पोखरा: एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा शसस्त्र प्रहरी बल (एपिएफ) ले ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्याण्डलाई पराजित गरेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको पहिलो खेलमा एपिएफले ३–२ सेटले खेल आफ्नो पक्षमा पारेको हो । पहिला दुई सेट गुमाएको एपिएफले उत्कृष्ट पुनरागमन गर्दै ३–२ सेटको जित निकाल्न सफल भयो । पहिलो सेटमा १२–७ को एपिएफको अग्रतालाई उल्टाउँदै ट्राभल इन्क्वारीले आफ्नो पक्षमा पारेको थियो । इन्क्वारीले दोस्रो सेटमा २५–२० को सहज जित निकालेको थियो । तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै एपिएफले जित निकाल्दा खेल पाँचौं सेटमा धकेलिएको थियो । एपिएफले तेस्रो सेट २५–१९ र चौथो सेट २५–२० ले आफ्नो पक्षमा पा¥यो । पाँचौ सेटमा उत्कृष्ट प्रदर्शन गर्दै डिफेन्डिङ च्याम्पियन एपिएफले १५–७ को जित निकाल्यो । अब हुने दोस्रो खेलमा महिलातर्फ टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन् । उक्त खेलपछि प्रतियोगिताको उद्घाटन सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङ गर्नेछन् । उद्घाटन खेल आयोजक महिला टोली र त्रिभुवन आर्मी क्लबबिच हुनेछ । आजबाट सुरु भएको पाँचौं संस्करणको टाइगर कप भलिबल १९ गतेसम्म चल्नेछ । प्रतियोगिताको पुरुषतर्फका खेल भने आइतबार हुनेछन् ।
पोखरा: पोखरामा यही माघ १५ देखि २१ गतेसम्म बगर भाइखलकको आयोजनमा हुने १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । बगर भाइखलकले आज पोखरामा पत्रकार सम्मेलन गर्दै पोखराको टुडिखेल फुटबल मैदानमा हुने १४ औं संस्करणको अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो । बगर भाइखलकका महासचिव मनकाजी गुरुङले अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगितामा ३९ टिमको सहभागिता रहेको बताए । ूस्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयामू भन्ने नारालाई आत्साथ गर्दै २०६८ सालदेखि भेट्रान्स फुटबल आयोजना गर्दै आएका छौं, महासचिव गुरुङले भने, ‘१४ औं संस्करणको अन्तर्राष्ट्रिय भेट्रान्स माघ १५ देखि २१ गतेसम्म सञ्चालन हुन्छ जसमा विदेशी टिमसहित ३९ टिमको प्रतिस्पर्धा हुन्छ ।’ महासचिव गुरुङले ४० वर्षदेखि ७० वर्ष उमेर समूहका पाका खेलाडीहरुको खेलबाट नयाँ पुस्तालाई खेलकुद प्रति अभिरुची जगाई भविष्यमा खेलाडी उत्पादन गर्ने लक्ष्यसमेत राखेको बताए । तीन विधामा हुने अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगितामा ४० वर्ष उमेर पूरा भएको विधामा १९ टिम, ५० वर्ष उमेर समूहतर्फ १४ टिम र ६० वर्ष उमेर पूरा भएका ६ समूहबीच प्रतिस्पर्धा हुने महासचिव गुरुङले बताए । उनका अनुसार ४० वर्ष उमेर समूहतर्फको विजेताले २ लाख उपविजेताले १ लाख नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सो उमेर समूहको विधागततर्फ सर्वोकृष्ट खेलाडीलाई नगद १५ हजार, उत्कष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फवार्ड र प्रशिक्षकले नगद ५र५ हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै ५० वर्ष उमेर समूहतर्फको विजेताले १ लाख र उपविजेताले ५० हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै ६० वर्ष उमेर समूहतर्फको विजेताले ५० हजार र उपविजेताले ३० हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको तीनवटै विधाको हरेक खेलमा म्यान अफ डी म्याच घोषित खेलाडीले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । १३ औं संस्करणको प्रतियोगितामा ४० वर्ष उमेरसमूहतर्फ जोरपाटी भेट्रान्स काठमाडौं, ५० वर्ष उमेर समुहतर्फ संगम भेट्रान्स पोखरा र ६० वर्ष उमेर समूहतर्फ बगर भाइ खलकले उपाधि जितेको थियो । प्रतियोगितामा भारतको देहरादुन, काठमाडौं, ललितपुर, चितवन, सिरहा, हेटौंडा, सर्लाही, बुटवल,सिमरा,कैलाली, झापा, बिर्तामोड र पोखराका स्थानीय टिमको सहभागिता रहेको छ । बगर भाइखलकले फुटबल खेल विकासमा विशेष योगदान दिने खेलाडीहरुलाई सम्मान गर्दै आएको बताउँदै यस वष पूर्व खेलाडी रमेश भट्टचनलाई सम्मान गर्ने जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा चिरायु नेशनल अस्पताल र सहप्रायोजकमा बगर भाइ खलक युके रहेको छ । प्रतियोगिता सम्पन्न गर्न २५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।
कञ्चनपुर: कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले आफैँलाई गोली प्रहार गरेका प्रहरी जवान वकिल विष्टको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । कैलालीको निःशर्ग अस्पतालमा उपचारका क्रममा प्रहरी जवान विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले बताउनुभयो । माघ ९ गते बुधबार राति कोत गादरमा (हतियार राखिने ठाउँ) ड्युटीमा रहेका बेला विष्टले आफैँलाई टाउकोमा गोली प्रहार गरेका थिए । गोली लागेर गम्भीर घाइते भएका उहाँलाई तत्कालै उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिए पनि उपचार हुन नसकेपछि कैलालीको निःशर्ग अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो ।
पोखरा: २४ औं संस्करणको आहा! रारा पोखरा गोल्डकपमा फ्यान अफ दि म्याचलाई पनि पुरस्कार दिइने भएको छ । सोको लागि पुरस्कारवापत् रकम प्रायोजन सहारा यूकेले गरेको हो । सहारा युकेका महासचिव क्या. पिताम्बर गुरुङ र सहारा क्लब पोखराका वरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङबीच फ्यान अफ द म्याच पुरस्कार प्रायोजनबारे सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सो अवसरमा सहारा क्लबका निवर्तमान अध्यक्ष हरिराम गुरुङ (सुरज), पूर्व अध्यक्ष विक्रम थकालीलगायतको उपस्थिति थियो । प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले सहारा यूकेका पूर्व अध्यक्ष मीन गुरुङले सहाराको अभियानमा विगतका वर्षमा झैं साथ दिँदै रकम संकलनमा सहयोग गरेकोमा आभार व्यक्त गरे । २४ औं आहा रारा पोखरा गोल्ड कप सहयोग अभियानमा सहभागी हुँदै सहारा क्लब पोखराका मानार्थ सदस्य महेश गुरुङबाट २५ हजार, लोक गुरुङबाट २५ हजार, क्लबका शुभचिन्तक नरजंग गुरुङबाट १५ हजार ५ सय ५५ र राम गुरुङबाट १५ सय १ सय रुपैयाँ सहयोग प्रदान भएको छ । क्लबले यही माघ २२ देखि फागुन ३ गतेसम्म पोखरा रंगशालामा २४ औं संस्करणको फुटबल प्रतियोगिता गर्दैछ । १२ टिमले भाग लिने प्रतियोगिताको क्लबले तयारी तीव्र पारिएको अध्यक्ष केशवराज बरालले बताए । प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउ तथा सहप्रायोजक चितवनको जयश्री फुड्स प्रालि हो । क्लबले पोखरा १७, दोबिल्लामा सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी संचालन गरी हाल ३० जना बालकलाई आश्रय दिएको छ । बर्सेनि प्रतियोगिता आयोजना गरेर बचत रकम क्लबले एकेडेमीमा लगाउने गरेको महासचिव रामजीप्रसाद अधिकारीले बताए ।
काठमाडौं: नेपाल प्रहरीका १८ जना प्रहरी वरिष्ठ उपरीक्षकहरुको सरुवा भएको छ । गृहमन्त्री रमेश लेखकले शुक्रवार एसएसपी सरुवा गर्ने निर्णय गरेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुखमा विश्व अधिकारीलाई ल्याइएको छ । उनी प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए । काठमाडौँमा कार्यरत वसन्त रजौरेलाई प्रधान कार्यालय स्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयमा सरुवा गरिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयमा रमेश बस्नेतलाई सरुवा गरिएको छ । उपत्यका कार्यालयका सानुराम भट्टराईलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ । एसएसपी ओम राना अख्तियार, गङ्गा पन्त कर्णाली प्रदेश, दीपक बस्नेत नेपाल प्रहरी प्रदेश कार्यालय नेपालगन्ज, दीपक रेग्मी भैरहवा विमानस्थल र दीपेन्द्र घर्ती क्षेत्री मानव बेचबिखन ब्युरोमा सरुवा भएका छन् । नान्तीराज गुरुङलाई कर्णाली प्रदेश तालिम केन्द्र नेपालगन्जमा सरुवा गरिएको छ । भरतपुर तालिम केन्द्रमा भूपेन्द्र खत्री, लुम्बिनी प्रदेश तामिल केन्द्र बुटवलमा माधव प्रसाद श्रेष्ठ र उपत्यका ट्राफिक प्रहरी कार्यालयमा विनोद घिमिरेको सरुवा भएको छ । उपत्यका प्रहरी कार्यालयमा यसअघि काजमा गएका शेखर खनाल र ललितपुर प्रहरी प्रमुखमा श्यामकृष्ण अधिकारीको दरबन्दी कायम गरिएको छ । नयाँ दिल्ली स्थित नेपाली राजदूतावासमा सञ्जीव शर्मा र लागु औषध नियन्त्रण ब्युरोमा सुदर्शन प्रसाद कोइरालालाई सरुवा गरिएको छ ।
पोखरा: पोखरा महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न भएको छ । पौष २८ गतेदेखि शुभारम्भ भएको नगर सभा सभामा पेस भएका सम्पूर्ण प्रस्तावहरूमाथि छलफल गरी सर्वसम्मतिले पास गर्दै शुक्रवार सम्पन्न भएको हो । सभाले भवन नियमित तथा अभिलेखीकरण कार्यविधि (पहिलो संशोधन) २०८१, आर्थिक ऐन संशोधन २०८१, भवन निर्माण तथा पूर्वाधार (पहिलो संशोधन) २०८१, ४ तलामाथिका भवनहरूको सम्बन्धमा तुलनात्मक अध्ययन प्रतिवेदन तथा कार्यविधि निर्माणका लागि कार्यपालिकालाई दिइने निर्देशन समेत सर्वसम्मतिले पारित भएको छ । विभिन्न योजना तथा कार्यक्रमको बजेट तथा कार्यक्रम संशोधन, परिमार्जन र रकमान्तरका लागि नगर प्रमुखलाई अधिकार प्रत्यायोजन गर्दै नगर सभाले शिशुवा अस्पतालको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण प्रस्ताव समेत सर्वसम्मतिले पारित गरेको छ । यसअघि कार्यपालिकाको बैठकले निर्णय गरी नगर सभामा पेस गर्नुपर्ने भनी गरेका सम्पूर्ण निर्णयहरू पनि महानगरपालिकाको १६ औँ नगर सभाले अनुमोदन गरेको छ। नगरसभाले राजश्व बक्यौता असुली कार्य योजना पनि पारित गरेको छ । राजश्व बक्यौता असुलीका लागि महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाको संयोजकत्वमा २ जना नगर सभा सदस्यहरू, लेखा समितिका १ जना सदस्य, वित्त व्यवस्थापन महाशाखा प्रमुख, नगर प्रहरीको तर्फबाट १ जना सदस्य रहने गरी राजश्व महाशाखाका प्रमुख सदस्य सचिव रहेको एक समिति समेत गठन गरेको छ । महानगरपालिकाका विभिन्न क्षेत्रहरूमा हालसाबिकको समस्या रहेकाले त्यसको समाधानका लागि पनि सम्बन्धित निकायहरूमा समन्वय गर्ने प्रस्ताव पनि नगर सभाले पास गरेको छ । नगर सभामा उठेका सबै विषयहरूलाई नगरसभाको अङ्गका रूपमा आत्मसात् गर्दै महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न गरिएको नगर प्रमुख धनराज आचार्यले बताउनुभयो । यसअघि नगर सभा सदस्यहरू सुशील बास्तोला, शिवराम भण्डारी, परमेश्वर बहादुर कार्की, विष्णु प्रसाद घिमिरे, सनकमान सिके र रेसम सुवेदी लगायतले छलफलमा भाग लिनुभएको थियो ।
पोखरा: एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताका खेलहरु नयाँ फम्र्याटमा खेलाइने भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालका आयोजनामा शनिबारबाट हुन लागेको उक्त प्रतियोगिताका खेल नयाँ फम्र्याटमा खेलाइन लागेको हो । प्रतियोगितामा पुरुष र महिलातर्फ ६–६ टोली सहभागी छन् । पहिला ३ खेल नकआउटमा हुनेछ । ती तीन खेलमा जित्ने टोली एउटा समूह र हार्ने टोली अर्काे समूह रहनेछन् । दुवै समूहमा लिग खेलाइनेछ । लिगमा प्रत्येक टोलीले दुई खेल खेल्नेछन् । जित्ने समूहबाट पहिला र दोस्रो स्थानमा रहने टोलीले क्वालिफायर खेल्नेछन् । तेस्रो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछ । हारेका टोलीको समूहबाट शीर्ष स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछ । दोस्रो र तेस्रो स्थानमा रहने टोली प्रतियोगिताबाट बाहिरिनेछन् । पहिलो क्वालिफायरको विजेताले फाइलनमा यात्रा सुरश्चित गर्नेछ भने पराजित हुने टोलीले एलिमिनेटरको विजेता टोलीसँग दोस्रो क्वालिफायर खेल्नेछ । फाइलन खेल माघ १९ गते हुनेछ । प्रतियोगिताको पहिलो खेल महिलातर्फ डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बल (एपिएफ) र ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब, थाइल्यान्डबिच हुनेछ । उक्त खेल बिहान १० बजेबाट सुरु हुनेछ । पहिलो दिन हुने तिन वटै खेल महिलातर्फ हुने आयोजकले जनाएको छ । भोलि हुने दोस्रो खेलमा टिपटप न्यू डायमन्ड स्पोर्टस् क्लब र नेपाल पुलिस क्लबले प्रतिष्पर्धा हुनेछ । त्यसपछि साढे एक बजे प्रतियोगिताको उद्घाटन सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नेछन् । पहिलो दिनको तेस्रो तथा अन्तिम खेल आयोजक टोली र त्रिभुवन आर्मी क्लबबिच प्रतिष्पर्धा हुने प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए । उक्त खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
पोखरा: एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पहिलो खेल महिलातर्फ डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बल (एपिएफ) र ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब, थाइल्यान्डबिच हुने भएको छ । सार्वजनिक भएको खेल तालिकाअनुसार पहिलो खेल महिलातर्फ एपिएफ र ट्राभल इन्क्वारीबिच हुनेछ । उक्त खेल पोखरा रंगशालास्थित भलिबल कोर्टमा भोलि बिहान १० बजेबाट सुरु हुनेछ । पहिलो दिन हुने तिन वटै खेल महिलातर्फ हुने आयोजकले जनाएको छ । भोलि हुने दोस्रो खेलमा टिपटप न्यू डायमन्ड स्पोर्टस् क्लब र नेपाल पुलिस क्लबले प्रतिष्पर्धा हुनेछ । त्यसपछि साढे एक बजे प्रतियोगिताको उद्घाटन सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नेछन् । पहिलो दिनको तेस्रो तथा अन्तिम खेल आयोजक टोली र त्रिभुवन आर्मी क्लबबिच प्रतिष्पर्धा हुने प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए । उक्त खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुन लागेको प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ । प्रतियोगितामा २ विदेशी टोलीसहित ६–६ टोलीले सहभागिता जनाएका छन् । विदेशी टोलीका रुपमा महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब, थाइल्यान्ड र पुरुषतर्फ भारतको सुनिल भलिबल क्लब, कुरुक्षेत्रको टिम सहभागी हुने छन् । पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबले सहभागिता हुँदैछन् । महिलातर्फ सहभागी टोलीमा नेपाल एपिएफ क्लब, टिपटप न्यू डायमन्ड स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र टाइगर ग्रुप अफ पोखरा नेपाल छन् । प्रतियोगितामा सहभागी हुन अधिकांश टोली पोखरा आइसकेका छन् । प्रतियोगिताका विजेता टोलीले समान ५ लाख ८५ हजार ५५५ रुपैयाँ पाउनेछन् । उपविजेताले समान २ लाख ८५ हजार ५५५ र तृतीय हुने टोलीले १ लाख ८५ हजार ५५५ रुपैयाँ पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार ७७७ रुपैयाँ प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट हुनेलाई समान १० हजार ५५५ रुपैयाँ प्रदान गरिने छ ।
पोखरा: मिस तामाङ पोखराको ग्राण्ड फिनाले माघ १२ गते भोलि (शनिबार) हुँदैछ । बैदाम तामाङ सेवा समाजको आयोजनामा नवौं संस्करणको मिस तामाङ पोखराको सम्पुर्ण तयारी पुरा भएको छ । प्रतियोगिता पोखरा सभागृह हलमा मध्यान्ह १२ बजेबाट शुरु हुने आयोजक संस्थाका अध्यक्ष ज्याक तामाङले बताए । प्रतियोगितामा ११ जना तामाङ समुदायका युवतीहरुको सहभागिता रहेको छ । सहभागीहरुमा आकृति तामाङ, मञ्जिता पाख्रिन, प्रिन्सेस घिसिङ तामाङ, पुर्णिमा थिंङ्ग तामाङ, सुनिता तामाङ, शिशा लामा, सुप्रिया गोले तामाङ, पुर्णिमा लामा, सुमिना तामाङ, जमुना लामा र सोनिका तामाङ रहेको कार्यक्रम संयोजक रोश्मा ब्लोन तामाङले जानकारी दिए । प्रतियोगिताको विजेताले ताज, ट्रफी, प्रमाणपत्र सहित रु १ लाख नगद तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्राप्त गर्नेछिन । फस्ट रनरअपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै सेकेण्ड रनरअपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ हात पार्नेछन् । भ्युवर्स च्वाइसका रुपमा एकजनाले नगद २० हजार पुरस्कार समेत प्राप्त गर्नेछन । कार्यक्रमको मुल संयोजकमा पुर्व मिस तामाङ पोखरा रोश्मा ब्लोन तामाङ, सह संयोजक रोशिला तामाङ रहेका छन् । कार्यक्रमको प्रमुख निर्णायकमा चलचित्र निर्देशक तथा नेपाल चलचित्र विकास वोर्डका अध्यक्ष दिनेश डिसी, मिस नेपाल २००९ जेनिशा मोक्तान, गीतकार तीर्थ तामाङ रहनेछन भने चर्चित कलाकार विशाल काल्तान, राजेन्द्र नेपाली लगायतका कलाकारको प्रस्तुती रहने छ । कार्यक्रमबाट बचत रकम पेमा धेछेन्लिङ तामाङ शान्ति गुम्बा सहयोगार्थ खर्च गरिने आयोजकले जनाएको छ

