गण्डकी: अन्नपूर्ण हिमालको आधार शिविरसम्म पुग्न वर्षात्को समयमा पनि दैनिक पर्यटक आउने क्रम निरन्तर चलेको छ । मनसुनको याम भए पनि दैनिक ५० जनाभन्दा बढी पर्यटक अहिले पनि अन्नपूर्ण आधार शिविर आउने गरेका छन् । छोमरोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङका यस याममा छिटोछिटो फुल्ने। र ओइलाउने बुकी फूलका साथै विभिन्न प्रजातिका फूल एवं यहाँ देखिने हरियाली र खोलानालाले यहाँ आउने जोकोहीलाई पनि लोभ्याउने गर्छ । पदयात्रा पर्यटनका क्षेत्रमा विश्वका उत्कृष्ट पदमार्गमध्येमा अन्नपूर्ण आधार शिविर जाने पदमार्गले चासो र चर्चा कमाएको छ । मनसुनका समयमा पनि पर्यटक आगमन भइरहँदा यहाँका पर्यटन व्यवसायी उत्साहित छन् । झण्डै साढे चार दशक अघिसम्म यस क्षेत्रमा आउनुपर्दा पर्यटकले यहाँका भेडी गोठका साथै स्थानीयवासीले बनाएका चित्रा वा भकारीले बारेका झुपडीमा बस्नुपर्ने बाध्यता थियो । अहिले यहाँ बनेका सुविधा सम्पन्न होटेलका कारण त्यो बाध्यता हटिसकेको सचिव गुरुङ बताउँछन्। केही वर्ष अघिसम्म यस पदमार्गमा पर्ने सिनुवा, बाम्बो, हिमालय, दोभान, देउराली, माछापुच्छ्रे आधार शिविर र अन्नपूर्ण आधार शिविरमा २६ होटेल सञ्चालनमा थिए । अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप)द्वारा २०४३ सालदेखि संरक्षण हुँदै आएको यस क्षेत्रमा एक्यापको निर्धारित मापदण्डअनुसार यसअघि प्रत्येक होटेलमा ६ का दरले एक सय ५६ कोठा थिए । तर पछिल्लो समयमा पर्यटकको बढ्दो आकर्षणलाई दृष्टिगत गर्दै यहाँ होटेल स्तरोन्नतिसँगै होटेल विस्तार गरिएका छन् । पछिल्लो समयमा सिनुवा र यसभन्दा माथि ३४ होटेल सञ्चालनमा आइसकेका सचिव गुरुङले जानकारी दिए । होटेलको संख्या बिस्तारसँगै यहाँ पर्यटक लक्षित सुविधा पनि बृद्धि गरिएको छ । पछिल्लो समयमा पदमार्ग अन्तर्गतका सिनुवामा चार, बाम्बोमा छ, हिमालयमा तीन, देभानमा पाँच, देउरालीमा पाँच, माछापुच्छ्रे आधार शिविरमा पाँच र अन्नपूर्ण आधार शिविरमा ६ होटेल सञ्चालनमा छन् । ‘होटेलको संख्यासँगै क्षमता बिस्तार गरिएपछि अहिले यस क्षेत्रमा आउने पर्यटकलाई दैनिक पाँच सयदेखि छ सय जनासम्म राख्न सकिन्छ’, उनले भने, ‘अन्नपूर्ण आधार शिविरको पदयात्रामा आउने पर्यटकलाई यहाँका होटेल व्यवसायीले राम्रो आतिथ्यता प्रदान गर्ने गरेका छन् ।’ पर्यटकको आगमनलाई लक्षित गरी यहाँका व्यवसायीले पदमार्ग नियमित रूपमा सरसफाइ गर्ने गरेका छन् । सामान्यतः असार पहिलो हप्ता र साउन अन्तिम हप्ता यस पदमार्गमा नियमित सरसफाइ गर्ने गरिएको छ । चैत–वैशाखको मुख्य पदयात्राको यामसँगै त्यस यता पदमार्गमा हुने गरेको फोहोरलाई असारको पहिलो हप्तामा सफा गर्ने गरिएको छ । यस वर्ष मात्रै उक्त पदमार्ग क्षेत्रबाट २९० बोरा सिसा तथा प्लास्टिकजन्य फोहोर संकलन गरी पोखरास्थित ग्रिन वेष्ट म्यानेजमेन्ट जोनमा पठाइएको सचिव गुरुङले जानकारी दिए । भदौ पहिलो सातादेखि पर्यटकको चहलपहल बढ्ने पर्यटन व्यवसायी बताउँछन् । पर्यटक आगमन बढ्ने उक्त समयलाई लक्षित गरी तयारी थालिएको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले प्रत्येक वर्ष अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म अन्तर्राष्ट्रिय अन्नपूर्ण म्याराथन गर्दै आएको छ । अन्नपूर्ण आरोहण दिवसका अवसरमा २०७५ सालदेखि म्याराथन प्रतियोगिता गरिँदै आएको अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङले जानकारी दिए । हालसम्म पाँचौँ संस्करणको अन्नपूर्ण म्याराथन सम्पन्न गरिसकिएको जानकारी दिँदै उनले यसले पनि यस क्षेत्रको पदयात्रा पर्यटनलाई स्वदेश एवम् विदेशमा प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान पुर्याएको बताए। सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी विश्व कीर्तिमान राखेसँगै यस अन्नपूर्ण क्षेत्रले विश्वव्यापी चर्चा पाएको थियो । उक्त दिनलाई अन्नपूर्ण आरोहण दिवस ९अन्नपूर्ण डे०का अवसरमा विभिन्न कार्यक्रम गरी मनाउने गरिएको छ । समुद्री सतहबाट आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम आरोहणको सफलतापछि सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए । अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले चार हजार एक सय ३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै यो क्षेत्र क्रमिक रूपमा पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गएको हो ।
काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्न चाहेको स्पष्ट गर्नुभएको छ। सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित समारोहमा ‘पर्यटनीति २०८२’ सार्वजनिक गर्दै मन्त्री पाण्डेले भन्नुभयो, “निजी क्षेत्र आत्मविश्वासका साथ अघि बढ्नुस्, सरकार समन्वयका लागि तयार छ। निजी क्षेत्र अघि बढेपछि मात्र सकारात्मक परिणाम हासिल गर्न सकिन्छ। हामी निजी क्षेत्रसँग मिलेर काम गर्न चाहन्छौँ।” उहाँले संविधानसभा मार्फत २०७२ सालमा जारी भएको नयाँ संविधानसँगै सङ्घीयता कार्यान्वयन गर्न मन्त्रालय नीतिगत रूपमा अघि बढेको जानकारी दिनुभयो। उहाँले संस्कृति नीति र हवाई नीति हाल मन्त्रिपरिषद्को विधेयक शाखामा छलफलको चरणमा रहेको र मन्त्रालयमार्फत १३ वटा विधेयकहरू समेत अघि बढिसकेको उल्लेख गर्नुभयो। मन्त्री पाण्डेले २०६५ सालको पर्यटन नीतिलाई प्रतिस्थापन गर्दै तयार पारिएको नयाँ ‘पर्यटनीति २०८२’ मा ‘अद्वितीय पर्यटकीय गन्तव्य स् नेपाल’ भन्ने शब्दावली नीति संरचनाकै दृष्टिकोणको रूपमा समावेश गरिएको जानकारी गराउनुभयो। उहाँले भन्नुभयो, “नेपाललाई ‘आकर्षक जीवनपर्यन्त अनुभव, सुरक्षित, भरपर्दो र दिगो गन्तव्य’ का रूपमा विकास गर्न पर्यटन नीति ल्याइएको हो। यसले मुलुकको राष्ट्रिय अर्थतन्त्रमा समेत सकारात्मक टेवा पुर्याउनेछ।”
सिन्धुली: सिन्धुलीको गोलन्जोर गाउँपालिकामा पर्ने एकै घरका १६ जना सम्पर्क विहीन भएका छन्। सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ छेत्पा नजिकको एक हायु परिवार नै सम्पर्क विहीन भएको स्थानीयले जनाएका छन्। गोलान्जोर गाउँ पालिका वडा नस् ६ को छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने स्थानमा बसोबास गर्ने उर्मिला हायुको १६ जना परिवार सम्पर्क विहीन भएको वडा अध्यक्ष रबिन श्रेष्ठले बताए । घरमा केही हल्का क्षति भएको छ । बाख्रा ,कुखुरा,भैसि अलपत्र अवस्थामा रहेको र सम्पूर्ण परिवार हराएको हुँदा खोजी कार्य जारी राखेका वडाध्यक्ष क्षेत्रीले बताए । वडा अध्यक्ष श्रेष्ठका अनुसार उक्त्त घरबाट अरू घर पुग्न १५ मिनेट बढीको दुरीमा छ एकान्तमा भएकाले कहिले देखि घर अलपत्र छाडेर कहाँ गए केही पत्तो छैन । घर भन्दा केही माथि गोठ छ त्यो गोठमा बाधेको भैसिलाइ घाँस हाल्न घरका नगएको नै ३ दिन भएको बताए । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक लाल ध्वज सुबेदीका अनुसार १६ जना सम्पर्क विहीन भएको प्रहरीलाई जानकारी आएपछि प्रहरी पुगेको छ । केही दिन अगाडि हायुको भत्ता लिएका रहेछन् कतै घुम्न गएका पनि हुन सक्छन् हामी मोबाइलको लोकेसन हेर्दै हेर्दै गरेको उनले बताए । घरका सबै जना सम्पर्क विहीन हुँदा पशु चौपायाको बिजोग भएको स्थानीयले जनाएका छन् । उक्त्त घरमा १८ जना रहेको र १ जना काठमाडौँ र १ जना विदेशमा रहेको स्थानीयले बताएका छन् ।
रसुवा: पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा आइतबार साँझ बेपत्ता भएका दुईजनाको शव सोमबार बिहान फेला परेको छ । नेपाली सेनाको उद्धार टोलीले आज बिहान मोरङ वेलबारी घर भएका मनोज न्यौपाने र विराटनगर घर भएका सुजन ढकालको शव निकालेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख हेम बहादुर शाहीले जानकारी दिए । सेनाले आइतबार राति नै गोसाइँकुण्ड पुगेर नाइट हल्ट गरेको थियो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिरभित्र सम्पन्न गर्ने गरी चुस्त र प्रभावकारी तयारी गर्न युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफल प्रधानमन्त्री ओलीले आगामी सन् २०२६ मा जापानमा हुने एसियन गेमको पूर्व सन्ध्यामा राष्ट्रिय प्रतियोगिता देशकै इज्जतको सवाल भएकाले राष्ट्रिय खेलकुदको भव्य तयारी गर्न निर्देशन दिनुभएको हो । उहाँले प्रतियोगिताको मिति र स्थान राम्रो अध्ययन गरेर निर्णय गर्न र निर्णय गरेपछि परिवर्तन नगर्न पनि आग्रह गर्नुभयो । परिषद्का संरक्षकसमेत रहनुभएका प्रधानमन्त्री ओली र मन्त्रालय र परिषद्को नेतृत्वबिच उचित समन्वय हुनुपर्नेमा पनि जोड दिनुभएको थियो । छलफलमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव डा हरिप्रसाद लम्साल, परिषद्का उपाध्यक्ष ध्रुर्व आचार्य, सदस्यसचिव टङ्कलाल घिसिङलगायत सहभागी हुनुन्थ्यो ।
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्र्तगतको स्वास्थ्य सेवा विभागले देशका सातै प्रदेशमा रेविज विरुद्धको भ्याक्सिन तथा सर्पदंश उपचारमा प्रयोग हुने औषधि आपूर्ति गरेको छ । विभाग अन्र्तगतको व्यवस्थापन महाशाखा प्रमुख डा पवनजङ्ग रायमाझीले यसअघि नै खरिद भएर आपूर्तिका क्रममा रहेको औषधि प्रदेश सरकारहरूका स्वास्थ्य संस्थामा वितरण गर्नेगरी आपूर्ति केन्द्रहरूमा पुगिसकेको जानकारी दिनुभयो । रेविज तथा सर्पदंश उपचारमा प्रयोग हुने खोप तथा औषधि अभाव भएको समाचार आए लगत्तै चासो लिँदै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मातहतका अधिकारीहरूलाई अभाव नहुनेगरी तत्काल आपूर्ति व्यवस्थापन गर्न निर्देशन दिनुभएको थियो । उहाँले सम्बन्धित अधिकारीहरूलाई आपूर्ति अवस्था बढाएर तथा भावी दिनमा अभाव हुन नदिनेगरी आवश्यक सबै उपाय अपनाउन दिर्नेशन दिनुभएको थियो । सोहीअनुसार स्वास्थ्य सेवा विभागले सबै प्रदेशहरूमा दुवै प्रकारका औषधि आपूर्ति गरेको हो । विभागको तथ्याङ्कअनुसार रेविज विरुद्ध उपयोग हुने ५१ हजार एक सय ८० भायल भ्याक्सिन प्रदेश आपूर्ति केन्द्रहरूमा पुगिसकेको छ । सबैभन्दा बढी बागमती प्रदेशमा आपूर्ति गरिएको छ । बागमतीमा १० हजार ८० भायल रेविज विरुद्धको खोप आपूर्ति भएको छ भने सर्पदंश विरुद्धको एक हजार भायल भेनम आपूर्ति भएको छ । यसैगरी, सर्पदंशका बढी समस्या आउने मधेस प्रदेशमा सर्पदंश विरुद्धको भेनम सबैभन्दा बढी दुई हजार पाँच सय तथा रेविज विरुद्धको खोप करिब पाँच हजार भायल आर्पूति गरिएको छ । मागका आधारमा अन्य प्रदेशमा भ्याक्सिन तथा भेनम आपूर्ति गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताउनुभयो । विभागले हाल आपूर्ति भएका अतिरिक्त दुई महिनाभित्र हालको आपूर्तिको चार गुणा बढी आपूर्ति हुने गरी व्यवस्था मिलाएको विवरण जनाएको छ ।
काठमाडौं: मुलुकभर परेकोे अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका आठ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार गएरातिदेखि परेको अविरल वर्षाका कारण देशभरका आठ मुख्य राजमार्ग अवरुद्ध भएका हुन् । अवरोध हुनेमा सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित नेपाल चीन नाका जोड्ने पुल, रसुवाकै पासाङ ल्हामु राजमार्ग, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग र नुवाकोटको शिवपुरी गाउँपालिकास्थित मध्यपहाडी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । यस्तै, रुकुम पश्चिमको आठबिसकोट नगरपालिकास्थित जाजरकोट डोल्पा भेरी करिडोर सडक, हुम्लाको सिमकोट गाउँपालिकास्थित कर्णाली करिडोर र जाजरकोटको छेडगाड नगरपालिकास्थित मध्यपहाडी राजमार्ग पूर्णरूपमा अवरोध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यसैगरी, काठमाडौँको टोखाबाट नुवाकोट जाने सडकखण्ड, बाग्लुङको बाग्लुङ नगरपालिकास्थित कालिगण्डकी करिडोर, नवलपरासी पूर्वको गैँडाकोट नगरपालिकास्थित कालिगण्डकी करिडोर, मुस्ताङको थासाङ गाउँपालिकास्थित बेनी–जोमसोम सडक र रोल्पाको परिवर्तन गाउँपालिकास्थित सहिद राजमार्ग एकतर्फी सञ्चालन भएको प्रहरीले जनाएको छ ।
पोखरा: पोखराको पालिखे चोकमा एक ट्राफिक प्रहरी जवानले मोटरसाइकल साइकल चालकलाई कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ । सामाजिक सञ्जालमा आज सार्वजनिक भएको उक्त भिडियो हिजो (आइतबार) रहेको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख प्रहरी निरिक्षक शोभा पाण्डेले सुनगाभा न्यूजलाई जानकारी दिईन् । ‘उक्त भिडियो पोखरा पालिखे चोकको हो, हिजो (आइतबार)को हो, ट्राफिक प्रहरी प्रमुख पाण्डेले भनिन्, ‘सामाजिक सञ्जालमा आज सार्वजनिक भएको उक्त भिडियोपछि डिउटीमा खटिएका ट्राफिक प्रहरी जवानले चोकमा डिउटीको क्रममा रोक्न खोज्दा नरोकी गइ पालिखे चोकबाट नदीपुरतर्फ गई पुनः फर्किएर आएर ट्राफिक प्रहरीसँग झगडा गरेको हो ,उक्त विषयमा थप बुझ्दै छौं ।’ उक्त भिडियोमा ट्राफिक प्रहरी जवानले मोटरसाइकल चालकलाई हातपात गरेपछि मोटरसाइकल चालकले समेत हेल्मेटले हानेको देखिन्छ । ट्राफिक प्रहरी र मोटसाइकल चालकबीच झगडा भएको भिडियो सामाजिक सञ्जालमा राख्दै रविन प्रजो लेख्छन् ‘एउटा अभिभावक जो आफ्नो बच्चालाई स्कुल छोड्न जाने क्रम एउटा ट्राफिक प्रहरीबिच को यो झगडाको कारण के हुन सक्छ ?, यहाँहरुको कमेन्टको अपेक्षा राख्दछु ।’
काठमाडौं: काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित सुन्दरीमाई मन्दिर नजिक नुहाउने क्रममा खोलामा फसेका तीर्थयात्रीलाई नेपाली सेनाले उद्धार गरेको छ । सोमबार राति करिब २ः३० बजे सुन्दरीमाई मन्दिर नजिक चार भारतीय र एक नेपाली तीर्थयात्री खोेलामा नुहाउने क्रममा एक्कासी खोलाको बहाव बढ्दा उनीहरु त्यहाँ फसेका थिए । उनीहरुलाई श्री चन्दननाथ गणबाट खटिएको उद्धार टोली, अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा सकुशल उद्धार गरेको नेपाली सेनाले जनाएको छ ।

