नेपाल–भारतबीच सम्बन्धका नयाँ आयाम विस्तार हुँदैछन् : मन्त्री किराती

काठमाडाैं | चैत १४, २०७९

नेपाल–भारतबीच सम्बन्धका नयाँ आयाम विस्तार हुँदैछन् : मन्त्री किराती

काठमाडौँ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल र भारतको सम्बन्धका थप नयाँ आयामहरु बिस्तार हुने क्रममा रहेको बताएका छन् । सोमबार ललितपुरमा आयोजित नेपाल–भारत उद्योग वाणिज्य संघको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

 

उनले नेपाल–भारत बीच स्थल र हवाइमार्गको मात्रै सम्बन्ध नभई रेलमार्ग र जलमार्गको नयाँ आयामहरु विस्तार हुने बताए । मन्त्री किरातीले भने, ‘नेपाल र भारतको सम्बन्ध हवाई र स्थलमार्ग मात्रै नभई अब नयाँ आयामहरु पनि बिस्तारै थपिँदै छ । रेल सञ्चालनले यो आयामलाई थप टेवा दिने नै छ । अहिले यसमा थप बिस्तारका सम्बन्धमा विचार हुँदैछ भने जल मार्ग पनि अर्को आयाम हुनसक्छ । जसले नेपाल र भारतको प्राचिनकालीन सम्बन्धलाई थप उचाईमा पुर्‍याउने मलाई विश्वास छ ।’ 

 

‘नेपाल भारत उद्योग वाणिज्य संघको अगुवाईमा प्रकाशनमा आएको यो कफी टेबल पुस्तकमा समावेश गरिएका दुई देशका विभिन्न धार्मिक, सांस्कृतिक, स्थलहरुले नेपाल र भारतका धार्मिक पर्यटकहरुका लागि थप उत्कसुकता जनाउनेछ भने धार्मिक स्थल, सांस्कृति स्थलको प्रवद्र्धन र विकास गर्न यसले योगदान दिनेछ,’ उनले भने ।


मन्त्री किरातीले नेपाल–भारत उद्योग वाणिज्य संघले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा नेपालको पर्यटन क्षेत्रलई चलायमान गर्ने प्रयास गरेको बताए । 

मुस्ताङ:  हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित गरेका छन् । नियमित उडान भर्दै आएका कम्पनीहरू समिट एयरलाइन्स र तारा ...

थप पढ्नुहोस्

काठमाडौं:  त्रिभुवन विश्वविद्यालयका १६ हजार विद्यार्थी दीक्षित भएका छन्। दशरथ रगंशालामा आज ९बिहीबार० भएको ५१औँ दिक्षान्त समारोहमा आज १६ हजार ३८० विद्यार्थी दीक्षित भएका हुन्।  त्रिविबाट यस नर्ष स्ना...

थप पढ्नुहोस्

काठमाडौं:  कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु भएको छ ।  नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले निमेशको निधनप्रति दुःख व्यक्त गर्दै कोशी प्रदेशले कुशल र प्रतिभ...

थप पढ्नुहोस्