पोखराः   पोखरामा जारी २१ औं फेवा नव बर्ष महोत्सव २०८३ को दोश्रो दिन सोमबार लेकसाइडमा आयोजित पर्यटक दौड प्रतियोगितामा क्यानडाका दिरेक मिलरोइ प्रथम भएका छन् । यसैगरी स्पेनका अड्रिया फेरर द्वितीय भए भने अष्ट्...

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान बस दुर्घटना हुँदा घाइते भएकामध्ये दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा धनकुटा सागुरीगढी गाउँपालिका–९ का ४५ वर्षीय हस्त राई र ठेगाना नखुलेका ५० वर्षीय टोपबहादुर मगर रहेको प्रहरी जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो ।   राईको रत्नहरि अस्पताल र मगरको दमौली अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । दुर्घटनामा ३४ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये ९ जनालाई थप उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ । अरु १९ जनाको रत्नहरी अस्पतालमा र पाँच जनाको दमौली अस्पतालमा उपचार भैरहेको छ ।   एक जना भने उपचारपछि डिस्चार्ज भएका छन् । धरानबाट पोखराका लागि छुटेको ग १ ख ७८९५ नम्बरको बस सडकबाट खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बस तीव्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । 

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।   धनगढी उपमहानगरपालिका-११ बेलास्थित सडकमा से-२ प २६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका(५ बस्ने ३८ वर्षीय खेम चौधरीको मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।   दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि निसर्ग अस्पताल धनगढी पुर्‍याइएको थियो। अस्पताल पुर्‍याइएको केहीबेरमा उनको मृत्यु भएको हो।   दुर्घटनाबारे अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ।

काठमाडौं:    नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरेररनगरेका विषयमा २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ ।  नेपाल दूरसञ्चार प्राधिकरणले एक सार्वजनिक सूचना प्रकाशित गरी २४ घण्टाभित्र टिकटक बन्द गर्ने निर्णय कार्यान्वयन भएरनभएकाबारे जानकारी दिन निर्देशन दिँदै यसअवधिमा जानकारी नदिने सेवा प्रदायकलाई दूरसञ्चार ऐन, २०५३ अनुसार अनुमति पत्र खारेजीलगायतको कारबाही गर्ने चेतावनी दिएको छ ।  यसअघि टिकटक बन्द गर्ने सरकारको निर्णय कार्यान्वयन गरी जानकारी गराउन सबै इन्टरनेट तथा मोबाइल सेवा प्रदायकलाई निर्देशन दिए पनि अहिलेसम्म जानकारी नआएकाले २४ घण्टाभित्र जानकारी दिन निर्देशन दिइएको प्राधिकरणका उप–निर्देशक तथा सूचना अधिकारी सूर्यप्रसाद लामिछाने राससलाई जानकारी दिनुभयो । गत कात्तिक २८ गते र मङ्सिर २ गते सार्वजनिक टिकटक बन्द गराउन सूचना निकालिसकेकाले अबको २४ घण्टाभित्र जवाफ पेस गर्न प्राधिकरणले उक्त सूचनामार्फत निर्देशन दिएको उहाँले बताउनुभयो । गत कात्तिक २७ गतेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सद्भाव बिग्रिन थालेको भन्दै टिकटकको प्रयोगलाई बन्द गर्ने निर्णय गरेको थियो ।  उक्त निर्णय लगत्तै प्राधिकरणले टिकटक बन्द गर्न सेवा प्रदायकलाई निर्देशन दिएको थियो । हालसम्म कुनै पनि सेवा प्रदायक कम्पनीले निर्देशन कार्यान्वयन नगरेको भन्दै प्राधिकरणले कारबाही गर्ने चेतावनीसमेत दिएको छ । रासस

काठमाडौं:    मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको परामर्शअनुसार निर्वाचनको मिति तोकेको सरकारको प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । आगामी फागुन २० गते राष्ट्रिय सभाका एक तिहाइ सदस्य (२० जना)को पदावधि सकिँदैछ । त्यसको ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ । नेपाल इन्जिनियरिङ सेवातर्फ रिक्त सचिव पदमा श्वेता दवाडीलाई नियुक्ति गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

काठमाडौं:   रुस–युक्रेन युद्धमा परी तीन जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीनै जनाको गत कात्तिक २९ गते भाइटीकाको दिन मृत्यु भएको हो । ढिलो गरी प्राप्त सूचना अनुसार गत कात्तिक २९ गते मारिनेमा स्याङ्जा पुतलीबजार–५ ठूलास्वाराका प्रितम कार्की, दोलखाको मेलुङ–६ सुनापती टोलका राज कुमार रोका र इलाम–५ इलामका गंगाराज मोक्तान छन् । उनीहरु तीनै जना रुसी सेनामा कार्यरत थिए । मस्कोस्थित नेपाली दूतावासले मंसिर ८ गते काठमाडौंको त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागलाई पत्र लेखेर उनीहरुको शव व्यवस्थापनका लागि परिवारसँग समन्वय गर्नुपर्ने भएकाले सम्पर्क स्थापनाका लागि सहजीकरण गरिदिन अनुरोध गरेपछि मात्र रुसी सेनामा कार्यरत नेपालीहरुको मृत्यु भएको खुलेको हो । उक्त पत्रमा रुसी सेनाका अधिकारीले टेलिग्राममार्फत् तीन जना नेपालीहरुको मेडिकल डेथ सर्टिफिकेट मस्कोस्थित नेपाली दूतावासलाई प्राप्त भएको व्यहोरा उल्लेख छ । तर उनीहरु कुन स्थानमा र कसरी मारिए भन्ने उल्लेख छैन ।

दमौली:   धरानबाट पोखरा जाँदै गरेको बस आज बिहान तनहुँमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। ३४ जना घाइते भएका छन्।  मृत्यु हुनेमा धनकुटा साँगुरीगढीका ४५ वर्षिय हस्त राई र ठेगाना नखुलेका अन्दाजी ५० वर्षका टोकबहादुर मगर रहेका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए।  धरानबाट पोखरातर्फ छुटेको ग १ ख ७८९५ नम्बरको बस पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान पौने ६ बजे सडकबाट अनियन्त्रित भई तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 

पोखरा:  पोखरा महानगरपालिका–१ टुडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले मंसिर २० गते प्रभातफेरी ¥यालीसहित हीरक महोत्सव मनाउने भएको छ ।  विं.स. २००६सालमा पब्लिक मिडिल स्कुलको नाममा स्थापना भएको राष्ट्रिय माविले मंसिर २० गते हीरक महोत्सव मनाउन लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम विक्रम राणाले बताए ।  ‘राष्ट्रिय माविको स्थापना वि.स.२००६ साल मंसिर २० गते हालको पोखरा महानगर–३ नारायणस्थान नदीपुरमा पव्लिक मिडिल स्कुलबाट भएको थियो’, अध्यक्ष राणाले भने, ‘यो वर्षलाई हामीले हीरक महोत्सवको रुपमा मनाउँदै छौं ।’ व्यवस्थापन समितिका अध्यक्ष राणाले २००६ सालमा विद्यालयको शिलान्यास भएको स्थानबाट राष्ट्रिय माविको प्रांगणसम्म प्रभातफेरी ¥याली निकाल्ने समेत बताए । राष्ट्रिय माविले हीरक महोत्सव मनाउन विद्यालय व्यवस्थापनसमितिका अध्यक्षको अध्यक्षतामा १००१ सदस्य मूल आयोजक समिति, ४१ सदस्यीय कार्य सम्पादन समिति, १५ सदस्यीय उचित मार्ग दर्शनका लागि सल्लाहकार समिति चयन गरिएको छ ।  हीरक महोत्सवमा करिव ६० लाख आम्दानी, ५० लाख खर्च हुने अनुमान गरिएको विद्यालयका प्रधानाध्यापक इश्वरी प्रसाद सापकोटाले बताए ।  विद्यालयमा ४९ जिल्लाका करिव १ हजार ५ सय विद्यार्थीहरु अध्ययरत रहेको बताइएको छ भने, ५७ जना शिक्षक कर्मचारी कार्यरत रहेको विद्यालयले जनाएको छ ।   

पोखरा:  पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ को अनिवार्य नेपाली पुस्तकमा एउटा उपन्यास समावेश गरेको छ, ‘एक चिहान’ ।   पढेर आनन्दित हुनेहरुले अब दृश्य हेरेर धुरुधुरु रुन र खित्का छाडेरै हाँस्न पाइने भएको छ ।    साहित्यकार हृदय चन्द्र सिंह प्रधानद्वारा लिखित ‘एक चिहान’ को औपचारिक मञ्चन आज (मंगलबार) बाट थालिएको छ ।   निर्देशक परिवर्तनका अनुसार विद्यार्थीहरुका लागि अध्ययनमा सघाउ पुग्ने उद्देश्यसहित नाटक मञ्चन थालिएको हो ।      आगामी पौष ६ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा विद्यालयहरुको बुकिङका आधारमा निरन्तर मञ्चन हुने निर्देशक परिवर्तनले जानकारी दिए ।   यद्यपी अन्य दर्शकहरुलेपनि व्यक्तिगत रुपमा तिनै शोमा नाटक हेर्न पाउँनेछन् ।   नाटक शनिबार बाहेक बिहान ८ बजे, साढे १० बजे र दिउँसो साढे १२ बजे मञ्चन नाटक मञ्चन हुनेछ ।   करिब १ डेढ घण्टा अवधिको उक्त नाटकमा गरीब, किसान र मजदुरको जीवनीलाई प्रत्यक्ष नियाल्न पाइन्छ ।   यथार्थवादी एक चिहान नाटक गरिबीको परिवेशमा साढे १ घण्टा घुम्छ । जसलाई रोचक बनाउन हाँस्यव्यङ्ग्य र प्रेमकथालाई पनि स्थान दिइएको छ ।   सुक्कसुक्क रुनेहरुलाई डाक्टरको क्यारेक्टरले खित्का छाड्न बाध्य तुल्याउँछ ।     विशेषगरी नेवारी समुदायको पारिवारिक परिवेशमा घुमिरहने नाटकमा जनक पराजुली, रोशनी रामदाम, रविन्द मल्ल, उमा पुन, गोपाल भुसाल, रञ्जु दाहाल, सुसन पौडेल, मिलन श्रेष्ठ, दिप्सना विश्वकर्मा, धनकाजी श्रेष्ठ, प्रतिक घिमिरे, शुशिल बराल, रोहित पौडेल, प्रथम श्रेष्ठ, रमेशबाबु तिमल्सिना, सोनिया कार्की खत्री, अनुषा परियार लगायतको अभिनय हेर्न पाइन्छ ।   

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीले १६ जनालाई जुवाखालबाट पक्राउ गरेको छ ।   कास्की प्रहरीका अनुसार गएराती साढे १ बजे पोखरा महानगरपालिका २१ निर्मलपोखरीको मैदानमा कौडा खेलिरहेका १६ जनालाई पक्राउ गरिएको हो ।   उनीहरुलाई गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले १६ थान कौडा र नगद रु. ५ लाख ५ हजार ६५ रुपैयाँसहित पक्राउ गरिएको कास्कीका सूचना अधिकारी डिएसपी श्रवण बिकले जानकारी दिए ।   उनका अनुसार पक्राउ पर्नेमा पोखरा ३३ भरतपोखरीका ३८ वर्षीय सन्तोष गुरुङ,  सोही स्थानकै ४६ वर्षीय राम केसी, पोखरा ६ बस्ने ३६ वर्षीय संजिब अधिकारी, सोही वडाकै ४० वर्षीय राम ढकाल रहेका छन् ।   यस्तै पोखरा ६ कै ६४ वर्षीय बिर बहादुर लामिछाने, सोही स्थानकै ४० वर्षीय मोहन बहादुर गुरुङ, पोखरा १७ विरौटाका ४० वर्षीय प्रकाश पोख्रेल, सोही ठाउँकै ४६ वर्षीय कृष्ण प्रसाद भण्डारी, विरौटाकै ३० वर्षीय कुमार भण्डरी, ३८ वर्षीय  गौतम गुरुङ रहेका छन् ।   पोखरा २१ कृष्ती बस्ने ४८ वर्षीय होम बहादुर रानाभाट, कृष्तीकै ४० वर्षीय टंक बहादुर कार्की, सोही स्थानकै २३ वर्षीय रहेका छन् ।    यस्तै पोखरा १० अम्मरसिंहका ६३ वर्षीय मिन बहादुर बरुवाल, पोखरा ३३ गैरागाँउका ३३ वर्षीय रामचन्द्र आचार्य, पोखरा १७ विरौटाका ४० वर्षीय जीवन शाही रहेका छन् ।   उनीहरुलाई हाल  सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा मुद्धा दर्ता गरी  थप अनुसन्धान गरिरहेको कास्की प्रहरीले जनाएको छ ।