काठमाडौं:  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई मंगलबारदेखि नै लागू हुने गरी कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । देउवाले केन्द्रीय कार्यालय सानेपामा बसेको...

काठमाडौं:   राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन एक मात्र विकल्प भएको बताएका छन् ।  फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा केन्द्रीत हुन दललाई आग्रह गर्दै शुक्रबार राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।  राष्ट्रपति कार्यालय शीतल निवासमा आह्वान गरिएको अन्तरिम सरकारसहितको सर्वदलीय बैठकमा  उनले यस्तो आग्रह गरेका हुन । उनले शान्ति सुरक्षाको आवश्यक प्रबन्ध गरी  निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने विश्वास आम नागरिकलाई दिलाउन सरकारलाई सुझाव दिएको प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।  राष्ट्रपति पौडेलले लोकतन्त्रको रक्षाका लागि सबै मिलेर निर्वाचन सम्पन्न गराउनुपर्ने बताए । उनले पौडेलले राजनीतिक दलहरूमा कुनै द्विविधा र अस्पष्टता भए बैठकमा राख्न आग्रह गर्दै निर्वाचनबाहेक अन्य विकल्प खोज्न थालियो भने यसले देशलाई कहाँ पु¥याउँछ भन्ने पनि सोच्न आग्रह गरे ।  उनले पार्टीले  कन्फ्युजन सिर्जना नगरी जेनजीको माग पनि आफूहरूले पुरा गर्ने भनेर जनतामा जान आग्रह गर्दै दलको सुरक्षाको चिन्तालाई सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताए ।  बैठकमा सहभागी राजनीतिक दलका नेताहरूले लोकतन्त्रमा विश्वास गर्ने राजनीतिक दल निर्वाचनमा जान सधैँ तयार रहेको बताउँदै अहिलेको सुरक्षा व्यवस्थाले निष्पक्ष र स्वतन्त्र वातावरणमा निर्वाचन हुने विषयमा संसय पैदा भएको बताएका थिए ।  अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले दलहरूको सहभागिता विना निर्वाचन नहुने विषयमा सरकार प्रष्ट जानकार रहेको भन्दै स्वतन्त्र निष्पक्ष र भयरहित निर्वाचन गराउन सरकारले शान्ति सुरक्षाको प्रबन्ध गर्ने विश्वास दिलाए ।  जेनजीहरू हामीहरू सबैको छोरा नाती भएकाले उनीहरूले किन आज यस्तो असंतुष्टी व्यक्त गरे भन्ने बुझेर परिवर्तनलाई आत्मसात गर्दै अगाडि बढ्न दलहरूलाई आग्रह गरेका थिए ।  बैठकमा अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीसहित सबैमन्त्री सहभागी थिए ।  सो बैठकमा नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव वर्षमान पुनलगायत सहभागी थिए ।  राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यबहाक सभापति डिपी अर्याल र सहमहामन्त्री विपिन कुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र  महासचिव धनश्याम भुषालको सहभागीता थियो।  त्यस्तै, जनता समाजवादी पार्टीबाट रेनु यादव, जसपा नेपालबाट विद्युत बज्रचार्य र प्रकाश अधिकारी, जनमत पार्टीबाट चन्द्रकान्त राउत र डा। जयकुमार राउत, लोकतान्त्रिक समाजवादी पार्टीबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ती पार्टीबाट रेशम चौधरी र नेपाल मजदुर किसान पार्टीबाट सुनिल प्रजापती, सहभागी थिए । 

काठमाडौं:  राष्ट्रपति रामचन्द्र पौडेलले आशन्न निर्वाचनलगायत विषयमा आज विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्दै हुनुहुन्छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि नयाँ सरकार गठन र प्रतिनिधिसभाको विघटन भई आगामी फागुन २१ गते निर्धारित निर्वाचनको मिति घोषणा भएको स्थितिमा राष्ट्रपति पौडेल र दलका नेताहरुबीच पहिलो पटक संवाद हुन लागेको हो । राष्ट्रपति कार्यालयका अनुसार छलफलमा प्रधानमन्त्री सुशीला कार्कीसहित राजनीतिक दलका अध्यक्षपछिको वरियतामा रहेका नेताहरु छलफलमा सहभागी हुने जनाइएको छ ।

काठमाडौं:  नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरस्थित एक होटलमा बस्नेछ । बैठकमा यही असोज २६ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका एजेण्डाबारे छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घरमै आक्रमणमा परेर घाइते भएका पार्टी सभापति शेरबहादुर देउवा आज पहिलो पटक पार्टीको बैठकमा उपस्थित हुँदैछन् । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनका हस्ताक्षर सङ्कलन अभियान चलाइरहेका बेला पदाधिकारी बैठक बस्न लागेको हो ।

काठमाडौं: पाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले पार्टीको अध्यक्ष पद त्याग गर्नुभएको छ । दीपज्योती बैङ्क्वेट बौद्धमा आज बसेको नेसपा (नयाँ शक्ति)को केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा अध्यक्ष डा. भट्टराईले पदत्याग गर्ने प्रस्ताव पेस गर्नुभएको र केन्द्रीय समितीद्वारा स्वीकृत गरेको सो पार्टीका प्रवक्ता कृष्ण शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अध्यक्ष भट्टराईको पदत्याग गर्ने प्रस्ताव केन्द्रीय समितीद्वारा स्वीकृत भएको छ । पार्टीका उपाध्यक्ष दुर्गा सोबको अध्यक्षतामा महाधिवेशन आयोजक समिति बनाउने निर्णय गरिएको छ ।” महाधिवेशनसम्मको निम्ति उपाध्यक्ष दुर्गा सोबलाई संयोजक र महासचिव सोनामसिंह स्याङ्तानलाई सदस्य सचिव तथा पार्टी प्रवक्तामा कृष्ण शर्मालाई तोकिएको सो पार्टीका केन्द्रीय सदस्य टङ्क धमलाले बताउनुभयो ।  उहाँका अनुसार नेसपा (नयाँ शक्ति)ले आउँदो फागुन महिनासम्ममा आफ्नो पार्टीको विशेष महाधिवेशन गर्ने तयारी गरेको छ । 

जनकपुरधाम: नेपाली कांग्रेसले मधेस प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । बुधबार कांग्रेसको प्रदेश पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो । कांग्रेस संसदीय दलका नेता एवं प्रदेश अध्यक्ष कृष्णप्रसाद यादवले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताए । उनले आफूहरू व्यक्ति विशेष नभई संस्था विशेषको समर्थन गर्ने भएकाले जनमत पार्टी हिजोको बैठकमा प्रतिपक्षको बेन्चमा बसेकाले आफूहरूले परिस्थितिका कारण समर्थन फिर्ता लिएको बताए । यसअघि जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी सहितको पत्र प्रदेश प्रमुखको कार्यालय र प्रदेशसभा सचिवालयमा जानकारी गराइसकेको छ । तर मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिन अस्वीकार गरेका छन् ।

काठमाडौं:   सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीबाहेक सांसदलगायत अन्य राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज गर्ने निर्णय गरेको छ।  अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता टंकप्रसाद पाण्डेयले मंगलबार बिहान जारी गरेको विज्ञप्तिअनुसार यही असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।  राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्री बाहेक सांसद लगायत अन्य राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज गर्ने, विज्ञप्तिको बुँदा नम्बर ५ संगठन संरचना सुधार शीर्षकमा भनिएको छ, नेपाल सरकार र प्रदेश सरकारका मन्त्री र प्रदेश प्रमुखको स्वकीय सचिवालयमा बढीमा तीन जना मात्र नियुक्ति गर्न सक्ने। उक्त निर्णय कार्यान्वयन गर्नरगराउन नेपाल सरकारका सबै मन्त्रालय तथा निकाय, प्रदेश सरकार तथा सबै स्थानीय तहलाई पत्राचार गरिएको अर्थ मन्त्रालयले जनाएको छ।  मन्त्रालयका अनुसार सार्वजनिक संरचनाको पुनर्निर्माण र मर्मत, सार्वजनिक सेवा सुचारु, निर्वाचन खर्च व्यवस्थापन, आर्थिक पुनरुत्थान र राहतसमेतका लागि विकास आयोजनाको पुनर्प्राथमिकीकरण, अनुत्पादक खर्च कटौती र मितव्ययिता कार्यम गर्न मन्त्रिपरिषद्ले गत आइतबार विभिन्न निर्णय गरेको हो।

झापा:  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ‘जेनजी’ को भावना र आन्दोलनको सन्देशलाई आत्मसात गर्दै कांग्रेस नयाँ ढङ्गले रूपान्तरण हुने बताएका छन्। पार्टीको झापा निर्वाचन क्षेत्र नं १, क्षेत्रीय समितिले आज गृहनगर धुलाबारीमा आयोजना गरेको ‘अबको राजनीति र अबको नेपाल’ विषयक अन्तरक्रियामा उनले पार्टीमा रूपान्तरणको विकल्प नरहेको धारणा राखे।  महामन्त्री शर्माले भने, ‘समय बदलिएको छ, सबै बदलिनुपर्छ। नेता, कर्मचारी संयन्त्र सबै बदलिनुपर्छ। सिंहदरबार मात्र होइन, गाउँगाउँका हरेक तह बदलिनुपर्छ, चिया पसल गर्नेहरू पनि बदलिनुपर्छ। पार्टीको कुरा गर्दा अब जो बदलिन्छन्, तिनले नेतृत्व लिन्छन्, जो बदलिँदैनन् तिनले बिदा लिन्छन्।’ ‘जेनजी’ प्रदर्शनले सबैको आँखा खोलिदिएको धारणा व्यक्त गर्दै उनले लोकतान्त्रिक पद्धतिप्रतिको उच्च चेत, भ्रष्टाचार नियन्त्रणका लागि कठोर कदमको आवश्यकता र नेतृत्व परिवर्तन यो आन्दोलनको सन्देश रहेको बताए। आन्दोलनको पहिलो दिन प्रदर्शनकारीमाथि गोली हान्न आदेश दिने र दोस्रो दिन आगजनी एवम् तोडफोड गर्नेहरूका विषयमा गहन छानबिन हुनुपर्ने बताउँदै महामन्त्री शर्माले दोषी जो छन्, उनीहरूप्रति कुनै मोलाहिजा नराखी कडा कानुनी कारबाही हुनुपर्नेमा जोड दिए।  उनले आजै मेचीनगर–१० स्थित पार्टीको क्षेत्रीय कार्यालय, मेचीनगर नगरपालिकासहित भदौ २४ गते आगजनी तथा तोडफोडबाट ध्वस्त भएको आफ्नो निजी निवासको अवलोकन गरे।

पोखराः   नेपाली कांग्रेस कास्कीले पार्टीको विशेष महाधिवेशनको माग गरेको छ । नेपाली काँग्रेसको आइतबार बसेको बैठकले देशको पछिल्लो अवस्थाका वारेमा गम्भिर समिक्षा गर्दै विशेष महाधिवेशनको माग गरेको पार्टीका सहसचिव तथा प्रवक्ता नविन सिग्देलले जानकारी दिए ।   त्यसैगरी बैठकले यथाशिघ्र क्रियाशिल सदस्यता नविकरण गरी यहि मंसिर भित्र नै विशेष महाधिवेशन गर्ने त्यसो नभएमा १४ औं महाधिवेशनका प्रतिनिधिहरुबाट नै विशेष महाधिवेशनको माग गर्ने निर्णण गरिएको प्रवक्ता सिग्देलले जानकारी दिए ।   बैठकले पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र केन्द्रीय सदस्य तथा पूर्व परराष्ट्रमन्त्री आरजु देउवा राणा माथिको आक्रमण तोडफोड र आगजानीको घटना प्रति घोर निन्दा तथा भत्सर्ना गरेको छ ।   नेपाली काँग्रेस कास्कीका कार्यवहाक सभापति रामवावु भण्डारीको अध्यक्षतामा आइतबार वसेको बैठकले देशभर भएको सरकारी तथा व्यक्तिगत सम्पतीमाथिको तोडफोड, आगजनी र हिंसात्मक गतिविधिहरू शान्तिपूर्ण लोकतान्त्रिक विरोधको मर्म र मान्यताबाट बाहिर गएको उल्लेख गर्दै त्यसको भत्सर्ना गरेको हो ।   त्यसैगरी जिल्ला पार्टी कार्यालय, चिप्लेढु·ामा रहेको विपि कोइरालाको शालिक, हरिचोकमा रहेको शहिद हरिप्रसाद गुरुङको शालिकसँगै अन्य शहिदहरुको शालिक तोडफोड तथा आगजनिको निन्दा गरेको छ ।   बैठकले पार्टी कार्यलार्य पुननिर्माण तथा विपि कोइराला र शहिद हरिप्रसाद गुरुङको शालिक पुनस्थापना गर्नका लागि पार्टीका साथीहरुसँग सहयोगका लागि आह्वान गर्ने निर्णय गरेको छ।   पार्टी कार्यालयको क्षती मूल्याड्ढन र पुननिर्माणको लागत पेश गर्ने जिम्मा जिल्ला कार्यसमिति सदस्य ई. सागर मोहन भट्टराईलाई जिम्मा दिइएको छ । साथै कास्की जिल्ला माताहातमा रहेका क्षेत्र, प्रदेश सभा, पालिका र सम्पूर्ण वडा कार्यसमितिको तत्काल बैठक वसी पार्टीका साथीहरुलाई क्रियाशिल बनाउन बैकठले आह्वान गरेको छ ।   बैठकमा जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, क्षेत्र, प्रदेश सभा र पालिकाका सभापतिहरुको सहभागिता रहेको थियो ।

काठमाडौं:    जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित छ जनाले सामूहिक राजीनामा दिएका छन् । नेतृत्व परिवर्तनको माग पुरा नभएको भन्दै पार्टीका उपाध्यक्ष खान, केन्द्रीय प्रवक्ता डा शरदसिंह यादव, केन्द्रीय संयोजक कुमार यादव, सिके सिंह, वरिष्ठ प्रदेश इञ्चार्ज (सुदुरपश्चिम प्रदेश) राजाराम चौधरी र केन्द्रीय सदस्य विक्रमबहादुर बमले सामूहिक राजीनामा दिएका हुन् । उनीहरुले बुधबार पार्टी अध्यक्ष डा चन्द्रकान्त राउत र सङ्गठन विभाग डा जयकान्त राउतको २४ घण्टाभित्र स्वेच्छिक राजीनामाको माग गरेका थिए । माग पुरा नभएपछि पार्टीको साधारण सदस्यसमेत नरहने गरी सामूहिक राजीनामा दिएको प्रवक्ता यादवले जानकारी दिनुभयो । देशको विषम परिस्थितिलाई मध्यनजर गरी जनभावना अनुरुप पार्टीको प्रमुख नेतृत्वलाई आत्मआलोचना गरी नेतृत्व परिवर्तनको निम्ति अल्टिमेटमसहित हामीले माग गरेको राजिनामा पत्रलाई तपाईँले अपहेलना गरी जेनजीले बगाएका रगतको अपमान गरी उल्टै नेता कार्यकर्तालाई अङ्हकारको भाषामा आफ्नो आधिकारीक फेसबुकमार्फत धारणा सार्वजनिक गरी सकेपछि आफूहरुको ध्यानाकर्षण भएको राजीनामा पत्रमा उल्लेख छ । त्यसैलाई आधार मानी आजैको मितिदेखि साधारण सदस्यसमेत नरहने गरी आफूहरु पार्टीबाट राजीनामा दिने उनीरुको भनाइ छ ।