लुम्बिनी विकास बैंक अरण्यज्योति कपः आयोजक र बागलुङ क्रिकेट क्लब सेमिफाइनलमा

पाेखरा | जेठ ४, २०८०

लुम्बिनी विकास बैंक अरण्यज्योति कपः आयोजक र बागलुङ क्रिकेट क्लब सेमिफाइनलमा

पोखरा:   अरण्यज्योति क्रिकेट क्लबको आयोजनामा पोखरामा जारी लुम्बिनी विकास बैंक अरण्यज्योति कप–२०८० मा आयोजक र बागलुङ क्रिकेट क्लब सेमिफाइनल प्रवेश गरेका छन् ।

 

पोखरा रंगशालाको क्रिकेट मैदानमा ३ दिनदेखि जारी प्रतियोगितामा आयोजकले तीनवटै खेल जितेर समूह विजेता हुँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको छ । उसले बुधबार माछापुच्छे क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै अविजित यात्रा कायम राखेको हो । उद्घाटनमा काठमाडौंको किङ्स क्रिकेट क्लबलाई ५७ रनले पाखा लगाएकोमा दोस्रो खेलमा बागलुङ क्रिकेट क्लबलाई पराजित गरेको थियो ।

 

यस्तै, ३ खेलमा २ खेल जितेर समूह उपविजेता हुँदै बागलुङ क्रिकेट क्लबले आफूलाई सेमिफाइनलमा सुरक्षित पारेको छ । बुधबार किङ्सलाई ४६ रनले पराजित गरेको उसले दोस्रो दिन माछापुच्छे«को चुनौती पन्छाएको थियो ।

 

योसँगै समूह ए बाट किङ्स र माछापुच्छे« उपाधि होडबाट बाहिरिए र समूह बि का टिमबीच बिहीबारदेखि खेल हुने छन् । बिहान साढे ८ बजे सांग्रिला क्रिकेट क्लब र तनहुँको पेलिकन्स क्रिकेट क्लब तथा दिउँसो साढे १२ बजे काठमाडौंको क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी) र राइजिङ क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक अरण्यज्योति क्रिकेट क्लब अध्यक्ष कमल थापाले जानकारी दिएका छन् ।

 

बुधबारको दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको माछापुच्छे« क्रिकेट क्लबले पूरै २० ओभरमा ९ विकेट खर्चेर ९७ रनको झिनो योगफल तयार पारेको थियो । ९८ रनको लक्ष्यसहित मैनान उत्रिएको अरण्यज्योतिले ४ विकेटको क्षतिमा १४.४ ओभरमै लक्ष्य भेटाएको हो । जितका लागि प्लेयर अफ दि म्याच सोनु तामाङ नटआउट रहँदै ५७ रनको अर्धसतकीय पारी खेले । २९ बलको सामना गरेका उनले ५ छक्का र २ चौका प्रहार गरेका थिए । त्यस्तै, क्याप्टेन विधान श्रेष्ठले २७ बलमा २६ रनको योगदान दिए । विपक्षी माछापुच्छे«का तर्फबाट राजुकुमार गुरुङले २ विकेट लिए । आफ्नो पारीमा अश्वीनी थापाले सर्वाधिक ३५, मनोज कोइरालाले १६, अशीषेक थापाले १५, प्रवीण ढकालले १० रन जोडे पनि अन्य ब्याट्सम्यानले दोहोरो अंकको योगफल तयार पार्न सकेनन् । 

 

बुधबार बागलुङ र किङ्सबीचको पहिलो खेलमा बागलुङको झिनो योगफलबीच पनि किङ्सलाई ४६ रनको फराकिलो अन्तरले पराजित गर्न सफल भएको हो । टस जितेर ब्याटिङ रोजेको उसले पूरै २० ओभरमा १०३ रनको योगफल तयार पारेको थियो । तर १४.३ ओभेरमै अलआउट हुँदै किङ्स मात्र ५७ रनमै समेटिएको थियो । सस्तैलाई समेट्नलाई बागलुङका युनिषविक्रम सिंहले मात्र २० रन खर्चेर सर्वाधिक ४ विकेट लिए । १४ बलको सामना गर्दा १६ रन जोड्ेका उनी प्लेयर अफ दी म्याचसमेत हुन् । यस्तै, सञ्चार निउरेले ३, दीपेन्द्र राउतले २ र विश्व कार्कीले १ विकेट झारे । मात्र ९८ रनको लक्ष्यका साथ इनिङ सम्हालेको किङ्सका लागि रसिक काफ्लेबाहेक कुनै पनि खेलाडीले दोहोरो अंकको योगदान तयार पार्न सकेनन् । 

 

आगामी जेठ ८ सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ८० हजार, उपविजेताले ४० हजार साथमा ट्रफी प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीलाई ५ हजार, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानलाई जनही २५ सय नगदसहित ट्रफी प्रदान गरिने छ । हरेक खेलका प्लेयर अफ म्याचले ५ सय प्राप्त गर्ने छन् । लिगकम नकआउट आधारमा खेलाइने प्रतियोगिता टि–२० आधारमा हुनेछ ।

इलाम:      प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम–२ मा सम्पन्न उपनिर्वाचनमा १६ जना उम्मेदवारको जमानत जफत भएको छ । आज बिहान निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार राष्ट्रिय स्...

थप पढ्नुहोस्

इलाम:     इलाम प्रतिनिधी सभाअन्तर्गत इलाम क्षेत्र नम्बर–२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेद्वार सुहाङ नेम्बाङ्ग विजयी हुनुभएको छ ।  निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्...

थप पढ्नुहोस्

काठमाडौं:     सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट खारेज गरिदिएको छ । सोमबार सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान  र सारंगा सुवेदीको इजलासल...

थप पढ्नुहोस्