पोखरा ।   गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...

  पोखरा :    खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले आयोजना गरेको ‘छैटौँ स्पोर्टस् अवार्ड २०७८’ अन्र्तगत उत्कृष्ट खेलकुद पत्रकार अवार्ड दिपक परियारले प्राप्त गरेका छन् ।    शनिबार पोखरा सभागृहमा मञ्चले आयोजना गरेको ‘छैटौँ स्पोर्टस् अवार्ड २०७८’मा उत्कृष्ट खेलकुद पत्रकारको अवार्ड बिमल परियारले प्राप्त गरे ।

पोखरा :     नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले अग्रज खेलाडी गणेशबहादुर भट्टराईलाई ‘लाईफ टाईम अचिभमेन्ट अवार्ड’बाट सम्मान गरेको छ ।    शनिबार  पोखरा सभागृह हलमा मञ्चले आयोजना गर्ने छैटौं पोखरा स्पोटर्स अवार्ड २०७८ को अवसरमा भट्टराईलाई उक्त अवार्ड प्रदान गरिएको हो । भट्टराईलाई लाइफटाइम अचिभमेन्ट अवार्डका साथमा चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिएको हो ।    पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी भट्टराई सन् १९९० मा पाकिस्तानमा भएको चौथो दक्षिण एशियाली खेलकुदमा सिल्भर मेडलिस्ट हुन् । उनलाई पराजित गरेका पाकिस्तानी बक्सर पछिल्लो वर्ष एसियन गेम्सकै गोल्ड मेडलिस्ट हुन् ।   भट्टराई १९८९, १९९० र १९९१ मा लगातारा बक्सिङमा राष्ट्रिय च्याम्पियन भए । सन् १९८७ मा पहिलो पटक जुनियर राष्ट्रिय प्रतियोगितामा सहभागी भएका भट्टराईले पहिलो सहभागितामै जुनियर च्याम्पियन बने । १९८८ मा पनि जुनियर राष्ट्रिय च्याम्पियनशीपमा गोल्ड मेडल जिते । सोहि वर्ष सिनियरतर्फ चौथो भए । त्यसको एक वर्षपछि राष्ट्रिय च्याम्पियन बने । १९९० मा बैंकक र १९९१ मा पाकिस्तानमा ६–६ महिना प्रशिक्षणका लागि भट्टराई पुगेका थिए ।   राष्ट्रिय अन्तराष्ट्रिय खेलहरुमा सहभागिता जनाउँदै गर्दा उनको दाहिने हात भाँच्चियो । त्यसपछि खेलाडीको रुपमा उनको करिअरले विश्राम लिएपनि व्यवस्थापकीय पक्ष सम्हाल्न थाले । १९९८ मा नेपालमै भएको सागमा २ स्वर्ण, ५ रजत र २ कास्य पदक देशले जित्दा उनी टीम मेनेजर थिए ।   फुटबल खेलसँग समेत संलग्न भट्टराई एन्फाको केन्द्रीय सदस्य हुँदै उपमहासचिव बने । भट्टराईले भूतपूर्व खेलाडी मञ्चका उपाध्यक्ष, नेपाल बक्सिङ संघका उपाध्यक्ष, जोय फाउन्डेशनका संस्थापक सदस्य, रेबान पोखराको अध्यक्ष, पोखरा उपमहानगरपालिकाको ८ महिनासम्म उपमेयरको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।   यसअघि, मञ्चले यहाँका अग्रज खेलाडीहरु प्रा.डा। वीरेन्द्रसिंह गुरुङ, कृष्णबहादुर थापा, खड्गबहादुर रानाभाट, चित्र बहादुर गुरुङ र आनन्द रञ्जितलाई लाईफ टाईम अचिभमेन्ट अवार्डबाट सम्मान गरिसकेको छ । मञ्चले २०७२ सालदेखि पोखरामा निरन्तर स्पोट्र्स अवार्ड कार्यक्रम गर्दै आएको छ । 

  पोखरा :     खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले आयोजना गरेको ‘छैटौँ  स्पोर्टस् अवार्ड २०७८’ अन्र्तगत उदीयमान खेलाडी विधामा टेनिसका दर्शिल श्रेष्ठले प्राप्त गरे ।    शनिबार  पोखरा सभागृहमा आयोजना गरेको ‘छैटौँ स्पोर्टस् अवार्ड २०७८’मा उदीयमान खेलाडीको अवार्ड टेनिसका दर्शिल श्रेष्ठले प्राप्त गरेको हुन् । उनले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी प्राप्त गरे । उत्कृष्ट तीन मनोनयनमा परेका क्रिकेटका श्रृष्टि जैशी र बक्सिङका शाहिल लिम्बुले ट्रफी प्राप्त गरे ।

  पोखरा :     पोखरा महानगरपालिका वडा नं १६ अर्मला फेदिका बाढी पहिरो पीडित पाँच परिवारलाई पुर्वेली एकता समाजले सहयोग गरेको छ । स्थानीय राम बहादुर मगर तथा अति बिपन्न पुरे बिकको परिवारलाई खाद्यान्न तथा आधारभूत बन्दोबस्तीका सामान हरु वितरण गरिएको समाजका अध्यक्ष गुणराज बाँस्तोलाले जानकारी दिए ।   वितरण गरिएका सामानमा सिरक, डसना, पाँच जनाको परिवारलाई चाहिने भाँडाकुँडा लगायत छन् । वडा नं १६ का वडा अध्यक्ष अमृत शर्मा तिमिल्सिना तथा अन्य जनप्रतिनिधिको उपस्थितिमा राहत वितरण गरिएको हो ।   असार ११ गते बिहानपख परेको अविरल बर्षाको कारण आएको बाढीले मगरको घर पुर्ण रूपमा क्षती भएको हो भने अरु १२ घर आंशिक रूपमा क्षति भएको थियो ।   राहत हस्तान्तरण कार्यक्रमको संचालन समाजका सचिव मंगल लिम्बुले गरेका थिए। कार्यक्रममा समाजका सदस्य धनबहादुर तामाङले नगद रु एक हजार पाँच सय पाँच रुपैयाँ पीडित मगरलाई हस्तान्तरण गरेका थिए ।  

पोखरा:   पोखरा महानगरपालिका ३३ को टिमुरफाँटामा ल्याण्डफिल्ड साइट सार्ने महानगरको प्रस्तावलाई सर्वदलीय नेता तथा स्थानीय अगुवाहरुले अस्वीकार गरेका छन् ।   क्रियाशिल विभिन्न राजनीतिक दल र स्थानीयबीच आज (शनिबार) वडामा भएको सर्वदलीय भेलाले पोखरा ३३ को टिमुरफाँटामा ल्याण्डफिल्ड साइट सार्ने महानगराको प्रस्तावको विरुद्धमा निर्णय गरेको हो ।   साथै सो भेलाले स्थानीय नागरिकसँग समन्यव नगरी गरेको प्रस्तावलाई सञ्चाउन माग गर्दै उक्त वडामा ल्याण्डफिल्ड साइट लान नदिने निर्णय गरेको छ । स्थानीय अगुवा तथा नेता किरण थापाले ३३ नम्बर वडामा क्रियाशिल विभिन्न राजनैतिक दलका अगुवाहरु ल्याण्डफिल्ड साइटलाई आफ्नो वडामा ल्याउँन नदिने पक्षमा रहेको बताए ।    उनका अनुसार सर्वदलीय बैठकपछि भएको निर्णयमा भनिएको छ, ‘पोखरा महानरपालिकाद्वारा समग्र महानगरपालिकाको फोहोर व्यवस्थापन गर्ने हाम्रो वडा नम्बर ३३ को टिमुरफाँटा भन्ने ठाउँमा महानगरले प्रस्ताव गरेकोले हामी पोखरा ३३ का क्रियाशिल राजनैतिक दलको गम्भीर ध्यानाकर्षण भएको छ ।   आर्थिक वर्ष २०७९/०८० को वार्षिक बजेटमा नगरसभामार्फत जग्गा प्राप्ती र निर्माण प्रक्रिया सुरुवात गर्न रु १० करोड बजेट प्रस्ताव गरिएकोले आज (शनिबार) बसेको यस बैठकबाट हामी सम्पूर्ण राजनैतिक दलबाट उक्त कार्य रोक्न र निर्णय सच्याउन महानगरपालिका पोखरा ३३ वडा कार्यालयमार्फत पोखरा महानगरपालिका र प्रमुख धनराज आचार्यसँग जोडदार माग गर्ने सर्वसम्मत निर्णय गरियो ।   साथै वडास्तरमा कुनै सल्लाह र छलफल पनि नभई महानगरबाट हाम्रो जायज मागलाई सम्बोधन नहुने देखिएमा क्रमबद्ध तरिकाले जनस्तरबाट नै सँघर्षको सुरुवात गरि उक्त कार्य रोक्ने समेत निर्णय गरिन्छ । साथै उक्त कार्य रोक्न र अविलम्भ नगरसभाबाटै निर्णय सच्याउन सबै दलको तर्फबाट सँयुक्त ज्ञापन पत्र महानगर प्रमुखसमक्ष बुझाउने निर्णय गरियो ।’   उक्त बैठकमा नेपाली कांग्रैस ३३ का सभापति तिलक प्रसाद अधिकारी, सोही पार्टीकै टेक बहादुर महत, गोविन्द प्रसाद गौतम, नेकपा एमाले ३३ का अध्यक्ष दिपकराज लामिछाने, यसैगरि प्रतिनिधी चन्द्रप्रसाद पौडेल, ऋषिराम आचार्य, नेकपा माओवादी केन्द्रका यज्ञप्रसाद अधिकारी, बाबुराम अधिकारी, नेकपा समाजवादीका मनोहर शर्मा आचार्य, केशव आले यसैगरि जनता समाजवादी पार्टीका किरण थापा, शम्भु खाती परियार लगायतका नेताहरुको सहभागिता रहेको थियो ।  

  पोखरा :      पोखरा महानगरका मेयर धनराज आचार्यले पोखराको पर्यटन क्षेत्रमा लगानी बढाउन आग्रह गरेका छन् । शुक्रबार पोखरामा देशभरका वाणिज्य बैंकका सिइओसंगको भेटमा उनले यस्तो आग्रह गरेका हुन् । महानगरले पर्यटनलाई पहिलो प्राथमिकतामा राखेको जानकारी दिँदै उनले यसका लागि पूर्वाधारमा लगानी अनिवार्य रहेको बताए ।    विमानस्थल सञ्चालनका लागि फोहोर व्यवस्थापनको चुनौति भएपनि त्यसलाई छिट्टै सल्टाउने उनले बताए । आउने १ जनवरीमा विमानस्थल जसरीपनि सञ्चालनमा ल्याउनका लागि पहल भइरहेको भन्दै उनले विमानस्थल सञ्चालसंग जोडिएका पर्यटकीय पूर्वाधारमा लगानी चाहिएको बताए ।    ‘हामीले पहिलो प्राथमिकतामा पर्यटनलाई राखेका छौं । एयरपोर्ट छिट्टै सञ्चालनमा आउनेवाला छ । त्यसका लागि हामीले आफ्नो तर्फबाट गर्नुपर्ने काम छिट्टो गर्नेक्रम अगाडि बढाएका छौं । एयरपोर्ट सञ्चालनमा आएपछि त्यससंग जोडिएका पर्यटकीय पूर्वाधारको खाँचो छ । त्यसका लागि निजी क्षेत्र अगाडि बढ्नुपर्छ । अझ बैंकहरुको ठूलो लगानी त्यसका लागि चाहिन्छ । त्यसैले यहाँहरुले पर्यटनको क्षेत्रमा सहजढंगले लगानी बढाउनु हुनेछ भन्ने अपेक्षा राखेको छु’ उनले भने ।    मेयर आचार्यले लगानीमैत्री वातावरण बनाउन पोखरा महानगर तत्पर रहेको जानकारी दिए । बैंकका सिइओहरुले पोखरा त्यसमा पनि खास गरेर लेकसाइडका घरहरुलाई महानगरले सम्पन्नता नदिँदा लगानी गर्न समस्या रहेको बताएपछि मेयर आचार्यले फेवा मापदण्ड बाहेकका बाँकी समस्या छिट्टै हल गरिने प्रतिवद्धता जनाएका छन् । ‘फेवा तालको मापदण्डको विषय अहिले सर्वोच्च अदलतमा पुगेको छ । यस विषयमा फैसला आएपछि नै केही गर्न सकिन्छ । बाँकी विषय छिट्टै एउटा विधिले हल गर्छौं । यसका लागि केही समय हेर्नुहोला’ उनले भने ।    मेयर आचार्यले पोखरामा केही गर्नकै लागि आफू आएको भन्दै पाँच वर्षमा केही परिवर्तन भएको अनुभुति गराएरै छाड्ने अठोट व्यक्त गर्दै त्यसका लागि सहजढंगले बैंक वित्तिय क्षेत्रले सहयोग गर्नुपर्ने उनले धारणा राखे ।    मेयर आचार्यले बैंकको तर्फबाट सामाजिक उत्तरदायित्व बहन गर्नका लागि खर्चिने रकमलाई पनि पोखरामा उपयोग गर्न आग्रह गरे । सामाजिक उत्तरदायित्व अन्तर्गत खर्चगर्ने रकमले सुधारका केही काममा जिम्मा लिन नै उनले आग्रह गरेका छन् ।    कार्यक्रममा बोल्दै बैंकर एसोसिएसनका अध्यक्ष अनिल कुमार उपाध्यायले बैंक वित्तिय संस्था पोखरामा लगानीका लागि तयर रहेपनि केही झन्झट रहेको औल्याए । उनले सम्पन्नता नलिएका पूर्वाधारमा लगानी गर्दा जोखिम हुने र विभिन्न खालका मापदण्डका कारण लगानी डुब्ने जोखिम रहेको उनले बताए । तर, अबका दिनमा भने लगानीमैत्री वातावरण बन्नेमा आफूहरु आसावादी रहेको उनको भनाई छ ।   

पोखरा :      पोखरा विश्वविद्यालयको रजत जयन्तीको अवसर पारेर ‘दिगो सहरहरूमा आजीवन शिक्षा’ विषयक एकहप्ते प्रशिक्षण सम्पन्न भएको छ ।    पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि सङ्कायको आयोजनामा सञ्चालित प्रशिक्षणमा पोखरा महानगरपालिका, जिल्ला प्राविधिक कार्यालय कास्की, भिमाद नगरपालिका, शुक्ला गण्डकी नगरपालिका, व्यास नगरपालिका, पोखरा विश्वविद्यालय स्कुल अफ इञ्जिनियरिङ, मध्यनेपाल नगरपालिका एवं विभिन्न अनुसन्धान  एवं प्राविधिक परामर्शदाता इञ्जिनियर एवं आर्किटेक्ट गरी २३ को उपस्थिति थियो ।      प्रशिक्षण अवधिमा प्रशिक्षार्थीलाई सहरी परिभाषा, सहरी योजनाको परिचय, क्षेत्रीय योजना, दिगो विकासको अवधारणा, लक्ष्य तथा उद्देश्यका बारेमा प्रस्तुति दिइएको थियो ।     साथै सहरीकरण, सहरी वृद्धि प्रवृत्ति र चुनौती, सहरीकरणको विश्वव्यापी र क्षेत्रीय सन्दर्भ, दिगो सहर र प्रकार, कम कार्बन सिटी/हरित सहर/स्मार्ट सिटी, दिगो भूमि प्रयोग, पानी, यातायात, फोहोर, हरियो भवन/आवासको सन्दर्भमा समेत प्रशिक्षार्थीलाई प्रस्तुतीकरण गरिएको थियो ।       नेपालमा दिगो सहर योजना, दृष्टिकोण, दिगो भूमि प्रयोग, ल्याण्ड पुलिङ, दिगो पानी आपूर्ति, फोहोर व्यवस्थापन र आवासका आधारभूत तथ्यको विषय समेत प्रशिक्षणमा प्रस्तुति गरिएको थियो ।      कार्यक्रमका प्रमुख प्रशिक्षकमा योजनाकार एवं त्रिभुवन विश्वविद्यालय पुल्चोक क्याम्पसका सह–प्रा डा सञ्जय उप्रेती, पोखरा विश्वविद्यालय स्कुल अफ इञ्जिनियरिङका उप–प्रा एवं विज्ञान तथा प्रविधि सङ्काय पोखरा विश्वविद्यालयका पूर्व डीन बुद्धिराज जोशी र योजनाकार वर्षा श्रेष्ठ हुनुहुन्थ्यो । प्रशिक्षण दुईदिन भौतिक उपस्थिति र पाँच दिन अनलाइन विधिबाट सञ्चालन भएको थियो ।      कार्यक्रमको समापन समारोहमा विश्वविद्यालयका रजिष्ट्रार सह–प्रा डा दीपकबहादुर भण्डारी, विज्ञान तथा प्रविधि सङ्कायका डीन सह–प्रा राजेशकुमार ठगुराठी, स्कुल अफ इञ्जिनियरिङका स्कुल निर्देशक उप–प्रा ओम प्रकाश गिरी, योजनाकार एवं त्रिभुवन विश्वविद्यालय पुल्चोक क्याम्पसका सह–प्रा डा सञ्जय उप्रेती, नेपाल इञ्जिनियरिङ एशोसिएशनका गण्डकी प्रदेश सदस्य इञ्जिनीयर रवीन्द्रलाल मुल र प्रशिक्षार्थी कृष्ण घिमिरेले कार्यक्रमको महत्वका बारेमा प्रकाश पार्नुभएको थियो । 

पोखरा :     जिल्ला प्रहरी कार्यालय कास्कीले धारिलो हतियार र  ड्रग्ससहित ३ युवाहरुलाई प्रकाउ गरेको छ ।  पोखरा महानगरपालिका ७ नुहारथोकमा बस्ने कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ७ स्थायी घर भएका पोखरा बस्दै आएका ३४ बर्षिय सुजित मुल्मी, ३१ बर्षिय रविन मगर र मकवानपुर बकिया गाउँपालिका वडा नं।५ का ३१ बर्षिय बाबुराम मोक्तानलाई लागू औषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त टोलीले प्रकाउ गरेको हो ।  उनीहरुको साथबाट प्रहरीले लागू औषध डाईजापाम ६५ एम्पुल, फेनेरागन ६५ एम्पुल,नुर्फिन ६५ एम्पुल गरी १ सय ९५ एम्पुल लागूपदार्थ र कालो छालाको दाप धारिलो हतियार १ थान र मोबाइल ४ थान सहित प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।   उनीहरुलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्धामा १० दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाएको कास्की प्रहरील जनाएको छ ।

पोखरा :       निवर्तमान शहरी विकासमन्त्री रामकुमारी झाँक्री मन्त्री पदमुक्त भएपछि फुर्सदमा देखिन थालेकी छिन् ।    नेकपा एकिकृत समाजवादीका सांसद तथा नेता रामकुमारी झाँक्रीले मन्त्री पदबाट मुक्त भएपछि गत बुधबार टिकटक लाइभमा आइन् । उनले आफु ९ महिनापछि टिकटकको लाइभमा आएको बताउदै समर्थकमाझ गिफ्ट पनि मागिन् । अहिले उक्त  भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।    टिकटक लाइभमा समर्थकले सांसद झाँक्रीलाई अबको प्रदेश तथा संसदीय निर्वाचनमा कहाँ देखि चुनाब लड्ने भनेर जिज्ञासा राखेको देखिन्छ । उनले सो प्रश्नको उत्तरमा सर्मथकहरुले नै सल्लाह सुझाव दिन आग्रह गरेकी छिन् ।    टिकटक लाइभमा १ हजार भ्यूअर पुगेपछि उनले भनिन्, अरु सामाजिक सञ्जाल भन्दा टिकटक लाइभमा आम–सर्वसाधारणसँग जोडिन सजिलो हुने भएकाले ९ महिना पछि टिकटक लाइभमा जोडिएकी छु ।    उनको लाइभमा एक समर्थकले माकुनेको खबर के छ?  भनि कमेन्ट गर्दा प्रतिउत्तरमा उनले त्यसो त नभन्नुस्न साथी हो । भन्दै जवाफिएकी छिन् । उनलाई केही समर्थकहरुले एमालेमा फक्रिन आग्रह गरेका छन् भने केहीले समाजवादको नारा नछोड्न आग्रह गरेका छन् । सांसद झाँक्री नेकपा विभाजनपछि नेकपा एकिकृत समाजवादीबाट शहरी विकासमन्त्री भएकी थिइन् ।