कास्कीमा २० वर्ष मुनिका ८० प्रतिशतले बनाउँछन् पासपोर्ट, लक्ष्य: ‘स्टुडेन्ट भिसा’
कास्की | जेठ ४, २०८०
कास्की: जिल्ला प्रशासन कार्यालय कास्कीको राहदानी फाँटमा देखिएको व्यस्तताले जिल्लावासीको योजना र लक्ष्य आंकलन गर्न सकिन्छ ।
उमेर पुग्ने बित्तिकै नागरिकता र तुरुन्तै पासपोर्ट (राहदानी) निकालिहाल्ने ध्याउन्नमा रहेका छन् आम युवाहरु । फाँटको रेकर्डअनुसार पासपोर्ट बनाउनेमा २० वर्ष मुनिका उमेर समूहको बाहुल्यता छ ।
यस आर्थिक वर्ष सुरु भएपछिमात्र १५ हजार जनाले पासपोर्ट बनाइसकेका छन् । यसबाहेक १७ हजार निवेदकको काम प्रक्रियामा रहेको छ भने २ हजार पासपोर्ट केही दिनभित्र आइपुग्ने फाँटका नायबसुब्बा उमाकान्त रेग्मी बताउँछन् ।
रेग्मीका अनुसार पासपोर्ट लिन आवेदन गर्ने कूल संख्यामध्ये ८० प्रतिशतको उमेर १८ देखि २० वर्ष रहेको छ । उनीहरुले निवेदनमा भेरिफिकेशन गर्दा ‘अध्ययन गर्न जाने’ खुलाएका छन् ।
‘किशोरावस्थामै पासपोर्ट बनाउने हतारो छ, सबै बाहिर पढ्न अप्लाई गर्ने भन्दै पासपोर्ट बनाउन आउने गरेका छन्’ रेग्मी भन्छन् ‘पासपोर्ट बनाउनेको संख्या अघिल्लो वर्षको तुलनामा यसपटक बढेको छ ।’
त्यस्तै, कोरोना महामारी घट्दै गएपछि कास्कीमा पासपोर्ट बनाउनेको संख्या बढ्दै गरेको उनले उल्लेख गरे ।
यस उमेर समूहमा पासपोर्ट बनाउनेको संख्या धेरै भएसँगै अर्काे रोचक पक्ष पनि छ । त्यो पक्ष हो, पुरुषको तुलनामा महिला निवेदकको संख्या बढी । तथ्यांक अनुसार पासपोर्ट लिन निवेदन दिनेमध्ये महिला ६५ प्रतिशत हाराहारीमा छन् ।
राहदानी फाँटमा पछिल्लो सोमबार र मंगलबारको दर्ता हेर्दा ७९ जनामा महिलाको संख्या ५१ रहेको छ ।
देशमा सबैभन्दा बढी पासपोर्ट बनाउने जिल्लामा कास्की पाँचौमा पर्छ । काठमाण्डौं, मोरङ, बाँके, पर्सा र कास्की ५ प्रमुख जिल्ला हुन् ।
राहदानी शूल्क र राजश्वसम्बन्धी विवरण यसप्रकार छः

पोखरा: पोखरा महानगरपालिका वडा नं १५ द्धारा आयोजित वडा स्तरीय खेलकुद महोत्सवमा बुधवार डोरी तान र ब्याडमिन्टन तर्फको खेल सम्पन्न भएका छन । यस्तै प्रतियोगितामा भलिबल, यूनि हक्की र फुटबल प्रतियोगि...
काठमाडौं: अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिपोर्ट भएका ९० जना काठमाडौँ आइपुगिसकेको जानकारी दिए । अमेरिकाले ...
काठमाडौं: यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा चैत १९ देखि २९ गतेसम्म हुने निर्णय भएको छ। राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले आज परीक्षा तालिका सार्वजनिक गरेको हो। यस पटक एसइई परीक्षा...

