नापी कार्यालयका अमिन यादवविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडाैं | असोज २, २०८०

नापी कार्यालयका अमिन यादवविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं:  नापी कार्यालय लाहानमा कार्यरत अमिन (करार) दीपरन्जन यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गाधनी पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग १० हजार घुस लिइसकेको अवस्थामा यादवलाई गत भदौ ६ गते नियन्त्रणमा लिएको थियो ।

 

सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवम् उजुरी निवेलनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिइ गएको टोलीले यादवलाई नियन्त्रणमा लिएको हो । अख्तियारका प्रवक्ता भोला दाहालले यादवले सेवाग्राहीसँग घुस लिई भ्रष्टाचार निवारण एने अन्तर्गत कसुर गरेको पुष्टि भएको जानकारी दिनुभयो ।

 

उहाँका अनुसार बिगो १० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ को देहाय (क) बमोजिम कैद सजाय गरी सोही एनेको दफा ३ को उपदफा १ अनुसार बिगो बमोजिम जरिवानाको सजाय हुन मागदाबी लिइ आज विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

काठमाडौं:       हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यूनचापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसमविज्ञान विभागले अहिले देशभर आंशिक बदली र...

थप पढ्नुहोस्

काठमाडौं:    प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपा...

थप पढ्नुहोस्

पोखरा:   पोखरा महानगरपालिका–२७ तालचोकस्थित एक दोहोरी साँझका सञ्चालकले ग्राहक कुटेको आरोपमा प्रहरीले एकजनालाई प्रकाउ गरेको छ ।  दोहोरी साँझमा गएका तेजबहादुर गुरुङलाई कुटपिट गरी ...

थप पढ्नुहोस्