पाेखरा :  नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ ।   तस्बिरहरू:-     ...

कास्की:    सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीको आदेशविरुद्ध सरकारी वकिलपछि पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पनि उच्च अदालत पुग्नुभएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले रविसहित सात जनालाई धरौटीमा छाड्ने आदेश दिएको थियो ।  अदालतले रविसँग ६५ लाख धरौटी माग गरेको थियो । जिल्ला अदालत कास्कीले दिएको धरौटीमा छाड्ने आदेश बदर गरी साधारण तारेखमा पुर्पक्ष गर्न पाउँ भनी लामिछानेले दिएको निवेदन सोमबार दर्ता भएको छ । उच्च अदालतका उपरजिष्ट्रार तथा सूचना अधिकारी नीलप्रसाद पनेरुले लामिछानेको निवेदन सोमबार दिउँसो दर्ता भएको र मङ्गलबार एकल बेन्चबाट त्यसमा आदेश हुने उल्लेख गर्नुभयो ।  “यसअघि उच्च सरकारी वकिलको कार्यालयको पनि निवेदन परिसकेको छ” पनेरुले भन्नुभयो, “लामिछानेज्यूको निवेदन दर्ता भएको छ । मङ्गलबार यो निवेदन सिङ्गल बेन्चमा जान्छ । जिल्लाबाट कैफियत प्रतिवेदन माग हुन्छ । प्रतिवेदन प्राप्त भएपछि उच्चको संयुक्त इजलासले निवेदन बमोजिम हुने वा नहुने निर्णय लिन्छ ।” यसअघि नै सूर्यदर्शनका प्रतिवादीलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेशविरुद्ध उच्च सरकारी वकिलको कार्यालयले थुनामै राखेर अनुसन्धान गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता गराइएको छ । उच्च सरकारी वकिल कार्यालयको निवदेनपछि माघ ८ गते उच्चले सात जनालाई धरौटीमा छाड्नुको आधार र कारण पेस गर्न आदेश दिएको थियो । पुस २५ गते धरौटीमा छाड्न आदेश भएकोमा २९ गते जिल्ला सरकारी वकिलको कार्यालयले उच्च सरकारी वकिलको कार्यालयलाई निवदेन पठाएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयको निवेदनपछि उच्च सरकारी वकिलको कार्यालयले सोमबार उच्चमा निवेदन दर्ता गराएको थियो । उच्च सरकारी वकिलको निवेदनपछि भएको आदेश बमोजिम जिल्ला अदालतको कैफियत प्रतिवेदन प्राप्त भएपछि निवेदकको माग बमोजिम आदेश हुने वा नहुने उच्च अदालतले निर्णय गर्नेछ ।  उच्च अदालत पोखरामा यसरी तल्लो अदालतका निवेदन र प्रतिवेदन सुन्ने र आदेश दिने नै तोकिएको छ । सूचना अधिकारी पनेरुले हरेक बिहीबार यस्ता प्रतिवेदन सुन्ने र आदेश हुने उल्लेख गर्नुभयो । सूर्यदर्शन सहकारी प्रकरणमा एक अर्ब ५१ करोड रुपियाँ बिगो मागदाबीसहित ६३ जनाविरुद्ध दायर भएको मुद्दा विचाराधीन छ ।

काठमाडौं:   सुनचाँदी बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।  अघिल्लो दिन प्रतितोला एक लाख ६० हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला  तीन सयले घटेर एक लाख ६० हजार एक सय रुपियाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज आइतबारको तुलनामा चाँदीको मूल्य प्रतितोला १५ ले घटेर एक हजार आठ सय ५० तोकिएको छ । चाँदी अघिल्लो दिन प्रतितोला एक हजार आठ सय ६५ मा किनबेच भएको थियो ।  हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस दुई हजार सात सय ५६ अमेरिकन डलर आसपास कारोबार भइरहेको छ । 

पोखरा:    एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ सशस्त्र प्रहरी बल एपिएफले टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आज भएको पहिलो खेलमा ‘जित्ने समूह’ अन्तर्गत एपिएफले न्यू डायमन्डलाई सोझो सेटमा पराजित गरेको हो ।  एपिएफले पहिलो सेट २५–२२, दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–२१ को जित निकाल्न सफल भयो । एपिएफकी निरुता ठगुन्ना टाइगर अफ द म्याच घोषित भइन् । खेलको बेष्ट स्पाइकर न्यू डायमण्डकी सलिना बुढामगर बनिन् ।  ‘जित्ने समूह’ मा एपिएफ, न्यू डायमण्डसहित आयोजक टोली छन् । अब महिलातर्फ ‘हार्ने समूह’ बाट ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब र नेपाल पुलिस क्लबबिच प्रतिस्पर्धा हुनेछ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको उक्त प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।

धनगढी: अछामको ढकारीमा मृत भेटिएकी दुई किशोरीको हत्या भएको आशङ्का गरिएको छ । रहस्यमय मृत्यु भएको भन्दै पोष्टमार्टमका लागि शव नेपालगञ्ज पठाइएको छ भने प्रहरीले आशङ्का गरिएका दुई युवकलाई पक्राउ गरि अनुसन्धान सुरु गरेको छ । पक्राउ परेका दुबै जनाको नाम गोप्य राखिएको छ । ढकारी गाउँपालिका– १ स्थित सुनघर सामुदायिक वनमा शनिवार साँझ दुई किशोरी मृत भेटिएका थिए । शुक्रबार देखि हराइरहेका ढकारी गाउँपालिका– ८ का १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया ईशरा खड्काको शव शनिवार साँझ जङ्गलमा भेटिएको थियो । शुक्रवार बाख्रा हेर्न गएका किशोरीहरू शनिवार मृत अवस्थामा फेला परेका थिए । मृत भेटिएका दुबै किशोरी फुपू/भदैनी नाता पर्ने हुन् । सरस्वती फुपू र ईशरा भदैनी हुन् । आफन्तले उनीहरूको हत्या भएको दाबी गर्दै आएका छन् । घटना रहस्यमय नै देखेपछि प्रहरीले पनि पोष्टमार्टमकै लागि शव नेपालगञ्ज पठाइएको छ । आइतबार जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारी र प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालसहितको टोली घटनास्थलमा पुगेको थियो । परिवारका सदस्यहरूले सुरुदेखि नै हत्याको दाबी गरिरहेका छन् । पोस्टमार्टम पछि मात्रै घटनाका तथ्यहरू खुल्ने डीएसपी भण्डारीले जानकारी दिए । ‘हामी घटनास्थलको अध्ययन गरेर फर्किएका छौँ, अहिलेसम्म कसरी घटना घट्यो भन्ने कुनै तथ्य बाहिर आएको छैन’ उनले भने, ‘पोस्टमार्टम गर्छौँ त्यसपछि केही कुरा बाहिर आउला ।’ अछाममै पोस्टमार्टमको व्यवस्था भए पनि घटना गम्भीर भएकाले शव नेपालगन्ज पठाइएको प्रहरीको भनाइ छ । डीएसपी भण्डारीले अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको पनि प्रयोग गरिएको छ। उनीहरूको शव अलगअलग ठाउँमा फेला परेको डीएसपी भण्डारीले जानकारी दिए । उनका अनुसार दुवै किशोरीको टाउकोमा गहिरो चोट लागेको छ भने अन्य भागमा पनि चोटहरू लागेका छन् । शव भेटिएको स्थानमा मरेको गोरु फालिएको थियो । त्यहाँ नै शव फाल्दा गन्ध गोरुको आउने र आशङ्का नहुने मनसाय देखिएको प्रहरीले जनाएको छ । घटनास्थल पुगेका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले पनि घटनाबारे गहिरो अनुसन्धान भइरहेको बताए ।

पोखरा:   एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत सोमबार ४ खेल हुने भएका छन् । शनिबारबाट सुरु भएको प्रतियोगिताको तेस्रो दिन भोलि महिलातर्फ दुई र पुरुषतर्फ दुई खेल हुने तालिका छ ।  अब लिग चरणका खेल हुनेछ । सबै टोलीले एकएक खेल खेलेपछि अहिले जित्ने र हार्नेे टोलीको छुट्टाछुट्टै समूह बनेका छन् । ती समूहअन्तर्गत लिग खेल हुनेछ । एउटै समूहमा रहने टोलीले एकअर्कासँग खेल्नेछन् ।  पोखरा रंगशालास्थित भलिबल कोर्टमा बिहान पौने ९ बजे पहिलो खेल हुनेछ । उक्त खेल महिलातर्फ ‘जित्ने समूह’का टिपटप न्यू डायमण्ड स्पोर्ट्स क्लब र शसस्त्र प्रहरी बल एपिएफबिच प्रतिष्पर्धा हुनेछ ।  दोस्रो खेल महिलातर्फ ‘हार्ने समूह’का ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्ड र नेपाल पुलिस क्लबले खेल्नेछन् । उक्त खेलमा पौने ११ बजेबाट सुरु हुनेछ ।  तेस्रो खेल पुरुषतर्फ ‘जित्ने समूह’का भारतको सुनिल भलिबल क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन् । भोलिको अन्तिम तथा चौथो खेल पुरुषतर्फ ‘हार्ने समूह’का गण्डकी प्रदेश र टिपटप हेल्प नेपाल स्पोटर््स क्लबबिच हुनेछ ।  लिगपछि ‘जित्ने समूह’ बाट शीर्ष दुई टोली फाइलन प्रवेशका लागि पहिलो क्वालिफायर खेल्नेछन् । तेस्रो स्थानमा रहने र ‘हार्ने समूह’ बाट शीर्ष स्थानमा रहने टोलीले एलिमिनेटरमा भिड्नेछन् ।  पहिलो क्वालिफायरमा पराजित हुने टोली र एलिमिनेटरमा विजेता हुने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ । ‘हार्ने समूह’ बाट दोस्रो र तेस्रो स्थानमा रहने टोली प्रतियोगिताबाट बाहिरिनेछन् । टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको उक्त प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।    

पोखरा:  पोखरा–१३ माछापोखरी फुटबल मैदानमा लोक कवि अलि मियाँको स्मृति चौँथो खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता आज देखि सुरु भएको छ  ।  पोखरा–१३ मा रहेको माछापोखरी फुटबल मैदानमा भएको उद्याटन खेलमा ट्रिकर एफसी काहुँखोलाले जितेको छ । नेपाल मुस्लिम युथ समितिको सी टिमलाई ६–० गोलअन्तरले पराजित गदैँ ट्रिकरले खेल जितेको हो । यस्तै आजै भएको दोस्रो खेलमा एलसी ब्रदर्श लामाचौरले मिक्की एफसी रामबजारलाई २–१ को अन्तरमा जित निकाल्यो । प्रतियोगिता अन्तरगत सोमबार सात खेल हुने आयोजक समितिका सरशुल हकले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ४० हजार र द्धितीय हुने टिमले ८५ हजार पुरस्कार पाउने छन् । यस्तै विधागत तर्फ वेष्ट फरवाड, मिड–फिल्डर, डिफेन्सर, गोलकिपर र हाइस्केररलाई नगद ५÷५ हजारले पुरस्कार पाउने छन् । नेपाल मुस्लिम युवा समिति पोखरा–१३ को आयोजनामा भएको प्रतियोगिता यही माघ २० गतेसम्म चल्ने छ ।  

रुपन्देही:  रुपन्देही जिल्ला अदालतले बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम ठगी प्रकरण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई एक करोड धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रह्लाद योगीको इजलासले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई एक करोड धरौटीमा छाड्ने आदेश दिएको हो ।

पोखरा:    एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बल एपिएफलाई सोझो सेटमा पराजित गरेको छ ।  पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा एपिएफमाथि आर्मीले ३–० को सहज जित निकालेको हो । आर्मीले पहिलो सेट २५–१८, दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–१५ ले आफ्नो पक्षमा पा¥यो ।  यसअघि भएको खेलमा नेपाल पुलिस क्लबले गण्डकीलाई ३–२ सेटमा पराजित गरेको थियो ।  यस्तै पुरुषतर्फको पहिलो खेलमा भारतको सुनिल भलिबल क्लबले साविक विजेता टिपटप हेल्प नेपाललाई ३–१ को सेटमा पराजित गरेको थियो । आजै भएको पहिलो खेलमा महिलातर्फ आयोजक टोलीले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।  प्रतियोगितामा अब लिग चरणका खेलहरु हुनेछन् । पहिलो खेलमा जित निकाल्ने टोली र पराजित हुने टोलीले छुट्टाछुट्टै लिग खेल्नेछ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको उक्त प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ । 

पोखरा:    पोखरामा रहेको आई एन एफ नेपाल हरियोखर्क अस्पतालमा ७२ औँ विश्व कुष्ठरोग दिवस एक कार्यक्रमको आयोजना गरि मनाइएको छ । ‘एकताबद्ध भई कुष्ठरोग अन्त्यको कार्यमा सहभागी हौ’भन्ने मूल नाराको साथमा ७२ औँ विश्व कुष्ठरोग दिवस मनाइएको हो । कार्यक्रममा बोल्दै आई एन एफ नेपलका कार्यकारी निर्देशक कृष्ण बहादुर अधिकारीले आई एन एफको संक्षिप्त इतिहासको बारेमा बताउदै,कुष्ठरोग नियन्त्रण र रोकथामको लागि अस्पताल लागि परेको बताए । अधिकारीले नेपाल सरकारको शून्य कुष्ठरोग रणनीतिप्रति अस्पताल प्रतिबद्ध रहेको र चुनौतीका बाबजुत पनि सबैको साथ, सहयोग र साझेदारी मार्फत त्यो लक्ष्यमा पुग्न सकिने विश्वास व्यक्त गरे । पोखरा महानगरपालिकाका वडा १५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँले रोग नियन्त्रणको लागि दुरदराज सम्म पुगेर जनचेतना फैल्याउन आवश्यक रहेको बताए ।वडा अध्यक्ष बानियाँले रोग नियन्त्रण र उपचारमा अस्पतालले खेलेको भुमिका महत्वपूर्ण रहको उल्लेख गरे । प्रदेश स्वास्थ्य निर्देशनालयका क्षय कुष्ठ फोकल पर्सन गीता कुंवरले अझै पनि विश्वभर कुष्ठरोगबाट धेरै व्यक्ति प्रभावित भएको बताउदै, यसलाई नियन्त्रण गर्न सरकार तथा सबै सरोकारवाला निकायले तत्काल पहल र प्रतिबद्धता गर्न आवश्यक रहेको बताइन् । स्वास्थ्य कार्यलय कास्कीका प्रमुख  रामबहादुर नेपालीले कुष्ठ रोगको चुनौति झनै बढ्को बताउदै न्युनिकरण,नियन्त्रण गर्न तिनै तहका सरकार, गैरसरकारी सस्था र समुदायको भूमिका महत्वपूर्ण रहको बताए । आई एन एफ नेपालका कुष्ठरोग कार्यक्रम संयोजक याम बहादुर जिसीले अस्पतालले रोगको क्षेत्रमा गरेका कामहरुको बारेमा जानकारी दिएका थिए । कार्यक्रममा आई एन एफ नेपालका मेडिकल सर्भिसेज डाइरेक्टर डा.अरुण कुमार बुढा ,स्वास्थ्य कार्यलय कास्कीका क्षय कुष्ठ फोकल पर्सन लक्ष्मण बसौला,स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेल,स्वास्थ्य महाशाखा क्षय कुष्ठ फोकल पर्सन अर्जुन क्षेत्री,कुष्ठरोग निवारण संघ पोखराका अध्यक्षय सुवास तज्या,आइडिया नेपालका गण्डकी प्रदेश प्रमुख प्रेम वास्तोला, आई एन एफ नेपालका प्यासेन्ट एड्भोकेट थम बहादुर गुरुङ,डा सुरज महर्जन लगाएतले बोेलेका थिए । कार्यक्रममा आई एन एफ नेपालका कर्मचारी तथा अस्पतालमा उपचारारत सेवाग्राहीहरुको उपस्थिति रहेको थियो । यस्तै उक्त अस्पतालमा उपचाररत रहेका क्षयकुष्ठका बिरामीहरुलाई न्यानो कपडा पनि बितरण गरिएको थियो। मानव सभ्यताकै प्राचीन रोगहरु मध्येको कुष्ठरोग, विश्व स्वास्थ्य संगठनका अनुसार हाल पनि विश्वका १२० भन्दा बढी देशमा संक्रमण पाईने गरेको तथा वर्षेनी करिब २ लाख मानिसमा यो रोग देखिने गरेको छ । अस्पतालले हरेक बर्ष यो अवसर पारेर कार्यक्रम गदै आइरहेको छ ।