पोखराः अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्थानीय निकायविरुद्ध भ्रष्टाचारको उजुरी ह्वात्तै बढेको छ । आयोगले हालै प्रकाशित गरेको प्रतिवेदनलाई आधार मान्ने हो भने उजुरीमध्ये आधा हिस्सा स्थानीय निकायमा हुने गरेको भ्रष्टाचारसँग सम्बन्धित छ । प्रतिवेदनमा परेका उजुरीमध्ये ५२ प्रतिशत हिस्सा स्थानीय तहसम्बद्ध निकायविरुद्ध परेको देखिन्छ । आयोगका प्रवक्ता भोला दाहाल भन्छन् ‘खरिद निर्माणका काम गर्दा सार्वजनिक खरिद ऐन, नियमको पालना गरिएको देखिएन, सबै निकायलाई भन्न मिल्दैन तर अधिकांशले ऐन पालना नगरेको पाइएको छ ।’ स्थानीय तहले ऐन पालना गर्ने परिपाटी नभएको मात्र हैन निर्धारित समयमा काम नसक्दा पनि कागजीरुपमा कार्य सम्पन्न प्रतिवेदन बनाई भुक्तानी दिइएको पाइएको प्रवक्ता दाहालले बताएका छन् । ‘पालिकातर्फबाट सिफारिश दिन, अनुदान दिन, करारमा कर्मचारी भर्ना गर्न घुस मागिएको विषयमा उजुरीमा उल्लेख छ’ दाहालले भने ‘स्थानीय पदाधिकारीको कन्फ्ल्क्टि अफ इन्ट्रेस्टले काम गरेको पाइएको छ ।’ स्थानीय तहले उपभोक्ता समिति गठन गर्ने र अनुदान दिँदा आफ्नो लाइनको मान्छे हेर्दा त्यसको नतीजा सकारात्मक नभएको दाहालले उल्लेख गरेका छन् । ‘संघले जस्तै स्थानीय तहले विभिन्न सल्लाहकार नियुक्त गर्ने, नीति एवं योजना आयोग निर्माण गरी उपाध्यक्ष लगायतका पदाधिकारी राख्ने परिपाटीले भ्रष्टाचार बढेको आयोगको ठहर छ’ उनले भने । विकास निर्माणमा जटिल प्रकृतिका काम पनि उपभोक्ता समितिमार्फत गराउँदा रकमको दुरुपयोग हुने गरेको पाइएको भन्दै उनले त्यस्ता उपभोक्ता समितिको क्षमता मूल्यांकन गर्न नसक्दा विकासकै गतिमा असर पारेको उनले प्रष्ट्याए । ‘स्थानीय पदाधिकारीहरुको आफ्नै सवारी साधन र डोजर लगायतका सामग्री प्रयोग गर्दा बजार दरभन्दा बढी भुक्तानी हुने गरेको आयोगको ठहर छ । दाहाल भन्छन् ‘अनुदान वितरणमा आसेपासे र आफ्ना कार्यकर्ता च्याप्ने शैली वर्षेनी बढेको पाइएको छ ।’ आयोगले राष्ट्रपतिलाई बुझाएको तेत्तिसौं वार्षिक प्रतिवेदनमा उल्लेख भए अनुसार २० हजार ९०५ उजुरी दर्ता भएका छन् । जसमध्ये ७ हजार १६२ अघिल्लो आर्थिक वर्षबाट सरिआएका हुन् । आयोगका अनुसार ६६ प्रतिशत उजुरी फछर्याैट भएका छन् । कूल उजुरीमध्ये करिब पचास प्रतिशत आयोगको मुख्य कार्यालयमा दर्ता भएका छन् । सबैभन्दा कम उजुरी (३ प्रतिशत) नेपालगञ्जमा परेको छ भने पोखरा कार्यालयमा ५ प्रतिशत रहेको छ ।
पाटन अस्पतालमा उपचाररत दुई बिरामीको सुईको माध्यमबाट औषधि दिएको केहीबेरमै मृत्यु भएको छ । शनिबार दिउँसो अस्पताल भर्ना भएका दुई बिरामीलाई ड्युटीमा भएका नर्सले सुई मार्फत दुई एन्टिबायोटिक औषधि चलाएका थिए । त्यसको पाँच मिनेटमै दुबै बिरामीको मृत्यु भएको थियो । ओखलढुंगाकी ९० वर्षीया जनमाया राई र ललितपुरका ६८ वर्षीय कृष्णबहादुर नगरकोटीको मृत्यु भएको हो । मृतकका आफन्तले भने स्वास्थ्यकर्मीले गलत औषधि दिएका कारण मृत्यु भएको आरोप लगाएका छन् । अस्पतालका मेडिसिन विभागका प्रमुख डा। युवराज शर्माका अनुसार उनीहरु दुवै एउटै वार्डमा भर्ना भएका थिए । नगरकोटी १० कात्तिकमा र राई १६ कात्तिकमा उपचारका लागि अस्पताल भर्ना भएका थिए ।डा.शर्माका अनुसार राईमा निमोनिया भएको थियो । अक्सिजन दिएर उपचार गरिएको थियो । त्यस्तै, नगरकोटीमा भने निमोनियासँगै कलेजोको समस्या देखिएको थियो । तर, नगरकोटीमा उपचारपछि स्वास्थ्य अवस्था राम्रो हुँदै आएको थियो । डिस्चार्ज गर्ने भन्ने चिकित्सकको योजना थियो । डा.शर्माका अनुसार राई र नगरकोटीलाई सेफ्ट्रियाक्सोन र रगत पातलो गर्ने औषधि ९हेपारिन० र चलाइएको थियो । डा. शर्माले बिरामीको मृत्यु हुनुमा इन्जेक्सन नै मुख्य कारण नहुने भन्दै संयोग हुनसक्ने बताए । ‘उहाँहरुलाई त्यही निमोनियाको सेफ्ट्रियाक्सोन एन्टिबायोटिक सात दिन चलाएर ठीक भइरहेको थियो,’ डा. शर्माले भने, ‘यो औषधि सुरक्षित नै हो । यस्ता बिरामीलाई यो औषधि दिने भन्ने मेडिकल साइन्समा नियम नै छ । एउटै वार्डमा रहेको सँगसँगै बित्तिनुभयो । तर, त्यो संयोग हुनसक्छ ।’ राईको उमेर पनि धेरै भइसकेका हुनाले अन्य कुनै पनि कारणले मृत्यु भएको हुनसक्ने चिकित्सक बताउँछन् । कहिलेकाहीँ रगतको ढिक्का उछिट्टएिर, अचानक मुटुको घड्कन अनियन्त्रित भई मृत्यु भएको हुनसक्ने डा। शर्माले बताए । अस्पतालका निर्देशक डा। रवि शाक्यका अनुसार कहिलेकाहीँ जेष्ठ नागरिकको अचानक मृत्यु हुनु स्वाभाविक मानिन्छ । ‘नर्सले औषधि दिइसकेपछि तुरुन्तै ५ मिनेट भित्र नै दुवैको मृत्यु भएको थियो । त्यसकारण पनि बिरामीको आफन्तलाई शंका उत्पन्न भएको हो,’ शाक्यले भने, ‘औषधिकै कारणले मृत्यु नभएकोमा हामी विश्वस्त छौं । यद्यपि हामी पनि के कारण भयो भन्ने कुरा जान इच्छुक छौं ।’ आइतबार ललितपुरको प्रहरी प्रशासनको रोहबरमा अस्पताल प्रशासन र बिरामीको आफन्तबीच छलफल भएको थियो । जुन छलफलबाट औषधि परिक्षण र मृत्युको कारण पत्ता लगाउनका लागि पोस्टमार्टम गरिने भएको छ । इक्जेन्सन दिएपछि उक्त घटना भएको हुनाले अस्पताल प्रशासनले औषधिलाई परीक्षणको लागि पठाइएको छ । ‘हामीले नियमित हजारौं बिरामीलाई चलाइरहेको औषधि हो । जुन हरेक अस्पतालमा एक नम्बरमा प्रयोग हुने औषधि हो,’ डा। शर्माले भने, ‘औषधिको गुणस्तरीयता हेछौं । अन्य बिरामीलाई उक्त औषधि प्रयोग नगर्ने निर्देशन पनि दिइसकेका छौं ।’ त्यसैगरी, मृत्युको कारण पत्ता लगाउनका लागि मृत्तकको पोस्टमार्टम गरिने भएको छ । ‘गतल औषधिको कारणले मृत्यु भएको रहेछ भने सजाय हुन्छ । कानुन अनुसार कारबाही हुन्छ,’ डा। शर्माले भने, ‘मृत्यु के कारण हो भन्ने कुरा थप पोस्टमार्टमपछि पनि थाहा हुन्छ ।’ओखलढुंगाकी ९० वर्षीया जनमाया राइका आफन्त कन्भिन्स भएर लास घर लगेका छन् । यस्तै, ६८ वर्षीय कृष्णबहादुर नगरकोटी भने पोस्टमार्टका लागि लास अस्पतालमा रहेको छ ।
जाजरकोट: जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर शुक्रबार गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या घटेको छ । स्थानीय प्रशासनले यसअघि जाजरकोटमा मात्र १ सय ५ जनाको मृत्यु भएको जनाएको थियो । जाजरकोटको नलगाड नगरपालिकाका तीन जना मृतकको ठेगाना र मृत्यु भएको स्थान फरकफरक परेकाले दोहोरिएको र अर्को एक जनाको नागरिकता र बोलाउने नाम छुट्टाछुट्टै रहेको र दुवै नाम रेकर्डमा टिपिएकाले ४ जनाको संख्या दोहोरिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले प्रस्ट्याएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सुनिल थापा नेपालीका अनुसार नलगाड नगरपालिका ८ की सरिता सिंह, नलगाड ७ का रेगम सिंह, नलगाड १२ की मिना बिष्टको नाम दोहोरिएको हो । त्यस्तै टेकबहादुर पुनको व्यक्ति एकै र नाम दुई हुँदा संख्या दोहोरिएको थियो । जाजरकोटको भेरी नगरपालिकामा ४२ जनाको मृत्यु भएको छ । त्यस मध्ये २८ महिला १४ पुरुष छन् । जाजरकोटकै नलगाड नगरपालिकामा ५१, कुशे गाउँपालिकामा ७ र छेडागाड नगरपालिकामा १ जनाको गरी १ सय १ जनाको मृत्यु भएको छ । त्यस्तै रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । दुवै जिल्लामा गरेर ज्यान गुमाउनेको संख्या जम्मा १ सय ५३ मात्र निश्चित भएको प्रजिअ सुनारले बताए । मृत्यु हुनेमा ९७ सय महिला र ५६ पुरुष छन् ।
नबिल बैंक लिमिटेडले पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रका जनतालाई राहत सामग्री उपलब्ध गराएको छ । प्रभावित क्षेत्रको जनताको उद्धार तथा राहतका लागि बैंकले एक करोड रुपियाँ बराबरको राहत सामग्री वितरण गर्ने निर्णय गरेको हो । जिल्ला विपद् व्यवस्थापन समिती जाजरकोटद्वारा सञ्चालित एकद्वार राहत सङ्कलन र वितरण केन्द्रलाई बैंकको प्रतिनिधित्व गर्दै प्रमुख बजार अधिकृत कृष्ण सुवेदीले सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत हस्तान्तरण गरेका छन् । गत शुक्रबार मध्यरात जाजरकोटलाई केन्द्र बनाएर ६।४ रेक्टर स्केलको भूकम्प जाँदा पश्चिम नेपालमा ठूलो धनजनको क्षति भएको थियो । प्रभावित क्षेत्रका जनतालाई सहयोग गर्ने नबिल बैंकको आकस्मिक निर्णयसँगै राहत उपलब्ध गराइएको हो । प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाका अनुसार बैंकले खाद्यन्न, त्रिपाल, ब्लाङ्केट, औषधिलगायतका एक करोड बराबरको राहत सामग्री उपलब्ध गराउने भएको छ । ‘‘हामीले भूकम्प प्रभावित क्षेत्रका जनताको घाउमा मलम लगाउन सहयोग पुगोस् भनेर यो राहत उपलब्ध गराएका हौँ, यो हाम्रो सामाजिक उत्तरदायित्व पनि हो,’’ उहाँले भन्नुभयो । उहाँले जाजरकोट र रूकुम पश्चिम दुवै क्षेत्रमा राहत सामग्री उपलब्ध गराउने जानकारी दिनुभयो । राहत सामग्री बोकेर नबिल बैंकको प्रतिनिधित्व गर्दै प्रमुख बजार अधिकृत सुवेदी तथा रारा क्लस्टर प्रमुख तपेन्द्र कुँवर जाजरकोट पुग्नुभएको थियो । नबिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न समयमा भइरहेको दैविक प्रकोप पीडितलाई राहत उपलब्ध गराउँदै आएको छ ।
पोखरा: बडा दशैं सकियो । अब तिहारको रमझम आउँदै छ । प्राय शैक्षिक संस्थाहरु अहिले बन्द नै छन् । एक महिनाको बिदामा कलेज पढ्ने विद्यार्थीहरु नयाँ नयाँ गन्तव्यको स्वाद फेर्न निस्किरहेका छन् । खासगरी पछिल्लो समय शाहसिक पदयात्रामा रम्ने संस्कार बढेको छ । बाह्य पर्यटकको तुलनामा अहिले आन्तरिक पर्यटकलाई ट्रेकिङमा देख्न पाइन्छ । पोखरा घुम्न आउनेहरु अचेल एक रात बिताउन घान्दु्रक, सिक्लेस, ल्वाङघलेल जस्ता पर्यटकीय गाउँमा उक्लिन्छन् । तर साँच्चिकै पदयात्रामा रम्ने हो भने उनीहरु उल्लेखित गाउँबाट केही माथि ठडिनु पर्छ । त्यसका लागि सिकलेसबाट कपुचे, ल्वाङघलेलबाट मर्दी र घान्दु्रकबाट टाडापानी–इसरू हुँदै कास्कीको अन्नपूर्ण गाउँपालिका ११ मा मुल्डे पुग्न सकिन्छ । जहाँ ३ वटा हाेटलकाे व्यवस्था छ । साे ठाउँ समुन्द्र सतहबाट ३ हजार ६ सय ३७ मिटरमा रहेको छ । घान्द्रुकहुँदै पुनहिल–घोरेपानी जोड्ने रुटमा पर्ने मुल्डे दोबाटोबाट २० मिनेटमा पुग्न सकिन्छ । पयटकीय स्थल मुल्डेमा भ्यू पार्कसँगै चौरी गोठहरु रहेका छन् । मौसम अनुसार त्यहाँ चौरी, बनैभरी लालाीगुँरासहरू पनि देख्न सकिन्छ । घान्द्रुकबाट एकै दिनमा पुग्न सकिने भएपनि एक रात टाडापानीमा बस्न उचित मानिन्छ । अर्काे दिन इसरु हुँदै दोबाटो पुगिन्छ । जहाँबाट २० मिनेटको दुरीमा रहेको मुल्डे भ्यू पार्कबाट अन्नपूर्ण साउथ, हिमचुली, माछापुच्छ्रे, मर्दी हिमाल, बौद्ध हिमाल, गणेश हिमाल, गन्दर्भचुली, मुस्ताङको निलगिरी, टुकुचे पिक, धवलागिरी, म्याग्दीको गुर्जा हिमाल लगायतका हिमशृङ्खला देख्न सकिन्छ । मुल्डे भ्यूपार्कका संयोजक तथा होटल व्यवसायी राजमानगुरुङका अनुसार मुल्डेबाट रुकुम रोल्पा, बागलुङ, मुस्ताङ, लमजुङ, बुटवल,स्याङ्जा, नवलपुर,चितवन, काठमाडौं लगायतको भू–भाग देख्न सकिन्छ भने कास्कीको विभिन्न पर्यटकीय स्थल फेवाताल, धम्पुस लगायतका स्थानपनि मुल्डेबाट अवलोकन गर्न सकिन्छ । सुनगाभा न्यूजको लेन्सबाट हेर्नुहोस्, मनमोहक मुल्डे:- तस्बिर: अमृत लामा गुरुङ
कञ्चनपुरमा बेपत्ता महिला मृत अवस्थामा फेला परेकी छन् । आइतबारदेखि बेपत्ता भएकी शुक्लाफाँटा नगरपालिका-७ कि नारूदेवी जोशी मृत भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले जोशी सोमबार बिहान मध्यवर्ती सामुदायिक वनमा उनी मृत अवस्थामा भेटिएको जानकारी दिए । उनका अनुसार मृत भेटिएकी महिलाको घाँटीमा निलडाम रहेकाले हत्याको आशंका गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेकपा (माओवादी केन्द्र)ले मंसिर २२ गते काठमाडौंमा गर्ने भनेको जनप्रदर्शन स्थगित गरेको छ। जाजरकोटको रामीडाँडा केन्द्र गरी ६।४ म्याग्नेच्युडको भूकम्प गएकाले अहिलेको परिस्थितिलाई मध्यनजर राख्दै मंसिर २२ को जनप्रदर्शन स्थगित गर्ने निर्णय गरिएको माओवादी केन्द्रका महासचिव देव गुरूङले बताए। ‘मंसिर २२ को काठमाडौंको जनपरिचालनमात्र स्थगित गरिएको छ। स्थानीय पालिका र वडास्तरका जनपरिचालन भने यथावत् छन्,’ महासचिव गुरूङले भने। माओवादी केन्द्रले बागमती प्रदेश, जवससम्बद्ध उपत्यका विशेष प्रदेश र उपत्यका सम्पर्क समन्वय प्रदेशको संयुक्त आयोजनामा काठमाडौं केन्द्रित जनप्रर्दशन गर्ने सर्कुलर गरेको थियो। ‘अभियानकै क्रममा पार्टीको बागमती प्रदेश, जनवर्गीय संगठनसम्बद्ध उपत्यका विशेष प्रदेश र उपत्यका सम्पर्क समन्वय प्रदेशको संयुक्त आयोजनामा यही मंसिर २२ गते काठमाडौंमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा सुदृढिकरण, राष्ट्रिय स्वाधीनताको रक्षा र प्रतिगमनको विरोध आदि विषयलाई लिएर जनप्रदर्शन गर्न र गराउन पहल गर्ने निश्चित गरिएको छ,’ सर्कुलरमा भनिएको थियो।
दाङमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको ज्यान गएको छ । बा ३३ प ३६३४ नम्बरको मोटरसाइकलले दाङको लमही नगरपालिका वडा नम्बर ८ सतबरीयामा साइकललाई ठक्कर दिँदा साइकलयात्री स्थानीय ५५ वर्षका भीमसेन थारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मोटरसाइकल चालक रसुवा कालिकास्थान नगरपालिका वडा नम्बर ५ का २३ वर्षका राजेश देवकोटा घाइते भएका छन् ।
रुकुम पश्चिममा भूकम्प परी जिल्ला बाहिरका तीन जना व्यक्तिको मृत्यु भएको छ । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पबाट कामको सिलसिला रुकुम पश्चिमको आठविसकोट नगरपालिकमा रहेका तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका मृत्युहुनेमा बर्दियाका दुई र रोल्पाका एकजना रहेका छन् । उहाँका अनुसार मृत्यु हुनेमा बर्दियाका ४७ वर्षीय खड्क विक र ३६ वर्षीय अनिल विक रहेका छन । उनीहरुको आठविसकोट–१४ को छेपारेमा मृत्यु भएको हो । त्यस्तै रुकुम पूर्व बस्दै आउनुभएका रोल्पाका ३० वर्षीय किस्मत पुनमगरको पनि भूकम्पमा परी मृत्यु भएको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो । पुनमगर पुनःनिर्माण कम्पनीको गाडी चालक हुनुहुन्थ्यो । रुकुम पश्चिममा भूकम्पमा परी तीन जना जिल्ला बाहिरका सहित ५२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

