काठमाडौंः   नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...

काठमाडौँ:   प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारले औपचारिक रूपमा प्रचारप्रसारको कार्य सोमबारदेखि सुरु गर्दै छन् ।   निर्वाचनको मनोनयन प्रक्रिया सम्पन्न भई उम्मेदवारको अन्तिम नामावली प्रकाशन भए पनि निर्वाचन आचारसंहिताको व्यवस्थाले आमसभा, कोणसभा तथा जुलुस प्रतिबन्धित थिए ।   सामूहिक घरदैलोलगायतका कार्यलाई पनि निर्वाचन आचारसंहिताले बन्देज गरेको थियो । आचारसंहिताको व्यवस्थाका कारण राजनीतिक दलले ठुला सभालगायतका कार्य गरेका थिएनन् ।    आचारसंहिताको व्यवस्था अनुसार मतदान हुने दिनभन्दा १७ दिनभन्दा अघि मात्र सभा, जुलुस गर्न पाउने व्यवस्था गरेको छ तर मतदानको दिनभन्दा ४८ घण्टाको मौन अवधिमा पनि दलले प्रचारप्रसार गर्न पाउने छैनन् । फागुन १८ गते राति १२ बजेबाट मौन अवधि सुरु भएपछि प्रचारप्रसार बन्द हुने छन् ।   यो पटक राजनीतिक दलले मुख्य प्रचारका लागि १५ दिनको समय पाएका छन् । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रचलित कानुन र निर्वाचन आचारसंहिताको अधीनमा रहेर राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसारका कार्य गर्नेमा आयोग विश्वस्त रहेको बताउनुभयो ।   भण्डारीले भन्नुभयो, “निर्वाचन प्रचारप्रसारमा आचारसंहिता र कानुनको पूर्ण पालना सबै राजनीतिक दल र उम्मेदवारबाट हुने छ र पालना गर्नुहुने छ भन्ने विश्वास छ ।”   आचारसंहिताको उल्लङ्घनमा निर्णय चाँडै    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता उल्लङ्घनका विषयमा प्राप्त जवाफमा आयोग चाँडै निष्कर्षमा पुग्ने बताउनुभएको छ ।   आचारसंहिता उल्लङ्घन गर्ने दल तथा उम्मेदवारलाई सोधिएका स्पष्टीकरणमा प्राप्त जवाफबारे आयोगले चाँडै निर्णय लिने कार्यवाहक प्रमुख भण्डारीले बताउनुभएको हो । प्राप्त जवाफ आयोगले अध्ययन गरिरहेको पनि उहाँले बताउनुभयो ।    उहाँले भन्नुभयो, “अधिकांश स्पष्टीकरणमा जवाफ आएको छ । फाइल अध्ययनका क्रममा छन् । हाम्रो कार्यबोझ पनि छ । प्राप्त जवाफका विषयमा हामी चाँडै विधिसम्मत रूपमा निर्णय गर्छौं ।” उहाँले मतदाता र उम्मेदवार दुवै निर्वाचन प्रचारका क्रममा सार्वभौम रहेकाले त्यस्तो अधिकारको सम्मान गर्न पनि उहाँले आग्रह गर्नुभयो ।   उहाँले भन्नुभयो, “निर्वाचनमा सार्वभौम अधिकारको अभिव्यक्ति मताधिकारमार्फत हुने हुँदा सार्वभौम मतदाता र आफ्ना लागि सार्वभौम जनताको मत र विश्वास माग गर्ने उम्मेदवार दुवै कानुनबमोजिम निर्वाचन प्रचारप्रसार गर्न स्वतन्त्र रहन्छन् । सार्वभौम मतदाता र उम्मेदवार दुवैलाई कानुनबमोजिम निर्वाचन प्रक्रियामा निर्बाध सहभागी हुने अक्षुण्ण अधिकार रहेको हुन्छ, यसलाई कुनै तवरबाट अवरोध गर्न गराउन हुँदैन ।”   उहाँले यो पटक मतदानको प्रतिशत बढ्ने र बदर मतको प्रतिशत घट्ने अपेक्षा रहेको पनि बताउनुभयो । उहाँले घोषणापत्र सार्वजनिक र जानकारी गराउने दल बढिरहेको बताउनुभयो । निर्वाचन प्रचारप्रसार बैङ्क खाता खोल्न खोल्ने दल र उम्मेदवारको सङ्ख्या पनि बढेको उहाँको भनाइ छ ।      फागुन २१ गते बिहीबारका दिन सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने सन्दर्भमा निर्वाचन आयोगले राजनीतिक दललाई ६४ बुँदे निर्देशन दिएको छ ।    आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार यस निर्देशनलाई पूर्ण रूपमा पालना गराएर निर्वाचनलाई स्वच्छ, प्रतिस्पर्धी र मर्यादित बनाउने आयोगको योजना छ । हरेक राजनीतिक दलले निर्वाचन प्रचारप्रसारका क्रममा मर्यादित रूपमा प्रस्तुत हुनुपर्ने आयोगले जनाएको छ । राजनीतिक दल तथा उम्मेदवारले २०८२ फागुन ४ गतेदेखि फागुन १८ गतेसम्म मात्र प्रचारप्रसार गर्न पाउने आयोगले जनाएको छ ।   यस क्रममा जुलुस, आमसभा, कोणसभा, सञ्चार माध्यममा कुनै प्रकारको प्रचारप्रसार सामग्री प्रकाशन वा प्रसारण तथा निर्वाचनका लागि घरदैलो कार्यक्रम गर्न पाउने आयोगले स्पष्ट पारेको छ ।    आयोगले दिएको निर्देशनमा निर्वाचनको सिलसिलामा कुनै पनि व्यक्तिलाई निर्वाचनमा उम्मेदवारी दिन वा निर्वाचनसम्बन्धी प्रचलित सङ्घीय कानुनबमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट वञ्चित गराउन नपाउने उल्लेख छ ।   त्यस्तै कुनै पनि किसिमको हातहतियार वा विस्फोटक पदार्थ प्रदर्शन वा प्रयोग गर्ने, कुनै किसिमको क्षति पु¥याउने, धाकधम्की वा डर त्रास देखाउने, कुनै किसिमले लोभलालच देखाउने वा आर्थिक प्रलोभन देखाउने, धर्म भकाउने वा प्रतिज्ञा गराउने जस्ता काम गरी प्रभावमा नपार्न पनि आयोगले निर्देशन दिएको छ ।    निर्वाचनको अवधिभित्र कुनै मतदातालाई निजको मतदानको अधिकार प्रयोग गर्न वा नगर्नका लागि तथा मतदानको अधिकार प्रयोग गरे वा नगरेबापत उपहार, पुरस्कार, इनाम दिन नपाइने आयोगको निर्देशनमा उल्लेख छ ।   साथै दानदातव्य र बकसका रूपमा नगद वा जिन्सी दिन वा दिन मञ्जुर गर्न वा सार्वजनिक भोजको आयोजना गर्न वा त्यस्तो प्रयोजनका लागि नगद वा जिन्सी लिन वा लिन मञ्‍जुर गर्न वा सार्वजनिक भोजमा सहभागी हुन नहुन पनि आयोगले निर्देशन दिएको छ ।    निर्वाचन प्रचारप्रसार गर्दा नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानमा आँच पु¥याउने वा खलल पार्ने काम नगर्न, जनतामा निहित सार्वभौमसत्ता र राजकीय सत्ता वा प्रतिस्पर्धात्मक बहुदलीय सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनव्यवस्थामा खलल पार्ने, कुनै धर्म, जातजाति, वर्ग, क्षेत्र वा सम्प्रदायबिचको सुसम्बन्धमा खलल पु¥याउने कार्य नगर्न पनि निर्देशन दिएको छ ।   निर्वाचनका क्रममा हिंसात्मक कार्य गर्न दुरुत्साहन गर्ने वा भाषा, धर्म, समुदाय वा क्षेत्रीयताका आधारमा घृणा उत्पन्न गर्ने कार्य गर्न गराउन नहुने पनि आयोगले दिएको निर्देशनमा उल्लेख छ ।    निर्वाचनको नतिजामा प्रभाव पार्नका लागि कुनै उम्मेदवार वा निजको परिवारको सदस्यको कुनै पनि किसिमले चरित्र हत्या गर्न वा गराउन वा कुनै तवरबाट डर, त्रास तथा धम्की दिन नहुने आयोगका प्रवक्ता भट्टराईले बताउनुभयो ।   उहाँका अनुसार निर्वाचनको प्रचारप्रसार गर्ने उद्देश्यले निर्वाचन आचारसंहिता, २०८२ मा उल्लेख भएबमोजिम ७५ ग्रामसम्मको कागजमा तीन सय वर्ग इन्चसम्म क्षेत्रफल भएको आकारको एउटै रङ र मुद्रकको नामसहितको पर्चा मात्रै वितरण गर्नुपर्ने छ ।   त्यसबाहेक कुनै प्रकारको पोस्टर, भित्ते लेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले छाप्न वा छपाउन वा प्रयोग गर्न वा गराउन, कुनै पनि धार्मिक, पुरातात्त्विक, ऐतिहासिक, सरकारी, सार्वजनिक वा निजी भवन, स्मारक, पर्खाल वा बनोटमा कुनै पर्चा टाँस्न वा टाँस्न लगाउन वा लेख्न वा लेख्न लगाउन, सभा वा भेलामा वा त्यस्तो सभा वा भेलाका लागि सूचना प्रवाह गर्ने प्रयोजनका लागि बाहेक अन्यत्र साउन्ड सिस्टमको प्रयोग गर्न वा गराउन नहुने पनि आयोगले स्पष्ट पारेको छ । 

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।   शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमबीच अध्यक्ष यादवले पार्टीको घोषणापत्र सार्वजनिक गर्नुभएको हो।   सार्वजनिक घोषणापत्रमा निःशुल्क स्वास्थ्य सेवा, निःशुल्क शिक्षा, भ्रष्टाचारमुक्त राज्य, वैज्ञानिक कृषि आधुनिकीकरण, पूर्वाधार विकास र सामाजिक न्यायलाई प्राथमिकताका साथ अघि सारिएको छ। पार्टीले संविधान संशोधन गरी पहिचान र सामर्थ्यमा आधारित सङ्घीयता कार्यान्वयन गर्ने, जनलोकपाल गठन गर्ने र नगदरहित अर्थतन्त्र लागू गर्ने प्रतिबद्धता जनाएको छ।   शिक्षा र स्वास्थ्य सेवा निःशुल्क पार्टीले घोषणापत्रमा स्वास्थ्य र शिक्षालाई मौलिक अधिकार बनाउने ठोस योजना अघि सारेको छ। प्रत्येक प्रदेशमा एउटा विशिष्टीकृत (सुपर स्पेसियालिटी) अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान, हरेक स्थानीय तहमा सुविधासम्पन्न अस्पताल स्थापना गर्ने, सबै नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने र शिशु कक्षादेखि विश्वविद्यालयसम्म निःशुल्क तथा गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।   भ्रष्टाचार नियन्त्रणका लागि जनलोकपाल पार्टीले भ्रष्टाचार नियन्त्रणलाई मुख्य कार्यसूची (एजेन्डा) बनाएको छ।   भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अपनाउने, जनलोकपाल गठन गर्ने, वि.सं. २०४७ यताका सबै प्रधानमन्त्री, मन्त्री, सांसद र उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्ने तथा पूर्ण नगदरहित कारोबार लागू गर्ने प्रतिबद्धता जनाइएको छ।   यसका साथै सहकारीको बचत रकम ठगीमा परेका पीडितलाई न्याय दिलाउने वाचा पनि जसपाले गरेको छ।   पाँच वर्षमा ५० लाख रोजगारी जसपा नेपालले कृषिलाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड बनाउने योजना अघि सारेको छ।   वैज्ञानिक चक्लाबन्दी, सहकारी खेती, यान्त्रीकरण र ‘भर्टिकल फार्मिङ’ मार्फत आगामी पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ।   यस्तै, न्यूनतम समर्थन मूल्य र बजार सुनिश्चितता, बाली बिमा तथा सस्तो कृषि ऋण उपलब्ध गराउने प्रतिबद्धता गरिएको छ। चुरे संरक्षण, जलवायु अनुकूल कृषि र खाद्य सुरक्षा पनि पार्टीको प्राथमिकतामा छन्।   आरक्षण र समावेशिता घोषणापत्रमा दलित र महिलाका लागि छुट्टै निर्वाचन क्षेत्र आरक्षण, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र अपाङ्गता भएका व्यक्तिका लागि समान अधिकारको सुनिश्चितता गरिएको छ।   युवा रोजगारी, सीप विकास र खेलकुद पूर्वाधारअन्तर्गत प्रत्येक प्रदेशमा अन्तर्राष्ट्रिय क्रिकेट तथा फुटबल रङ्गशाला निर्माण गर्ने प्रतिबद्धता समेत जनाइएको छ।  

पोखरा:     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्।   यसअन्तर्गत विहिबार पोखराका विभिन्न टोलमा कार्यक्रम सम्पन्न भएका छन् भने शुक्रबार आज वडा नम्बर–१३ मा स्थानीयसँग संवाद गर्ने कार्यक्रम तय गरिएको छ।   बिहीबार पोखरा–१०, रामबजारस्थित ॐ शान्ति सत्सङ्गमा सहभागिता जनाउँदै दिनको कार्यक्रम सुरु गरिएको थियो। त्यसपछि पोखरा–१४, मनकामना टोलमा संवाद यात्रा गरिएको थियो।   यस्तै, दिउँसो पोखरा–१४, शुभकामना टोल, मसिना टोल र खाल्टे टोलमा संवाद कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यक्रमहरूमा स्थानीयवासी, आमा समूह, युवा तथा ज्येष्ठ नागरिकको उल्लेख्य उपस्थिति रहेको थियो।   संवादका क्रममा उम्मेदवार गनेस पौडेलले “राजनीति परिवर्तनको नारामा सीमित होइन, व्यवहारमा देखिनुपर्छ” भन्दै पारदर्शिता, सुशासन र स्थानीय समस्या समाधानमा आफू प्रतिबद्ध रहेको बताए। “हामी जनताको घरदैलोमा पुगेर सुझाव संकलन गर्दैछौँ, यही सुझावलाई नीति निर्माणमा रूपान्तरण गर्ने हाम्रो लक्ष्य हो,” उनले भने।   शुक्रबार आज वडा नम्बर–१३ मा स्थानीयसँग संवाद यात्रा कार्यक्रम तय गरिएको छ। बिहान ८ः०० बजे विजयपुर आर्वा, बिहान ११ः३० बजेदेखि भद्रकाली, बाँझापाटन क्षेत्र र दिउँसो २ः०० बजे मियाँपाटनमा संवाद कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।   रास्वपा कास्की–१ का चुनावी कमाण्डर श्रीकृष्ण न्यौपानेका अनुसार, “संवाद यात्राप्रति स्थानीयको उत्साहजनक साथ र समर्थन पाइरहेका छौँ। हरेक टोलमा उठेका सुझावलाई व्यवस्थित रूपमा संकलन गरिँदैछ र त्यसैका आधारमा आगामी कार्ययोजना तय गरिनेछ।”   रास्वपाले कास्की–१ मा परम्परागत चुनावी सभाभन्दा फरक शैली अपनाउँदै प्रत्यक्ष भेटघाट र घरदैलो संवादमार्फत जनविश्वास निर्माण गर्ने अभियानलाई प्राथमिकता दिएको जनाएको छ।

पोखरा:   प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि म्याग्दीका स्वतन्त्र उम्मेदवार महावीर पुनले तत्कालीन सरकारबाट आफुलाई ठेस लागेका कारण चुनावमा होमिन बाध्य भएको बताएका छन् ।   पोखरामा आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पुनले यस्तो अभिव्यक्ति दिएका हुन् ।    पुनले शिक्षासम्बन्धी अध्यादेश ल्याउन सम्बन्धित पक्षसँग पहल गरेपनि अस्वीकार गरेपछि राजिनामा दिन बाध्य भएको उल्लेख गरे ।    ‘गर्न खोजेको कुरा त्यहाँ गर्न सकिन । ठेस लाग्यो अनिमात्र म चुनाव लड्ने निर्णय गरेको हो, उनले भने, ‘प्रधानमन्त्रीज्यूले भन्नुभाथ्यो महावीरजीले दुई चारवटा कानून बनाउन खोज्नुभाथ्यो रिसाएर जानु भो तर म रिसाएर गाको होइन ठेस लागेको हो । ठेस लागेकोलाई रिसाएको भन्न मिल्दैन ।’   उनले ल्याउन चाहेको शिक्षासम्बन्धी अध्यादेश माघ ४ गते अघिनै आउने सकेको भए आफु चुनावमा होमिन नपर्ने सुनाए ।    ‘यदी मैले ल्याउन खोजेको त्यो अध्यादेश माघ ४ गते अघि आएको भए म चुनावमा आउनै पर्थेन, उनले भने, ‘संसदबाटै त्यो कानून अगाडी लैजान पर्ने भएर नै म अघि सरे ।’   उनले आफु नेता बन्न र राजनीति गर्न नभई समाजसेवा गर्न चुनावमा होमिएको स्पष्ट पारे ।    ‘म कसैसँग प्रतिस्पर्धा गर्न, राजनीति गर्न र नेता बन्न संसद भवन छिर्न खोजेको होइन, समाजसेवा गर्न र अहिले नआएको शिक्षासम्बन्धी अध्यादेश ल्याउन संसद छिर्न लागेको हो’, उनले भने । तर, प्रधानमन्त्री शुशिला कार्कीले भने शिक्षासम्बन्धी अध्यादेश छोटो समयमै ल्याउन नसकिने भन्दै प्रष्ट पारेकी थिइन् ।   सोही अध्यादेश जारी हुने सम्भावना नदेखेपछि चुनावमा होमिएको पुनले दोहोर्याए ।   

नवलपरासी:   जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको कार्यक्रममा निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्न सचेत गराएको छ।   रास्वपाले आज जिल्लामा 'जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम' आयोजना गर्ने सूचना प्राप्त भएको भन्दै प्रशासनले आज एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो।   सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पोषन राज भण्डारीद्वारा हस्ताक्षरित पत्रमा प्रतिनिधि सभा सदस्यको आसन्न निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगद्वारा २०८२ माघ १४ गतेदेखि नै निर्वाचन आचारसंहिता लागु भइसकेको स्मरण गराइएको छ।   प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, 'मिति २०८२ साल माघ २७ गते यस जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको 'जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम' रहेको सूचना प्राप्त हुन आएकाले सो सम्बन्धमा निर्वाचन आचारसंहिता, २०८२ आकर्षित हुने गरी आचारसंहिता विपरीतका गतिविधि नगर्नु, नगराउनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।'   निर्वाचनको मुखमा राजनीतिक दलका कार्यक्रमहरूले आचारसंहिता उल्लङ्घन गर्न सक्ने तर्फ सचेत रहँदै प्रशासनले निगरानी बढाएको छ।  

पोखरा:   आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार उत्तम पौडेलले ‘स्थानीयसँग संवाद यात्रा’ अभियानलाई तीव्र बनाएका छन्।   सोही क्रममा आइतबार कास्की जिल्ला क्षेत्र नम्बर २ अन्तर्गत पोखरा महानगरपालिका–२१ मा उम्मेदवार पौडेलले स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै सुझाव संकलन समेत गरेका हुन् ।   संवाद यात्राअन्तर्गत पोखरा २१का बिभिन्न ठाउँहरु  पोखरेल थोक, शिवालय, निर्मल पोखरी, मैदान, ठुलिस्वारा, चिलाउने खर्क तथा थाप्ले–तिलाहारसम्म पुगेर स्थानीय बासिन्दासँग छलफल तथा अन्तरक्रिया गरिएको क्षेत्र नम्बर २ को सचिवालयले जनाएको छ ।   कार्यक्रममा स्थानीयले भोग्दै आएका समस्या, विकासका आवश्यकता, सेवा प्रवाहका कमजोरी तथा भावी योजनाका विषयमा खुलेर आफ्ना सुझाव र अपेक्षा राखेका थिए।   उम्मेदवार पौडेलले स्थानीयका आवाजलाई संसदमा बलियो रूपमा उठाउने प्रतिबद्धता व्यक्त गर्दै नीति निर्माणमा नागरिकको सहभागिता अनिवार्य हुने बताए।   संवाद यात्रामा निर्वाचन कमाण्डर दिपेन्द्र पोख्रेल (बहादास), गण्डकी प्रदेश सह–महामन्त्री अनिस अधिकारी, पोखरा–२१ का सभापति पवित्रमणि अधिकारीलगायत केन्द्र, प्रदेश, जिल्ला तथा क्षेत्र तहका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।   संवाद यात्राले कास्की–२ मा चुनावी माहोललाई थप उत्साहपूर्ण र आशावादी बनाएको देखिएको छ।   रास्वपाले आगामी दिनहरूमा पनि कास्की–२ का विभिन्न स्थानमा यस्ता संवादमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।    

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    प्रत्यक्षतर्फ शनिबारसम्म २५ जिल्लाका ३० लाख मतपत्र छपाइ सम्पन्न भएको आयोग प्रवक्ता भट्टराईले जानकारी दिए ।   छपाई सम्पन्न भएकामध्ये ११ जिल्लामा ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ ।    १६ लाख २१ हजार मतपत्र प्याकिङसमेत सकिएको छ ।    औसत १२ लाखभन्दा बढी मतपत्र छपाइ सकिएको र कार्यतालिकाले तोकिएको समयभित्र छपाइ सम्पन्न गरी सम्बन्धित क्षेत्रमा पठाउने तयारी आयोगको छ ।  

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक निकायमार्फत आवश्यक कारबाहीको प्रक्रिया अघि बढाएको हो ।    नियामक निकायसँगको सहकार्यमा आयोगले सूचना सदाचार एकाई गठन गरेर काम गरिरहेको छ ।    डिजिटल प्लेटफर्ममार्फत प्रचार भइरहेका निर्वाचन आचारसंहिता प्रतिकूलका सामग्रीबारे आयोगले निगरानी बढाएको हो ।      निर्वाचन आयोगका अनुसार हालसम्म १२० वटा कन्टेन्ट उत्पादक/सम्प्रेषकलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐनबमोजिम कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा र ६ वटालाई दूरसञ्चार प्राधिकरण ऐनबमोजिम आवश्यक कारबाही गर्न नेपाल दूरसञ्चार प्राधिकरणमा पठाइएको छ ।    त्यस्तै १५ वटालाई प्रेस काउन्सिल ऐनबमोजिम कारबाहीका लागि प्रेस काउन्सिल नेपालमा र ३४ वटालाई निर्वाचन आचारसंहिता २०८२ बमोजिम कारबाहीका लागि केन्द्रीय आचारसंहिता अनुगमन समितिमा पठाइएको आयोगले जनाएको छ ।    आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, “सम्बन्धित केन्द्रले दैनिक सूचना विश्लेषण गरी सिफारिस गरिरहेको छ । सिफारिसका आधारमा सम्बन्धित निकायलाई हामीले आवश्यक कारबाहीका लागि लेखी पठाएका छौँ ।” २३ स्पष्टीकरण, १२ जवाफ   माघ ४ गते रातिदेखि आचारसंहिता लागु भएसँगै आयोगले कार्यान्वयन अनुगमन र नियमनको प्रक्रियालाई पनि सँगै अघि बढाएको छ ।   मौखिक, लिखित तथा विद्युतीय माध्यमबाट पनि आचारसंहिता उल्लङ्घनमा उजुरी दिन सक्ने व्यवस्था आयोगले गरेको प्रवक्ता भट्टराईले बताए ।   प्रवक्ता भट्टराईले भने, “जिल्ला आचारसंहिता अनुगमन अधिकृतको हकमा विगतभन्दा केही नयाँ व्यवस्था गरेका छौँ । आर्थिक र अन्य विषयलाई फरक फरक गरेका छौँ । सबै जिल्लाका आचारसंहिता अनुगमन अधिकृतसँगको कामकारबाही विवरण दैनिक रूपमा ‘रियल टाइम’ मै पाइरहेका छौँ । जिल्ला जिल्लामा अहिले उजुरी परिरहेको छ । त्यहाँबाट पनि कामकारबाही हुने छन् ।”   आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिले आइतबारसम्म २३ वटा स्पष्टीकरण सोधेको र त्यसमा १२ वटा जवाफ प्राप्त भएका छन् ।   राजनीतिक दल, उम्मेदवार र संस्थालाई समेत यसबिचमा स्पष्टीकरण सोधिएको छ ।   जिल्लास्तरमा समेत आचारसंहिता उल्लङ्घनमा उजुरी लिने र कारबाही गर्ने कार्य सँगसँगै अघि बढिरहेको छ ।   बाँके, कालीकोट, पाल्पा, गुल्मीलगायतका जिल्लामा सभा सम्मेलन रोकिएको, आचारसंहिताविपरीत हुने प्रचारका कार्यक्रम रोकिएको आयोगले जनाएको छ ।   

काठमाडौँ:  चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् ।   उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका लागि जापानका राजदूत तोरु मायदा र जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेललगायतले स्वागत गरे ।   जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आइतबार राति त्यसतर्फ प्रस्थान गरेका थिए ।   राष्ट्रपति नेपाल र जापानबीचको कूटनीतिकसम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठका अवसरमा जापानमा आयोजना हुने विशेष समारोहमा सहभागी हुने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।   उनका अनुसार टोकियोस्थित इम्पेरियल प्यालेसमा राष्ट्रपति पौडेलको जापानका सम्राट् नारुहितोसँग राजकीय शिष्टाचार भेटवार्ता गर्नेछन् ।   साथै राष्ट्रपतिले जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाए र विदेश राज्यमन्त्री होरिइ इवाओले शिष्टाचार भेटवार्ता गर्नेछन् ।