फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

तानसेन:  पाल्पा जिल्ला फुटबल संघको आयोजनामा जेठको दोस्रो साता कर्णेल उजीर सिंह पाल्पा गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।    पर्यटकीय नगर तानसेनको  टुंडीखेलमा आगामी १२ गतेदेखि प्रतियोगिता हुने खेल संयोजक कर्ण चित्रकारले जानकारी दिए । उनका अनुसार तयारी तिब्र पारिएको छ ।   सो प्रतियोगिताको विजेता टोलीले नगद रु ३ लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद रु १ लाख ५० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्ने छ ।   यस्तै सो प्रतियोगितामा व्यक्तिगत विधातर्फ उत्कृष्ट ५ विधामा खेलाडीहरुलाई पुरस्कृत गरिने पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणय विरजंग राणाले बताए ।   उनले सो प्रतियोगितामा पाल्पासहित कास्की, नवलपरासी, रुपन्देहीका टिमहरुको सहभागिता रहने जानकारी दिए ।    सो प्रतियोगितालाई तानसेन नगरपालिका, पाल्पा उद्योग वाणिज्य संघ, तानसेन र प्रदेश खेलकुद परिषद्, लुम्बिनीको विशेष सहयोग रहेको आयोजकले जनाएको छ ।  

पोखरा:   नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले बिचौलियाहरुलाई राखेर करको दर हेरफेर गर्दा देशको अर्थतन्त्रमा असर परेको बताएका छन् ।    प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले आज यस्तो धारणा राखेका हुन् ।   उनले सरकारले बिचौलियाहरुलाई राखेर करको दर हेरफेर गर्दा अर्थतन्त्रमा ठुलो असर देखिएको बताए ।‘मुलुकको अर्थतन्त्र संकटमो दिलमा छ, नेपालको इतिहासमा हिजो द्वन्दकाल, नाकाबन्दी, भुकम्पकाल र कोभिड महामारीमा पनि अर्थतन्त्रमा असर देखिएन, ज्ञवालीले भने, ‘राजस्व संकलनको लक्ष्य आधा मात्र उठेको छ, गठबन्धन सरकारले बिचौलियाहरुलाई राखेर करको दर हेरफेर गर्दा अहिले अर्थतन्त्रमा समस्या देखिएको छ ।’   उनले केही हदसम्म अहिले कोभिड र रुस युक्रेनको युद्धको असर देखिएपनि गठबन्धन सरकारले सत्ता मोह राजनीति र बिचौलियाहरुलाई प्रयोग गर्दा अर्थतन्त्रमा समस्या देखिएको दोहोर्याए ।  ‘ अहिले सरकारले गठबन्धनलाई सत्ताको साधनको टोकन मात्र बनायो, विकास निर्माणका काम ठप्प छन्, व्यवसायी हतोत्साहित भएका छन्,’ उनले भने, ।   

कास्की:   जिल्ला प्रशासन कार्यालय कास्कीको राहदानी फाँटमा देखिएको व्यस्तताले जिल्लावासीको योजना र लक्ष्य आंकलन गर्न सकिन्छ ।    उमेर पुग्ने बित्तिकै नागरिकता र तुरुन्तै पासपोर्ट (राहदानी) निकालिहाल्ने ध्याउन्नमा रहेका छन् आम युवाहरु । फाँटको रेकर्डअनुसार पासपोर्ट बनाउनेमा २० वर्ष मुनिका उमेर समूहको बाहुल्यता छ ।    यस आर्थिक वर्ष सुरु भएपछिमात्र १५ हजार जनाले पासपोर्ट बनाइसकेका छन् । यसबाहेक १७ हजार निवेदकको काम प्रक्रियामा रहेको छ भने २ हजार पासपोर्ट केही दिनभित्र आइपुग्ने फाँटका नायबसुब्बा उमाकान्त रेग्मी बताउँछन् ।    रेग्मीका अनुसार पासपोर्ट लिन आवेदन गर्ने कूल संख्यामध्ये ८० प्रतिशतको उमेर १८ देखि २० वर्ष रहेको छ । उनीहरुले निवेदनमा भेरिफिकेशन गर्दा ‘अध्ययन गर्न जाने’ खुलाएका छन् ।    ‘किशोरावस्थामै पासपोर्ट बनाउने हतारो छ, सबै बाहिर पढ्न अप्लाई गर्ने भन्दै  पासपोर्ट बनाउन आउने गरेका छन्’ रेग्मी भन्छन् ‘पासपोर्ट बनाउनेको संख्या अघिल्लो वर्षको तुलनामा यसपटक बढेको छ  ।’    त्यस्तै, कोरोना महामारी घट्दै गएपछि कास्कीमा पासपोर्ट बनाउनेको संख्या बढ्दै गरेको उनले उल्लेख गरे ।    यस उमेर समूहमा पासपोर्ट बनाउनेको संख्या धेरै भएसँगै अर्काे रोचक पक्ष पनि छ । त्यो पक्ष हो, पुरुषको तुलनामा महिला निवेदकको संख्या बढी । तथ्यांक अनुसार पासपोर्ट लिन निवेदन दिनेमध्ये महिला ६५ प्रतिशत हाराहारीमा छन् ।    राहदानी फाँटमा पछिल्लो सोमबार र मंगलबारको दर्ता हेर्दा ७९ जनामा महिलाको संख्या ५१ रहेको छ ।    देशमा सबैभन्दा बढी पासपोर्ट बनाउने जिल्लामा कास्की पाँचौमा पर्छ । काठमाण्डौं, मोरङ, बाँके, पर्सा र कास्की ५ प्रमुख जिल्ला हुन् ।    राहदानी शूल्क र राजश्वसम्बन्धी विवरण यसप्रकार छः   

पोखरा:    एभरेष्ट म्याराथन जाने युकेको टोलीलाई नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले बिदाई गरेको छ ।   ७ सदस्यिय यूके निवासी नेपाली टोली अन्नपूर्ण घान्द्रुकस्थित मेश्रोम बराह मावीको सहयोगार्थ एभरेष्ट म्याराथनका लागि जान लागेको हो । यहि जेठ १५ गते आयोजना हुने एभरेष्ट म्याराथनमा सूर्य गुरुङको नेतृत्वमा तर्कजङ्ग गुरुङ, जुम प्रसाद गुरुङ, जित बहादुर गुरुङ, बुद्धिलक्ष्मी गुरुङ, फत्तबहादुर गुरुङ र सरोज लिम्बुले सहभागिता जनाउने छन् ।   टोलीलाई बिदाई गर्दै मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले निश्चित उद्धेश्यका साथ एभरेष्ट म्याराथनमा सहभागि हुनु आफैमा गर्वको विषय रहेको बताउँदै उहाँहरुको सहभागिताले नेपाली खेलकुदको विकासमा थप टेवा पुग्ने बताए ।   यस्तै एभरेष्ट म्याराथनमा सहभागि हुने टोलीको नेतृत्व गरिरहेको सूर्य गुरुङले आफूहरुलाई मञ्चले बोलाएर बिदाई गरेकोमा आभार व्यक्त गर्दै आगामी संस्करणमा पोखरा म्याराथनमा समेत सक्रिय सहभागिताका लागि आफ्नो पहल हुने बताए । उनले भने–“एभरेष्ट म्याराथनमा सहभागिता विद्यालयको सहयोगका लागि हो । विद्यालयमा अध्ययनरत् विद्यार्थीहरुको पठन–पाठनमा कुनै समस्या नहोस् भन्नका लागि हामीले च्यारिटीका लागि गरेका हौं ।”   कार्यक्रममा मञ्चका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट र महासचिव कृष्ण तिमिल्सिनाले समेत आफ्ना भनाई राखेका थिए । यसै विच जेठ १५ गते आयोजना हुने एभरेष्ट म्याराथनमा मञ्चका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङसहित, महासचिव कृष्ण तिमिल्सिना र कोषाध्यक्ष महेश पौडेल समेत अवलोकनका लागि जाने भएका छन् । 

तनहुँ:   तनहुँको व्यास नगरपालिकाका भालुको आक्रमणबाट एकजना घाइते भएका छन् । घाइते हुनेमा व्यास–८ मलपौरेका ३५ वर्षीय गोरे विक रहेका छन् ।      आज बिहान पाँच बजे घर नजिकैको मकै बारीमा मकै खान आएको भालु धपाउन जाँदा भालुले विकमाथि आक्रमण गरेको वडाध्यक्ष युवराज गुरुङले जानकारी दिनुभयो । आक्रमण लगत्तै भालु भागेको थियो । घाइते विकको स्थानीयवासीले तत्काल उद्धार गरी रिस्तीस्थित स्वास्थ्य चौकी लगिएको थियो ।       विकलाई थप उपचारका लागि दमौली अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भालुले चिथोर्दा उनको दाहिने आँखाको माथिल्लो भागमा घाउ भएको छ ।

पोखरा:   अरण्यज्योति क्रिकेट क्लबको आयोजनामा पोखरामा जारी लुम्बिनी विकास बैंक अरण्यज्योति कप–२०८० मा आयोजक र बागलुङ क्रिकेट क्लब सेमिफाइनल प्रवेश गरेका छन् ।   पोखरा रंगशालाको क्रिकेट मैदानमा ३ दिनदेखि जारी प्रतियोगितामा आयोजकले तीनवटै खेल जितेर समूह विजेता हुँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको छ । उसले बुधबार माछापुच्छे क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै अविजित यात्रा कायम राखेको हो । उद्घाटनमा काठमाडौंको किङ्स क्रिकेट क्लबलाई ५७ रनले पाखा लगाएकोमा दोस्रो खेलमा बागलुङ क्रिकेट क्लबलाई पराजित गरेको थियो ।   यस्तै, ३ खेलमा २ खेल जितेर समूह उपविजेता हुँदै बागलुङ क्रिकेट क्लबले आफूलाई सेमिफाइनलमा सुरक्षित पारेको छ । बुधबार किङ्सलाई ४६ रनले पराजित गरेको उसले दोस्रो दिन माछापुच्छे«को चुनौती पन्छाएको थियो ।   योसँगै समूह ए बाट किङ्स र माछापुच्छे« उपाधि होडबाट बाहिरिए र समूह बि का टिमबीच बिहीबारदेखि खेल हुने छन् । बिहान साढे ८ बजे सांग्रिला क्रिकेट क्लब र तनहुँको पेलिकन्स क्रिकेट क्लब तथा दिउँसो साढे १२ बजे काठमाडौंको क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी) र राइजिङ क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक अरण्यज्योति क्रिकेट क्लब अध्यक्ष कमल थापाले जानकारी दिएका छन् ।   बुधबारको दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको माछापुच्छे« क्रिकेट क्लबले पूरै २० ओभरमा ९ विकेट खर्चेर ९७ रनको झिनो योगफल तयार पारेको थियो । ९८ रनको लक्ष्यसहित मैनान उत्रिएको अरण्यज्योतिले ४ विकेटको क्षतिमा १४.४ ओभरमै लक्ष्य भेटाएको हो । जितका लागि प्लेयर अफ दि म्याच सोनु तामाङ नटआउट रहँदै ५७ रनको अर्धसतकीय पारी खेले । २९ बलको सामना गरेका उनले ५ छक्का र २ चौका प्रहार गरेका थिए । त्यस्तै, क्याप्टेन विधान श्रेष्ठले २७ बलमा २६ रनको योगदान दिए । विपक्षी माछापुच्छे«का तर्फबाट राजुकुमार गुरुङले २ विकेट लिए । आफ्नो पारीमा अश्वीनी थापाले सर्वाधिक ३५, मनोज कोइरालाले १६, अशीषेक थापाले १५, प्रवीण ढकालले १० रन जोडे पनि अन्य ब्याट्सम्यानले दोहोरो अंकको योगफल तयार पार्न सकेनन् ।    बुधबार बागलुङ र किङ्सबीचको पहिलो खेलमा बागलुङको झिनो योगफलबीच पनि किङ्सलाई ४६ रनको फराकिलो अन्तरले पराजित गर्न सफल भएको हो । टस जितेर ब्याटिङ रोजेको उसले पूरै २० ओभरमा १०३ रनको योगफल तयार पारेको थियो । तर १४.३ ओभेरमै अलआउट हुँदै किङ्स मात्र ५७ रनमै समेटिएको थियो । सस्तैलाई समेट्नलाई बागलुङका युनिषविक्रम सिंहले मात्र २० रन खर्चेर सर्वाधिक ४ विकेट लिए । १४ बलको सामना गर्दा १६ रन जोड्ेका उनी प्लेयर अफ दी म्याचसमेत हुन् । यस्तै, सञ्चार निउरेले ३, दीपेन्द्र राउतले २ र विश्व कार्कीले १ विकेट झारे । मात्र ९८ रनको लक्ष्यका साथ इनिङ सम्हालेको किङ्सका लागि रसिक काफ्लेबाहेक कुनै पनि खेलाडीले दोहोरो अंकको योगदान तयार पार्न सकेनन् ।    आगामी जेठ ८ सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ८० हजार, उपविजेताले ४० हजार साथमा ट्रफी प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीलाई ५ हजार, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानलाई जनही २५ सय नगदसहित ट्रफी प्रदान गरिने छ । हरेक खेलका प्लेयर अफ म्याचले ५ सय प्राप्त गर्ने छन् । लिगकम नकआउट आधारमा खेलाइने प्रतियोगिता टि–२० आधारमा हुनेछ ।

काठमाडौं:   नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै पहिलो पटक प्रहरी वरिष्ठ नायब निरीक्षक पुर्षाेत्तम नेपालीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् ।   अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को १०० औं सदस्यता प्राप्त गरेको नेपालले इन्टरपोलको शताब्दी वर्षको अवसरमा नेपाल प्रहरीको तर्फबाट नेपालीले जेठ २ गते मंगलबार बिहान १०ः१५ बजे सगरमाथाको चुचुरो पुगेका हुन् । सो अवसरमा उनले सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डासहित नेपाल प्रहरी र इन्टरपोलको झण्डा फहर्याए ।    उनलाई नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले २०७९ चैत ३० गते आवश्यक निर्देशन र शुभकामनासहित उक्त झण्डाहरु हस्तान्तरण गरेका थिए ।    नेपाल प्रहरीले विगतमा सगरमाथाको सरसफाई अभियानमा आधारशिविर पुगेपनि सगरमाथाको चुचुरो चुम्ने पहिलो नेपाल प्रहरी पुर्षाेत्तम नेपाली बनेका छन् ।     सो आरोहणले इन्टरपोलको शताब्दी वर्ष भव्यतापूर्वक मनाइएको सन्देश विश्वसामु प्रवाह हुनुका साथै नेपाल लगायत इन्टरपोलका सदस्य राष्ट्रहरुको अपराधिक कृयाकलापहरु विरुद्ध ऐक्यवद्धता रहेको बताइएको छ ।    नेपाल प्रहरीको यस सफल आरोहणले विश्वभरका पर्वतारोही पर्यटकहरुमा थप सुरक्षाको अनुभूति दिलाउनुका साथै नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको छ ।   यसअघि पहिलो पटक वि.सं. २०३१ सालमा नेपाल प्रहरीको ९ सदस्यीय टोलीले ६९२० मिटर उचाइको टुकुचे हिमाल सफलतापूर्वक आरोहण गरेको थियो ।    २०३३ असोज १६ गते नेपाल प्रहरी कर्मचारीको २७ सदस्यीय टोली र २०४१ भदौ २६ गते नेपाल प्रहरी महिला दलको ३१ सदस्यीय टोलीले ६११९ मिटर उचाईको लोबुचे हिमाल आरोहण गरेका थिए ।

पोखरा:   पोखरा महानगरपालिकामा कार्यरत ६५६ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई स्वास्थ्य सामाग्रीहरू वितरण गरिएको छ ।    महानगरपालिकाको स्वास्थ्य महाशाखाद्वारा आयोजित स्वास्थ्य सामाग्री वितरण तथा वृहद भेलामा प्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङ लगायतले उनीहरूलाई ती सामाग्रीहरू वितरण गरिएको हो ।   सो क्रममा प्रमुख आचार्यले नागरिकको स्वास्थ्य सुरक्षाको सवालमा महिला स्वास्थ्य स्वयंसेविकाहरुले गरेको सेवा र खर्चिएको समय उत्तिकै महत्त्वपूर्ण रहेको बताए ।  “आफ्नो समय नागरिकको जनस्वास्थ्यमा लगाउने गरी विगत लामो समयदेखि यहाँहरू अहोरात्र खटिरहनु भएको छ, प्रमुख आचार्यले भने, निस्वार्थ सेवाको भाव सामाजिक रूपमा किट ब्याग बोकेर यहाँहरूले गौरवका साथ देखाउनु भएको छ, यहाँहरूको महानता, समर्पण र सेवा प्रति म नतमस्तक छु ।” सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको सामाजिक योगदान अतुलनीय रहेको प्रमुख आचार्यले बताएका छन् ।    महानगरको टोल टोलमा पुगेर स्वास्थ्य सचेतनाको जागरण ल्याउने र मानिसहरूलाई आफ्नो स्वास्थ्य प्रति सचेत गराउने स्वास्थ्य स्वयम सेविकाहरूलाई खटाई अनुसारको सेवा सुविधा दिन नसकिएको उल्लेख गर्दै उनले आगामी आर्थिक वर्षबाट यसलाई सम्बोधन गर्न विशेष पहल गरिने बताए । “स्वयंसेविकाहरूको सेवा सुविधाका विषयमा हामीले पनि महसुस गरेकै विषय हो, उनले भने, आगामी आव देखी यसमा थप केही व्यवस्था गर्ने सम्बन्धमा विशेष पहल गरिनेछ ।” स्वास्थ्यका हिसाबले मानवीय सेवामा उनीहरूले दिएको समय अतुलनीय रहेको उनी बताउँछन् ।    उप प्रमुख मन्जुदेवी गुरुङले आधारभूत सेवाको पहुँच नपुगेका दूर दराजमा पुगेर सरकारको उपस्थिति देखाउने स्वयंसेविकाहरूको योगदान उल्लेखनीय रहेको बताउँछिन् । महिला, बालबालिका र वृद्धावृद्धहरुलाई अप्ठ्यारो परेका बेला पहिलो सेवकको रूपमा उपस्थिति जनाउने महिला स्वास्थ्य स्वयंसेविकाहरू आफैमा अनुकरणीय भएको उल्लेख गरिन ।    पोखरा महानगरपालिका वडा नं।२ का वडा अध्यक्ष दिवसमान प्रधानाङ्गले स्वयंसेविकाहरूलाई आवश्यक सामाग्रीहरूको व्यवस्था गरिनु पर्ने बताएका छन् । उनीहरूलाई आवश्यक सम्पूर्ण प्रकारका सामाग्रीहरू सहित सेवा निवृत्त पश्चात् पाउने उपादानमा समेत वृद्धि गर्नु पर्नेमा जोड दिए । यस्तै वडा नं। १७ की वडा अध्यक्ष राधिका कुमारी शाही योगीले स्वास्थ्य स्वयंसेविकाहरुले टोल टोलमा पुगेर स्वास्थ्य शिक्षाको चेतना अभिवृद्धिमा महत्त्वपूर्ण योगदान गरेको बताउँछन्।   महानगरको स्वास्थ्य समितिका उपाध्यक्ष पूर्ण लामाले महानगरद्वारा सञ्चालित स्वास्थ्य संस्थाहरूको सेवा विस्तार र क्षमता अभिवृद्धि आवश्यक रहेको बताए । महानगरद्वारा सञ्चालित अस्पताल, सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र, स्वास्थ्य चौकी लगायतको सेवा विस्तार गर्दै ती स्वास्थ्य संस्थाहरू विश्वासिला र भरपर्दा बनाउनु पर्ने समेत बताए ।    महिला स्वास्थ्य स्वयंसेविकाहरुले विभिन्न खोप अभियान तथा भिटामिन खुवाउने कार्यक्रमहरूलाई प्रभावकारी रूपमा सञ्चालन तथा सम्पन्न गर्नमा लागि निकै ठुलो योगदान गर्ने गरेका छन् । 

चितवन:    चितवनमा आफूलाई ‘विशेष प्रहरी’ भनेर परिचय पत्र देखाउँदै हिँड्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–५ का २२ वर्षीय खुमबहादुर थापा, राप्ती नगरपालिका–८ का १९ वर्षीय सच्चीन ज्ञवाली, रत्ननगर नगरपालिका–५ का २३ वर्षीय सञ्जीवकुमार मिश्र र खैरहनी नगरपालिका–१३ का २४ वर्षीय सुजन सिलवाल रहेका छन् । उनीहरुलाई खैरहनी नगरपालिका र भरतपुर महानगरपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।  आफू विशेष प्रहरी भन्दै सामाजिक सञ्जालमा कुरा गर्ने तथा व्यवसायीलाई धम्क्याउने गरेको पाइएको उहाँले बताउनुभयो । भरतपुर महानगरपालिका–१२ मालपोत चोकको प्रिन्टिङ प्रेसमा कार्यरत थापाले नक्कली विशेष प्रहरीको परिचय पत्र बनाउने गरेको खुलेको छ । उनीहरुले केन्द्रीय अनुसन्धान ब्यूरोको परिचयपत्र समेत बनाएको कार्यालयले जनाएको छ । पक्राउ परेका चारैजनालाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको एसपी कार्कीले बताउनुभयो । उनीहरुलाई मुलुकी अपराध संहिताको लिखदसम्बन्धी कसुरमा म्याद थप गरिएको छ । सो मुद्दामा सात वर्षसम्म कैद र रु ७० हजारसम्म जरिवानाको व्यवस्था छ ।