निर्वाचन तोकिएकै समयमा हुन्छ: प्रचण्ड
धादिङ | मंसिर १०, २०८२
धादिङ: नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन तोकिएकै समयमा हुने बताउनु भएको छ ।
धादिङको बेनीघाट रोराङ्ग गाउँपालिकाको प्रमुख प्रशासकीय भवन उद्घाटन समाहारोमा संयोजक दाहालले सङ्घीय संरचना बलियो बनाउन स्थानीय तहको भूमिकालाई मजबुत बनाउनुपर्ने उल्लेख गर्नुभयो।
आफ्नो संवोधनका क्रममा दाहालले ग्रामीण विकासको आधारभूत केन्द्र नै स्थानीय सरकार हुने टिप्पणी समेत गर्नुभयो ।
दाहालले गाउँ-गाउँमा सुविधा, सेवा र प्रशासनिक पहुँच पुर्याउन यस्ता संरचनाले नागरिकलाई सरकार समक्ष नजिक ल्याउने भन्दै अब भवन मात्र होइन, सेवाको गुणस्तरबाट जनतालाई परिवर्तनको अनुभूति गराउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

