स्वदेश फर्किए देउवा दम्पती

काठमाडाैं | कात्तिक २९, २०८२

स्वदेश फर्किए देउवा दम्पती

काठमाडौं:  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा दम्पती शुक्रवार सिंगापुरबाट स्वदेश फर्किएका छन् । 


जेनजी आन्दोलनबाट गम्भीर घाइते भएका देउवा ,पत्नी आरजु राणा देउवासहित थप उपचारका लागि  कात्तिक १० गते सिंगापुर गएका थिए ।


जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते बुढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो । त्यसपछि उहाँहरूको सैनिक अस्पताल छाउनीमा उपचार भएको थियो ।


जेन जी घटनापछि सार्वजनिक रूपमा नदेखिएका देउवा असोज २८ गते पार्टी केन्द्रीय कार्यालयमा सार्वजनिक भएका थिए । 


उक्त बैठकमा देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेका थिए । 

काठमाडौं:   नेकपा एमालेले आज (शनिबार) देशका ७७ वटै जिल्लामा जनप्रदर्शन र सभा गर्दैछ । एमालेले प्रतिगामी षडयन्त्रविरुद्ध र संसद पुनस्थापनाको माग गर्दै प्रदर्शन गर्न लागेको हो । एमालेले गत भदौ २४ गतेपछि...

थप पढ्नुहोस्

पोखरा:   गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश सभाको चालु अधिवेशन आज राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य...

थप पढ्नुहोस्

पोखरा:   नोभेम्बर १४ अर्थात् विश्व मधुमेह दिवस पोखरामा पनि मनाइएको छ । सन् २००६ देखि संयुक्त राष्ट्र संघले पनि यो दिवसलाई आधिकारिता दिएको छ ।  दिवसको उपलक्ष्यमा शुक्रबार सूर्यचन्द्र विकास समाज पोख...

थप पढ्नुहोस्