पोखरा: अविलर वर्षाका कारण पोखरा महानगरपालिका–२७ दिपाङ्ग तालमा पानीको सतह बढेपछि डुवानमा फसेका एकै परिवारको ४ जनाको सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ । गुल्मी स्थायी घर भई पोखरा–२७ सत्यारज ढकालको घरमा भाडामा बस्दै आएका एकै परिवारका ४ जना डुबानमा परेका थिए । अविरल वर्षाका कारण पोखरा–२७ स्थित दिपाङ्ग तालमा पानीको सतह बढेपछि डुबानमा फसेका ४ जनाको सशस्त्र प्रहरी बलको नं. २४ कालिका गण पोखराबाट खटिएको टोलीले सकुशल उद्धार गरेको हो । सशस्त्र प्रहरी बलको टोलीले डुबानमा फसेका ५४ वर्षीय रामबहादुर अधिकारी, ३९ वर्षीय सृजना अधिकारी, ६वर्षीय आयुष अधिकारी र ४ वर्षीय आयुष्का अधिकारीलाई सकुशल उद्धार गरेको हो ।
काठमाडौं: साविक विजेता अर्जेन्टिना कोपा अमेरिका २०२४ को फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान न्युजर्सीमा सम्पन्न भएको कोपा अमेरिकाको पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्यानडालाई २–० गोलले पराजित गर्दै आफ्नो फाइनल यात्रा पक्का गरेको हो । पहिलो हाफको २३औं मिनेटमा जुलियन अल्भारेजले रोर्डिगो डे पाउलको पासमा पहिलो गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । पहिलो हाफ १(० ले अगाडी रहेको अर्जेन्टिनाले दोस्रो हाफको ५१औं मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फर्नान्डेजको पासमा दोस्रो गोल गर्दै फाइनल यात्रा पक्का बनाएका हुन् । लियोनल मेस्सीको कोपा अमेरिकामा यो पहिलो गोल हो । अब अर्जेन्टिनाले दोस्रो हुने सेमिफाइनल कोलम्बिया र उरुग्वेबीचको विजेतासँग फाइनल भिडन्त गर्नेछ ।
काठमाडौं: तापेथोक केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर गए राति १ः४६ बजे चार दशमलव चार रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि गत असार १४ गते सिन्धुपाल्चोक जिल्लाको हेलम्बु केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।
पोखरा: पोखरा–बागलुङ सडक खण्डको अन्नपूर्ण गाउँपालिका–५ सीता गुफामा लेदो झरेपछि सडक अवरुद्ध बनेको छ । आज बिहान सीता गुफा नजिक सडक खण्डमा हिलो र लेदोले सडक अवरुद्ध भएको एक प्रहरी अधिकृतले जानकारी दिए । हिलो र लेदो झरेपछि अवरुद्ध भएको सडक खण्ड सुचारु गर्न डोजरसहितको जनशक्ति परिचालन भइसकेको छ । केही समयमा नै सडक खुल्ने प्रहरीले जनाएको छ ।
पोखरा: पोखरामा आज बिहान घर माथिबाट आएको पहिरोमा पुरिदा एकजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२७ सहेहलापाटास्थित ५१ वर्षीय मनबहादुथापाको ब्लकले बनेको घर माथिबाट आएको पहिरोले घर पुरिदा २२ वर्षीय भिम बहादुर थापाको मृत्यु भएको कास्की प्रहरीले जानकारी दिएको छ । आज बिहान ४ बजेको समयमा करिव २० मिटर माथिबाट खसेको पहिरोले थापाको घर पुरेको थियोे । पहिरोमा पुरिएर बेपत्ता भएका २२ वर्षीय थापालाई मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पहिरोमा पुरिएका ५० वर्षीय कमला थापाको भने प्रहरी र स्थानीयले सकुशल उद्धार गरेको छ ।
पोखरा: अवैध रुपमा निगालाको टुसा चोरी निकासी गरेको भन्दै जीपलाई नियन्त्रणमा लिएर एक्यापमा बुझाएको छ । कास्की माछापूच्छ्रे गाउँपालिका वडा नं. ४ लम्सालथरमा सोमबार राति प्रहरी चौकी घाचोक कास्कीबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा ग ३ च ४५४० नम्बरको बोलेरो जीपपले टुसा बोकेको भेटिएको हो । अन्नपूर्ण संरक्षण क्षेत्रबाट निगालोको टुसा अन्दाजी १ हजार ४ सय ८० मुठा लोड गरी पोखरातर्फ ल्याउँदै गरेको अबस्थामा फेला पारेको हुँदा उक्त टुसा सहित जीपलाई नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ । जीप चालक जिल्ला कास्की माछापूच्छ्रे गाउँपालिका वडा नं.१ टुसे बस्ने वर्ष ३७ को खिम बहादुर पुन र टुसा ल्याउने व्यक्ति जिल्ला कास्की माछापुच्छ्रे गाउँपालिका वडा नं. २ बस्ने वर्ष ४१ का रामजी भण्डारी पक्राउ परेका हुन् । थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि अन्नपुर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय हरियोखर्क पोखरा पठाइएको प्रहरीले जनाएको छ ।
पोखरा: पोखरा महानगपालिका–३२ खुदीखोलास्थित पक्की पुलबाट हाम फालेका नेत्रनाथ कोइरालाको प्रहरीले उद्धार गरेको छ । आज दिउँसो खुदीखोलास्थित पक्की पुलबाट हाम फालेका कोइरालाको प्रहरीले खोलाको ढुङ्गामा अड्किएको अवस्थामा उद्धार गरेको हो । तनहुँको शुक्लागण्डकी नगरपालिका–१ बस्ने ४० वर्षीय नेत्रनाथ कोइरालाले आउ दिउँसो पोखरा–३२ खुदीखोा स्थित पुलबाट हाम फालेका थिए । खोलामा हाम फालेका कोइरालालाई प्रहरीले खोलाको ढुङ्गामा अड्किएको अवस्थामा प्रहरीले उद्धार गरेको हो । खोलामा हाम फालेका कोइरालाको बायाँ खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कोइरालाले के कारणले खोलामा हाम फालेका हुन भन्ने नखुलेको प्रहरीले जनाएको छ । उनलाई खोलाबाट उद्धार गरी पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा लागि पठाइएको छ ।
पोखरा: नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले दुई ठुला दल मिलेर सरकार बनाउँदा अवसर र चुनौती दुवै भएको बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सांसद केसीले दुई ठुला दल नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा अवसर र चुनौती दुवै भएको बताए । ‘दुई ठुला दल मिलेर सरकारमा जानु भनेको नेपालको लागि अवसर र चुनौती दुवै हो, यसले जनताको वास्तविक समस्यालाई सम्बोधन गरेर जान सक्यो भने नयाँ अवसर प्रदान गर्न सक्छ’, सांसद केसीले भने, ‘ठुला दल मिलेर सरकार बनाउँदै गर्दा आ–आफ्ना स्वार्थमा लागे चुनौती बन्न सक्छ ।’ सांसद केसीले दुई ठुला दल मिलेर सरकार बनाउँदा जनतामा आशा राख्ने गरी काम गर्न सक्ने बताए । अस्थिर सरकारबाट देश विकास तीव्र गतिमा हुन नसक्दा जनतामा निराशा बढेकाले अब बन्न सरकारले जनतामा आशा जगाउने गरी काम गर्न सक्ने विश्वास रहेको समेत उनले दावी गरे । उनले प्रतिपक्ष सशक्त हुन नसके लोकतन्त्र जीवन्त हुन नसक्ने समेत उल्लेख गरे । ‘दुई ठुला दल मिलेर सरकार बनाउँदा प्रतिपक्ष कमजोर हुन्छ भन्ने दृष्टिकोण आएको छ, कहिलेकाहीँ यस्तो दृष्टिकोण आउँछ’, उनले भने, ‘सरकार बाहिर रहेका दलले नियम कानून, संविधान अनुसार जनताको भावनालाई उठाउन सक्नुपर्छ,प्रतिपक्ष सशक्त हुन सकेन भने लोकतन्त्र जीवन्त हुन सक्दैन ।’ सांसद केसीले संविधान संशोधन, अर्थतन्त्रलाई चलायन बनाउन, जनतामा आशा जगाउन र राजनीतिक स्थायित्वको लागि दुई ठुला दल मिलेको उल्लेख गरेका छन् ।
काठमाडौं: नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो । अब बैठक असार २६ गते बिहान ११ बजे बस्ने छ । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, नेताहरुको कार्यविभाजन र नयाँ सरकार गठनको तयारीबारे छलफल हुने एमालेले जनाएको छ ।

