अध्यक्ष प्रचण्डद्वारा पार्टी प्रवेश गर्नेहरुलाई स्वागत
काठमाडाैं | माघ २१, २०८१
काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले देशव्यापीरूपमा माओवादी केन्द्रमा प्रवेशको लहर चलेको उल्लेख गर्दै सबैलाई एकताबद्ध र ध्रुविकृत हुन आह्वान गरेका छन् ।
अध्यक्ष प्रचण्डले आज बिहान आफ्नो निवास खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टी प्रवेश गर्नेहरूलाई उचित जिम्मेवारी दिएर समाजवाद निर्माणको अभियानमा अघि बढाउने बताए ।
विचार मिल्ने विभिन्न धारसँग एकताका लागि पनि पहल भइरहेको जानकारी दिँदै प्रचण्डले यस्ता प्रवेशले एकता र ध्रुवीकरणका लागि दबाब पुग्ने बताए ।
पार्टी प्रवेश गर्नेहरुमा आम जनता पार्टी (आजपा)का केन्द्रीय सचिव एवं प्रवास प्रमुख बाबुराम कौशिक, स्थायी समिति सदस्य एवं पर्सा इञ्चार्ज कदम रसुल, ब्यापार महासंघका पूर्व केन्द्रीय सदस्य वीरबहादुर बिदुर, एकीकृत समाजवादीका जिल्ला सदस्य शत्रुघ्न गिरी, आजपाका प्रदेश सदस्यहरू अवताव अहमद, सजीव गुप्ता, दिलिप गुप्ता, विकास पटेल, जिल्ला सदस्य आकाश पटेल, जिल्ला सदस्य नारायण देवान, नगर सदस्यहरू सुनिल मोदी, नुर मियाँ, सोनालाल मण्डल, चुनु महतो छन् ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

