विराटनगर:   धरानका मेयर हर्क साम्पाङले भरतपुर महानगरकी मेयर रेणु दाहाललाई लक्षित स्ट्याटस लेख्दै आलोचना गरेका छन् ।   सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै मेयर साम्पाङले जनताको शक्तिलाई ...

काठमाडौं:  प्यालेस्टाइनमा सम्पन्न एएफसी यू–२० महिला एसियन कप छनोट खेलेर नेपाली महिला फुटबल टोली मङ्गलबार बिहान स्वदेश फर्किएको छ ।   छनोट खेलको समूह ‘बी’ मा रहेको नेपालले लगातार दुई खेल जित्दै दोस्रो चरणमा स्थान बनाएको छ । नेपालले पहिलो खेलमा आयोजक प्यालेस्टाइनलाई ६–० र दोस्रो खेलमा नर्दन मारियानालाई  पनि ६–० गोलले हराएको थियो ।   यस समूहबाट संयुक्त अरब इमिरेट्स (युएई) ले अन्तिममा नखेल्ने घोषणा गरेको थियो । नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पदाधिकारीले स्वागत गरेका थिए ।   पहिलो चरणबाट आठ समूहका शीर्ष टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । दोस्रो चरणका खेलहरु जुन ३ देखि ११ तारिखसम्म हुनेछ । दोस्रो चरणमा नेपालसहित चीन, अष्ट्रेलिया, लेबनान, चाइनिज ताइपेइ, भियतनाम, म्यानमार र इरान प्रवेश गरेका छन् ।   दोस्रो चरणमा प्रवेश गरेका आठ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । यसबाट उत्कष्ट चार टोलीले सन् २०२४ मार्च ३ देखि १६ तारिखसम्म उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप खेल्नेछन् ।   आयोजक उज्वेकिस्तानसहित सन् २०१९ को विजेता जापान, दोस्रो भएको उत्तर कोरिया र तेस्रो भएको दक्षिण कोरिया गरी चार टोली छनोट भइसकेका छन् ।

काठमाडौं:  भारतीय रेटिङ एजेन्सी ओरम्याक्सले प्रत्येक महिना लोकप्रिय पुरुष र महिला स्टारको सूची सार्वजनिक गर्छ । उक्त मिडियाले फेब्रुअरी महिनाको सूची सेयर गरेको छ, जसमा शाहरुख खान भारतका सबैभन्दा लोकप्रिय अभिनेता बनेका छन् ।   महिला कलाकारतर्फ दीपिका पादुकोणलाई पछि पार्दै आलिया भट्टले पहिलो स्थान हासिल गरिन् । दोस्रो स्थानमा दीपिका र कियारा आडवाणी तेस्रो स्थानमा छिन् ।   पठान रिलिजको कारण पनि पछिल्लो महिना शाहरुख चर्चाको शिखरमा रहे । सो महिनामा उनले बादशाहको मान्यतालाई यथावत् राख्न सके । सलमान खान दोस्रो लोकप्रिय अभिनेता बनेका छन् । उनी आफ्नो आगामी फिल्म ‘किसी का भाइ किसी की जान’ को पोस्ट-प्रोडक्सनमा व्यस्त छन् ।   फिल्महरु पछिल्ला दिनमा लगातार असफल भइरहेपनि अक्षय कुमार लोकप्रियताको सूचीमा तेस्रो स्थानमा छन् । ऋतिक रोशन यतिबेला आफ्नो एक्सन थ्रिलर फिल्म फाइटरको सुटिङमा व्यस्त छन् । उनी लोकप्रियताको चौथो स्थानमा छन् ।   आफ्नो फिल्म ‘तु झुठी मैं मक्कर’का लागि चर्चामा रहेका रणवीर कपुर पनि सूचीमा पाँचौं स्थानमा परेका छन् । उनको फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ ।   महिलातर्फ आलिया शीर्षस्थानमा   आलिया यतिबेला आफ्नो मातृत्वको आनन्द लिइरहेकी छिन् । यसबाहेक उनी आफ्नो फिल्म रकी र रोनीको प्रेमकथाको सुटिङमा पनि व्यस्त छिन् । उनले ओरम्याक्स पपुलर फिमेल स्टारको सूचीमा पहिलो स्थान हासिल गरेकी छन् ।   दीपिका पादुकोण अहिले अमेरिकाको लस एन्जलसमा छिन् । सोमबार सम्पन्न ओस्कार अवार्डमा उनी प्रस्तुतकर्ताको रूपमा देखा परिन् । उनी हालै ब्लकबस्टर फिल्म पठानमा शाहरुख खानसँग देखिएकी थिइन् । ओरम्याक्सकोे सूची अनुसार उनी हाल देशको दोस्रो सबैभन्दा लोकप्रिय महिला स्टार हुन् ।   अभिनेत्रीतर्फ सूचीको तेस्रो स्थानमा कियारा आडवाणी छिन् । कियारा र सिद्धार्थ मल्होत्राले सन् २०२३ को सुरुमा विवाह गरेका थिए । कियारा आफ्नो विवाहलाई लिएर केही महिनादेखि हेडलाइन्समा थिइन् । सायद यही कारण उनी यो सूचीमा रहिन् ।   कट्रिना कैफ दशकभन्दा बढी समयदेखि बलिउडकी शीर्ष अभिनेत्री हुन् । उनी अहिले सलमान खानसँग टाइगर ३ को सुटिङमा व्यस्त छिन् । चर्चित महिला स्टारको सूचीमा कट्रिना चौथो नम्बरमा छिन् ।   कृति सेनन हालै फिल्म ‘शहजादा’ मा कार्तिक आर्यनको अपोजिटमा देखिएकी थिइन् । उनको फ्यान फलोइङ पनि निकै उच्च छ । यो सूचीमा उनी पाँचौं स्थानमा परेकी छन् ।

काठमाडौं : सरकारले पूर्वराष्ट्रपतिलाई विभिन्न सेवासुविधा उपलब्ध गराउँदै आएको छ। जसमा २ लाख घरभाडा, मासिक ५० हजार रुपैयाँसहित अन्य सुविधा छन्। यस्तै उपराष्ट्रपतिलाई मासिक ७५ हजार घरभाडा र  मासिक ४० हजार दिने व्यवस्था छ।   पूर्वराष्ट्रपति तथा उपराष्ट्रपतिलगायत पदाधिकारीलाई भत्तासँगै प्रतिव्यक्ति एउटा गाडी, गाडीमा लाग्ने मासिक २ सय लिटर इन्धन, मोबिल, मर्मत खर्च, सवारी चालक, कर्मचारी, कार्यालय सहयोगीसमेत राज्यले उपलब्ध गराउने व्यवस्था छ।   काठमाडौं उपत्यका वा अन्य प्रदेशका राजधानीमा घर भए मर्मतका लागि भत्तासहित मासिक १ लाख रुपैयाँ दिने व्यवस्था छ। घर नभएका उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतलाई भत्तासहित मासिक ७५ हजार रुपैयाँ छुट्ट्याइएको छ।    मासिक भत्ता, आवास सुविधासहित गाडी, निजी सचिवालय कर्मचारीको व्यवस्था, सुरक्षा व्यवस्था राज्यले उपलब्ध गराउने मापदण्डमा छ। तर, राष्ट्रपति वा उपराष्ट्रपति तथा पूर्वपदाधिकारीले मापदण्डबमोजिम पाएको सुविधा नलिन वा पाएको सुविधा जुनसुकै बखत पनि फिर्ता गर्न सक्छन्। सुविधा प्राप्त गर्ने पदाधिकारी वा विशिष्ट व्यक्तिको मृत्यु भएमा कानुनबमोजिम निकटतम हकदारले सम्बन्धित निकायमा १५ दिनभित्र फिर्ता गर्नुपर्ने हुन्छ।

जाजरकोट:  किसानको उत्पादन सङ्कलन गरी बजारसम्म पु-याउने उद्देश्यसहित निर्माण गरिएको कृषि उपज सङ्कलन केन्द्र प्रयोगविहीन भएको छ । कर्णाली प्रदेश सरकार कृषि मन्त्रालयको ३५ लाख रुपियाँमा सो केन्द्र निर्माण गरिएको थियो ।    सो केन्द्रका लागि आर्थिक वर्ष २०७५/७६ मा २५ लाख र आर्थिक वर्ष २०७६/७७ मा १० लाख गरी कुल ३५ लाख बजेट प्राप्त भएको थियो । सो केन्द्र कस्तुरी बहुउद्देश्यीय सहकारी संस्थाले निर्माण गरेको थियो ।    सङ्कलन केन्द्र प्रयोगविहीन भएपछि आफ्ना उत्पादन डोकोमा बोकेर पसल र गाउँघर चहार्दै बेच्न किसान बाध्य छन् । भेरी नगरपालिका–४ का एकदेव शर्माले सरोकारवाला निकायको लापरबाहीका कारण कृषि उपज सङ्कलन केन्द्र प्रयोगविहीन अवस्थामै जीर्ण बन्दै गएको बताउनुभयो ।   कृषि विकास कार्यालयका प्रमुख महेश आचार्यले कृषि उपज सङ्कलन केन्द्र सञ्चालनका विषयमा अध्ययन गरी प्रक्रिया अघि बढाउने बताउनुभयो । सहकारी संस्थाका प्रबन्धक राजु केसीले सङ्कलन केन्द्र छिट्टै सञ्चालन गरिने बताउनुभयो ।  

पोखरा:  घट्टेखोला–धम्पुस–देउराली–खानीगाउँ हुँदै ल्वाङसम्म जोड्ने सडक निर्माण गर्नुपूर्व वातावरणीय प्रभाव मूल्याङ्कन (आईईई) गर्न टोली धम्पुस पुगेको छ।   आईईई रिपोर्ट निर्माणका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), डिभिजन वन कार्यालय उक्त परियोजनको सम्बन्धित कन्सल्टेन्ट, स्थानीय सरकार, स्थानीय तथा सरोकारवालासहितको टोली धम्पुस पुगेको हो।    माछापुच्छ्रे गाउँपालिका–७ (धम्पुस)का वडा अध्यक्ष वैकुण्ठ भण्डारीको टोलीले स्थलगत अवलोकनसँगै नापजाँच गरेको बताउनुभयो। करिब तीन वर्षअघि १३ किलोमिटर सडक ५८ करोडको लागतमा निर्माण हुने अन्तिम चरणमा पुगेर पनि विभिन्न कारणले गर्दा टेन्डर प्रक्रियामा रोकिएको थियो। उक्त योजना केही संशोधनसहित पुनर्निर्माण हुने चरणमा भएकाले अब त्यसलाई सफल पार्न सबै पक्षले सहयोग गर्ने अध्यक्ष भण्डारीले बताउनुभयो। उक्त परियोजना अघि बढाउन स्थानीय रूपमा कुनै समस्या नभएको दाबी गर्दै अध्यक्ष भण्डारीले एक्याप र वन कार्यालयको क्षेत्राधिकारसमेत पर्ने भएकाले त्यसका लागि आवश्यक समन्वय गर्दै आएको जनाउनुभयो।     सडकको दायाँबायाँ पर्ने स्थानीय परियोजनाका लागि आवश्यक जग्गा दिन राजी भएको अध्यक्ष भण्डारीले बताउनुभयो। स्थानीय दलबहादुर गुरुङले विकासको मेरुदण्ड नै बाटो भएकाले उक्त बाटो निर्माण प्रक्रियामा अब कुनै बाधा अवरोध नहुने बताउनुभयो। धम्पुसको घट्टेखोला, देउराली, खानीगाउँ हुँदै ल्वाङसम्म जाने गण्डकी प्रदेशकै नमुना सडक निर्माण प्रक्रिया समन्वय अभावले गर्दा ढिलाइ भएको भन्दै प्रदेशका पूर्वअर्थमन्त्री रामजीप्रसाद बराल स्थलगत अनुगमनमा पुग्नुभएको छ।    पूर्वमन्त्री बरालले प्रस्तावित आयोजनाले ग्रामीण सडक विस्तारका साथै स्थानीय कृषि, पर्यटन क्षेत्रलाई टेवा पु-याउने बताउनुभयो।  

पोखरा:   विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीलाई एक्सपर्टले शैक्षिक परामर्श गर्ने भएको छ ।  मार्च १६ अर्थात् चैत २ गते पोखराको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले ‘एक्सपर्ट एडिम्सन डे २०२३’ को आयोजना गर्ने भएको हो । उक्त कार्यक्रममा विदेश अध्ययन गर्न चाहने नेपाली विद्यार्थी र अष्ट्रलिया, न्युजिल्याण्ड, क्यानडा,युके र अमेरिकाका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुले एक अर्कासँग प्रत्यक्ष रुपमा संवाद गर्ने आइतबार चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा एक्सपर्ट पोखराका एकेडेमी डाइरेक्टर सलि देवानले बताए ।  विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई परामर्श प्राप्त गर्न सहज होस् भन्ने उद्देश्यले शैक्षिक परामर्श कार्यक्रमको आयोजना गरिएको भनाई उनको छ । ‘विगत दुई वर्षमा कोरोनाले सिर्जित प्रतिबन्धहरुका कारण प्रत्यक्ष रुपमा यस्ता कार्यक्रमहरुको आयोजना गर्न सम्भव भएन । सो समयमा भर्चुअल माध्यमबाट विद्यार्थीलाई परामर्श गरिएको थियो । अहिले प्रत्यक्ष रुपमा नै आयोजना गर्न लागेका हौं ।’–उनले भने ।  बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म पोखराको सिदार्थचोक स्थित एक्सपर्ट एडुकेशन एण्ड भिसा सर्भिसेजको कार्यालयमा हुने एक्सपर्ट एडिम्सन डेमा सहभागीलाई फुड भौचर, मुभि भौचरको सुविधा उपलब्ध रहेको एक्सपर्ट पोखराका अप्रेसन म्यानेजर रमेश बास्तोलाले जानकारी गराए । कार्यक्रममा सहभागी विद्यार्थीलाई एक्सपर्टबाट दिइने आयल्स, पीटीई क्लासमा समेत छुट दिइने उनले बताए । उनले एक्सपर्टले विगत दुई दशकदेखि आधिकारिक र विश्वसनिय परामर्श प्रदान गर्दै आएकाले पनि विदेश अध्ययनका लागि एक्सपर्ट रोजाईमा पर्ने गरेको उल्लेख गरे । उनका अनुसार एक्सपर्टले नेपालका प्रमुख १६ शहरहरुमा शाखाहरु संचालनमा ल्याएको छ । यस्तै विश्वका १९ देशका ५० भन्दा बढी शहरहरुमा समेत एक्सपर्टले सेवा प्रवाह गरिरहेको छ ।  वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई विश्वसनिय जानकारीहरु प्रदान गर्ने उद्देश्यले एक्सपर्टले विगतका वर्षहरुमा झै यस वर्ष पनि नेपालका शहरहरु धनगढी, नेपालगञ्ज, घोराही, बुटवल, पोखरा, नारायणगढ, हेटौंडा, विराटनगर, विर्तामोड र काठमाडौंमा एक्सपर्ट एडिम्सन डे कार्यक्रमको आयोजना गरिने एक्सपर्ट पोखराका मार्केटिङ म्यानेजर विष्णु प्रसाद गौतमले जानकारी गराए । 

काठमाडौं:  निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी लगातार दुई कार्यकाल पूरा गरी शीतल निवासबाट बिदा हुनुभएको छ ।   सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले निवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाइ गर्नुभएको हो ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निवर्तमान राष्ट्रपति भण्डारीलाई आँखीझ्याल उपहार दिएर बिदाइ गर्नुभएको छ ।   भण्डारी शीतल निवासबाट निजी निवासमा जाँदै गर्दा नेपाली सेनाको टोलीले टुँडिखेलबाट २१ तोपको सलामी दिएको छ ।   २०७४ साल फागुन २९ गते भण्डारी राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । २०७२ साल कात्तिक ११ गते पहिलो पटक राष्ट्रपतिमा बन्नुभएकी उहाँ २०७४ सालमा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको थियो ।

आगामी चैत ३ गते हुने उपराष्ट्रपति चुनावका लागि उम्मेदवार दिएकी जसपा सांसद प्रमिला कुमारी यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन्।   गठबन्धनका तर्फबाट साझा उम्मेदवार जसपा, नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा प्रतिनिधि सभा सदस्य रामसहाय प्रसाद यादवलाई समर्थन गर्दै उनले उम्मेदवारी फिर्ता लिएकी हुन्।   यादव राजनीतिक, आर्थिक र सामाजिक-सांस्कृतिक रुपले समाजको अग्रगामी रुपान्तरण र परिवर्तनको संघर्ष सँगै शोषण, उत्पीडन, असमानता र विभेदका विरुद्ध जनआन्दोलन, ऐतिहासिक मधेश जनबिद्रोह लगायत लोकतन्त्र बहालिका लागि पटक-पटक भएका बिभिन्न आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै उनले आफू पछि हटेको बताइन्।   ‘मुलुकको सार्वभौमिकता, राष्ट्रिय स्वाधिनता, समावेशीता, संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय र समाजवाद प्रति निष्ठापूर्वक संधै समर्पित रहने सालीन स्वभावका, सादा जीवन, निष्कलंक एवम् स्वच्छ छवी र उच्च विचार भएका एक बौद्धिक एवम् परिपक्व नेता माननीय रामसहाय प्रसाद यादव, उप-राष्ट्रपति जस्तो गरिमामय पदका लागि सबै भन्दा उपयुक्त, योग्य र सक्षम उम्मेदवार हुनुहुन्छ’, उनले भनिन्, ‘प्राविधिक रुपमा मेरो नाम उम्मेदवारको सूचीमा रहन गएको भएता पनि प्रतिवद्धताका साथ म वहाँलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु।’   उनले विज्ञप्ति जारी गर्दै भनेकी छन्, ‘अब उपरान्त म उप-राष्ट्रपति पदको लागि उम्मेदवार नरहेको हुँदा गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहनु भएका माननीय रामसहाय प्रसाद यादवलाई आफ्नो अमूल्य मत दिई विजयी गराउनु हुन सम्पूर्ण माननीय सांसद एवम् माननीय प्रदेश सभा सदस्यज्यूहरुसँग हार्दिक अपिल गर्दछु ।’

काठमाडौं : सुनको मूल्य बढ्ने क्रम जारी छ। अघिल्लो कारोबार दिन आइतबार १ हजार ७०० रुपैयाँले बढेको सुन सोमबार तोलामा ६ सय रुपैयाँले वृद्धि भएको हो।   आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४ हजार १०० पुगेको छ। नेपाल सुनचाँदी महासंघका अनुसार तेजाबी सुन प्रतितोला १ लाख ३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।   सोमबार चाँदीको मूल्य समेत बढेको छ। आज चाँदी तोलामा १० रूपैयाँले बढ्‍दा प्रतितोला १ हजार २५५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।   आइतबार चाँदी प्रतितोला २५ रुपैयाँले बढेर  १ हजार २४५ रुपैयाँमा किनबेच भएको थियो।