पोखरा ।    ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ ।   पातिखोला गुफा संरक्षण समितिको...

पोखरा:  ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय, क्षेत्रीय कार्यालय, नयाँबजार पोखराले साइमन पार्टि प्यालेश पोखराको जाल्पा हलमा वरिष्ठ राजयोगी ब्रह्माकुमार राजु घले ज्यूको प्रशिक्षण रहेको “मानसिक शान्ति एवम् खुसियाली जीवनका लागि राजयोग शिविर“ विषयक पाँच दिवसीय राजयोग प्रशिक्षण कार्यक्रमको समुद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । दिनमा तिनवटा सत्र सञ्चालन हुने उक्त कार्यक्रमको जाल्पा हलमा सम्पन्न भएको प्रभातकालीन सत्रका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री माननीय पञ्चमान गुरुङ ज्यूले आध्यात्मिकता प्रतिको आफ्नो गहिरो रुचि र झुकाव प्रकट गर्दै वर्तमान युगमा बिज्ञानको सहायताबाट अकल्पनीय विकासका काम सम्भव भएतापनि आध्यात्मिकता बिना त्यो अधुरो रहने र मानवमनलाई शान्त र स्थिर बनाउनका लागि मेडिटसन तथा योग अभ्यास अपरिहार्य रहणै कुरामा जोड दिनुभयो । यस प्रशिक्षण कार्यक्रम पोखरेलीहरुका लगि पक्कै नै उपलब्धीमूलक रहने तथा उपस्थित हुने प्रशिक्षार्थीहरु सबैको जीवन परिवर्तन गर्ने माध्यम बन्नेछ भन्ने कुरामा आफु विश्वस्त रहेको बताउँदै माननीय मन्त्रीले कार्यक्रमको सफलताको शूभकामना व्यक्त गर्नुभयो । जीवनमा धन सम्पत्ती मान सम्मान जति कमाए पनि मनको शान्ति र खुशी भएन भने त्यो सबै अर्थहिन रहको बताउँदै ब्रह्माकुमारीज नेपालका अध्यक्ष राजयोगिनी परिणीता दिदी ज्यूले आज मानवमन अपवित्र र अशान्तमय हुँदै गइरहेको कारण अन्तर्मनमा लागेका क्रोध, लोभ, मोह, अभिमानका दागहरु भएको कुरा बताउनुभयो । दिदी ज्यूले शान्तिको हरेकलाई आवश्यकता हुनुको कारण शान्ति नै सबै मानवआत्माको ओरिजिनल संस्कार रहेको तथा जीवन यात्रा गर्ने क्रममा मनमा लागेको ती फोहोर दाग सफा गर्नको लागि यस्ता महत्वपूर्ण प्रशिक्षणहरु जीवनपरिवर्तनका माध्यम हुन सक्ने भएकोले यो अनमोल अवसर नगुमाउन वहाँले सबैलाई आग्रह गर्नुभयो । स्वागत मन्तव्य व्यक्त गर्ने क्रममा संस्थाका महासचिव राजयोगी ब्रह्माकुमार शैलेषराज बराल ज्यूले वर्तमान तनावयुक्त माहोलमा सुखमय र शान्त जीवन बाँच्नका लागि हरेकले आध्यात्मिक पुरुषार्थ तथा अन्तरमनको शुद्धिकरणमा मा सजग रहनुपर्ने बताउनुभयो । मानिसले आज जीवनमा सुख वा दुख जे कुरा भोगिरहेको छ, त्यो कही न कही आफ्नै सोचको उपज हो भन्ने कुरामा जोड दिदै वहाँले भूतकालका घटनाका स्मृती र भावीको चिन्ता गर्नाले आज समाजमा तनाव र दुख बढ्दै गएको बताउनुभयो । प्रकृतिका तत्वहरु, आफ्नो जीवन, परिवार र समाजप्रति न्याय गर्नका लागि हरेक दिन केही समय आध्यात्मिक पुरुषार्थमा लाग्न जरुरी रहेको तथा यस कार्यक्रममा प्रशिक्षक राजु घले ज्यूबाट प्राप्त जिवन उपयोगी महत्वपूर्ण टिप्सहरुलाई जीवनमा चिन्तन, मनन र धारण गरेर आफ्नो जीवनमा पूर्णतया खुसी र आनन्द ल्याउन पनि उहाँले आग्रह गर्नुभयो । पाँच दिवसीय कार्यक्रमका ओजस्वी प्रशिक्षक ब्र। कु। राजु घले ज्यूले कार्यक्रमको शुभकामना मन्तव्य दिनका साथै प्रथम सत्रमा अति नै उत्साहपूर्वक प्रशिक्षार्थिहरुका लागि जीवन खुशीयाली बनाउने तरिकाका साथै राजयोगको गहन ज्ञानलाई सरल, व्यवहारिक र वैज्ञानिक प्रस्तुती प्रदान गर्नुभयो । कार्यक्रममा विशिष्ट अतिथि पोखरा विश्व विद्यालय व्यवस्थापन संकायका डिन दयाराज ढकाल ज्यू लगायत विभिन्र समाजसेवी राजनितिज्ञ, नेतृत्व पंक्तीमा रहेका महानुभावहरु, विभिन्न सघं संस्थाका प्रतिनिधिहरु, ब्रहमाकुमारीज शाखा, उपशाखाका सञ्चालिका दिदी बहिनीहरु सहित करिव पाँचसय जनाको उपस्थिति रहेको थियो । तीन सत्र मध्ये मध्याकालीन सत्र पोखरा १५ शिवचोकमा रहने उक्त कार्यक्रमको कुशलतापूर्वक सञ्चालन राजयोगिनी ब्रह्माकुमारी शोभा दिदी ज्यूले गर्नुभएको थियो ।

पोखरा:  महिला प्रतिभा प्रतिस्पर्धा लाई उजागर गर्न का निमित्त पोखरा महानगरपालिका वडा न. १७ को आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा न.१७ मा रहेका आमा समूह बिच हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो  । उक्त हाजिरीजवाफ प्रतियोगिता मा २० टिम को सहभागिता रहेको थियो । कार्यक्रम अन्तराष्ट्रिय पर्वतिय संग्रहालय,पोखरा १७ रातोपैह्रा मा सम्पन्न भएको हो  । गृहिणी महिला लाई वडा ले गर्नु पर्ने भुमिका सबै क्रियाकलाप मा सहयोग गर्ने बताउदै महिला हरु को लागि लुकेको प्रतिस्पर्धा लाई समाज मा देखाउन को सो कार्यक्रम गरेको र आगामी दिनमा किचन वाट हुने फोहोर लाई वर्गीकरण गर्ने योजना रहेको उक्त कार्यक्रम मा बताउदै गृहिणी महिला लाई सक्षम गराउने प्रतिबद्दता  पोखरा १७ वडा अध्यक्ष राधिका शाहीले गरेकी छिन ।   कार्यक्रम को प्रमुख अतिथी पोखरा महानगरपालिका उप(प्रमुख मन्जु देबि गुरुङ ले यसरी महिलाहरु लाई  यसरी प्रतियोगिता गर्दा महिला लाई थप हौसला मिल्ने जानकारी दिएकी छिन ।   उक्त प्रतियोगिता मा प्रथम जुनतारा आमा समूह  भएको छ त्यस्तै श्रीराम जानकी आमा समुह  द्धितिय, सन्चयकोस आमा समूह तृतिय  र सान्तोना मा  घारिकुलो आमा समूह भएका   छन । सो प्रतियोगीता मा १०र१० समूह गरि प्रतियोगिता मा गरिएको थियो । १०र१० समूहमा  ६ समूह बिजेता बनाइ प्रथम,दोस्रो र तेस्रो छुट्याइएको हो । सो प्रतियोगीता मा प्रथम चरण मा तिन समूह लाई बिजेता निकालियो र दोस्रो चरण मा चार जना गरि प्रथम र दोर्सो चरणमा भएका सात समुह लाई फाइनल राउण्ड मा  प्रथम, दोस्रो, तेस्त्रो  र सान्तोना छुट्याइएको हो ।   सो कार्यक्रम को संचालन पोखरा महानगरपालिका वडा न १७ वडा सचिब मन्जु ढुंगाना र सुचना अधिकारी प्रमिला सुबेदि द्वारा भएको थियो । साथै उक्त प्रतियोगिता मा आर्थिक सहयोग पोखरा महानगरपालिका सामाजिक महाशाखा ले गरेको थियो ।  कार्यक्रम को संयोजक सर्मिला सुवेदीको रहेको थियो  । उक्त कार्यक्रम मा पोखरा महानगरपालिका वडा न। १७ का नागरिक र बुद्धिजीवी र जनप्रतिनिधि को उपस्थित रहेको थियो ।

पोखरा:  तपाईले एउटा पुस्तक कति पटक सम्म पढ्नुहुन्छ ? वाहा ! लागेका किताबहरु अवश्य दोेहोर्याइ तेहेर्याइ वा बढी पढ्नुहुन्छ । प्रिय लागेका पुस्तकहरु साथमै राखिरहन मन लाग्छन् । अझ अरुले पनि उक्त किताबहरु पढुन् भन्ने हुन्छ । यदि तपाईसँग पनि पुस्तकहरु छन् र अरुले पनि त्यो पढुन् भन्ने लाग्छ भने अब पोखराको लेकसाइडमा रहेको बुक बक्समा लगेर राखिदिनुहोस् । त्यहाँ राखिएका अन्य पुस्तकहरु तपाईले घरमै ल्याएर पढ्न पनि सक्नुहुन्छ । यसका लागि तपाईले कुनै शुल्क तिर्नुपर्दैेन । बुक बक्सकोे मुख्य उद्धेश्य नै निशुल्क पुस्तक आदानप्रदान हो । विशेषतः नेदरल्याण्डकोे राजधानी एम्सटर्डम बुक बक्सका लागि चर्चित छ । एम्सटर्डमका विभिन्न मार्ट, गल्ली वा अन्य सार्वजनिक स्थलहरुमा बुक बक्स राखिएका छन् । यो कन्सेप्ट गज्जब लाग्यो, जुना श्रेष्ठलाई । श्रेष्ठले ‘प्ले टु हेल्प’ नामक संस्थाकी एक साथीसँग योे कन्सेप्ट नेपालमा पनि सुरु गर्नेबारे कुरा गरिन् । अन्ततः पर्यटकिय नगरी पोखराबाट बुक बक्सको सुरुवात गर्ने निर्णय भयो । श्रेष्ठले शनिबार लेकसाइडस्थित दोर्जेज बार एण्ड ग्रिलको आडैमा बुक बक्सको स्थापना गरेकी छिन् । छिट्टै नै पोखराका अन्य २ स्थानहरुमा पनि बुक बक्स राखिने उनले बताइन् । ‘सुरुमा लाइब्रेरी बनाउने कि भन्ने पनि थियो । एम्सटर्डममा बुक बक्स देखिसकेपछि यस तर्फ आकर्षित भएँ’, उनले भनिन्,‘यसले रिडिङ कल्चरमा हेल्प त गर्ने नैै भयोे सँगै पुस्तक रुचाउनेहरुका लागि पनि आदानप्रदानका लागि सहज हुने छ ।’ बुक बक्सको प्रयोगबारे श्रेष्ठ प्रष्ट्याउँदै भन्छिन्,‘हामीले यहाँ बक्स राखेका छौेँ । यो बक्समा पुस्तकहरु छन् । हरेर मन परेकोे पुस्तक तपाइले घरमै लगेर पढ्न सक्नुहुन्छ । पढिसकेपछि यहि ल्याएर राखिदिए हुन्छ । अब तपाईसँग पुस्तकहरु छन् र अरुले पनि पढुन् भन्ने लाग्छ भन्ने भएको पुस्तकहरु यहाँ ल्याएर राखिदिन सक्नुहुन्छ । योे सबै निशुल्क हो ।’

काठमाडौं: साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।   अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार तोलामा आठ सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला छ सय रुपैयाँ घटेको हो।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।   शुक्रबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।   त्यसैगरी, आइतबार चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।   शुक्रबार चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो।   शुक्रबारको तुलनामा आइतबार चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो।   आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

काठमाडौं : नेपाल कराते महासङ्घको अध्यक्ष पदमा पुनः युवराज लामा चयन भएका छन्। चितवनको पटिहानीमा सम्पन्न महाधिवेशनले उनको नेतृत्व २२ सदस्यीय कार्यसमिति सर्वसम्मतरूपमा चयन गरेको हो ।    महासङ्घको वरिष्ठ उपाध्यक्षमा हरिशरण केसी सहित अन्य छ उपाध्यक्षमा प्रकाश मोहन धौभडेल, देवकुमार लामा, मकेन्द्रबहादुर सिंह, ओमकृष्ण प्रसाईँ, मजिन्द्र सिंह र श्याम शेर्पा चयन भएका छन्। महासचिवमा दावा गुरुङ र कोषाध्यक्षमा किशोर भट्टराई निर्विरोध निर्वाचित भए। सचिवमा ध्वजमान मोक्तान र बलराम मित्र चयन भएका छन्।   यस्तै सदस्यमा रामबहादुर सिंह ठकुरी, सञ्जयसुन्दर सैँजु, रवि महर्जन, हिक्मत थपलिया, ताराप्रसाद ओली, यादव काफ्ले, राजेन्द्र बराल, शाहीकुमारी तिनुङ चयन भएका छन्। यस्तै अध्यक्ष लामाले पुनः  सञ्जय राई र कमला रानालाई सदस्यमा मनोनित गरेको कोषाध्यक्ष भट्टराईले जानकारी दिए।   महाधिवेशनबाट नै पाँच सदस्यीय सल्लाहकार समितिसमेत चयन गरिएको छ । सल्लाहकार समितिमा दिपेश शाक्य, निवासगोपाल वैद्य, हरि विष्ट, गणेश कार्की र विष्णु कार्की रहेका छन्।   छयात्तर जना मताधिकारप्राप्त प्रतिनिधिसहित ८० जना महाधिवेशनमा सहभागी भएका थिए । सितोरियो, गोजुरियो, वादुरियो र सोतोकान विश्व फेडेरेसन (डब्लुकेएफ)ले मान्यता दिएका करातेका चार विधा हुन् । विसं २०३८ मा सितोरियो करातेमार्फत नेपालमा यो खेलको सुरुआत भएको हो । 

काठमाडौं : सशस्त्र प्रहरी बल, नेपालले प्रतिबन्धित लागु औषध गाँजा १८८.९ के.जी बरामद गरेको छ।   गएराति विशेष सूचनाको आधारमा सर्लाही, मलंगवा न.पा.-११ गम्हरीयास्थित झिम खोला बाँध ईलाकाबाट लुकाई छिपाई नेपालबाट भारततर्फ लैजादै गरेको गाँजा बरामद गरेको सशस्त्र प्रहरी बलले जनाएको छ।     १० गण नम्बर गणबाट खटिएको १५ जनाको गस्ती टोलीलाई देखेपछि प्रतिबन्धित २० पोका छाडी व्यक्तिहरु फरार भएका छन्। 

गण्डकी:    कवि सरुभक्त र तीर्थ श्रेष्ठ शनिबार एकै मञ्चमा झुल्किनुभयो । पोखरामा जन्मेहुर्केका कविद्वयलाई नेपाली लेखक सङ्घ, गण्डकीले मञ्चस्थ गराएको हो । ‘दौँतरी’ नाम दिइएको कार्यक्रममा सुरुभक्त र तीर्थले आफ्ना चर्चित कविता सुनाउनुभयो । सरुभक्तले ‘सपनाले सिसौको बोटमा आत्महत्या गर्दैछ’, ‘चट्टानहरु’, ‘एक किलो अक्षर’, ‘बम खसेको पहाड’ बाटलगायत कविता सुनाउनुभयो । तीर्थले ‘हिउँमा लेखिएका नामहरु’, ‘लाहुरे फूल म तिम्रो नाम फेर्न चाहन्छु’, ‘मातेको बेला’आदि प्रस्तुत गर्नुभयो । सरुभक्तले तीर्थको कविता ‘आमा’ वाचन गर्नुभयो । तीर्थले सुरुभक्तको ‘कसरी नाम दिउँ म तिमीलाई’ सुनाउनुभयो । कविता पाठसँगै दुवैले सिर्जन–कर्मका अन्तरकुन्तर पनि खोल्नुभयो । विगततिर फर्किएर आफ्नै कविताका रचना गर्भ कोट्याए । उमेरले चार वर्षले तलमाथि भए पनि सुरुभक्त र तीर्थ पोखराका साहित्यिक दौँतरी हुनुहुन्छ । विसं २०१२ सरुभक्त र २०१६ तीर्थको जन्म वर्ष हो । उहाँहरुको मित्रता भने ४५ वर्ष लामो छ । विसं २०३५ देखि तीर्थ र आफूबीच सङ्गत सुरु भएको सरुभक्तले बताउनुभयो । ‘हिउँमा लेखिएका नामहरु’ कविता सुनाउँदै कवि तीर्थले सो कवितालाई सरुभक्तसँगको सम्बन्धको ‘स्मारक’का रुपमा अथ्र्याउनुभयो । सरभक्तले पनि तीर्थको उक्त कवितालाई आफूहरुबीचको मित्रताको निशानीका रुपमा लिनुभयो । सरुभक्तसँगै विसं २०५५ तिर पञ्चासे–भञ्ज्याङ पुगेर फर्केपछि तीर्थले उक्त कविता लेख्नुभएको थियो ।  “पञ्चासेबाट फर्किँदा हिउँले बाटो सेताम्मे भएको थियो, गाउँलेले टेक्न दिएको लौरोले हिउँमा सुरुभक्तको नाम लेखेँ”, तीर्थले भन्नुभयो, “त्यो यात्राले कविता जन्मायो, कविता लेख्नै मलाई छ महिना लाग्यो ।” कवि तीर्थको उक्त कवितालाई छोटो तर शक्तिशाली मानिन्छ । साहित्यिक मञ्चमा उहाँले सुनाइरहने कवितामा पर्छ- ‘हिउँमा लेखिएका नामहरु’ । हिउँमा रमाउँदै पञ्चासेबाट फर्कँदाको तस्बिर अझै पनि आफूसँग सुरक्षित रहेको सुरुभक्तले बताउनुभयो । संरक्षण कविता आन्दोलनताका आफूसँगै तीर्थ, विक्रम गुरुङ र अनिल रञ्चितकार पञ्चासे पुगेको उहाँले सम्झनुभयो । सुरुभक्तले तीर्थसँगको मित्रताबारे पोखराबाहिर पनि चर्चा हुने गरेको बताउनुभयो । “कुनै विषयमा सहमति–असहमति हुनु बेग्लै कुरा भयो, नत्र हामीबीच जहिल्यै निःस्वार्थ र हार्दिक सम्बन्ध छ”, उहाँले भन्नुभयो । कवि तीर्थले सुरुभक्तसँग भेट भएपछि जीवनमा धेरै कुरा भेटिएको बताउनुभयो । पोखरेली युवा सांस्कृतिक परिवारलाई आकार दिनेदेखि कैँयन साहित्यिक अभियान र सिर्जनात्मक काममा आफूहरु सँगसँगै रहेको उहाँले उल्लेख गर्नुभयो । पोखरेली वाङ्मयिक जगतमा सरुभक्त र तीर्थ पर्यायवाची जस्तै हुनुहुन्छ । दुवै पोखरामा रहेर पनि राष्ट्रियस्तरमा छवि उठाएका प्रतिभा हुनुहुन्छ । दुई घण्टा बढी चलेको कार्यक्रमको सहजीकरण सङ्घका अध्यक्ष डा ईश्वरमणि अधिकारीले गर्नुभएको थियो ।  ‘दौँतरी’ शृङ्खलाको शुभारम्भ दुई प्रसिद्ध कविबाट गर्न पाउँदा गौरवको अनुभूति भएको अध्यक्ष अधिकारीले बताउनुभयो । ‘दौँतरी’को आउँदो भागमा दुई मुक्तककारलाई प्रस्तुत गर्ने सङ्घको तयारी छ । “वर्षमा दुई वटा शृङ्खला चलाउने सोचिरहेका छौँ”, अध्यक्ष अधिकारीले भन्नुभयो ।  RSS

बागलुङ:    बागलुङकी एक गर्भवतीको उद्धार गरिएको छ । जिल्लाको गलकोट नगरपालिका–११ रिघाकी ३० वर्षीया रुपा पुनलाई प्रभु हेलिकोप्टरमार्फत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पु¥याइएको हो । शुक्रबार दिउँसोदेखि सुत्केरी व्यथा लागेर लामो समयसम्म सुत्केरी हुन नसकेपछि पुनलाई पोखरा पु¥याइएको हो । शनिबार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशसँगको समन्वयमा हेलिकोप्टरमार्फत पोखरा पु¥याइएको र हाल पुनको उपचार भइरहेको गलकोट नगर अस्पतालका डा राजेश पौडेलले जानकारी दिनुभयो ।   दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धारसम्बन्धी स्वास्थ्य मन्त्रालयको कार्यविधिअनुसार उहाँको उद्धार गरिएको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले बताउनुभयो । पुनको रिघा स्वास्थ्यचौकीमा सामान्य उपचारपछि गलकोट नगर अस्पताल सिफारिस गरिएको थियो । अवस्था थप जटिल बनेपछि आकस्मिकरूपमा उपचारका लागि पोखरा पठाइएको र अहिले पुनको शल्यक्रिया गरी बच्चा जन्माएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

पोखरा:    फेवातालको सिमसार क्षेत्र पुर्ने काम गरिरहेका वाईयूके कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रा.लिका सञ्चालक युवराज खतिवडाका २ वटा ट्रिपर पोखरा महानगर प्रहरीले नियन्त्रणमा लिएको छ ।  फेवाको सिमसार र रामसार क्षेत्र पुर्ने काम गरिरहेका खतिवडाको २ वटा जेसिवि र एउटा ट्रिपरको चाबी सहित २ वटा ट्रिपरहरु नगर प्रहरीले नियन्त्रणमा लिएको हो ।  पटक पटक आग्रह गर्दा पनि अटेर गरेपछि नियन्त्रणमा लिनुपरेको पोखरा महानगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले बताउनुभयो । थापाका अनुसार खतिवडा महानगरको पटके कारबाहीमा परिसकेका व्यक्ति हुन् । उनले लामो समय देखी फेवातालको सिमसार क्षेत्र पुर्नका लागि प्रति रोपनी पाँच लाख रुपियाँमा लिने गरेको पाइएको छ । सिमसार क्षेत्र पुर्नका लागि उनले रातको समयमा काम गर्ने गरेका छन् ।