राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पक्राउ परेसँगै वर्तमान सरकारलाई निरंकुश सरकार भएको बताएका छन् ।   प्रहरी नियन्त्रणमा रहेको क्रममा मिडियाकर्मीहरुसँग बोल्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।  ...

बागलुङ: नेपालको एक मात्रै सिकार पर्यटन सञ्चालन हुने क्षेत्र ढोरपाटन सिकार आरक्ष बागलुङमा यस वर्षको अन्तिम सिकार पर्यटन सुरु भएको छ ।    सिकार खेल्नको लागि विदेशी पर्यटकहरू हेलिकप्टरमार्फत सिकार ब्लकमा पुगेका हुन् । यस वर्षको दोस्रो याममा १२ नाउर र नौ झारलको सिकार हुनेछन् ।   बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीले पेशेवर विदेशी सिकारीलाई आरक्षमा सिकार गराउने भएका हुन् । यस वर्षको दोस्रो याम (फागुन–वैशाख) को लागि सात कम्पनीबाट आठ देशका सिकारीहरूले सिकार गर्न लागेको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले बताउनुभयो ।   नेपाल वाईल्ड लाइफ एडभेन्चर, सफारी आउट्फिटरस काठमाडौंबाट युएसएका सिकारीले फागुनेमा १ नाउर र १ झारल, श्री हिमालयन वाईल्डफाईफ आउटफिटर्स काठमाडौंबाट युएसएका सिकारीले बार्सेमा १ नाउरको सिकार हुनेछन् । यस्तै, श्री ट्याक्स एन ट्रेल्स प्रा.लि. काठमाडौंबाट क्यानडाका सिकारीले घुस्तुङमा १ नाउर र १ झारलको सिकार गर्ने छन् । श्री ग्लोबल सफारिज नेपाल प्रा.लि. काठमाडौंबाट हंगेरीका सिकारीले गुस्तुङ (रुकुम पूर्व)मा १ नाउर र १ झारल तथा फ्रान्सका सिकारीले सुनदह (रुकुम पूर्व)मा १ नाउर र १ झारलको सिकार गर्ने अनुमति पाएका छन् ।    श्रीओपन नेपाल वाईल्डलाईफ सफारी एण्ड ट्रेक्स प्रा.लि. काठमाडौंबाट पोर्चुगलका सिकारीले सुनदहमा १ नाउर, श्री नेपाल ट्राभल एक्पेडिसन प्रा.लि. ललितपुरबाट पोल्याडका सिकारीले दोगाडीमा १ नाउर, रसियन सिकारीले दोगाडीमा १ नाउर र घुस्तुङमा १ झारल, स्पेनिस सिकारीले वार्सेमा १ नाउर र गुस्तुङमा १ झारल र श्री हिमालयन सिफारिस प्रा.लि. काठमाडौंबाट तीन जना अमेरिकाका सिकारीहरूले सिकार गर्ने भएका छन् । उनीहरूले दोगाडीमा १ नाउर र सेङमा १ झारल, सेङमा १ नाउर र सुनदहमा १ झारल, दोगाडीमा १ नाउर र गुस्तुङमा १ झारलको सिकार गर्ने अधिकृत कँडेलले बताउनुभयो ।    सिकार गर्न दुई जना सिकारीहरू ढोरपाटन आइपुगेको अधिकृत कँडेलले बताउनुभयो । श्रीओपन नेपाल वाईल्डलाईफ सफारी एण्ड ट्रेक्स प्रा.लि. काठमाडौँ कम्पनीबाट सुनदहमा १ वटा नाउरको सिकारको लागि पोर्चुगलका सिकारी ओलिभा डे एन्ड्राडे भिलारिन्हो जोस मिगुएल र श्री हिमालयन वाईल्डलाईफ आउटफिटर्स, स्युचाटार काठमाडौंबाट बार्सेमा १ नाउरको सिकारको लागि युएसएका चाल्र्स हेरोल्ड वेकल आरक्ष आइपुगेको बताउनुभयो । अन्य सिकारीहरू आउने क्रम जारी छ ।    विभागले अघिल्लो (फागुन) महिना सिकारका लागि पेशेवर सिकारी अनुज्ञापत्र प्राप्त कम्पनीबाट सिलबन्दी दरभाउपत्र आव्हान गरेको थियो । यस पटक सिकारीहरूले एउटा नाउरको पाँच लाख २० हजारदेखि ७ लाख ८० हजारसम्म र झारलको ३ लाखदेखि तीन लाख १० हजार रुपियाँ राजश्व तिरेको अधिकृत कँडेलले जानकारी दिनुभयो ।    अघिल्लो (पहिलो) याम (असोज–मङ्सिर) मा एउटा नाउरको २० लाख पाँच हजार र झारलको ६ लाख रुपियाँ राजश्व बुझाइएको थियो । सिकारको माग बढी हुँदा राजस्वको दर पनि बढ्ने र माग घट्दा राजस्व पनि घट्ने गरेको छ । यस वर्षको पहिलो सिजनमा आठ नाउर र छ झारलको सिकार कोटा निर्धारण गरिए पनि सात नाउर र पाँच झारलको मात्र सिकार भएको थियो ।   सिकारी हेलिकप्टरबाट आरक्षमा पुग्ने गर्छन् । खर्चिला र साहसी सिकारीले विकटमा रहेका ‘ब्लक’ मा सिकार खेल्न रुचि राख्छन् । सिकारी, आरक्ष कार्यालय तथा कम्पनीका प्रतिनिधि, भरिया र पथ प्रदर्शकसहितको टोलीले १५ दिन आरक्षमा बिताउँछन् ।   आरक्षणमा बर्सेनि असोज–मङ्सिर र फागुन–वैशाख गरी दुई पटक सिकार खुल्छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक सिकार याममा विद्युतीय बोलपत्र आह्वान गरेर सिकारको कोटा र राजश्व दर निर्धारण गर्छ । साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ ।   बागलुङ, रुकुम र म्याग्दी जिल्लाका केही भागमा यो सिकार आरक्ष फैलिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले समय समयमा सिकार गरिने मुख्य वन्यजन्तु नाउर र झारलको गणना तथा अनुगमन गरी वार्षिक कोटा निर्धारण गरी प्रतिस्पर्धाको आधारमा सिकार गराउने गर्छ । वि.सं. २०४४ सालमा स्थापना भएको आरक्ष एक हजार ३२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।  

पोखरा:  सामुदायिक वन उपभोक्ता महासंघ मादी गाउँपालिकाको दोश्रो अधिवेशनले सिर्जना अर्याल पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्वत चयन गरेको छ ।  पाँच बर्षे कार्यकाल रहेको सो समितिको उपाध्यक्षमा बृहस्पिति सापकोटा, सचिव विजयराज अधिकारी,कोषाध्यक्षमा कृष्णकुमारी सुवेदी आचार्य र सदस्यहरुमा मिनाकुमारी अधिकारी,लक्ष्मी अधिकारी,धनकुमारी पट्यानी,अप्सरा देवकोटा,राम पौडेल र खडक बहादुर आले निर्वाचित हुनु भएको छ ।      त्यसै गरि अधिवेशनले गण्डकी प्रदेश प्रतिनिधिमा हिमलाल आचार्य, विष्णुप्रसाद गौतम, रामचन्द्र अधिकारी, बुद्धिसागर सापकोटा, गोमा गुरुङ, कमला सापकोटा, शान्ति रानाभाट र वुद्धिमाया बराल सापकोटा र वम बहादुर क्षेत्री, इन्द्रबहादुर खत्री, हरिप्रसाद सापकोटा, विष्णुकुमारी पौडेल, शान्ति सापकोटा र पवित्रा गौतमलाई जिल्ला प्रतिनिधि चयन गरेको छ ।  सामुदायिक वन उपभोक्ता महासंघ नेपाल केन्द्रीय सदस्य एवम् कास्की समन्वय समितिका उपप्रमुख सरिता कुमालले अधिवेशनको शुभारम्भ गर्दै महिला नेतृत्व विकासमा सामुदायिक वन वरदान सावित बनेको विचार व्यक्त गर्नुभयो । महासंघका केन्द्रीय सदस्य एवम् प्रचार विभाग प्रमुख हरि बास्तोलाले नेपाल सगरमाथा र बुद्ध जन्मभूमिसंगै पछिल्लो समय सामुदायिक वनको देशको रुपमा विश्वसामु परिचित हुन सफल भएको उल्लेख गर्नुभयो । महासंघ गण्डकी प्रदेश अध्यक्ष कालिदास सुवेदीले कानूनी अडचनका कारण सामुदायिक वन समूहमा काठ कुहिने र विदेशबाट खरवौ मुल्य वरावरको काठ आयात हुँदा मुलुकमा हरित रोजगार सिर्जना हुन नसकेको बताउनुभयो । मादी गाउँपालिका वडा नं. १२ का वडाअध्यक्ष कृष्णराज दाहालले वन समुह र पालिकाको सहकार्यमा वनलाई आयआर्जनको माध्येम बनाउनुको विकल्प नभएको बताउँदै वन तथा वातावरण क्षेत्रको विकासमा पालिकाको सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । स्थानीय महासंघका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा महासंघ कास्कीका अध्यक्ष विश्वनाथ लामिछाने, सचिव सिर्जना पौडेल लगायतले मानव वन्यजन्तुद्धन्द व्यवस्थापनमा तीनै तहका सरकार जिम्मेवार हुनु पर्नेमा सामूहिक धारणा राख्नु भएको थियो ।   

सन्धिखर्क : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार र एमालेबाहेकका दल राष्ट्र खोक्रो पार्न लागेका बताएका छन्।    नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीले सन्धिखर्कमा गरेको मिसन ग्रासरुट अभियानअन्तर्गत कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन्।    अध्यक्ष ओलीले विपक्षीहरूले राष्ट्रिय शक्ति निर्माणको कामलाई अगाडि बढाउन नदिएको त्यो प्रयासलाई असफल पारेर मिसन ग्रासरुट मार्फत मिसन ५१ प्रतिशत उपलब्धी हात पार्ने बताए।   एमाले एक्लैले ५१ प्रतिशत ल्याउनेमा ढुक्क हुन कार्यकर्तालाई आग्रह गरे। हरेक वडा, हरेक पालिका हरेक प्रदेश र संघमा सबै निर्वाचनमा ५१ प्रतिशत बढी ल्याउने गरी एमाले संगठन निर्माणमा लागेको जानकारी दिए।    उनले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताएका छन्। अध्यक्ष ओलीले भने 'बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे देखियो भने त्यो एमाले हैन भनेर जाने हुन्छ' एमाले नेता तथा कार्यकर्ता बोली वचनबाट छुट्टिनु पर्छ।    समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थकता दिलाउन अन्तरविरोध गरेर भोट नदिने कार्य नगर्न कार्यकर्तालाई आग्रह गरे। 'अहिले सिङ कस्का बलिया भनेर जोरी खोज्ने समय नभएको बताउँदै उनले मानवीय समाजको सभ्यतालाई बुझेर कम्युनिष्ट पाटीका नेता र अरू पाटीका नेता कार्ड छुट्ट्याउन नहुने बताए। 

काठमाडौं:  आइतबार सेयर बजार परिसूचक नेप्से १८ सयको विन्दुमा झरेको छ । केही दिन यता लगातार ओरालो यात्रामा रहेको नेप्से सूचकमा आइतबार थप २६.८७ अंकले घट्दै १८ सय ८८.२७ अंकको विन्दुमा झरेको हो ।    यसदिन सेन्सेटिभ इन्डेक्स समेत ५.०१ अंकले घट्दै ३५६ अंकको विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । २६ अङ्कमाथिले घटेको बजारमा आज १ अर्ब २८ करोड ९३ लाख रुपैयाँ बराबरको ३७ लाख ५४ हजार कित्ता सेयर कारोबार भएको छ ।    आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । माया खोला हाइड्रोपावर कम्पनी र एसियन हाइड्रोपावर लिमिटेडको सेयर मूल्य क्रमशः ९.९९ प्रतिशतले र ९.९८ प्रतिशतले बढेको छ भने आज जीवन विकास लघुवित्त वित्तीय संस्था, जालपा सामुदायिक लघुवित्त वित्तीय संस्था र यूनिक्यू नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १०–१० प्रतिशतले घट्न पुगेको छ ।

पोखरा:  प्रेस क्लब गण्डकीले तीन जना सल्लाहकार चयन गरेको छ ।  पोखरामा बसेको क्लबको बैठकले नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनी, महासंघकै पूर्व केन्द्रीय सदस्य सुष्मा कुमारी पौडेल र नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिनालाई सल्लाहकारमा चयन गरेको मञ्चका अध्यक्ष एकराज गिरीले जानकारी दिए । यसैगरी मञ्चले यहीं चैत्र १३ गते सोमबार ‘कोभिड–१९ पछिको पोखराको रंगमञ्च र अबको बाटो’ शिर्षकमा अन्तरक्रियात्मक छलफल कार्यक्रम गर्ने भएको छ । बिहान ८ बजे पोखरा थिएटरमा आयोजना हुने कार्यक्रमा वक्ताको रुपमा पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ जसमाया गुरुङ जसु, पोखरा थिएटरका अध्यक्ष परिवर्तन, इन्दे्रणी थिएटरका अध्यक्ष केदारनाथ पौडेल रहेका छन् । कार्यक्रमको सहजीकरण पत्रकार राजाराम पौडेलले गर्ने प्रेस क्लब गण्डकीले जनाएको छ । कार्यक्रम पोखरा प्रज्ञा प्रतिष्ठान र पोखरा थिएटरसँगको सहकार्यमा हुन लागेको हो । यस अगाडि प्रेस क्लबले ‘स्ववियु आवश्कता र औचित्य’ विषयक अन्तक्रिया कार्यक्रम समेत आयोजना गरेको थियो । प्रेस क्लव गण्डकीको हालै प्रथम अधिवेशनले एकराज गिरीको अध्यक्षतामा कार्यसमिति चयन गरेको थियो ।  जसको उपाध्यक्षमा राजाराम पौडेल, सचिवमा गौरव त्रिपाठी, कोषाध्यक्षमा राजु गिरी र सहसचिवमा दीपा पौडेल भण्डारी छन् । कार्यसमिति सदस्यमा आशिष पुरी र संकल्प ढुंगाना छन् ।

पोखरा:  नेत्र ज्योति संघको आयोजना र नेपाल पत्रकार महासंघको समन्वयमा एक दिने निःशुल्क आँखा शिविर पत्रकार महासंघ कास्किको परिसरमा हुने भएको छ ।  नेपाल पत्रकार महासंघको ६७ औ स्थापना दिवस र नेत्रज्योति सङको ४५ औ स्थापना दिवसको उपलक्षमा चैत्र १३ गते देशका सातै प्रदेशमा रहेका पत्रकारहरुका लागि निशुल्क शिविर आयोजना गर्ने समझदारी बमोजिम गण्डकी प्रदेशको लागि पोखरामा चैत्र १३ गते सोमबार बिहान ८ बजे देखि १२ बजेसम्म सिविर आयोजना गरिने तय भएको छ ।   शिविरमा आँखा जाँच गराउने पत्रकारहरुको लागि आवश्यक परेमा चस्मा देखि शल्यक्रिया समेत निशुल्क गरिने ब्यबस्था मिलाइएको नेत्रज्योति सङ कास्किका अध्यक्ष कृष्ण बहादुर गुरुङले बताए । “हाम्रो कर्तब्य हाम्रो जिम्मेवारी आँखा सेवामा साझेदारी ” नारालाइ सार्थकता प्रदान गर्दै सामाजिक उत्तरदायित्वको भुमिका निर्बाह गर्न राष्ट्रको चौथो अङको रुपमा रहेको पत्रकारहरुका लागि शिविर सन्चालन गर्ने केन्द्रको नीति निर्देशन बमोजिम पोखरामा हिमालय आँखा अस्पतालले जिम्मेवारी पाएको नेत्रज्योति संघ कास्कीका सचिब सुरेन्द्र थापाले बताए । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको सयोजन र नेत्रज्योति संघ अन्तर्गत रहेको हिमालय आँखा अस्पतालको आयोजनामा हुने शिविरको तयारी पूरा भएको पत्रकार महासंघ  गण्डकी प्रदेश समितिका सचिव यदुनाथ बन्जाराले बताए ।  

काठमाडौँ:  नवनियुक्त प्रहरी महानिरीक्षक वसन्त कुँवरले प्रहरीको आन्तरिक शुद्धीकरण आफ्नो ‘भीष्म प्रतिज्ञा’ भएको बताएका छन् । गृह मन्त्रालयमा आयोजित दर्ज्यानी चिन्ह सुशोभन  समारोहमा कुँवरले भने–‘आन्तरिक शुद्धीकरण मेरो भीष्म प्रतिज्ञा हो, त्यसबाट म किञ्चित पनि डगमगाउने छैन ।’   प्रहरी कस्तो छ भनेर लुकाउनुपर्ने अवस्था नभएको कुँवरले बताए । ‘प्रहरी समाजकै अङ्ग हो, त्यसैले राम्रा नराम्रा सबै समाजका पात्र नै आउने हुन्’ आईजीपी कुँवरले भने–‘यहाँ सुधार आवश्यक छ, अब बाटो बिराएकाहरू सुध्रिनुको विकल्प छैन ।’   विधिको शासन र मानव अधिकारको प्रत्याभूति गराउन प्रहरी उच्च सतर्कताको साथ परिचालित भएको उल्लेख गर्दै नवनियुक्त आईजीपी कुँवरले प्रहरीको व्यावसायिक सक्षमतालाई अभिवृद्धि गरिने बताए ।   प्रहरीको वृत्ति विकासमा अवसरको पहुँचमा निष्पक्षता कायम गर्ने कुँवरले दाबी गरे । ‘यहाँ सुधार आवश्यक छ’ कुँवरले भने–‘ अब त्यसका लागि दिन गनेर बस्ने अवस्था छैन ।’ अनुचित प्रभाव र दबाबका सामु कहिल्यै सम्झौता नगर्ने कुँवरले बताए ।

बुटवल:  लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र)मा मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन्।    लुम्बिनी प्रदेशमा एमालेले नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रका तीन मन्त्रीले राजीनामा दिएको माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले  जानकारी दिए ।   लुम्बिनी प्रदेश सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी ३ जना सहभागी थिए ।   माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीहरूले राजीनामा दिएपछि मुख्यमन्त्री लिला गिरी अल्पमतमा परेका छन् । 

पोखरा:  तपाईले एउटा पुस्तक कति पटक सम्म पढ्नुहुन्छ ? वाहा ! लागेका किताबहरु अवश्य दोेहोर्याइ तेहेर्याइ वा बढी पढ्नुहुन्छ । प्रिय लागेका पुस्तकहरु साथमै राखिरहन मन लाग्छन् । अझ अरुले पनि उक्त किताबहरु पढुन् भन्ने हुन्छ । यदि तपाईसँग पनि पुस्तकहरु छन् र अरुले पनि त्यो पढुन् भन्ने लाग्छ भने अब पोखराको लेकसाइडमा रहेको बुक बक्समा लगेर राखिदिनुहोस् । त्यहाँ राखिएका अन्य पुस्तकहरु तपाईले घरमै ल्याएर पढ्न पनि सक्नुहुन्छ । यसका लागि तपाईले कुनै शुल्क तिर्नुपर्दैेन । बुक बक्सकोे मुख्य उद्धेश्य नै निशुल्क पुस्तक आदानप्रदान हो । विशेषतः नेदरल्याण्डकोे राजधानी एम्सटर्डम बुक बक्सका लागि चर्चित छ । एम्सटर्डमका विभिन्न मार्ट, गल्ली वा अन्य सार्वजनिक स्थलहरुमा बुक बक्स राखिएका छन् । यो कन्सेप्ट गज्जब लाग्यो, जुना श्रेष्ठलाई । श्रेष्ठले ‘प्ले टु हेल्प’ नामक संस्थाकी एक साथीसँग योे कन्सेप्ट नेपालमा पनि सुरु गर्नेबारे कुरा गरिन् । अन्ततः पर्यटकिय नगरी पोखराबाट बुक बक्सको सुरुवात गर्ने निर्णय भयो । श्रेष्ठले शनिबार लेकसाइडस्थित दोर्जेज बार एण्ड ग्रिलको आडैमा बुक बक्सको स्थापना गरेकी छिन् । छिट्टै नै पोखराका अन्य २ स्थानहरुमा पनि बुक बक्स राखिने उनले बताइन् । ‘सुरुमा लाइब्रेरी बनाउने कि भन्ने पनि थियो । एम्सटर्डममा बुक बक्स देखिसकेपछि यस तर्फ आकर्षित भएँ’, उनले भनिन्,‘यसले रिडिङ कल्चरमा हेल्प त गर्ने नैै भयोे सँगै पुस्तक रुचाउनेहरुका लागि पनि आदानप्रदानका लागि सहज हुने छ ।’ बुक बक्सको प्रयोगबारे श्रेष्ठ प्रष्ट्याउँदै भन्छिन्,‘हामीले यहाँ बक्स राखेका छौेँ । यो बक्समा पुस्तकहरु छन् । हरेर मन परेकोे पुस्तक तपाइले घरमै लगेर पढ्न सक्नुहुन्छ । पढिसकेपछि यहि ल्याएर राखिदिए हुन्छ । अब तपाईसँग पुस्तकहरु छन् र अरुले पनि पढुन् भन्ने लाग्छ भन्ने भएको पुस्तकहरु यहाँ ल्याएर राखिदिन सक्नुहुन्छ । योे सबै निशुल्क हो ।’