दुर्गेश थापाले कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी

काठमाडाैं | चैत १३, २०७९

दुर्गेश थापाले कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी

पटक पटक विवादमा आइरहने कलाकार दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ।

 

गीत गाएर आलोचनामा परिरहने थापाविरुद्ध महाराजगञ्ज प्रहरी बृत्तमा उजुरी परेको हो। 

 

यही शनिबार टोखाको भूतखेल ग्राउन्डमा पिकनिकका क्रममा मदिरा पिएर आफूमाथि कुटपिट गरेको भन्दै रिदम क्षेत्रीले उजुरी दर्ता गराएका हुन्।

 

क्षेत्रीले आफूलाई थापासहित तीनजनाले मदिरा पिएर कुटपिट गरेको दाबी गरेका छन्। 

 

उजुरी परेपछि दुवै पक्षलाई झिकाएर यसबारेमा छलफल गराउन लागिएको महाराजगञ्ज बृत्तका डीएसपी अंगुर जिसीले बताए।

 

'शनिबार वनभोज जाँदा मदिरा पिएर कुटपिट गरेको उजुरी परेको छ। दुर्गेशलाई हामीले सम्पर्क गरेका छौँ। उनले बाहिर छु भनेका छन्', जिसीले भने, 'उनी आइसकेपछि दुवै पक्षसँग यसबारे थप छलफलपछि निधोमा पुग्छौँ।' 

पोखरा: पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान सुरु भएको छ । युनिभर्सल टुर्स एण्ड ट्राभल ९यूटीटी०ले यसअघि नै गत असोज १२ (२८ सेप्टेम्बर) देखि चारवटा चार्टर उडान गर्ने जनाए पनि उक्त उडान विभिन्न कारणले ह...

थप पढ्नुहोस्

मुस्ताङ:  नेपाल–चीन उत्तरी कोरला नाकासँग सिमाना जोडिएको उपल्लो मुस्ताङ भ्रमण गर्ने विदेशी नागरिकका लागि दैनिक ५० अमेरिकी डलर शुल्क लाग्ने भएको छ ।  सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्...

थप पढ्नुहोस्

काठमाडौं:  हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार बुधबार दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भ...

थप पढ्नुहोस्