काठमाडौं: सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप संकटमा परेको भन्दै फिर्ता लिन माग गर्दै नेपाल सुनचाँदी व्यवसायी तथा कालिगड संघर्ष समितिले आइतबार काठमाडौंको न्युरोड क्षेत्रमा प्रदर्शन गरेका हुन् । बजेटमा अव्यवहारिक र अनावश्यक रूपमा २ प्रतिशत विलासी करको व्यवस्था गरिएकाले यसलाई खारेज गर्नुपर्ने उनीहरूको भनाइ छ । सुनका गहनामा प्रयोग हुने बहुमूल्य पत्थर र हिरामा लागू गर्न खोजिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर ९भ्याट० खारेज हुनुपर्ने आफूहरूको माग रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मानिकरत्न शाक्यले बताए । बजेटमार्फत सरकारले गरेको व्यवस्थाले आफूहरूको व्यापारमाथि नकारात्मक असर पर्ने देखिएको उनको भनाइ छ । उनीहरूले सुनचाँदीमा लगाएको विलासिता कर खारेज गर, हामी विरोधमा छौ, उपभोक्ता, कालिगड तथा व्यवसायीमैत्री ऐन तुरुन्त जारी गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका छन् ।
सुनसरी: सप्तकोसी नदीमा उद्धार तालिमको क्रममा बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान सुरज साउदको शव फेला परेको छ। उनको शव कोसी ब्यारेजको ५५ नम्बर ढोका नजिकै शनिवार फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। यसअघि पनि तालिमका क्रममा बेपत्ता भएका अर्का एक जवानको शव फेला परिसकेको सुनसरी शास्त्र प्रहरीका एसपी निर्मल थापाले जानकारी दिनुभयो । घटनापछि स्थानीय प्रशासन, सशस्त्र प्रहरी बल तथा उद्धार टोलीले संयुक्त खोज तथा उद्धार कार्य जारी राखेका थिए। उद्धार तालिमका क्रममा भएको यो दुःखद दुर्घटनाले सुरक्षा तालिमका जोखिम र पूर्व तयारीप्रति गम्भीर ध्यानाकर्षण गराएको छ। गत बिहीबार यस प्रदेशमा कार्यरत दुई जना सशस्त्र प्रहरी जवानहरू सप्तकोसी नदीको पानीमा अभ्यास गरिरहेका थिए। अभ्यास गरिरहेका थिए। यो पनि पढ्नुहोस सप्तकोशीमा वेपत्ता दुई सशस्त्र प्रहरीमध्ये एक जनाको शव फेला
काठमाडौं: नागढुंगा–नौबिसे सडक खण्डमा सोमबारदेखि थप पाँच दिन बन्द हुने भएको छ । सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले जेठ २६ गतेदेखि ३० गतेसम्म दिनहुँ साढे चार घण्टा सडक बन्द गर्ने नागढुङ्गा–मुग्लिङ्ग सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ । आयोजनाले जारी गरेको सूचनामा लेखिएअनुसार जेठ २६ गतेदेखि ३० गतेसम्म बिहान साढे १० बजेदेखि ३ बजेसम्म सडक बन्द हुनेछ । अवधिमा साना तथा मझौला गाडीहरुका लागि सीतापाइला-रामकोट-धार्के सडक र सामाखुसी-टोखा(छहरे-त्रिशूली (विदुर)-गल्छी सडक विकल्पको रुपमा प्रयोग गर्न सकिने सूचनामा उल्लेख छ ।
काठमाडौं: आइसिसी विश्वकप लिग-२ को एकदिवसीय त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेपालले आज तेस्रो खेलमा स्कटल्याण्ड विरुद्ध खेल्दैछ । यो खेल स्कटल्यान्डको क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । समुहको पहिलो खेलमा स्कटल्याण्ड विरुद्ध नेपालले एक विकेटको जित निकालेको थियो । नेपाल आज सोही खेल दोहोर्याउने पक्षमा हुँदा स्कटल्याण्ड सुरुवाती हारको बदला लिने लक्ष्यमा हुनेछ । दुवैले आफ्नो पछिल्लो ५ खेलमा ३र३ जित निकालेका छन् । स्कटल्याण्ड १८ खेलबाट २२ अंकसहित तालिकाको चौथो स्थानमा रहदा नेपाल १४ खेलबाट १० अंकसहित तालिकाको सातौ स्थानमा छ ।
काठमाडौं: शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन हजारले घटेको छ । चाँदीको मोल पनि तोलामा रु ५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९० हजार ७०० कायम भएको छभने सोही परिमाणको चाँदीको मूल्य रु दुई हजार १४५ निर्धारण भएको छ । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३११ डलर कायम भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन् ।
झापा: पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कमल गाउँपालिका–३ सानो केर्खास्थित गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार मृत्यु हुनेमा इलाम सशस्त्र प्रहरी प्रहरी बल नेपाल (बिओपी)मा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक पुरनलाल राजवंशी रहेका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोडबाट केर्खातर्फ जाँदै गरेको प्र१–०२–००५२ प ७०२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको उहाँले बताउनुभयो । प्रनाउ खड्काका अनुसार दुर्घटनामा गम्भीर घाइते सप्रनानि राजवंशीको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
पोखरा: पोखरामा भएको प्रथम प्राइम ५ ए साइड भेट्रान्स फुटसल प्रतियोगिताको उपाधि गौरीघाटले जितेको छ । पोखरा १३ स्थित खेलकुन्जमा डाक्टर दिवसको प्रस्तुतिमा भएको ३५ वर्षमाथिको प्रतियोगिताको फाइनल खेलमा एलजी एसोसिएसनलाई टाइब्रेकरमा ३–२ गोलले हराउँदै लेकसाइडको गौरी घाटले उपाधिसहित ७७ हजार सात सय ७७ रुपैयाँ हात पारेको छ । यस्तै एलजीले ४४ हजार चार सय ४४ रुपैयाँ प्राप्त ग¥यो । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । त्यअघि खेलको तेस्रो मिनेटमा नै लेकसाईड गौरी घाटका लागि किरण गुरुङले अग्रता दिलाएका थिए । राजेश खांडको पासमा किरणले गोल गरे । पहिलो हाफमा १–० ले पछि परेको एलजीले दोस्रो हाफमा बराबरी गोल फर्कायो । दोस्रो हाफको १९ औ मिनेटमा एलजीका मनिष थापाले गोल गरे । दुई दिनसम्म चलेको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी लेकसाइडका गम्भिर परियार घोषित भए । यस्तै उत्कृष्ट गोलरक्षक लेकसाइडकै विशाल नेपाली घोषित भए भने सर्वाधिक गोलकर्ता एलजीका मनिष थापा घोषित भए । उनीहरुले समान तीन÷तीन हजार रुपैयाँको साथमा ट्रफी हात पारे । प्रतियोगितामा कुल २१ टिमको सहभागिता रहेको थियो । प्रतियोगिता सफल भएको र आगामी दिनमा समेत निरन्तरता दिने हौसला मिलेको प्रतियोगिता संयोजक अनुप रानाले बताए ।
पोखरा: कास्कीको पोखरा महानगरपालिका वडा नं. १७ ले वडाभित्रका जेष्ठनागरिकलाई तिर्थयात्रा गराएको छ । चालू आर्थिक बर्षको नीति तथा कार्यक्रम अनुसार वडाबाट छनोट भएका ७० जना जेष्ठनागरिकलाई बागलुङकालीका र पञ्चकोटको तीर्थ यात्रामा पठाएको हो । दुईवटा वसमार्पmत एकदिने तिर्थयात्रामा निस्केका जेष्ठनागरिकलाई वडाअध्यक्ष राधिका शाही योगीले वडाकार्यालयमा जम्मा भएका जेष्ठनागरिकलाई खादा लगाएर विधाई गर्नु भएको थियो । उहाँका अनुसार जेष्ठनागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्दै अग्रजमा रहेको ज्ञान, सिप, क्षेमता र अनुभवको सदुपयोग गरी निजहरुप्रति प्रत्येक परिवारले श्रद्धा, आदर तथा सद्भाव सहितको व्यवहार गर्नु अपरिहार्य छ । स्थानीय तहले नागरिकको जीवनयापनमा समस्या देखेमा निजको सन्तान वा नागरिकको हकवालाको आयश्रोतवाट केही प्रतिशत कटौती गरि सम्वन्धित व्यक्तिको खातामा जम्मा गर्ने संवैधानिक निती रहेको उहाँले जानकारी दिनुभयो । वडा सदस्यहरु विक्रम गुरुङ, विष्णुमाया थापा र तारासेवा एवम् सुचना अधिकृत रुद्रथापा मगर र प्राविधिक हरिहर खड्काले तिर्थयात्रामा सहभागिहरु सेवा पु¥याउँनु भएको थियो । यात्रा टोली आजै पोखरा फर्कने कार्यक्रम रहेको छ । वडा कार्यालयले जेष्ठनागरिकको क्षेत्रमा महत्वपूर्ण कार्य गर्दै आएको छ । यसअघि पनि चितवनको देवघाट र नवलपुरको मौलाकालीकाको तिर्थयात्रा सम्पन्न गर्नुको साथै वडा भित्रका दिवासेवा केन्द्रलाई समेत सहयोग गर्दै आएको छ ।
पोखरा: पोखरा २३ मकनपुरमा आन्तरिक पर्यटक प्रवद्र्धन गर्न पोखराका पर्यटन व्यवसायीले पदयात्रा गरेका छन् । भिजिट पोखरा २०२५ को आयोजनामा भएको कार्यक्रममा पोखराका विभिन्न संघ संस्थाका अध्यक्ष र पर्यटन व्यवसायीको सहभागीता रहेको थियो । मकनपुरमा भएका होमस्टे, पञ्चासे क्षेत्रमा रहेका धार्मिक, सास्कृतीक र होमस्टेहरुको प्रवद्र्धन गर्न उद्देश्यले कार्यक्रमको आयोजना गरेको हो । भिजिट पोखरा २०२५ कार्यान्वयन समितिका संयोजक गोपी भट्टराईले पञ्चासे क्षेत्रमा रहेका ग्रामिण होमस्टेले पर्यटकलाई स्थानीय जीवनशैली जान्ने बताए । उनले मौलिक सांस्कृतिक प्रस्तुति र परम्परागत जडीबुटीहरु प्रयोग गरेका खाना खान पाउदा विदेशीहरु पनि नयाँ अनुभव हुने बताए । उनले पोखराको पर्यटन प्रवद्र्धन गर्न भिडियो प्रतियोगिता, पर्यटन प्रवद्र्धनका लागि भारत, चीन, बंगलादेश लगाएतका देशमा पर्यटन प्रवद्र्धनका लागि सेल्समिसन सन्चालन गर्ने बताए । कार्यक्रममा पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सुर्य भुजेलले पर्यटन विकासका लागि सेवामा स्तरीयता कायम गर्नु पर्ने बताए । उनले तालिम आवश्यक परेरमा आफुहरुले सहयोग गर्न तत्पर रहेको बताए । कार्यक्रममा नेपाल पत्रकार मंहासघ गण्डकीका अध्यक्ष रमेश पौडेलले पञ्चासे क्षेत्र धार्मिक महत्वको क्षेत्रका साथै जैविक विविधताले महत्वपुर्ण भएको बताए । कार्यक्रममा हर्पन खोला संरक्षण समितिका अध्यक्ष रविन्द्र गुरुङ, मकनादेवी सामुदायीक होमस्टेका अध्यक्ष शिव घले लगाएतले प्रचार प्रसारको अभावमा पहिलेका पदमार्ग ओझेल पर्दै गएको बताए । पोखराको पृथ्वीचोक, हल्नचोक, पामेबजार, ठुलाखेत, घाटिछिना हुदै करिब ४० मिनेटमा पुग्न सकिन्छ । ३१ घरधुरी रहेको यो गाउँमा अहिले ५ घरमा होमस्टे संञ्चालन भएको छ भने अन्य थोरै घरमा मात्रै मानिसहरु बस्छन् । अन्य घर खाली छन् । होमस्टको प्रबद्र्धन गर्दै गाउँ मै फर्किनका लागि पे्ररित गर्न कार्यक्रमको आयोजना गरेको पञ्चासे फाउण्डेसनका अध्यक्ष नवराज पौडेलले बताए । पञ्चासे कास्की, पर्वत र स्याङजाको संगमस्थलका रुपमा लिइन्छ । पञ्चासे क्षेत्रमा ५५९ प्रजातिका बनस्पती १४३ प्रजातिका सुनाखरी पाइने पौडेलले बताए ।

