काठमाण्डौमा आज यो वर्षको अहिलेसम्मकै चिसो
काठमाडाैं | मंसिर १७, २०८०
फाइल तस्बिर
काठमाण्डौमा आज यसवर्षको अहिलेसम्मकै चिसो भएको छ । आज बिहानको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । यो यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम हो । हिजो बिहानको न्यूनतम तापक्रम ८ दशमलव ५ डिग्री सेल्सियस थियो ।
काठमाण्डौमा बिहान चिसो भए पनि दिउँसो घाम लाग्ने गरेको छ । आज पनि दिउँसोको मौसम सफा हुने अनुमान गरिएको छ । आज अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियस पुग्ने अनुमान रहेको मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अन्य पहाडी क्षेत्रको मौसम भने आंशिक बदली हुने सम्भावना छ । आज पहाडी क्षेत्रका एक दुई ठाउँमा हल्का पानी पर्ने अनुमान छ ।उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात हुने मौसमविद्ले बताएका छन् ।
पोखरा: धौलागिरी युवा क्लब तथा धौलागिरी हेमजा मगर समाज, पोखरा–२५ हेमजा म्याग्दी चोकको आयोजनामा तेस्रो माघे सक्रान्ति मेला–२०८२ बिहिबार देखि शुरु भएको छ । हेमजाको फुर्केट...
काठमाडौं: महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार सेवा बन्द गरेको छ। अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले आजदेखि स्वास्थ्य बिमामा...
पोखरा: पोखरा–१४ मनकामना टोलको खेल मैदानमा जारी मनोहर कप तेस्रो क्लब स्तरीय खुला पुरुष भलिबल प्रतियोगितामा नवज्योति क्लब र पकुवा भलिबल क्लबले जित निकालेका छन् । बुधबार भएको पहिलो खेल...

