जेठ दोस्रो साता पाल्पामा कर्णेल उजीर सिंह गोल्डकप, उपाधि राशी ३ लाख
पाल्पा | जेठ ४, २०८०
तानसेन: पाल्पा जिल्ला फुटबल संघको आयोजनामा जेठको दोस्रो साता कर्णेल उजीर सिंह पाल्पा गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
पर्यटकीय नगर तानसेनको टुंडीखेलमा आगामी १२ गतेदेखि प्रतियोगिता हुने खेल संयोजक कर्ण चित्रकारले जानकारी दिए । उनका अनुसार तयारी तिब्र पारिएको छ ।
सो प्रतियोगिताको विजेता टोलीले नगद रु ३ लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद रु १ लाख ५० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्ने छ ।
यस्तै सो प्रतियोगितामा व्यक्तिगत विधातर्फ उत्कृष्ट ५ विधामा खेलाडीहरुलाई पुरस्कृत गरिने पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणय विरजंग राणाले बताए ।
उनले सो प्रतियोगितामा पाल्पासहित कास्की, नवलपरासी, रुपन्देहीका टिमहरुको सहभागिता रहने जानकारी दिए ।
सो प्रतियोगितालाई तानसेन नगरपालिका, पाल्पा उद्योग वाणिज्य संघ, तानसेन र प्रदेश खेलकुद परिषद्, लुम्बिनीको विशेष सहयोग रहेको आयोजकले जनाएको छ ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

