कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भूकम्प पीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।   आज आइतवार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले पार्टीको तर्फबाट २५ लाख र पार्टीका सङ्घीय सांसद र प्रदेशसभा सदस्यको एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।   बैठकले भूकम्प प्रभावित क्षेत्रमा उद्धारमा पार्टीको तर्फबाट सहयोग गर्न जाजरकोटका प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीको संयोजकत्वमा र रुकुम पश्चिमका लागि पार्टीका सहायक महामन्त्री सौरेन्द्रबहादुर शाहको संयोजकत्वमा जनपरिचालन गर्ने निर्णयसमेत गरेको छ ।   यस्तै बैठकले पार्टीले भूगोल केन्द्रित जिम्मेवारी कार्यक्रममध्ये जाजरकोट र रुकुम पश्चिमका कार्यक्रम आउँदो मङ्सिर १५ गतेसम्मका लागि र आमसभा, विरोधसभा तथा प्रदर्शनका कार्यक्रम कात्तिक मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ ।जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रविन्दु भएर गएको शुक्रवार राति गएको छ दशमलव चार रेक्टर स्केलको भूकम्पले जाजरकोट तथा रुकुम पश्चिममा भएको जनधनको क्षतिप्रति राप्रपाले दुःख प्रकट गरेको छ ।

काठमाडौं:    सामाजिक सञ्जालको दुरुपयोग रोक्नका लागि नेपाल प्रहरी र टिकटकबिच छलफल भएको छ । सामाजिक सञ्जालनमा प्रकाशन तथा प्रसारण हुने गैरकानूनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउन र दोषीमाथि कारबाही गर्न नेपाल प्रहरीको साइवर ब्युरोलगायत सरकारी निकाय र टिकटकको कार्यालय, सिंगापुरबिच शुक्रबार छलफल भएको हो । उक्त छलफलबाट टिकटकमार्फत सामाजिक सद्भाव बिगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट व्यक्तिहरूको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव बिगार्ने र अश्लील खालका गतिविधि तथा सामग्रीहरू हटाउन र त्यस्ता कार्य गर्ने व्यक्ति पत्ता लगाएर कारबाहीको दायरामा ल्याउन सहज हुने गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  ‘जिम्मेवार नागरिकको रूपमा कानुनसम्मत शिक्षामूलक र सामाजिक सद्भाव नबिगार्ने सामग्री मात्र प्रकाशन, प्रसारण गरी असल नागरिकको भूमिका निर्वाह गर्न र गैरकानूनी कार्य गरेबापत हुने कानुनी कारबाहीबाट बच्न सम्बन्धित सबैमा अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।  

काठमाडौं: ओमानले आइसिसी टि-२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा घरेलु टोली नेपाललाई सुपर ओभरमा हराउँदै उपाधि जितेको छ ।   सुपर ओेभरमा जितको लागि नेपाललाई २२ रन चाहिँएको थियो । तर ओमानका बिलाल खानले १० रन दिँदै नेपालबाट उपाधि लगेका थिए । सुपर ओभरमा नेपालबाट ब्याटिङ गर्न कुशल भुर्तेल र गुलशन झा आएका थिए ।   ओमानका बिलाल खानले बलिङ गरेका थिए । बिलाल खानले पहिलो बलमा कुशल भुर्तेललाई पहिलो बलमै क्याच आउट गरेका थिए ।   कुशल मल्ल ब्याटिङमा आएका थिए । दोस्रो बल कुशललाई योर्करमा डट राखे । तेस्रो बलमा एक रन लिएका थिए । चौथो बलमा गुलशनलाई एक रन दिएपछि नेपालको जितको सम्भावना समाप्त भएको थियो ।   पाँचौं बलमा कुशल मल्लले चौका हाने । अन्तिम बलमा चौका लिएपनि जितको लागि पर्याप्त थिएन ।   सुपर ओभरमा नेपालका अभिनाश बोहराले २१ रन दिएका थिए । ओमानका अकिब इल्यास र नसिम खुसी ब्याटिङमा आएका थिए । अभिनाशले पहिलो बल अकिबलाई एक रन दिएका थिए ।   दोस्रो बलमा खुसीले डिप मिडविकेटमा छक्का हाने । तेस्रो बल उनले डट राखेका थिए ।   चौथो बलमा खुसीले पुन डीप स्क्यायर लेगमा छक्का हाने । पाँचौं बल वाइड फ्याँले । सुरुवाती चार बलमा १४ रन जोडेको थियो । पाँचौं बलमा खुसीले काउकर्नरमा छक्का हाने । पाँच बलमा २० रन बटुलेको थियो ।   अन्तिम बलमा एक रन जोडेपछि सुपर ओभरमा २१ रन बनाएको थियो ।   नेपालले समूह चरणमा सिंगापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएको थियो । ओमानसँग भने नेपाल ५ रनले पराजित भएको थियो ।   नेपालले सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै २०१४ पछि पहिलो पटक टि२० विश्वकपमा स्थान बनाएको थियो । उता ओमानले समूह चरणमा सबै खेल जितेको थियो ।   सेमिफाइनलमा बहराइनलाई १० विकेटले हराउँदै विश्वकपमा स्थान बनाएको थियो । ओमानले २०१६, २०२१ र २०२४ मा गरि तेस्रो पटक विश्वकपमा स्थान बनाएको हो ।

काठमाडौं:   नेपाल प्रहरीले नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा १० जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । आइतबार उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा काठमाडौंका विभिन्न स्थानबाट नौ जना र एक जनालाई उदयपुरबाट पक्राउ गरी सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्नुहुँदै अपराध अनुसन्धान कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौरले २९६ अनुसन्धानरत नक्कली प्रहरी रिपोर्ट, नक्कली श्रमस्वीकृति, प्लस टुको नक्कली सर्टिफिकेट, नक्कली नाताप्रमाणित डकुमेण्टका आधारमा अनुसन्धानबाट १० जना पक्राउ गरिएको बताउनु भयो । उहाँले अनसन्धानबाट पक्राउ पर्ने नवलपुर जिल्ला मध्यबिन्दु नगरपालिका स्थायीघर भएका जयराम श्रेष्ठले नक्कली कागजात बनाउने काम गरेको बताउनु भयो । एसएसपी राठौरले नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहबाट पक्राउ पर्नेहरुमा नवलपुर जिल्ला मध्यबिन्दु नगरपालिका घर भएका जयराम श्रेष्ठ, गोर्खाका भक्तबहादुर थापा, गोर्खा बारपाकका विपिन ढकाल, गोर्खाकै अजित फेवाली, उदयपुर बेलकाका आशिष श्रेष्ठ, काभ्रेपलाञ्चोकका जीवनराम तामाङ, काठमाडौंका साईरस विशंखे, काठमाडौंका दीपक के।सी र सल्यानका बलबहादुर रावत रहेको बताउनु भयो । एसएसपी राठौरले अनुसन्धानको क्रममा एक जना प्रहरी उदयपुरका ३० वर्षीय आशिष श्रेष्ठलाई पनि पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको जानकारी दिनुभयो । उहाँका अनुसार गिरोहले भिजिट भिषामा नक्कली कागजतामा पठाउने विषयमा कतिपय मानिसहरुलाई थाहा समेत नभएको पाइएको छ । उहाँले विदेश जानको लागि पैसा दिएको तर नक्कली भिजिट भिसामा विदेश पठाउनेबारे जानकारी नभएको अनुसन्धानमा खुलेको बताउनु भयो । यसैगरी, प्रहरीले नक्कली शैक्षिक प्रमाण लगायत अन्य २९६ कागजातहरु बरामत गरेको छ । प्रहरीले अनुसन्धानको क्रममा पक्राउ परेका दीपक के.सीले भक्तबहादुर थापालाई ह्वाट्सएपमार्फत विभिन्न व्यक्तिहरुबाट संकलन गरेको राहदानीको फोटो खिची विभिन्न नक्कली कागजातहरु बनाउन अर्डर दिने र प्रतिव्यक्ति १० हजार लिने गरेको खुल्न आएको छ ।

पोखरा:   पोखरा महानगरले उज्यालो अभियान अन्तरगत पोखरा बजार क्षेत्रमा २३ वटा हाइमास्ट र २ हजार ७ वटा सडकबत्ती (स्मार्ट लाइट) जडा गर्याे ।   मेयर धनराज आचार्य र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तामझामसहित विधिवत उद्घाटन गर्दै सञ्चालनमा ल्याए । त्यसयता अहिले रातको समयमा पोखरा झलमल्ल छ ।   नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्र मालेपाटन शाखाको तथ्याङमा पोखरा क्षेत्रबाट ३५ करोड ८२ लाख रुपैयाँ महसुल बक्यौता छ ।   उज्यालो अभियान अन्तरगत जडित २३ हाइमास्ट र २ हजार ७ वटा स्मार्ट लाइटको ८ लाख ७७ हजार बक्यौता देखिएको छ भने पोखरा महानगरपालिका भित्र नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रको कार्यक्षेत्रभित्र जडान भएका कुल सडकबत्तीको ११ करोड ७० लाख बक्यौता देखिएको छ ।      नेपाल विद्युत प्राधिकरण मालेपाटन शाखाका अनुसार सो हाइमास्ट र सडक बत्तीका लागि पोखरामा ९० वटा मिटर जडान भएको छ ।      सोही मिटर अनुसार पोखरा महानगरको नाममा ८ लाख ७७ हजार महसुल बक्यौता रहेको नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्र मालेपाटन शाखाका लेखा प्रमुख मनिराम पौडेलले बताए ।   ‘गत र चालु आर्थिक वर्षमा पोखराको सडकमा जडान भएका सडक बत्तीको लागि ९० वटा मिटर जडान भएको छ, उनले भने, ‘८ लाख ७७ हजार पोखरा महानगरको नाममा बक्यौता देखिएको छ भने बाँकी रकम अर्थमन्त्रालयमा मार्फत उर्जा मन्त्रालयमा रकम मिलान हुन बाँकी छ ।’ उनले कोरोना भाइरसको समयमा सरकारले घोषणा गरेको विभिन्न उद्योग, व्यक्ति, व्यवसायीहरुकोसमेत ११ करोड ५७ लाख बक्यौता रहेको बताए ।    यस्तै कोभिडको समयमा सरकारले अनुदान दिएको महसुलको रकमपनि प्राधिकरणसँग मन्त्रालयले हिसाब मिलान गर्न बाँकी रहेको पौडेलले जानकारी दिए ।   तिरेनन् महसुल, काटिइयो लाइन   नेपाल विद्युत प्राधिकरणले ६० औँ दिनसम्म बक्यौता रकम तिर्न समयसिमा निर्धारण गरेको छ । जसमा ६१ औं दिनबाट जुन पनि लाइन काटिन सक्ने प्राधिकरणले जनाएको छ ।    यस्तै समयसिमा भित्र बक्यौता रकम नतिर्ने कास्की कारागार र गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास  तथा यातायात व्यवस्था मन्त्रालयको लाइन पोखरा मालेपाटन शाखाले लाइन काटेको छ ।    मालेपाटन शाखाका अनुसार कास्की कारागारमा प्राधिकरणका तीन वटा ग्राहक छन् । जसमा एक ग्राहकले १३ महिना र दुई ग्राहकको नाममा १० महिनाको बक्यौता बाँकी छ । लेखा प्रमुख पौडेलका अनुसार कास्की कारागारको तीन ग्राहकको नाममा १९ लाख ८७ हजार ४ सय रुपैयाँ बक्यौता तिर्न बाँकी छ । कारागारमा बारम्बार बक्यौता तिर्न आग्रह गरिएपनि रकम नआएपछि लाइन काटेको प्राधिरणको भनाई छ ।    यस्तै गण्डकी प्रदेश भौतिक तथा पूर्वाधार विकास मन्त्रालयको २७ हजार ६४ रुपैयाँ ९६ पैसा बक्यौता रहेको मालेपाटन शाखाको तथ्याङ्कमा उल्लेख छ ।   कसको बक्यौता कति ?   नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्र मालेपाटन शाखाका अनुसार सबैभन्दा बढी पोखराको हाइस्मार्ट र सडकबत्तीको बक्यौता छ ।    पोखरा महानगरपालिका भित्र नेपाल विद्युत प्राधिकरणको कार्यक्षेत्र भित्र जडित कुल सडक बत्तीको ११ करोड ७० लाख, व्यक्ति (ग्राहक)को नाममा ७ करोड १५ लाख र उद्योग, व्यवसायीहरुको नामममा १ करोड २० लाख रुपैयाँ बक्यौता उठ्न बाँकी छ ।    यस्तै अन्य बक्यौतामा ३ करोड १६ लाख गरेर कास्कीमा ३५ करोड ८२ लाख बक्यौता उठ्न बाँकी रहेको पोखरा वितरण केन्द्र मालेपाटनले जनाएको छ ।   कास्कीमा ९७ हजार ग्राहक रहेको मालेपाटन शाखाले जनाएको छ ।    नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्र मालेपाटनले कात्तिक १९ गतेसम्म १ हजार २ सय ६२ जना ग्राहकको लाईन काटेर १ करोड ३४ लाख ४३ हजार ८ सय ५७ रुपैयाँ बक्यौता असुली गरेको जनाएको छ ।  ***(सच्चाइएको)

पोखरा:   छैठौं संस्करणको मिस मगर नेपाल–२०२३ का अन्तिम १० प्रतिस्पर्धीले सेल्फ ट्यालेण्ट राउण्डमा आ–आफ्ना विभिन्न प्रस्तुती राखेका छन् ।  शनिबार होटल पोखरा ग्राण्डमा आयोजित सेल्फ ट्यालेण्ट राउण्ड कार्यक्रममा अधिकांशले नृत्य प्रस्तुत गरे भने केही कविता वाचन, अभिनय र विषयगत प्रस्तुती राखे । पूर्वको उदयपुरदेखि पश्चिमको सुर्खेतसम्मका मिस मगर नेपालका प्रतियोगीले आ–आफ्ना अन्तरनिहित प्रतिभा प्रस्तुत गरेका हुन् । सेल्फ ट्यालेण्ट राउण्डको प्रमुख निर्णायकमा मेजन पुन, निर्णायकमा गोविन्द पुनमगर, शान्ति श्रीसमगर र दिलीप रानामगर रहनुभएको थियो ।  कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक बुद्धिराज गुरुङले अहिलेका युवा पुस्तालाई विदेश पलायन हुने सपना नदेख्न सुझाव दिनुभयो ।  आफ्नै देशमा बसेर केही गर्ने सोंच बनाउनुपर्ने आवश्यकता औंल्याउँदै उहाँले पैसालाई मात्रै सबैथोक ठान्न नहुने धारणा व्यक्त गर्नुभयो । आफ्नो मातृभाषा, संस्कार, संस्कृतिबारे युवा पुस्तालाई सचेत बनाउने उद्देश्यले मिस मगरको आयोजना गरेकोमा खुशी लागेको जनाउँदै प्रहरी नायब महानिरीक्षक गुरुङले मगर समुदायलाई नीति निर्माण तहमा पु¥याउन स्वदेशमै बस्ने वातावरण बनाउनुपर्ने बताउनुभयो ।  नेपाल मगर संघका केन्द्रीय कोषाध्यक्ष पूर्णबहादुर रानाले मगर समुदायको पहिचानलाई स्थापित गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने बताउँदै युवा पुस्तामा आफ्नो पहिचानप्रति चासो जगाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । नेपाल मगर संघ, गण्डकी प्रदेशकी अध्यक्ष तारामाया थापाले मिस मगर प्रतियोगीहरूलाई देशको नेतृत्व गर्ने जनशक्ति बन्ने गरी अघि बढ्न शुभकामना दिनुभयो । नेपाल मगर संघ, कास्कीका सचिव लालबहादुर रानाले मगर समुदायको हितमा हुने कार्यका लागि नेपाल मगर संघ सधैं साथमा रहेको धारणा व्यक्त गर्नुभयो ।  कार्यक्रममा मिस मगर नेपालका कार्यक्रम निर्देशक सुरज थापाले कार्यक्रमका बारेमा बोल्नुभएको थियो भने मिस मगर नेपालका निर्देशक तथा नेपाल मगर संघ, कास्कीका संस्कृति बिभाग प्रमुख शिव थापाले स्वागत गर्नुभएको थियो ।  कार्यक्रम संयोजक रूद्रबहादुर श्रीसको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मिस मगर नेपाल २०२२ की थर्ड रनरअप तथा कोरियोग्राफर प्रियंका गर्बुजाले गर्नुभएको थियो ।  “मगर भाषा, संस्कृतिको उत्थान, प्रतिभाको प्रस्फुटन, हाम्रो अभियान” भन्ने मूल नाराका साथ एसटी क्रियशनद्वारा आयोजित छैठौं संस्करणको मिस मगर नेपालको ग्राण्ड फिनाले भने यही कात्तिक २४ गते होटल पोखरा ग्राण्डीमै भब्य साँस्कृतिक कार्यक्रम सहित हुने कार्यक्रम संयोजक रूद्रबहादुर श्रीसले जानकारी दिनुभयो ।  सोल फेशन काठमाण्डौ र आई.एफ.सी. फेशन कलेज पोखराद्धारा निर्माण गरिएको कलात्मक पोशाकमा सजिएर उत्कृष्ट १० प्रतियोगिहरुले करिब एक महिना सम्म सिकेका कुराहरुलाई ग्राण्ड फिनालेमा प्रस्तुत गर्दैछन् । सुस्मिता पुन, सनम गर्बुजा, मिलन थापा र प्रियंका गर्बुजाको कोरियोग्राफी रहने मिस मगर नेपाल २०२३ को अन्तिम प्रतिस्पर्धीका रुपमा बबिता बाकाबल, विनु राना, दिवा पाइजा, एलिना थापा, चिना पुन, दीक्षा थापा, सलिना राना, उमा पुन, कविता थापा र खगी थापा रहेका छन् ।  

पोखरा:  पोखरा महानगरपालिका ४ मानवअधिकार चोकमा जुवा खेलिरहेको अवस्थामा ६ जनालाई ४६ हजार ९ सय ७५ रुपैयाँसहित कास्की प्रहरीले प्रकाउ गरेको छ ।  पोखरा ४ मानवअधिकार चोकमा यमबहादुर गुरुङले सञ्चालन गरेको प्रिन्सी किराना पसलमा जुवातास खेलिरहेको गोप्य सूचनाका आधारमा ६ जनालाई प्रकाउ गरेको कास्की प्रहरीले जनाएको छ ।  प्रकाउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर १५ रामबजार बस्ने ३२ वर्षीय पसल सञ्चालक यमबहादुर गुरुङ, पोखरा १० फुलबारी बस्ने ३५ वर्षीय भोजबहादुर गुरुङ, रामबजार बस्ने ३२ वर्षीय गमाुन गुरुङ, पोखरा १ बगर बस्ने ४८ वर्षीय ज्योतिन्द्र विक, पोखरा १५ फलेपाटन बस्ने ५० वर्षीय बमबहादुर पुन र पोखरा १७ घारीपाटन बस्ने ४० वर्षीय शान्ति गुरुङलाई प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  प्रकाउ परेका ६ जनालाई जुवा सम्बन्धी मुद्धामा अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ । 

नेपाल प्रहरीको साइबर ब्यूरोले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग सोधपुछ गरेको छ।   प्रसाईंलाई आइतबार दिउँसो भोटाहिटीस्थित साइबर ब्‍यूरोमा बोलाएर केहीबेर सोधपुछ गरिएको प्रहरीले जानकारी दिएको छ।   ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपतिकुमार रायले अनुसन्धान अधिकृतले केही विषयमा बुझ्नका लागि प्रसाईंलाई बोलाएको बताए।    ‘केही कुरा भेरिफाइ गर्नुपर्ने भएकाले अनुसन्धान अधिकृतले बोलाउनुभएको थियो,’ उनले भने। के विषयमा प्रसाईंसँग सोधपुछ गरिएको हो भन्नेबारे प्रहरीले खुलाएको छैन। साइबर ब्यूरोबाट फर्किएपछि प्रसाईंले आफूले धेरै बोलेकाले प्रहरीले नबोल्न आग्रह गरेको बताए।

नेपाली कांग्रेसका सांसदले भूकम्प पीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि १५ दिन बराबरको तलब सहयोगस्वरुप उपलब्ध गराउनुहुने भएको छ ।   आइतबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदको १५ दिन बराबरको तलब सहयोग गर्ने निर्णय भएको हो ।   प्रमुख सचेतक रमेश लेखकद्वारा जारी विज्ञप्तिमा गत शुक्रबार राति ११ः४७ मा जाजरकोट केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पका कारण मानवीय क्षति, भौतिक क्षति सयौँ घाइतेप्रति कांग्रेस संसदीय दल कार्यसमितिले गहिरो दुःख प्रकट गरेको उल्लेख छ । बैठकले विनासकारी भूकम्पका कारण जीवन गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेको छ ।