पोखरा । पोखराका बुद्ध चोकस्थित यु एण्ड मि रेष्टुरेन्टमा जुवा खेल्दै गर्दा प्रकाउ परेका ९ जनालाई ६ दिनको म्याप थप गरि अनुसन्धान अगाडी बढाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको असुनर अन्र्तगत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्धामा प्रकाउ परेका ९ जनालाई जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद थप गरेको हो । पोखरा महानगरपालिका १० बुद्धचोकस्थित कुमार कार्कीले संचालन गरेको यु एण्ड मि रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले उनीहरुलाई नगद २ लाख १५ हजार २ सय ५० , सिसीक्यामेराको हार्डडिक्स, मनिटर सहित प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीका अनुसार प्रकाउ पर्नेहरुमा पोखरा बुद्धचोक बस्ने ४५ वर्षिय कुमार कार्की , पोखरा ११ बस्ने ४६ वर्षिय मिलेन्द्र कुमार रन्जित, गोरखाका ३३ वर्षिय सन्तोष पाण्डे, पोखरा छिनडाँडाका ४६ वर्षिय श्रीराम आले , पोखरा शान्तिमार्गका ४५ वर्षिय ओमबहादुर नेपाली, स्याङ्जा विरुवा गाउँपालिकाका ४९ वर्षिय खोमबहादर थापा, मकवानपुर हेटौडाका ५२ वर्षिय भरतप्रसाद न्यौपाने, नवलपरासी बर्दघाटका ४२ वर्षिय जितबहादुर सारु र पर्वत जलजलाका ३६वर्षिय शिव सुवेदीलाई नगद सहित प्रकाउ गरेको थियो ।
पोखराः पोखरा उद्योग वाणिज्य संघले चाडपर्वमा उद्योगी÷व्यवसायीहरुलाई सुरक्षा र सहजता प्रदान गर्न सरोकारवालासँग आग्रह गरेको छ । संघका अध्यक्ष पवनकुमार प्रजापति नेतृत्वको प्रतिनिधिमण्डलले कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी तथा कास्की प्रहरी प्रमुख अजय केसीलाई भेटेर सो आग्रह गरेको हो । भेटका अवसरमा संघका अध्यक्ष प्रजापतिले चाडबाडको बेला हुने किनमेललाई सहजता प्रदान गर्न आग्रह गर्दै भने,‘चाडबाडमा किनमेल गरिएका सामान बोक्ने गाडीहरुलाई मुख्य सडक क्षेत्रमा सहजतासाथ प्रवेश गर्ने वातावरण निर्माण होस्,अत्यावश्यक सामान वितरण गर्ने गाडीलाई अवरोध नगरियोस् ।’ उनले न्यूरोड क्षेत्रमा भएका फर्निचर तथा इलेक्ट्रोनिक्स सामग्री पसलहरुले बिक्री गरिएका सामान ग्राहककहाँ पु¥याउन समस्या भोगेको गुनासो सम्वोधनको आग्रह पनि गरे । चाडबाडमा व्यवसायीहरुले सहजता महशुस गरे राजश्व बृद्धिमा पनि सहयोग पुग्ने उनको भनाइ थियो । अध्यक्ष प्रजापतिले बजार अनुगमनको नाममा व्यवसायीहरुको मानमर्दन नगर्न तथा एकद्धार प्रणालीबाट अनुगमन गर्न आग्रह पनि गरे । जवाफमा कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले आफू निजी क्षेत्रको मागप्रति सकारात्मक भएको प्रतिक्रिया दिए । उता, कास्की प्रहरी प्रमु्ख अजय केसीले दशैं तिहार लक्षित सुरक्षा योजना निर्माण भएको र त्यसले व्यवसायीहरुका माग संवोधन गर्ने बताए । प्रतिनिनिमण्डलमा संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की,महासचिव बलराम आचार्य, कोषाध्यक्ष दिनेश बास्तोला, उपमहासचिव शोभा पौडेल र कार्यसमिति सदस्य जीवनकाजी श्रेष्थ सहभागी थिए ।
काठमाडौं ः नाबालिग जबरजस्ती करणी मुद्दाका आरोपी क्रिकेटर सन्दीप लामिछानेले सत्य तथ्य नबुझी आफूमाथि झुट्टा जाहेरी दिएको आरोप लगाएका छन् । अदालतले पक्राउ पूर्जी जारी गरेपछि पनि गुमनाम रहेका लामिछाने आइतबार राति एकाएक फेसबूकमा स्टाटस लेख्दै सत्य तथ्य नबुझी आफूमाथि झुट्टा जाहेरी दिएको आरोप लगाएका हुन् । उनीविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको १८ दिन भइसक्यो। अदालतले भदौ २३ गते उनलाई पक्राउ गर्न अनुमति दिएको थियो। लामिछाने प्रहरी र नेपाल क्रिकेट संघ (क्यान) दुवैको सम्पर्कमा छैनन्। उनले आफूविरुद्ध गत भदौ २१ गते परेको जाहेरी भदौ २२ गते थाहा पाएको उल्लेख गर्दै लेखेका छन्, ‘म विरुद्ध परेको झुट्टा जाहेरीको विषयमा विद्युतीय सञ्चार माध्यम र समाजिक सञ्जालमा एकलौटी तरिकाले, सत्य तथ्य नबुझी झुट्टा जाहेरी मात्रको आधारमा मेरो चरित्रमा गम्भीर आँच आउने गरी समाचारहरु आए । मेरो नाउँमा वारेण्ट जारी भएको समाचार र म विरुद्ध परेको जाहेरी सार्वजनिक हुनुले मलाई मानसिक रुपमा विछिप्त बनायो, के गर्ने के नगर्ने भन्ने सोच्न सक्ने अवस्था मेरो रहेन ।’ यस प्रकरणपछि लामिछानेले आफू मानसिक रुपमा कमजोर भई चिकित्सकको परामर्श लिइरहेको बताएका छन् । साथै उनले आफ्नो स्वास्थ्यमा क्रमिक सुधार भइरहेको पनि बताएका छन् । उनले भनेका छन्, ‘यि सब कुराले मलाई एकातिर मानसिक असर गर्यो भने अर्को तिर म बिरामी अवस्थाबाट गुज्रिन पर्यो र मानसिक तनाव र स्वास्थ्य खराबिको कारणले मैले मलाई क्ष्कयबितष्यल मा राखेर बसेको छु । झुट्टा जाहेरी कै भरमा अपराधीको चित्रणले मलाई मानसिक र शाररीक रुपमा प्रभावित भई असन्तुलित अवस्थामा पुगी डाक्टरहरुको सरसल्लाहामा आफुलाई सामान्य अवस्थामा ल्याउँदै आएको छु र मेरो स्वास्थ्यमा क्रमिक सुधार आउँदै छ र जति सक्दो चाँडो नेपाल फर्किएर म विरुद्दको झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु ।’
पोखरा: नेपाल मगर विद्यार्थी संघ गण्डकीको दोस्रो अधिवेशन विवादित बनेको छ । असोज ७ र ८ गते नेपाल मगर संघ कास्कीको सभाहलमा भएको अधिवेशनमा राजनीति हाबी भएपछि विवादित बनेको हो । उक्त अधिवेशन विवादित मात्रै बनेन । गण्डकीको नेतृत्व सम्हाल्न डेक पुनमगरमार्फत निर्वाचित भए । भने प्रेम बुढामगरले अर्काे समिति घोषणा गरे । र दुवैले सामाजिक सञ्जाल (फेसबुक) मा बधाईसमेत खाए । नेपाली कांग्रेस निकटका डेक पुनमगरले चुनावमार्फत र माओवादी केन्द्र निकटका प्रेम बुढामगरले आफ्नै ढंगबाट गण्डकी प्रदेश समितिको घोषणा गरेका थिए । अधिवेशनको जिम्मेवारी पाएका केन्द्रीय महासविच प्रेम रोकामगरले सचिव मान बहादुर थापा मनिषलाई निर्वाचन मण्डलको जिम्मेवारी हस्तान्तरण गरेर राजिनामा दिएपछि चुनावमार्फत डेक पुन मगरले ४२ मत प्राप्त गर्दै विजयी बनेका थिए । नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिको सर्कुलर अनुसार असोज ७ र ८ गते सातै प्रदेशमा अधिवेशन गर्ने कार्यक्रम थियो । केन्द्रीय समितिको बाँडफाँड अनुसार गण्डकी प्रदेशको अधिवेशन सम्पन्न गर्न केन्द्रले महासचिव प्रेम रोकामगर र सचिव मान बहादुर थापा (मनिस) लाई पठाएको थियो । तर सो अधिवेशनमा राजनीति हाबी भएपछि गण्डकी प्रदेशले सर्वसम्मत नयाँ कार्यसमिति पाउन सकेन । तर चुनाव मार्फत भने डेक पुनकाे नेतृत्वमा १५ सदस्यीय समिति गठन भएकाे थियाे । अहिले डेक पुनमगर र प्रेम बुढामगरको नेतृत्वमा गण्डकी प्रदेशमा मगर विद्यार्थी संघको दुइवटा समिति घोषणा गरिएपनि नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिले डेक पुनमगरकाे नेतृत्वलाइ जिम्मेवारी दिने बताइएको छ । केन्द्रीय अध्यक्ष विष्णु कुमार थापामगरले सुनगाभा न्यूजसँग बोल्दै सर्वसम्मत हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै भने, ‘आज बिहान मात्र सामाजिक सञ्जालमार्फत थाहा पाए । सबैतिर सौहाद्र वातावरणमा सम्पन्न भएको छ । तर गण्डकीमा भने राजनीति हाबी भएको पाइयो । जातिय संस्थामा यसरी राजनीति हुन नकरात्मक कुरा हो । यसले राम्रो सन्देश दिदैंन ।’ उनले गण्डकी प्रदेशको अधिवेशन सम्पन्न गर्न केन्द्रीय समितिको सचिव र महासचिवलाई जिम्मेवारी दिएको जानकारी दिए । दुवै पक्षले दाबी गरेको बताउदै अध्यक्ष थापामगरले विधि विधान अनुसार गठित समितिलाई मान्यता दिइने दोहोर्याए । ‘दुवै पक्षले आधिकारिक विधि र विधान अनुसार समिति गठन गरेको भनिएको छ, उनले भने, ‘अहिले फोन सम्पर्क भइरहेको छ । दुवै पक्षलाई राखेर छलफल गछौं, विधि विधानअनुसार को आएको छ हेरेर आधिकारिकता दिन्छौं ।’ विधान अनुसार डेक पुनको टोली वैधानिक रहेको केन्द्रको ठहर छ । के भन्छन् डेक ? अध्यक्ष पदका लागि अन्य आकांक्षीहरु सहमतिमा नआएपछि निर्वाचनमार्फत आफु अध्यक्षमा चुनिएको डेक पुनमगरले बताए । ‘हामी सहमतिमा नै जान खोजेको हो । पटकपटक गरिएको छलफलमा सहमति नभएपछि हामी निर्वाचनमा होमिएका हौं, उनले भने, ‘उनीहरु निर्वाचन वहिस्कार गर्दै बाहिरिए । पछि घर गएर बन्द कोठामा बसेर समिति गठन गर्नुभयो । अनि त्यस्तो समिति कसरी वैधानिक हुन्छ ?’ उनले प्रश्न गरे । सो समितिको निर्वाचन मण्डलको संयोजकमा संघका केन्द्रिय महासचिव प्रेम रोकामगर थिए । तर रोकामगरले सचिव मान बहादुर थापा मनिषलाई निर्वाचन मण्डलको जिम्मेवारी हस्तान्तरण गरेर राजिनामा दिएका थिए । त्यसपछि मनिषको नेतृत्वमा निर्वाचन सम्पन्न गरिएको थियो । प्रेम रोका मगर माओवादी केन्द्र पार्टी निकटमा मात्रै होइनन् उनी गण्डकी प्रदेशको भूमी, व्यवस्था तथा कृषि सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्र बुढामगर (सागर) का स्वकीय सचिव समेत हुन् । रोकामगरले निर्वाचन मण्डलबाट राजिनामा दिएपछि केन्द्रीय सचिव मान बहादुर थापा (मनिष) जो नेपाली कांग्रेस निकटका थिए । उनलाई निर्वाचन समितिको संयोजक बनाउँदै रोकामगर र असन्टुष्ट पक्ष प्रेम बुढामगर ‘क’ नेतृत्वको टोलीले वहिष्कार गरेका थिए । को–को थिए डेकको टिममा ? निर्वाचन मण्डलको संयोजकका रुपमा प्रेम रोका मगरले राजिनामा दिएपछि नेपाली कांग्रेका मान बहादुर थापा (मनिष) लाई संयोजक तोक्दै डेक पुनमगरको टोलीले आफ्नो नेतृत्वमा समिति घोषणा गरे । सो समितिको उपाध्यक्षमा सुजन पुनमगर, अठार मगरात भाषिक उपाध्यक्षमा सागर घर्तिमगर, बाह्र मगरात भाषिक उपाध्यक्षमा बुद्ध गर्जामगर, महिला उपाध्यक्षमा स्मिता थापामगर, सचिवमा दिलिप रानामगर, सहसचिवमा प्रेम बुढामगर(ख) र कोषाध्यक्षमा पर्वत श्रीसमगर चयन भएकी थिइन् । यसैगरि सदस्यहरुमा कृष्ण बहादुरमगर, सुरेस रानामगर, सन्जोक थापामगर, भरत अर्मजा, मोहन बुढामगर, योगेन्द्र थापामगर, विपना बुढामगर, यम पुनमगर र अस्मिता थापामगरलाई छनौट गरेका थिए । बुढामगर भन्छन्– के प्रेम १ भोट आउने मान्छे हो ? प्रदेश समितिमा सर्वसम्मत गर्न पहल गरेको बताउदै निर्वाचन वहिष्कार गरेको अर्काे समितिका अध्यक्षका उम्मेदवार प्रेम बुढामगर ‘क’ ले बताए । उनले निर्वाचन मण्डलको संयोजक विना नै गठन गरिएको डेक पुनमगरको समिति अवैधानिक भएको बताए । आफ्नो समितिमा सबै जिल्लाबाट छनौट गरिएको बताउदै आफ्नो नेतृत्वमा गठितसमिति वैधानिक भएको दोहोर्याए । ‘मगर संघको विधि विधानले मगर संघको भातृसंगठनहरुको निर्वाचन नगर्ने भनेको छ, तर यहाँ सहमतिको प्रयास गर्दापनि निर्वाचन जाने भएपछि वहिस्कार गरेका हौं । उनले भने, ‘हामीले विधान अनुसार समिति गठन गरिएकाले हाम्रो समिति वैधानिक छ ।’ उनका अनुसार विधानमा सर्वसम्मत गर्ने भनिएकै कारण निर्वाचनमा नजाने अडान गरेको उनले बताए । ‘विधानमा सर्वसम्मत गर्ने भनिएको छ, उनले प्रश्न गरे, ‘के प्रेम बुढा १ भोट आउने मान्छे हो ? ’ को–को थिए प्रेमको समितिमा ? प्रेम बुढामगर ‘क’ नेतृत्वको समितिको उपाध्यक्षमा समीर रोकामगर, बाह्र मगरात भाषिक उपाध्यक्षमा विजय घर्तीमगर, अठार मगरात भाषिक उपाध्यक्षमा सगुन रानामगर, महिला उपाध्यक्षमा स्मिता थापामगर, सचिवमा सुशील थापामगर, सह–सचिवमा सोनम थापामगर र कोषाध्यक्षमा अस्मिता थापामगर सर्वसम्मत भएको घोषणा गरिएको थियो । यसैगरि सदस्यहरुमा मोहन बुुढामगर, कृष्ण बुढामगर, महेश घर्तीमगर, अनुप बुढामगर, सन्जोक थापामगर, विशाल पुनमगर र मौसम थापामगर चयन भएका थिए ।
कास्की: जिल्ला प्रहरी कार्यालय कास्कीले ४ जनालाई सरकारी आयोजना अन्तर्गत ‘थाक खानेपानी आयोजना’ को पाइप चोरी आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा मादी गाउँपालिका १ का वडा सदस्य खरजङ गुरुङसहित अन्य ३ जना रहेका छन् । पक्राउ परेका वडा सदस्य खरजङ गुरुङ नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । यसैगरि वडा सदस्य खरजङ गुरुङसँगै मादी ७ थाकका ३५ वर्षिय रमेश गुरुङ, सोही स्थानकै २६ वर्षिय निरज तामाङ, र लम्जुङको मध्यनेपाल नगरपालिका ८ स्थायी घर भई हाल पोखरा १३ कसेरी बस्ने २३ वर्षिय सुनिल परियार (रिदम) रहेका छन् । उनीहरुलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले ग १ त ५१३७ नम्बरको ट्याक्टरमा लोड गरि मादी गाउँपालिका ५ तर्फ ल्याउँदै गर्दा नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । उनका अनुसार हाल उनीहरुलाई जिल्ला अदालतबाट चोरी तथा डाँका मुद्दामा ६ दिनको म्याद थपेर आवश्यक अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
लेखनाथ । सर्वेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा—२७, कास्कीको तेश्रो बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै, राष्ट्रिय सहकारी वैंक लिमिटेड तालचोक शाखाका प्रवन्धक सन्तोष घिमिरेले जोखिमको पूर्व आंकलन गरेर सहकारीले कर्जा प्रवाह गर्नुपर्नेमा जोड दिए । प्रवन्धक घिमिरेले पछिल्लो समय एक दुई सहकारीले वित्तिय अनुशासन पालन नगर्दा समग्र सहकारी त्यसको प्रभावमा परेको उल्लेख गरे । सहकारीले आफ्ना सदस्य परिवार भित्र निक्षेप संकलन र कर्जा प्रवाहलाई सुदृढ बनाए वित्तिय जोखिम कम हुने उल्लेख गरे । सहकारी संस्थाका अध्यक्ष चक्रवहादुर शाहीको अध्यक्षतामा भएको साधारण सभामा शेयर सदस्य एवं संचारकर्मी नवराज सापकोटा, सहकारीका सल्लाहकार चन्द्रकान्त पौडेल, बरिष्ठ उद्घोषक नेत्रपाणि बास्तोला, शेयर सदस्य सुर्यमणि लामिछाने, लेखा समितिका संयोजक बिष्णु सुवेदी, संस्थाका उपाध्यक्ष डम्बर प्रसाद अधिकारी लगायतले सहकारीले शेयर सदस्यलाई बोनस भन्दा पनि सुविधा दिनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा ७० बर्ष नाघेका झण्डै एक दर्जन जेष्ठनागरिकलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो । साधारण सभाले अध्यक्ष चक्रबहादुर शाही र कोषाध्यक्ष सुर्यप्रसाद पौडेलको प्रतिवेदन अनुमोदन गरेको छ ।
पोखरा । गण्डकी विश्वविद्यालयका कुलपति प्राध्यापक डाक्टर गणेशमान गुरुङ्गले सामुदायिक शिक्षाको गुणस्तर बृद्धिका लागि विद्यार्थीहरुमा रुपान्तरणको आवश्यकता रहेको औल्याएका छन् । त्रिवेणी इन्टरनेशनल कलेज पोखरा—२७ को सातौ बार्षिक साधारण सभाको शनिबार उद्घाटन गर्दै, कुलपति गुरुङ्गले विद्यार्थी संगठनले शिक्षाको विकासमा भन्दा राजनितिक दलको एजेण्डा बोक्दा गुणस्तर खस्कदै गएको उल्लेख गरे । गुरुङ्गले सरकारले संचालन गरेका प्रमुख विश्वविद्यालय र मातहतका क्याम्पसहरुलाई राजनितिक अभिष्ट पुरा गर्ने थलोका रुपमा दलहरुले प्रयोग गरी पढाई भन्दा लामोसमय बन्द हड्तालमा उत्रदा शैक्षिक तालिका प्रभावित भएको बताए । कुलपति गुरुङ्गले मुलुकका प्राय सवै प्रधानमन्त्री र दोश्रोपुस्ताका नेताहरुलाई भेटेर विद्यार्थी संगठनलाई शैक्षिक रुपान्तरणमा प्रयोग गर्न आफुले सुझाव दिए पनि कार्यन्वयन नभएको उल्लेख गरे । गुरुङ्गले जवसम्म विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपतिका रुपमा रहने र बालुवाटार वा सिंहदरवारमा सिनेट बोलाउने परम्परा रहँन्छ तवसम्म विश्वविद्यालय राजनितिक छायाँ भन्दा टाढा नरहने बताए । उनले आफुले राष्ट्रपतिलाई भेट्दा समेत विश्वविद्यालयको कुलपति राष्ट्रप्रमुख वा अहिले उपकुलपति भनेर नियुक्त गरिने व्यक्तिलाई नै कुलपति दिईनु पर्ने सुझाव सरकारलाई दिन आग्रह गरेको बताए । विकास निर्माण, मन्त्रालय, विभागलाई निर्देशन र अनुगमन वा प्रत्यक्ष संलग्न हुनुपर्ने प्रधानमन्त्री विश्वविद्यालयको कुलपति भन्दा समस्या सिर्जना भएको समेत गुरुङ्गले बताए । कलेजलाई गुणस्तरिय बनाउँन प्राध्यापकहरुको अहम भूमिका हुने उल्लेख गर्दै, प्रविधि र अन्तरक्रियात्मक अध्यापन विधी प्रयोग गर्न सुझाव दिए । कलेजबाट उत्पादित जनशक्ति अनुशासित र मर्यादित हुनु पर्नेमा जोड दिदै, प्राप्त शिक्षालाई संस्कारको रुपमा अघि बढाउन आग्रह गरे । पोखरा विश्वविद्यायका पूर्व कार्यवहाक उपकुलपति प्राध्यापक डाक्टर इन्द्रप्रसाद तिवारीले राज्यले नीजि क्षेत्रले शिक्षामा गरेको लगानीको सुनिश्चितता गर्न नसकेको बताए । प्राध्यापक तिवारीले राज्यले आफ्ना विश्वविद्यालय र कलेजलाई प्रतिस्पर्धात्मक पनि नवनाउने र नीजि क्षेत्रले हासिल गरेको उत्कृष्ट नतिजालाई सम्मान पनि गर्न नसकेको बताए । तिवारीले राज्यले रोजगारीको ग्यारेण्टी गर्न नसक्दा दैनिक सयौं बौद्धिक विद्यार्थी विदेश पलायन हुने गरेको उल्लेख गरे । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य बाबुराम गिरीले अध्यापनका परम्परागत पद्दतीलाई परिवर्तन गरी प्रविधि र बजारको माग अनुसारको जनशक्ति उत्पादन हुने विषय छनौट गर्नुपर्नेमा जोड दिए । उच्च शिक्षालय तथा माध्यामिक बिद्यालय संघ नेपाल हिसान कास्कीका अध्यक्ष यम बहादुर रोकाले शिक्षा क्षेत्रमा राज्यले गर्न नसकेको लगानी र सेवा नीजि क्षेत्रले गरिरहेको उल्लेख गर्दै, राज्यले उल्टै कर लिएर हतोत्साही बनाएको उल्लेख गरे । रोकाले शिक्षामा सवैभन्दा उत्कृष्ट व्यवस्थापन बिषय भएको उल्लेख गर्दै, त्यसबाट उत्पादित जनशक्ति पनि अब्बल हुने गरेको बताए । त्रिवेणी इन्टरनेशनल कलेजका अध्यक्ष सुमन भट्टराईको अध्यक्षतामा भएको साधारण सभामा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, शेयर सदस्य राजेन्द्रमणि लामिछाने, अमरसिद्ध नमूना मा.विका प्रधानाध्यापक विष्णुप्रसाद पौडेल, कलेजका प्रमुख यदुराज आचार्य, सहायक प्रमुख डिल्लीराम पौडेल, विद्यार्थी कल्याणकारी समितिका अध्यक्ष श्रृष्टी तिवारी, भूतपूर्व विद्यार्थी मञ्चका अध्यक्ष रामकृष्ण लामिछाने, शेयर सदस्य बलराम ढकाल लगायतले कलेजले पछिल्लो समय लेखनाथ क्षेत्रमा पुर्याएको शैक्षिक योगदानका विषयमा चर्चा गरेका थिए । सोही कार्यक्रममा कलेजका अध्यक्ष सुमन भट्टराईले आफ्नो तर्फबाट चार जना, लक्ष्मी हाउस पोखराको तर्फबाट पाँच जना, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयको तर्फबाट एक जना पावर जिमको तर्फबाट एक जना र संबृद्धि सहकारीका तर्फबाट एक जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई विविएसको अध्ययनको व्यवस्था मिलाईएको जानकारी दिएका थिए । ५४ जना विद्यार्थीबाट लेखनाथमा नीजि क्षेत्रबाट स्नातक तहको अध्यापन शुरु गराएको कलेज अहिले आफ्नै सुविधा सम्पन्न भवन सहित व्यवस्थापन विषयमा स्नाकोत्तर समेत गरेर पाँच सय भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन ।
पोखरा । एशिया मानव अधिकार तथा साँस्कृतिक विकास मञ्च (एशियन फोरम)को आयोजनामा दक्षिण कोरियामा रहेका हाना नानुम फाउन्डेसन र वी फ्रेन्डस संस्थाको सहयोगमा टिम विल्डिङ कार्यशाला गोष्ठी पोखरामा सम्पन्न भयो । कार्यक्रममा स्वदेश फिर्ता भई विभिन्न पेशा व्यवसायमा आवद्ध, कृषि बिज्ञ, पर्यटन बिज्ञ, निति तथा कानुन बिज्ञ, पत्रकारहरु, स्थानीय जनप्रतिनिधिहरु साथै बुद्धिजीवीहरुको सहभागीता रहेको थियो । नेपालको समग्र सामाजिक एवं श्रम आप्रसनका क्रममा श्रमिकहरुको हक तथा अधिकार कसरी प्राप्त गर्न सकिन्छ भन्ने विषयका साथमा स्वदेश फिर्ता आप्रवासी श्रमिकहरुको आर्थिक सामाजिक तथा संबेगात्मक पुनःएकिकरण का लागि स्थानीय, प्रदेश तथा केन्द्रमा के कस्ता निति तथा कार्यक्रम हुनुपर्छ भन्ने विषयमा केन्द्रीत रहेको थियो । कार्यक्रममा सहभागी विभिन्न क्षेत्रमा दक्षता प्राप्त ब्यबसायीहरुले आफ्नो तवरबाट बिचार प्रस्तुत गरि कार्य योजना अनुसार काम प्रतिबद्धता जनाएका थिए । सो गोष्ठीमा आगामी दुई बर्षको लागि स्वास्थ्य र स्वच्छता सम्बन्धी कार्यक्रम संस्थाका कार्यक्रम तथा गतिविधि तय गरिएको संस्थापक अध्यक्ष सिद्धिचन्द्र वरालले वताए । एशियन फोरमका केन्द्रिय अध्यक्ष किस्मतमणी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा श्रम आप्रबासन विज्ञ निलाम्बर बडालले सहजीकरण गरेका थिए ।
कास्की । फुल कन्ट्याक्ट करातेका रेफ्रिहरुका लागि आयोजना गरिएको राष्ट्रिय सेमिनार सम्पन्न भएको छ । नेपाल फुलकन्ट्याक्ट कराते फेडरेसनको आयोजना भएको सेमिनारमा गण्डकी र लुम्बिनी प्रदेश सगै धादीङ ओखलढुङा लगायतका जिल्लाका गरि ३२ जना रेफ्रिहरुको सहभागीता रहेको थियो । खेलका अन्तराष्टिय रेफ्रिहरु विष्णुकान्त अर्याल, शालिग्राम कुँवर र विकास महजनले खेलका नयाँ नियम सगै भएका अन्य नियमहरुको रिभिजन सगै नयाँ रेफ्रिहरुलाई कसरी काम गर्ने भन्ने विषयमा प्रशिक्षण दिईएको थियो । शुक्रबार र शनिबार चलेको सेमिनारमा सहभागीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङ, आयोजक संघका अध्यक्ष शालीग्राम कुँवर लगायतले प्रमाणपत्र वितरण गरेका थिए । प्रमाणपत्र वितरण पछि राखेप सदस्य गुरुङले सेमिनारमा सिकको कुराहरु आफनो कार्यक्षेत्रमा गएर लागु गर्न आग्रह गरेका थिए । नवौ खेलकदलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न आ आफनो कार्यक्षेत्रमा गएर लाग्न सहभागीहरुलाई आग्रह समेत गरेका थिए । एकेडेमीको ४० हजार नगद र खेल सामग्री सहयोग कार्यक्रममा मदन भण्डारी स्पोर्टस एकेडेमीका तर्फबाट गण्डकी प्रदेश उपाध्यक्ष समेत रहेका राखेप सदस्य गुरुङले नगद ४० हजार सगै आवश्यक खेल समाग्री कार्यक्रममा हस्तान्तरण गरेका थिए । एकेडेमीका संरक्षक समेत रहेका पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले खेल क्षेत्र राम्रो बनाउन सगै आवश्यक खेल सामग्रीका कारण पछि परेका खेलाडीलाई सहयोग गर्नका लागि विभिन्न कार्यक्रम गर्न दिएको सुझाव अनुसार सहयोग गरिएको भनाई गुरुङको थियो । एकेडेमीले स्थापनाकालदेखि समस्याका परेका खेलाडी सगै विभिन्न खेल संघहरुलाई सहयोग गदै आएको गुरुङको भनाई थियो ।

