पोखरा ।     कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबारदेखि पोखरामा ‘पाँचौँ मनुश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०८३’ सञ्चालन हुने भएको छ ।   पर्यटक...

कास्की:   जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्यालयबाट कुनै पनि प्रहरीलाई सादा पोशाक (घुमुवा) कै जिम्मेवारी नदिने भएको छ ।   कास्की प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न आइपुगेका प्रहरी उपरीक्षक मोहनकुमार थापाले केन्द्रकै निर्देशन अनुसार स्थायी रुपमै घुमुवाको (सिआइडी) जिम्मेवारी नदिने बताए ।    ‘प्रहरी परिचालन कार्य निर्देशनमा पनि व्यवस्था छ । हामीले कुनै पनि कर्मचारीलाई पहिले जस्तो घुमुवा प्रहरीकै जिम्मेवारी तोक्दैनौ, एसपी थापाले सुनगाभा न्यूजसँग भने, ‘तर स्पेसल टास्क र इन्भेष्टिगेसनका लागि भने अनुभवी कर्मचारीलाई जिम्मेवारी दिनेछौं ।’   उनले केन्द्रीय निर्देशन अनुसार पद र सँगठनको दुरुपयोग हुनबाट रोक्नका लागि उक्त कार्यले सघाउ पुग्ने बताए ।  ‘यो कार्यले पद र सँगठनको प्रतिष्ठामा आँच आउनबाट रोक्न सघाउ पुग्नेछ,’ उनले भने ।   उनका अनुसार यसअघि जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, डाडाँकोनाक, वडा प्रहरी कार्यालय बैदाम, वडा प्रहरी कार्यालय बगर र वडा प्रहरी कार्यालय रामबजारबाट गरी करिब २० जना प्रहरी सादा पोशाकमा खटिदै आएका थिए ।    पोखरा महानगरपालिका १ कस्केरीस्थित सेती नदीकिनारमा लागुऔषध कारोबारीलाई पक्राउ गर्न जादाँ सादा पोशाकका प्रहरीलाई देखेपछि नदीमा हाम फालेर सन्तोष तामाङ बेपत्ता भएपछि दुई घुमुवा प्रहरीलाई जिम्मेवारीबाट हटाइएको थियो ।    अब कुनै निश्चित अनुसन्धान र विशेष घटनाको सूचना संकलनका लागि मात्रै आवश्यकतानुसार सादा पोशाकमा प्रहरी कर्मचारी खटिने कास्की प्रहरीले जनाएको छ ।  

काठमाडौं:      संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । शर्माको नाम सर्वसम्मतिले अनुमोदन भएको समिति सभापति पशुपतिशमशेर जबराले जानकारी दिए । अब राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । न्याय परिषद्ले विनोद शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशका रूपमा नियुक्तिका लागि प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्लाई दोस्रो पटक लेखिपठाएको थियो । प्रस्तावित न्यायाधीश विनोद शर्माले सबैका लागि न्याय सुनिश्चित गर्न आफू लागिपर्ने बताए । सिंहदरबारमा बसेको सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो भावी योजना प्रस्तुत गर्ने क्रममा उनले यो प्रतिबद्धता व्यक्त गरेका हुन् । न्यायमा ढिलासुस्ती र खर्चिलोपन हुन नदिनका लागि आफूले सक्दो पहल गर्ने शर्माको भनाइ छ । प्रस्तावित न्यायाधीश शर्माले मानव अधिकारको विश्वव्यापी घोषणा, संवैधानिक तथा कानुनद्वारा प्रदत्त अधिकारको उल्लङ्घन भएमा प्रत्येक व्यक्तिलाई सक्षम अदालतबाट प्रभावकारी कानुनी उपचारको व्यवस्था गरेकाले सबैलाई न्यायबाट वञ्चित हुनुपर्ने अवस्था नरहेको दाबी गरे ।

 काठमाडौं । एसीसी यू–१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ ।   नेपाल क्रिकेट संघ(क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो ।   टोलीमा यू–१६ इस्ट जोन कप खेलेर फर्किएका ३ मुख्य खेलाडीलाई समेत थपेर टिम सार्वजनिक गरिएको छ ।   यू–१६ टिमबाट कप्तान अभिषेक तिवारी, नरेन भट्ट र निरज यादवलाई समावेश गरिएको छ । अभिषेक तीव्र गतिका बलर हुन् । निरज ओपनर ब्याटर हुन् भने नरेन मध्यगतिका ब्याटर हुन् ।   यू–१९ टिमको प्रारम्भिक टोलीमा आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर, दीपक ड्रुमे, दीपेक कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, देव खनाल छन् ।

पोखरा:   पोखरा महानगरपालिका १९ लामाचौरमा आजदेखि सुरु भएको १० औं संस्करणको लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ  नेपाल पुलिस क्लब र गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ ।  नव आदर्श सामुदायिक विकास समाजले हरितालिका तीजको अवसरमा आयोजना गरेको २५ औं संस्करणको तीज महोत्सव एमव् १० औं लामाचौर कपमा दोस्रो खेलमा नेपाल पुलिस क्लबे बुटवलको मणिमुकुन्द भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गर्दै पहिलो जित निकालेको हो ।  पहिलो सेट १५–२५ ले गुमाएको नेपाल पुलिसले उत्कृष्ठ पूनरागमन गर्दै २५-२१, १९-२५ र २५-२२ ले मणिमुकुन्द भलिबल क्लबलाई पराजित गरेको हो ।  यस्तै प्रतियोगिताको पहिलो खेलमा गण्डकी प्रदेशले गल्कोट स्पोर्टस क्लब बागलुङलाई ३-१ को सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ । गण्डकीले पहिलो र दोस्रो सेट २५-२१ र २६-२४ ले जितेपनि तेस्रो सेट २४–२६ले गुमाएको थियो भने, चौथो सेटमा उत्कृष्ट पूनरागमन गर्द २५-१९ ले जितेको थियो ।  प्रतियोगिताको पहिलो दिन पुरुषतर्फको पाँच खेल हुने आयोजकले जनाएको छ ।  संस्थाको २७ औं वार्षिकोत्सव एवम् २५ औं संस्करणको लामाचौर तीज महोत्सवमा १० औं संस्करणको लामाचौर कपमा राष्ट्रिय महिला भलिबललाई निरन्तरता दिएपनि पुरुष भलिबलको यो दोस्रो संस्करण भएको संस्थाका उपाध्यक्ष दिनेश भण्डारीले बताए ।  उनका अनुसार लामाचौर तीज महोत्सवमा राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितासँगै अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, अन्तर महिला समूहगत खुल्ला तीज गीत प्रतियोगितासमेत आयोजना गरिएको छ ।  पुरुष भलिबलतर्फ सशस्त्र प्रहरी बलको एपिएफ क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश, गल्कोट स्पोर्टस क्लब बागलुङ र बुटवलको मणिमुकुन्द भलिबल क्लबले सहभागिता रहेको छ ।  यस्तै महिला भलिबलतर्फ  सशस्त्र प्रहरी बलको एफिएफ क्लब, नेपाल पुलिस क्लब, न्यू डायमण्ड स्पोर्टस क्लब र न्यू एभरेष्ट भलिबल क्बल बुटवलले सहभागिता रहेको छ । महिलातर्फको खेल भोलि (भदौ ३०)देखि सञ्चालन हुने आयोजकले जनाएको छ ।  ‘लामाचौर कप’ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा दुवै विधाका विजेताले नगद १ लाख ५० हजार १ सय ११, दोस्रो हुने समूहले १ लाख १ सय ११ र तेस्रो हुने समूहले ५० हजार १ सय ११ रुपैयाँसहित ट्रफी पाउनेछन् ।   

पोखरा:   पोखरा महानगरपालिका १९ लामाचौरमा आजदेखि सुरु भएको १० औं संस्करणको लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ ।  नव आदर्श सामुदायिक विकास समाजले हरितालिका तीजको अवसरमा आयोजना गरेको २५ औं संस्करणको तीज महोत्सव एमव् १० औं लामाचौर कपमा गण्डकी प्रदेशले गल्कोट स्पोर्टस क्लब बागलुङलाई ३–१ को सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । गण्डकीले पहिलो र दोस्रो सेट २५-२१ र २६-२४ ले जितेपनि तेस्रो सेट २४-२६ले गुमाएको थियो भने, चौथो सेटमा उत्कृष्ट पूनरागमन गर्द २५-१९ ले जितेको थियो ।  प्रतियोगिताको पहिलो दिन पुरुषतर्फको पाँच खेल हुने आयोजकले जनाएको छ । अहिले मणिमुकुन्द भलिबल क्लब बुटवल र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा भइरहेको छ ।  संस्थाको २७ औं वार्षिकोत्सव एवम् २५ औं संस्करणको लामाचौर तीज महोत्सवमा १० औं संस्करणको लामाचौर कपमा राष्ट्रिय महिला भलिबललाई निरन्तरता दिएपनि पुरुष भलिबलको यो दोस्रो संस्करण भएको संस्थाका उपाध्यक्ष दिनेश भण्डारीले बताए ।  उनका अनुसार लामाचौर तीज महोत्सवमा राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितासँगै अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, अन्तर महिला समूहगत खुल्ला तीज गीत प्रतियोगितासमेत आयोजना गरिएको छ ।  पुरुष भलिबलतर्फ सशस्त्र प्रहरी बलको एपिएफ क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश, गल्कोट स्पोर्टस क्लब बागलुङ र बुटवलको मणिमुकुन्द भलिबल क्लबले सहभागिता रहेको छ ।  यस्तै महिला भलिबलतर्फ  सशस्त्र प्रहरी बलको एफिएफ क्लब, नेपाल पुलिस क्लब, न्यू डायमण्ड स्पोर्टस क्लब र न्यू एभरेष्ट भलिबल क्बल बुटवलले सहभागिता रहेको छ । महिलातर्फको खेल भोलि (भदौ ३०)देखि सञ्चालन हुने आयोजकले जनाएको छ ।  ‘लामाचौर कप’ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा दुवै विधाका विजेताले नगद १ लाख ५० हजार १ सय ११, दोस्रो हुने समूहले १ लाख १ सय ११ र तेस्रो हुने समूहले ५० हजार १ सय ११ रुपैयाँसहित ट्रफी पाउनेछन् ।   

पोखरा: तमु साँस्कृतिक प्रतिष्ठान नेपालले पोखरामा बिहिवारदेखि एक महिने तमु जातिको लोपोन्मुख नृत्य छ्याँडु प्रशिक्षण शुरु गरेको छ।   उच्च शिक्षा हाम्रो लक्ष्य नाराका साथ क्रियाशिल तमु साँस्कृतिक प्रतिष्ठानले गण्डकी प्रज्ञा प्रतिष्ठानको सहयोगमा प्रशिक्षक प्रशिक्षण शुरु गरेको हो।   पोखरा ११ शक्तिघाटस्थित तमु प्ये ल्हु संघमा आयोजित कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्यबहादुर खड्का विखर्चीले त्हुँदु र प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर गुरुङले छ्ेँले बजाएर प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।   कार्यक्रमका प्रमुख अतिथि कुलपति विखर्चीले गण्डकीको कला, सँस्कृति संरक्षण र विकासका लागि गण्डकी प्रज्ञा प्रतिष्ठानले सक्दो पहल र समुदायहरुसँग सक्दो सहकार्य गर्ने बताउनुभयो। उहाँले गण्डकी प्रदेश तमु जातिको आदिम थलो भएकाले तमु समुदायका कला, सँस्कृति, साहित्य संरक्षण, विकासका लागि प्रतिष्ठानले विशेष प्राथमिकता दिने बताउनुभयो। तमु समुदायको लोपोन्मुख छ्याँडु नृत्यको संरक्षणका लागि प्रशिक्षण उत्पादन गर्ने उद्धेश्यका साथ एक महिने प्रशिक्षक प्रशिक्षण र्काक्रममा प्रतिष्ठानले सहकार्य गरेको बताउनुभयो।   शुभकामना मन्तव्य व्यक्त गर्नुहुदै तमु धिं नेपालका अध्यक्ष हुमबहादुर तमुले प्रशिक्षण कार्यक्रम उपलब्धिमुलक हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले गण्डकी प्रज्ञा प्रतिष्ठानले गण्डकी प्रदेशको विशेष जनसमुदाय तमु जातिको कला, सँस्कृति, साहित्य, गीत संगीत क्षेत्रलाई प्रथामिकताका साथ योजना बनाएर अघि बढ्नुपर्ने बताउनुभयो।   तमु प्ये ल्हु संघ केन्द्रिय अध्यक्ष हितकाजी तमुले एक महिने प्रशिक्षणले तमुहरुको लोपोन्मुख छ्याँडु नृत्य संरक्षणमा विशेष योगदान पुर्याउने भन्नुहुदै गण्डकी प्रज्ञा प्रतिष्ठानले तमु समुदायका लोपोन्मुख सँस्कृति संरक्षणमा निरन्तर सहयोग गर्नुपर्नेमा जोड दिनुभयो।   तमु साँस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चित्रबहादुर तमुको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रथम उपाध्यक्ष श्रीजंग तमुले प्रशिक्षण कार्यक्रमको उद्धेश्यको बारेमा जानकारी गराउनुहुदै स्वागत र सचिव कञ्चन तमुले संचालन गर्नुभएको थियो। कार्यक्रममा विभिन्न समाजहरुबाट उपस्थित छ्याँडु गुरुले छ्याँडु प्रस्तुत गर्नुभएको थियो।   शुक्रवार विहानदेखि नियमित एक महिने प्रशिक्षक प्रशिक्षणमा तीस भन्दा बढी प्रशिक्षार्थीहरुको सहभागीता रहने प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर तमुले जानकारी दिनुभयो।      

पोखरा:  भक्तिगोविन्द भागवत श्री अध्ययन प्रतिष्ठानको आयोजनामा पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण मन्दिरमा यही भदौ ३० गतेदेखि असोज ६ गतेसम्म श्रीमद्भागवत महापुराण ज्ञानमहायज्ञ (सप्ताह) हुने भएको छ ।   प्रतिष्ठानद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बैदिक सनातन भागवत धर्म र संस्कृतिको संरक्षणार्थ भागवत जयन्तीको अवसर पारी ख्यातीप्राप्त कथावाचक ईश्वरकृष्ण महाराजबाट भागवत कथा वाचन गरिने प्रष्ठिानका उपाध्यक्ष विष्णुुप्रसाद पौडेलले जानकारी दिनुुभयो ।    भावगत जयन्तीकै अवसरमा असोज ६ गते प्रतिष्ठानद्वारा    गुरुकुल संस्कृत मा.वि. तह(कक्षा ९–१२) गण्डकी प्रदेशस्तरीय भागवत वाचन प्रतियोगिता समेत गर्न लागिएको सल्लाहकार माधवशरण उपाध्यायाले जानकारी दिनुुभयो । प्रतियोगितामा स्तुतिप्रकरण, गद्यप्रकरण र शलाका माध्यमद्वारा सम्पूर्ण भागवत अन्तर्गत वाचन गर्नुपर्ने व्यवस्था गरिएको छ । उहाँका अनुसार स्तुतिप्रकरणमा वेदस्तुति दशमस्कन्धको ८७ अध्याय, भीष्मस्तुति प्रथमस्कन्धको ९ अध्याय र रासपञ्चाध्यायी दशमस्कन्धको २९, ३०, ३१, ३२ र ३३ अध्याय निर्धारण गरिएको छ । त्यस्तै गद्यप्रकरणमा भरतोपाख्यान पञ्मस्कन्धको ७, ८ र ९ अध्याय तोकिएको छ ।   भागवत वाचनको यति, गति, लय, शुद्धाशुद्धी र स्पष्टतालाई आधार मानिएको जानकारी गराउँदै उहाँले प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः ११ हजार, सात हजार ५००, पाँच हजार र तीन हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको बताउनुुभयो । प्रतिष्ठानका सल्लाहकार एवम् राधाकृष्ण मन्दिरका पीठाधिश प्राज्ञ मुकुन्दशरण उपाध्यायले बेद, गीता जस्ता धार्मिक ग्रन्थहरू नेपालमा नै लेखिएको कुरालाई हामीले प्रचारप्रसार गर्न नसकेको बताउनुुभयो । हाम्रा मौलिक संस्कार र संस्कृतिको जगेर्ना गर्नु अपरिहार्य भएको बताउँदै उहाँले ज्ञानमहायज्ञमा कथा श्रवण गरी लाभान्वित बन्न सबैलाई आग्रह गर्नुभयो ।  प्रतिष्ठानका सल्लाहकार एवम् राधाकृष्ण मन्दिरका सह अध्यक्ष गणेशबहादुर खत्रीले प्रतिष्ठानले गर्न लागेको श्रीमद्भागवत् महापुुराण ज्ञानमहायज्ञ (सप्ताह) कुनै आर्थिक संकलनको उद्देश्यका साथ नभएको स्पष्ट पार्नुुभयो । महायज्ञका क्रममा भक्तजनबाट स्वतस्फुर्त प्राप्त भएको दान तथा सहयोग भने राधाकृष्ण मन्दिर, गुरुकुल आदिका लागि खर्च गरिने उहाँले जानकारी दिनुुभयो । प्रतिष्ठानका अध्यक्ष भक्ति अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रामचन्द्र सिग्देलले गर्नुुभएको थियो भने स्वागत उपाध्यक्ष विष्णुप्रसाद पौडेलले गर्नुभएको थियो ।   ज्ञान महायज्ञका लागि गठित उपसमितिमा अतिथि तथा मञ्च व्यवस्थापनतर्फ विष्णुुप्रसाद पौडेल, प्रचारप्रसारतर्फ रामचन्द्र सिग्देल, आवाश तथा प्रसाद व्यवस्थापनतर्फ घनश्याम खनाल र अर्थ व्यवस्थापनतर्फ शिशुकला पौडेल संयोजक रहनुुभएको छ ।  

काठमाडौं:  नेपाली कांग्रेस अछाम–काठमाडौं सम्पर्क समितिको सभापतिको जिम्मेवारी काँग्रेस नेता जनक बहादुर धामीले पाएका छन् ।  नेपाली काँग्रेस अछाम सभापति पुष्पबहादुर शाहले काँग्रेसको विधान २०१७ को दशौं संशोधन २०७८ को परिच्छेद ११ धारा ४१ बमोजिम सम्पर्क समितिको सभापतिको जिम्मेवारी प्रदान गरेका हुन् । उक्त जिम्मेवारीप्रति आभार व्यक्त गर्दै धामीले पार्टीको हितमा र अछामको विकासमा आफूले सक्दो काम गर्ने प्रतिबद्धता जनाएका छन् । पञ्चदेवल विनायक नगरपालिका वडा नं. २ अछाम स्थायी घर भएका धामी नेपालका सफल व्यवसायी तथा उद्यमी पनि हुन् । उनले अछामबाट काठमाडौंमा आएर बसेकाहरुलाई शिक्षा, स्वास्थ्य र रोजगारका लागि सक्दो सहयोग गर्दै प्राथमिकता दिदै आइरहेका छन् ।    आफूले जहिले पनि काँग्रेसको संगठन बलियो बनाउनका लागि प्रतिबद्ध र सक्रिय रहँदै आइरहेको बताउँदै धामीले आगामी दिनमा पार्टीको सम्पर्क समितिलाई अझै बलियो बनाउँदै लग्ने र काँग्रेस अछामलाई पनि बलियो बनाउन लाग्ने प्रतिबद्धता गरेका छन् । नेपाली काँग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि धामी उद्योग व्यापार विभागका पूर्व केन्द्रीय सदस्य हुन् ।