कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

ढोरपाटन:   संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले वर्तमान सरकारको प्रमुख लक्ष्य विकास भएको बताउनुभएको छ। शनिबार बिहान नेपाली कांग्रेसले आयोजना गरेको कार्यकर्ता भेटघाटमा उहाँले देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको बताउनुभयो । वर्तमान सरकार गठनपछि मुलुकको अर्थतन्त्रमा क्रमशः सुधार भएको उल्लेख गर्दै उहाँले पर्यटनको विकासबाट देशलाई आर्थिक विकासको बाटोमा अग्रसर गराउन सकिने बताउनुभयो । पृथक प्रसङ्गमा उहाँले सत्ता साझेदार दलबिच कुनै समस्या नभएको तथा राजनीतिक स्थायित्व कायम गर्न वर्तमान सरकार बनेको बताउनुभयो । बागलुङ कालिका, पञ्चकोट र मुक्तिनाथ क्षेत्रका कारण धौलागिरि अञ्चलमा धार्मिक पर्यटन प्रवर्धनको प्रचुर सम्भावना रहेको मन्त्री पाण्डेले  बताउनुभयो ।

पोखरा:  ‘स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने नारासहित पोखराको टुंडिखेलमा जारी प्रतियोगितामा ४० वर्ष उमेर समूहतर्फ सेमिफाइनल समिकरण पुरा भएको छ ।   बगर भाइखलकको आयोजनामा जारी १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगितामा गार्डेन एफसी, झम्सीखेल, जोरपाटी काठमाडौं र ब्रदरहुड काठमाडौं अन्तिम चारमा प्रवेश गर्दै सेमिफाइनल समिकरण पुरा भएको हो ।   गार्डेन एफसी र झम्सीखेल बिहीबार नै सेमिफाइनलमा प्रवेश गरेका थिए भने, जोरपाटी र ब्रदरहुड आज भएको क्वाटरफाइनलखेलबाट विजयी बन्दै अन्तिम चारमा स्थान बनाएको क्लबका महासचिव मनकाजी गुरुङले जानकारी दिए ।    उनका अनुसार जोरपाटी काठमाडौंले ताकामी काठमाडौंलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्याे ।    जोरपाटीको जीतमा विकास राई र विकास श्रेष्ठले समान १÷१ गोल गरे । उक्त खेलबाट रञ्जित लामा म्यान अफ द म्याच घोषित भए ।   अर्काे खेलमा नागसोती हेटौंडालाई ब्रदरहुडले ३–० गोल अन्तरले पराजित गर्याे । ब्रदरहुडको जीतमा बुद्धराज लिम्बु, हर्कराज गुरुङ र अंकुर कुमार खड्गीले समान १÷१ गोलको योगदान दिए । सो खेलबाट भेषराज लिम्बु म्यान अफ द म्याच घोषित भए ।   सेमिफाइनल खेल भोलि (शनिबार) हुने भाइखलकका अध्यक्ष इश्वरमान गुरुङले जानकारी दिए ।   उनका अनुसार पहिलो सेमिफाइनल खेल जोरपाटी र गार्डेन एफसीबीच हुनेछ भने, दोस्रो सेमिफाइनल खेल ब्रदरहुड काठमाडौं र झम्सीखेल ललितपुरबीच हुनेछ ।    यस्तै ५० वर्ष उमेर समूहतर्फ ४ वटा खेल र ६० वर्ष उमेर समूहतर्फ २ वटा खेल हुने आयोजकले जनाएको छ ।   प्रतियोगितामा ४० वर्ष उमेर समूहतर्फको विजेताले २ लाख उपविजेताले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सो उमेर समूहको विधागततर्फ सर्वोकृष्ट खेलाडीले नगद १५ हजार, उत्कष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फवार्ड र प्रशिक्षकले नगद ५ र ५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।    यस्तै ५० वर्ष उमेर समूहतर्फको  विजेताले १ लाख र उपविजेताले ५० हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भने, ६० वर्ष उमेर समूहतर्फको विजेताले ५० हजार र उपविजेताले ३० हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।   प्रतियोगितामा भारतको देहरादुन, काठमाडौं, ललितपुर, चितवन, सिरहा, हेटौंडा, सर्लाही, बुटवल,सिमरा,कैलाली, झापा, बिर्तामोड र पोखराका स्थानीय टिमको सहभागिता रहेको छ ।

पोखरा:    एलिमिनेटरमा भारतको सुनिल भलिबल क्लबलाई पराजित गर्दै गण्डकी प्रदेश पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।  पोखरा रंगशालामा शुक्रबार भएको खेलमा सुनिल क्लबलाई ३–१ ले पराजित गर्दै गण्डकीले दोस्रो क्वालिफायरको यात्रा तय गरेको हो । पहिलो सेट गुमाएको गण्डकीले दोस्रो, तेस्रो र चौथो सेटमा पुनरागमन जित निकाल्दै दोस्रो क्वालिफायरमा आफ्नो स्थान सुरक्षित ग¥यो । गण्डकीले पहिलो सेट ३१–३३ ले गुमाएको थियो ।  गण्डकीले १६–११ को अग्रतालाई जोगाउन नसक्दा पहिलो सेट गुमाउनु प¥यो । तर, दोस्रो, तेस्रो र चौथो सेटमा भने उत्कृष्ट पुनरागमन गर्न सफल भयो । गण्डकीले दोस्रो सेट २५–१७, तेस्रो सेट २५–१६ र चौथो सेट २५–१७ ले आफ्नो पक्षमा पा¥यो ।  अब गण्डकीले फाइनल प्रवेशका लागि शनिबार त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । आर्मीले पहिलो क्वालिफायरमा नेपाल पुलिस क्लबसँग ३–२ सेटले पराजित भएको थियो । यसअघि शुक्रबार बिहान भएको खेलमा आयोजक टाइगर ग्रुपलाई पराजित गर्दै सशस्त्र प्रहरी बल एपिएफ महिलातर्फ फाइलनमा प्रवेश गरेको थियो ।  पराजित भएको आयोजक टाइगर ग्रुपले शनिबार फाइनल प्रवेशका लागि टिपटक न्यू डायमण्ड स्पोर्टस् क्लबसँग प्रतिष्पर्धा गर्नेछन् ।

पोखरा:    त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ फाइलनमा प्रवेश गरेको छ ।  रंगशालामा शुक्रबार भएको खेलमा आर्मीलाई ३–२ ले पराजित गर्दै पुलिसले फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो सेट २५–१४ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट २२–२५ ले आर्मीलाई सुम्पिएको थियो । तेस्रो सेट २५–२२ ले जितेको पुलिसले पुनः चौथो सेट २३–२५ ले हार बेहोरेको थियो ।  तर, पाँचौ सेटमा उत्कृष्ट प्रदर्शन गर्दै १५–१२ जित निकाल्यो । पराजित भएको आर्मीले अब गण्डकी प्रदेश र भारतको सुनिल भलिबलबिचको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । यसअघि शुक्रबार बिहान भएको खेलमा आयोजक टाइगर ग्रुपलाई पराजित गर्दै सशस्त्र प्रहरी बल एपिएफ महिलातर्फ फाइलनमा प्रवेश गरेको थियो । पराजित भएको आयोजक टाइगर ग्रुपले शनिबार फाइलन प्रवेशका लागि टिपटक न्यू डायमण्ड स्पोर्टस् क्लबसँग प्रतिष्पर्धा गर्नेछन् । अब आजको तेस्रो खेल पुरुषतर्फको एलिमिनेटर हुनेछ । एलिमिनेटरमा गण्डकी प्रदेश र भारतको सुनिल भलिबल क्लब प्रतिष्पर्धा गर्नेछन् । एलिमिनेटरको विजेताले आर्मीसँग दोस्रो क्वालिफायर खेल्नेछ ।

पोखरा:  आयोजक टाइगर ग्रुपलाई पराजित गर्दै सशस्त्र प्रहरी बल एपिएफ पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको फाइलनमा प्रवेश गरेको छ ।   पोखरा रंगशालामा शुक्रबार बिहान भएको खेलमा आयोजक टोलीलाई ३–१ ले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन एपिएफ फाइनलमा स्थान सुरक्षित गरेको हो ।   पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको एपिएफले दोस्रो सेट २१–२५ ले टाइगर ग्रुपलाई सुम्पिएको थियो ।   तेस्रो सेट २५–१९ र चौथो २६–२४ ले जित निकाल्दै एपिएफले फाइलन यात्रा तय गरेको हो । खेलको टाइगर अफ द म्याच निरुता ठगुन्ना र स्पाइकर अफ द म्याच सरस्वती चौधरी बनिन् ।   पराजित भएको आयोजक टाइगर ग्रुपले शनिबार फाइलन प्रवेशका लागि टिपटक न्यू डायमण्ड स्पोटर््स क्लबसँग प्रतिष्पर्धा गर्नेछन् ।   अब पुरुषतर्फको पहिलो क्वालिफायरको खेल हुनेछ । उक्त खेल त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबिच हुनेछ ।   आर्मी समूह चरण शीर्ष र पुलिस दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा स्थान पक्का गरेका थिए । आजको तेस्रो खेल पुरुषतर्फको एलिमिनेटर हुनेछ ।   एलिमिनेटरमा गण्डकी प्रदेश र भारतको सुनिल भलिबल क्लब प्रतिष्पर्धा गर्नेछन् । एलिमिनेटरको विजेताले पुुलिस र आर्मीबिचको पराजित हुने टोलीसँग दोस्रो क्वालिफायर खेल्नेछ ।

भारतको प्रयागराजमा जारी महाकुम्भ मेलामा भएको भागदौडमा मृत्यु हुनेका परिवारलाई जनही २५ लाख भारतीय रुपियाँ क्षतिपूर्ति दिइने भएको छ ।   बुधबार झिसमिसे बिहानमा मौनी औँसीमा अमृत स्नान गर्न सङ्गमस्थल जाने क्रममा भागदौड मच्चिँदा ३० जनाको मृत्यु भएको थियो ।   अझै केही व्यक्ति हराइरहेका छन् । घटनामा ६० भन्दा बढी मानिस गम्भीर घाइते भएका छन् । भारतीय सञ्चार माध्यमले जनाए अनुसार मृतकमध्ये २५ जनाको सनाखत भएको छ ।    ङ्गमस्थलमा प्रमुख स्नानमा रोक लगाइए पनि वरपर स्नान गर्नेको भिड नथामिँदा भागदौड मच्चिएको थियो । भिड अस्तव्यस्त हुँदै एकअर्कामाथि हामफाल्दै कुद्न थालेपछि च्यापिएर मानिसको मृत्यु भएको जनाइएको छ । उद्धार टोलीले घाइते तीर्थयात्रीको उद्धार गरेका थिए ।    एक सय चवालिस वर्षमा महाकुम्भ   यो वर्षको महाकुम्भ मेला १४४ वर्षमा आउने अद्भुत ग्रह तथा नक्षत्रहरूको सङ्गमका बिच भएको मानिन्छ ।   त्यसैले पनि यस वर्षको महाकुम्भलाई विशेष मानिएको छ । यहाँ नेपाल, भारतलगायत विश्वभरका हिन्दु धर्मावलम्बी अमृत स्नान गर्र्दै रोगव्याधी, पापमोचनलगायत कष्ट मेटाउने उद्देश्यका साथ स्नानका लागि जाने गरेका छन् ।    आकाशमा सात वटै ग्रह एक लहरमा आउने क्रम चलिरहेकाले यो अवसरमा अमृत निस्कने धार्मिक मान्यता रहिआएको छ ।   हिन्दु धार्मिक कथन अनुसार समुद्र मन्थन गर्दा उत्पन्न हुने अमृतको घडालाई कुम्भ भनिन्छ । अमृत पिएर अमर हुने लालसामा देव र दानवको सङ्ग्राम भएको मानिन्छ ।    नेपाली तीर्थयात्रुको घुइँचो   प्रयागराजमा नेपालबाट मात्र ५० लाख बढी तीर्थयात्री पुगेका अनुमान छ । जनकपुरधामस्थित जानकी मन्दिरका महन्त रामरोशन दासको नेतृत्वमा महाकुम्भमा नेपाली श्रद्धालुका लागि विशेष स्थान निर्माण गरिएको छ । त्यस्तै अन्य महन्तले पनि आफू अनुकूलको सहयोग नेपाली तीर्थालुलाई उपलब्ध गराएर बस्नेखाने व्यवस्था मिलाएका छन् ।    

म्याग्दी:   जिल्लाको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (रणवाङ–दरवाङ) खण्ड कालोपत्र गर्न थालिएको छ ।   रणवाङको खहरेखोलाबाट दरवाङतर्फ बिहीबारदेखि कालोपत्र गर्न थालिएको हो । पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले पहिलो चरणमा खहरेखोला, रणवाङ, सहश्रधारा, दुखुखोला, रातोढुङ्गा हुँदै तोलावाङसम्म चार किलोमिटर कालोपत्र गर्न लागिएको बताउनुभयो ।    “फराकिलो पार्ने, नाली, टेवा पर्खाल बनाउने, बेस र सबबेस राख्ने काम सकिएको ठाउँमा एकतर्फी प्राइम कोट ९बिटुमीन० बिछ्याएर ‘फस्टकोट’ ९बिटुमिन र चिप्स० राख्न थालिएको हो”, उहाँले भन्नुभयो, “बाङ्गेपहिरो छाडेर तोलावाङ, ढाडखर्क, दरबाङ बजारमा भइरहेको पूर्वाधार निर्माणको काम सकिएपछि कालोपत्र गर्ने तयारी छ ।”   गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रमअन्तर्गत म्याग्दीस्थित पूर्वाधार विकास कार्यालयमार्फत दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित पाँच वर्षअघि ठेक्का सम्झौता भएको सडक निर्माणको काम अलपत्र बनेको थियो ।   मङ्गला गाउँपालिका–२ रणवाङबाट मालिकाको केन्द्र दरबाङसम्मको आठ किलोमिटर सडक कालोपत्र गर्न विसं २०७६ जेठ ३१ गते बिरूवा–क्याराभान जेभी र पूर्वाधार विकास कार्यालयबीच रू २२ करोड ५७ लाख नौ सय ३२ मा ठेक्का सम्झौता भएको थियो ।   विसं २०७८ जेठमा सकिनुपर्ने सो योजनाको हालसम्मको भौतिक प्रगति ८० प्रतिशत रहेको कार्यालयले जनाएको छ । निर्माण कम्पनीका प्राविधिक देवराज राउतले चालु आर्थिक वर्षभित्र नै कालोपत्र सम्पन्न गर्ने लक्ष्यसहित उपकरण र मजदुर परिचालन गरेको बताउनुभयो ।   पर्याप्त बजेट विनियोजन नहुनु, नदीजन्य निर्माण सामग्रीको अभाव, विपद् र कोरोना महामारीका कारण ढिलाइ भएको निर्माण कम्पनीका सञ्चालक चन्द्र थकालीले बताउनुभयो ।    गत वर्ष रू पाँच करोड बजेट विनियोजन भएको यो आयोजनालाई यसपालि रू एक करोड ५० लाख विनियोजन भएको छ ।   म्याग्दीको लाइफ लाइन ९भाग्यरेखा० मानिएको बेनी–दरवाङ सडक निर्माणमा भएको ढिलाइले यात्रीलाई सास्ती, दुर्घटनाको जोखिम र यातायात सञ्चालन गर्न असहज भएपछि जनप्रतिनिधि र अगुवाहरूले दबाब दिँदै आएका थिए ।  सडक कालोपत्र हुन थालेपछि उत्साहित भएको मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खाती क्षेत्रीले बताउनुभयो ।   कामलाई गुणस्तरीय बनाउन निगरानीका साथै सामाजिक समस्या समाधानका लागि सहजीकरण र समन्वय गरेको उहाँले बताउनुभयो । सो खण्डमा पर्ने बाङ्गेपहिरो क्षेत्र पहिरोग्रस्त र जोखियुक्त छ ।   पहिरो प्रभावित क्षेत्रलाई ठेक्काबाट हटाइएको छ । मालिकाको केन्द्र दरवाङ बजारभित्र जग्गा विवाद नभएको बाहेकका ठाउँमा कालोपत्रको तयारी गरिएको छ । 

काठमाडौँ:   सङ्घीय संसद्को हिउँदे अधिवेशन शुक्रबारदेखि प्रारम्भ हुँदैछ  ।   बजेट अधिवेशन अन्त्य भएको झन्डै पाँच महिनापछि हिउँदे अधिवेशन प्रारम्भ हुन लागेको हो ।    अधिवेशन प्रारम्भको पहिलो दिन प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।   विधेयक अधिवेशनका रूपमा समेत चिनिने अधिवेशनमा विधायिकी कार्यलाई प्रभावकारी बनाउन विचाराधीन विधेयकको छलफललाई महत्व दिने तयारी छ ।   सङ्घीय संसद्का दुवै सदनमा गरी अहिले दुई दर्जन विधेयक विचाराधीन छन् । अधिकांश विधेयक समितिमा दफावार छलफलका क्रममा छन् ।    संसद् सचिवालयका अनुसार शुक्रबार अधिवेशन प्रारम्भको राष्ट्रपति कार्यालयको पत्र वाचन गरिने छ ।   यस्तै प्रतिनिधि सभा नियमावली–२०७९ को नियम १० अनुसार सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षताका लागि अध्यक्ष मण्डलको मनोनयन हुने छ । दलीय परामर्शमा अधिवेशनैपिच्छे अध्यक्ष मण्डलमा नाम मनोनयन गर्ने अभ्यास छ ।    यस्तै बैठकमा अधिवेशन चालु नरहेको बेला सरकारको सिफारिसमा जारी भएका अध्यादेश पेस हुने छन् । यसबिचमा छ वटा अध्यादेश जारी भएका छन् ।   सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश सभामा पेस हुने छन् ।    यस्तै भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पनि सभामा पेस हुने छ । सहकारीबाहेकका पाँच अध्यादेश सरकारले एकैपटक सिफारिस गरेको थियो । सिफारिस अनुसारै राष्ट्रपतिबाट अध्यादेश जारी भएका थिए ।    बैठकमा दुई शोक प्रस्ताव पनि पेस हुने छन् । पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनमा सभामा शोक प्रस्ताव पेस र पारित हुने छ ।   यस्तै संविधान सभा सदस्य रामजी शर्माको निधनमा पनि शोक प्रस्ताव पारित हुने छ । २०४८ मा सभामुख रहनुभएका ढुङ्गानाको मङ्सिर २ गते निधन भएको थियो । २०६४ मा संविधान सभा सदस्य रहनुभएका शर्माको माघ ७ गते निधन भएको थियो ।    पहिलो दिनमै अध्यादेश पेस हुने    यसै गरी सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा एकै दिन छ वटा अध्यादेश पेस हुने गरी कार्यसूची तय भएको छ । राष्ट्रिय सभाको १६औँ अधिवेशन गत भदौ १६ गते अन्त्य भएको थियो । सदन सञ्चालन नभएको अवस्थामा ल्याइएको अध्यादेश सरकारले संसद् अधिवेशन सुरु हुनासाथ पेस गर्ने गरी कार्यसूची तय भएको हो ।    अधिवेशनको पहिलो बैठक सुरु हुनासाथ अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा सदनलाई जानकारी गराउनुहुने छ । बैठकमा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेताले अधिवेशन सफलताको शुभकामना मन्तव्य राख्नुहुने छ ।    मङ्गलबार सम्पन्न कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले राष्ट्रपति कार्यालयबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् सदस्यहरूको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा सदनलाई जानकारी गराइने छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले दुई वटा विधेयकको प्रतिवेदन तयार गरेकाले समितिका सभापति तुलसाकुमारी दाहालले दुवै प्रतिवेदन शुक्रबारकै बैठकमा सभामा पेस गर्नुहुने छ ।    समितिले मिडिया काउन्सिल विधेयक–२०८० र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक–२०८१ को प्रतिवेदन सभासमक्ष पेस गर्ने छ । संसद् सचिवालयका अनुसार शुव्रmबारकै बैठकमा सरकारले छ वटा अध्यादेश सभामा पेस गर्ने छ । अधिवेशन नचलेको अवस्थामा सरकारले छ वटा अध्यादेश ल्याएको थियो ।    सचिवालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले “सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१” सभासमक्ष पेस गर्नुहुने छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले वित्तीय उत्तरदायित्व  (पहिलो संशोधन) अध्यादेश–२०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश–२०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ सभासमक्ष पेस गर्नुहुने कार्यसूची छ ।    त्यसै गरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश पेस गर्नुहुने छ । शुक्रबारको बैठकमा चार वटा शोक प्रस्ताव पेस हुने छ । 

काठमाडौं:  फ्रेन्चाइजको अवधारणमा पहिलोपल्ट आयोजित नेपाल कबड्डी लिग (एनकेएल) को फाइनलमा शुक्रबार जनकपुर नाइट्स र काठमाडौं माभरिक्सबीच प्रतिस्पर्धा हुँदैछ ।    एस्ट्रोनिक्स म्यानेजमेन्टको आयोजनामा भएको एनकेएलमा ६ टिमले प्रतिस्पर्धा गरेका थिए । त्यसमा जनकपुर र काठमाडौं उत्कृष्ट प्रदर्शन गर्दै उपाधि नजिक छन् ।    फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा साँझ ६:३० बजे सुरु हुनेछ । त्यसअघि गायिका डाक्टर त्रिशला गुरुङले आफ्नो प्रस्तुति दिनेछिन् ।   अब कुरा गरौं दुई फाइनलिस्ट टिमको । नेपाली राष्ट्रिय महिला टिमकी मुख्य प्रशिक्षक पार्वती राईले हाँकिरहेको जनकपुर नाइट्स पूरा प्रतियोगिताकै एक मात्र अपराजित टिम हो र उत्कृष्ट लयमा रहेको छ ।   लिग चरणमा जनकपुरले ४ खेल जित्दा १ बराबरी खेलेको थियो । त्यो बराबरी पनि काठमाडौंसँग नै थियो ।    लिग चरणमा शीर्षस्थानमा रहेको जनकपुरले क्वालिफायर १ मा विराटनगर ब्यान्डिट्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । काठमाडौंले पनि क्वालिफायर २ मा विराटनगरलाई नै हरायो ।    लिग चरणमा तेस्रो भएपनि एलिमनेटर र क्वालिफायर जित्दै फाइनल पुगेको काठमाडौं पनि उपाधि होडमा बलियो बनेर आएको छ ।   यो टिमले लिगमा तीन जित, एक बराबरी र एक हारको नतिजा निकालेको थियो । लिगमा पराजित भएको विराटनगरसँग काठमाडौंले क्वालिफायरमा बदला लिइसकेको छ ।   अर्कोतर्फ काठमाडौंको मार्की तथा कप्तानमा नेपाली पुरुष राष्ट्रिय टिमका कप्तान घनश्याम रोका मगर छन् । उनकै सानदार प्रदर्शनले काठमाडौंले फाइनलसम्म यात्रा तय गरेको छ ।   भारतको प्रो कबड्डी लिग च्याम्पियन कप्तान घनश्याम रोका मगरको उत्कृष्ट प्रदर्शनसँगै काठमाडौं अब त्यही लय जनकपुरविरूद्ध पनि कायम राख्दै आकर्षक ट्रफीलाई राजधानीमै सजाउन चाहन्छ । जनकपुर घनश्यामलाई रोक्ने रणनीतिमा हुनेछ । अर्कोतिर, जनकपुरका लागि सानदार प्रदर्शन गरिरहेका थाइल्यान्डका चाहपोन कामुनीको आक्रमणलाई रोक्न काठमाडौंको रणनिति हुनेछ ।   यी दुई टिमबीच लिग चरणमा भएको रोमाञ्चक खेल ३९-३९ को बराबरीमा सकिएको थियो । यो एनकेएलको एकमात्र बराबरी हो र जनकपुरले जित्न नसकेको खेल पनि यही एउटा हो । त्यसैले काठमाडौंलाई पनि हराएर जनकपुर आफ्नो प्रभुत्व देखाउने लक्ष्यमा छ ।   राष्ट्रिय खेलकुद परिषदअन्तर्गत् कबड्डीका मुख्य प्रशिक्षक रहेकी पार्वती राईकै नेतृत्वमा नेपाली महिला टिमले १९ औं एसियाली खेलकुद २०२२ मा ऐतिहासिक कांस्यपदक जितेको थियो ।