खनालथोक–खाक्सी–दाप्चा क्षेत्र बृहत् खानेपानी, काशीखण्ड बृहत् खानेपानी, नमोबुद्ध बृहत् खानेपानी, पनौती बसपार्क गुणस्तर खानेपानी, सुनकोशी कोशीदेखा खानेपानी गुणस्तर सुधार आयोजना, साँगा बृहत् खानेपानी आयोजना र पाँचखाल भमरकोट लिफ्ट खानेपानी आयोजनामा क्षति पुगेको छ ।  यसैगरी, बाढीपहिरोबाट खानेपानी आयोजनाको पाइपलाइन, सम्पवेल, विद्युत् ट्रान्सफर्मर, पाइपलाइन, पानी सङ्कलन ट्याङ्कीलगायतमा क्षति भएको विवरण प्राप्त भएको कार्यालयले जनाएको छ ।  बाढीपहिरोका कारण सञ्चालनमा रहेको धुलिखेल खानेपानी, निर्माणाधीन पाँचखाल बृहत् खानेपानी आयोजना तथा सञ्चालनको अन्तिम तयारीमा पुगेको काभ्रे उपत्यका ९तीन नगर समेटिएको० एकीकृत खानेपानी आयोजनामा ठूलो क्षति पुगेको छ ।  उक्त एकीकृत खानेपानीको मात्रै रु १० करोडभन्दा धेरैको क्षति भएको अनुमान गरिएको छ ।  

म्याग्दीः   चीनसँग सीमा जोडिएको माथिल्लो मुस्ताङको लोमान्थाङस्थित कोरला नाकामा अध्यागमन कार्यालय स्थापना गरिएको छ ।  जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार केही दिनमै अध्यागमन कार्यालयको औपचारिक उद्घाटन गर्ने तयारी छ ।  सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीका अनुसार कार्यालय उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको छ ।  उक्त कार्यालय सञ्चालनमा आएपछि आवश्यक वस्तु आयात र निर्यात दुवै सहज हुने उहाँले बताउनुभयो ।  विशेषगरी भेडा च्याङ्ग्रा आयात निर्यातमा सहज हुनुका साथै नाकामा आवतजावत तथा व्यापारिक कारोबार सजिलो हुने आशा गरिएको छ । अध्यागमन कार्यालय स्थापना भएपछि भिसा लगाएर नाका वारपार गर्न सकिने सहायक प्रजिअ सुवेदीको भनाइ छ ।  “हाल मुस्ताङवासी मात्र नाका प्रवेश अनुमतिपत्र लिएर आवतजावत गर्ने गरेका छन् । अध्यागमन कार्यालय सञ्चालनमा आएपछि सबै नेपाली भिसा लगाएर नाका वारपार गर्न पाउने छन् । चिनियाँ पर्यटक पनि भिसा लगाएर यही नाका हुँदै मुस्ताङ आउन पाउनेछन्”, उहाँले भन्नुभयो । उहाँकाअनुसार अध्यागमन र सुरक्षा पोष्ट रहने भवनमा विद्युतीकरण गरिएको छ भने नेपाल टेलिकमको इन्टरनेटसहित मोबाइल फोन सञ्चालनमा ल्याइएको छ ।  चिनियाँ भन्सारको आमनेसामने पारेर १० कोठे अध्यागमन तथा सुरक्षा पोष्टको भवन बनाइएको छ ।  आवश्यक पूर्वाधार निर्माण गरी कोरला नाकाबाट एकीकृत सेवा दिने तयारी गरिएको छ ।  नेचुङ भन्सार कार्यालयलाई पनि अध्यागमन कार्यालयसँगै राख्ने तयारी भएको सुवेदीले जानकारी दिनुभयो ।  

भक्तपुर:    चाँगुनारायण नगरपालिकाको तलकोटबाट यात्रु बोकेर आएको यात्रुवाहक बस आज खरिपाटीस्थित घुमाउनेमा दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् ।            नगरपालिका कार्यालयसँगै घुमाउनेमा तीव्र गतिमा आएको प्रदेश–३–०१–००६ ख ०३१२ नंको बस अनियन्त्रित भई सडकको खम्बामा ठोक्किएर दुर्घटना हुँदा १० जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी परिसरका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक प्रदीप खत्रीले जानकारी दिनुभयो ।  घाइतेहरुको भक्तपुर अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।           दुर्घटनाका प्रत्यक्षदर्शी गोकर्ण पुरीले बस दुर्घटनामा घाइतेको आफूहरुले उद्धार गरी एम्बुलेन्समा हालेर भक्तपुर अस्पताल पठाएको र अगाडि बस्ने दुईजनाको अवस्था भने गम्भीर रहेको जानकारी दिनुभयो ।  बस खम्बामा ठोक्किएर दुर्घटना हुँदा विद्युत्को खम्बासमेत भाँचिएको उहाँले जानकारी दिनुभयो ।  

काठमाडौँः   अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा निरन्तर वृद्धि भएको छ । स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला सुन रु एक लाख ६८ हजार पाँच सयमा कारोबार भएको छ ।  सोही परिमाणको पहेँलो धातु सोमबारको तुलनामा आज रु एक हजार पाँच सयले बढेको हो ।  यसैगरी,चाँदीको मूल्य प्रतितोला रु ४० ले बढेर दुई हजार पाँच कायम भएको महासङ्घले जनाएको छ ।  सोमबार एक तोला चाँदी रु दुई हजार ६५ मा खरिदबिक्री भएको थियो ।  अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन दुई हजार सात सय ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।   

पाल्पा:    पाल्पाको रम्भा गाउँपालिका– ३ अगाहाखोलास्थित सिद्धार्थ राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ९३५१ नं को ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा रम्भा गाउँपालिका– ३ बस्ने २३ वर्षीय ट्रक चालक भुवन सिंह रानाको मृत्यु भएको हो । सोमबार राति ११ बजे भएको दुर्घटनामा घाइते भएका चालक रानालाई उद्धार गरी उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको थियो । उक्त अस्पतालमा उपचारको क्रममा चालक रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।   रानाले चलाएको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना १ क ७१२१ नं को ट्रकलाई पछाडिबाट ठक्कर दिएका थिए । ठक्कर दिइसकेपछि चालक राना दाहिने खुट्टा च्यापिएको अवस्थामा भेटिएका थिए । रानाको ट्रकले ठक्कर दिएका अर्का ट्रकका सहचालक स्याङ्जा वालिङ नगरपालिका– १० बस्ने २१ वर्षीय सञ्जीत खवास थापा घाइते भएको प्रहरीले जनाएको छ ।  उक्त ट्रकका चालक वालिङ ९ बस्ने ५६ वर्षीय गुप्तबहादुर गुरुङ भने सकुशल छन् । दुर्घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

नुवाकोटः नुवाकोटको विदुर नगरपालिका–८ स्थित राइसिंबाट म्यागङ गाउँपालिका–३ गोगने हँुदै धादिङको खनियाबास पुग्ने सडकक कालोपत्र गरिने भएको छ ।  बागमती मुख्यमन्त्री बहादुरकःसिंह लामा ९तामाङ०ले राईसिंमा आयोजित कार्यक्रममा कालोपत्रको शुभारम्भ गर्नुभयो ।  ट्रयाक खोलिएको करिब २० वर्षपछि सुरु भएको कालोपत्र कार्यले दुई जिल्लाका ग्रामीण क्षेत्रलाई बजारीकरणसँग जोड्दै कृषि उब्जनीको बजारीकरणमार्फत अर्थतन्त्र बलियो बनाउन उल्लेख्य योगदान पुग्ने सो अवसरमा मुख्यमन्त्री तामाङले विश्वास व्यक्त गर्नुभयो । “अहिले विदुर–८ राईसिंबाट विदुर–१३ हर्कपुर हुँदै गोगनेसम्म १० किलोमिटर सडकमध्ये चालु आर्थिक वर्षमा चार किमी कालोपत्र गर्न लागिएको छ”, उहाँले भन्नुभयो, “बाँकी रहने थप छ किमीसहित गोगने हँुदै धादिङको खनियाबास गाउँपालिकासम्म आगामी आर्थिक वर्षमा बजेट सुनिश्चित गरिने छ ।” गत जेठ १८ गते भएको सम्झौताअनुसार चार किमी सडक विस्तारका लागि रु १४ करोड ६१ लाखमा निर्माण कम्पनीले जिम्मेवारी पाएको छ । सो कार्य उक्त कम्पनीले १८ महिनाभित्र सम्पन्न गनुपर्ने उल्लेख छ । बहुवर्षीय ठेक्का भएकाले चालु आवमा रु आठ करोड बजेट विनियोजन भएको छभने बाँकी रकमसहित तोकिएको गन्तव्यसम्म पुर्याउन अपुग रकम अर्को वर्ष विनियोजन हुने पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख रोशन पाठकले जानकारी दिनुभयो । राईसिं–हर्कपुर–गोगने सडकखण्ड’लाई धादिङको खनियाबास जोडेर धादिङका विकटमा पर्ने पालिका र नुवाकोटको म्यागङ गाउँपालिकाका ५० हजारभन्दा बढी स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुने विस्तृत परियोजना प्रतिवेदनमा उल्लेख रहेको विदुरका नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो । हाल उक्त कच्ची सडकमा यात्रुबाहक सवारीसाधन हिँडाउन जोखिमको कारण कठिनाइ भएकाले सडक कालोपत्रपश्चात गाउँगाउँका बस्तीमा गाडी चलाउन, कृषि उब्जनीलाई बजार पुर्याउन र दैनिक उपभोग्य सामग्री गाउँ लैजान उक्त सडक निकै लाभदायक हुने नगरप्रमुख श्रेष्ठको भनाइ छ ।  

काठमाडौं:    टुरिष्ट गाईड एशोसिएसन अफ नेपाल (टुर्गान)ले अनुमतिपत्र नलिई पर्यटक घुमाउने पथप्रदर्शकलाई कारबाही गरेको छ ।  टुर्गानले सोमबार पर्यटक प्रहरीसँगको सहकार्यमा काठमाडौँको वसन्तपुरमा गरेको जाँचका क्रममा अनुमतिनलिई पर्यटक घुमाउने पथप्रदर्शकलाई कारबाही गरेको हो । टुर्गानका अध्यक्ष थानेश्वर देवकोटाले पर्यटक पथप्रदर्शकको अनुमतिपत्र नलिएका तथा अनुमतिपत्र लिएर पनि नवीकरण नगरेका पथप्रदर्शकलाई कारबाही गरिएको जानकारी दिनुभयो । उहाँले पर्यटक पथप्रदर्शकको नलिई घुमाउने  एक जनालाई पक्राउ गरी प्रहरीलाई बुझाएको बताउनुभयो । टुर्गानले पर्यटक प्रहरीको सहकार्यमा काठमाडौँ उपत्यकाको पशुपतिनाथ, स्वयम्भू, पाटन, भक्तपुर, वसन्तपुर दरबार क्षेत्रमा विभिन्न समयमा नक्कली पथप्रदर्शकको जाँच गर्दै आएको छ । उक्त टोलीले अनुमतिपत्र नलिएका तथा नवीकरण नगरेका पर्यटक पथप्रदर्शकलाई दुई घण्टा ‘होल्ड’ गर्ने र सचेत गराउने गरेको छ । हाल देशभर चार हजार नौ सय ९० व्यक्तिले पर्यटक पथप्रदर्शकको अनुमतिपत्र लिएका छन् । नेपाल भ्रमणका लागि आएका विदेशी पर्यटकलाई नेपालको सकारात्मक सन्देश दिने दूतको कामसमेत पर्यटक पथप्रदर्शककोे रहेकाले अनुशासित र मर्यादित भएर आफ्नो व्यापार व्यवसाय गर्न टुर्गानले सम्पूर्ण पथप्रदर्शकलाई अनुरोधसमेत गरेको छ ।