राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ। आइतबार बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।
पोखरा: अखिल क्रान्तिकारी विप्लव निकट विद्यार्थी नेता सचिन सीले पोखरास्थित पृथ्वीनारायण क्याम्पसलाई राजनीतिक दलहरुले भर्ती केन्द्र बनाएकोे आरोप लगाएका छन् । पोखरामा आज (आइतबार) पृथ्वीनारायण क्याम्पसमा क्रियाशिल विद्यार्थी संगठन अखिल (क्रान्तिकारी ) विप्लव, अखिल छैठौं र अखिल क्रान्तिकारी संयुक्तले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता सचिन सीले यस्तो आरोप लगाएका हुन् । ‘पिएन क्याम्पसमा झाडु लगाउने देखि क्याम्पस प्रमुखसम्म राजनीतिक दलबाट नियुक्त गर्ने प्रचलन छ, सचिनले भने, ‘त्रिविको कार्यतालिका अनुसार आज चैत ५ गते निर्वाचन हुनुपर्ने हो तर प्रशासन र स्ववियु निर्वाचन समितिले निर्वाचन गराउन सकेन ।’ उनले क्याम्पसका कर्मचारीले नै विद्यार्थीका सूचना चुहावत गरेपछि निष्पक्ष रुपमा निर्वाचन गर्न नसकेको बताए । ‘ त्रिविको कार्यतालिका अनुसार देशभरका आंगिक र सम्बन्धप्राप्त क्याम्पसमा निर्वाचन हुने पर्ने हो , उनले भने, ‘प्रशासनबाट नै सूचना चुहावट भएपछि निष्पक्ष रुपमा निर्वाचन गराउन नसकेपछि प्रशासन र स्ववियु निर्वाचन समिति पछि हटेको छ ।’ उनले क्याम्पस प्रशासनको त्रुटी प्रतिको आन्दोलनमा चार विद्यार्थीको एकवद्धता रहेपनि अखिल (क्रान्तिकारी) प्रचण्ड निकट विद्यार्थी नेताहरु आन्दोलनबाट पछि हटेको आरोप समेत लगाए । अखिल (क्रान्तिकारी) विप्लव सचिवालय सदस्य प्रकाश सीले क्याम्पस प्रशासनबाट चुहावट भएको विद्यार्थीहरुको व्यक्तिगत विवरणको विषयमा छानविन गर्नुपर्ने, क्याम्पस प्रशासन वा त्रिविबाट तलवभत्ता पाएका प्राध्यापक कर्मचारीहरुले स्ववियु निर्वाचनमा मतदान गर्न नपाउने माग राखेको बताए । सर्वोच्च अदालत पोखराले पृथ्वीनारायण क्याम्पसमा चैत्र ८ गतेसम्म निर्वाचन सम्बन्धी कुनैपनि गतिविधि नगर्न अन्तरिम आदेश जारी गरेको छ । क्याम्पसमा क्रियाशिल विद्यार्थी संगठन अखिल (क्रान्तिकारी ) विप्लव, अखिल छैठौं र अखिल क्रान्तिकारी संयुक्तले प्रेस विज्ञप्ति निकाल्दै इतिहास बोकेको स्ववियुलाई विभिन्न ढंगले बदनाम बनाउने प्रयास भएको र आज चैत ५ गते देशभर हुने भनिएको स्ववियु निर्वाचन त्रिविका आंगिक र सम्बन्धप्राप्त क्याम्पसहरुमा एकैसाथ नहुने अवस्था सृजना भएको उल्लेख गरेको छ । पृथ्वीनारायण क्याम्पसमा फागुन २५ गतेदेखि स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समितिको कार्यालयमा ताला लागेपछि निर्वाचन अनिश्चित बनेको छ ।
काठमाडौं : नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ। आइतबार संसद् भवन नयाँ बानेश्वर बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले मन्त्री छान्न चार वटा मापदण्डलाई आधार बनाएको छ। पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले मन्त्रिपरिषदमा पठाउँदा योग्यता, योगदान, समावेशिता र प्रादेशिक सन्तुलनलाई आधार मानिने बताए। आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेको थियो। संघीय संसद भवनको शंकर हलमा आइतबार बिहान कांग्रेस कार्यसम्पादन समितिको बैठक बसेको थियो।
काठमाडौं : नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ । आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेको हो। बैठकपछि पार्टी प्रवक्ता प्रकाशशरण महतले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने जानकारी दिए। संघीय संसद भवनको शंकर हलमा आइतबार बिहान कांग्रेस कार्यसम्पादन समितिको बैठक बसेको थियो । आजै केहीबेरमै कांग्रेस संसदीय दलको बैठक बसेर कार्यासम्पादन समिति बैठकको निर्णय अनुमोदन गर्नेछ। प्रधानमन्त्री प्रचण्डले भोलि प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी छ।
काठमाडौं : त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा मतदान प्रक्रिया सुरू भएको छ । निर्वाचन तयारी पूरा भए पनि केही प्रतिनिधि आएर हस्ताक्षर गर्न बाँकी भएकाले मतदानमा ढिलाइ भएको थियो । त्रिविको स्ववियु सभापतिमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबाट विपिन विक,नेकपा एमाले अनेरास्ववियुबाट प्रकाश विष्ट,नेपाली कांग्रेस निकट नेविसंघबाट श्यामराज ओझा, विप्लव निकट अखिल क्रान्तिकारीबाट मदन केसीलगायत चुनावी मैदानमा छन्। कूल तीन हजार चार सय ३६ मतदाता रहेको केन्द्रीय क्याम्पसमा बिहान ११ बजेसम्म ६ सय मत खसेको अखिल क्रान्तिकारी त्रिवि अध्यक्ष प्रदीप भट्टले अन्नपूर्णलाई जानकारी दिए । देशभरिका ६० आगिंक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा आज बिहान ८ बजेदेखि मतदान सुरू भएको हो । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले मतदान दिउँसो ४ बजेसम्म हुने जानकारी दिए।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने विषयमा छलफल गर्न बैठक बोलाएको रास्वपाका प्रवक्ता मुकुल ढकालले जानकारी दिए। बैठकमा समसामयिक राजनीतिक परिस्थितिका बारेमा पनि छलफल हुनेछ। प्रधानमन्त्री प्रचण्ड भोलि सोमबार संसदमा विश्वासको मत लिने तयारीमा छन्।
काठमाडौं: त्रिभुवन विश्वविद्यालयका आङ्गिक, सम्बन्धन प्राप्त क्याम्पसरकलेजमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन आज (आइतबार) हुँदै छ । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्रा. पशुपति अधिकारीका अनुसार बिहान ८ देखि अपराह्न ४ बजेसम्म विद्यार्थीले आफ्नो प्रतिनिधि चयन गर्न सक्नेछन् । शुक्रबारसम्म दुईवटा आङ्गिक क्याम्पस र सम्बन्धन प्राप्त सयौँ कलेज÷क्याम्पसमा युनियन निर्विरोध गठन भइसकेको अधिकारीले जानकारी दिनुभयो । समन्वय समितिले निर्वाचन सम्पन्न नहुन्जेलसम्म विद्यार्थी, कर्मचारी, प्राध्यापक सबैलाई जिम्मेवार भएर आचारसंहिता पालना गर्न आग्रह गरेको छ ।
काठमाडौं: त्रिभुवन विश्वविद्यालय (त्रिवि)को भोलि (आइतबार) हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदानका लागि चार आङ्गिक क्याम्पसले विद्युतीय मेसिन प्रयोग गर्ने भएका छन् । त्रिवि केन्द्रीय क्याम्पस, पुल्चोक इञ्जिनीयरिङ क्याम्पस, थापाथली इञ्जिनीयरिङ क्याम्पस र पूर्वाञ्चल इञ्जिनीयरिङ क्याम्पस धरानले मतदानमा विद्युतीय मेसिन प्रयोग गर्ने भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्रा पशुपति अधिकारीले जानकारी दिनुभयो । ती सबै क्याम्पसमा रामलक्ष्मण इनोभेसन प्रालिका विद्युतीय मतदान मेसिन प्रयोग गरिनेछ । रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले विद्युतीय मतदानका लागि सबै तयारी पूरा गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार त्रिवि केन्द्रीय क्याम्पसमा १६, पुल्चोक इञ्जिनीयरिङमा १४, थापाथली इञ्जिनीयरिङ क्याम्पस र पूर्वाञ्चल इञ्जिनीयरिङ क्याम्पसमा १२/१२ विद्युतीय मेसिन प्रयोग गरिनेछ । उहाँले चार क्याम्पसमा मतपरिणाम सोही दिन सार्वजनिकसमेत हुने बताउनुभयो । त्रिवि क्याम्पसमा ६२, पुल्चोक क्याम्पसमा ५८, थापाथली क्याम्पसमा ४१ र पूर्वाञ्चल क्याम्पसमा ४५ जना प्रत्यक्षतर्फका उम्मेदवार छन् । त्रिवि केन्द्रीय क्याम्पसमा तीन हजार तीन सय ३९, थापाथली क्याम्पसमा एक हजार सात सय ५०, पुल्चोक क्याम्पसमा दुई हजार छ सय ९९ र धरानमा एक हजार नौ सय ४१ मतदाता छन् । स्ववियु निर्वाचनमा अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुँदैछन् । रामलक्ष्मण इनोभेसनका सञ्चालक रिमालले विद्युतीय मेसिनमा मतदाताले पहिले प्रत्यक्ष मतदान गरिसकेपछि समानुपातिकका लागि मतदान हुने बताउनुभयो । उहाँका अनुसार अध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्य तथा समानुपातिक गरी पाँच मतपत्र हुनेछन् । बिहान ८ देखि अपराह्न ४ बजेसम्मका लागि मतदानको समय तोकिएको छ ।
काठमाडौं: विद्यार्थी सङ्गठनको आपसी विवादका कारण त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गतका १० वटा आङ्गिक क्याम्पसमा निर्धारित मितिमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन नहुने भएको छ । त्रिविले ६२ वटा आङ्गिक र एक हजारभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसमा चैत ५ गते स्ववियुको निर्वाचन गर्दै छ तर विद्यार्थी सङ्गठनले त्रिविले तोकेको समयभन्दा पछाडि विद्यार्थी भर्ना गरेको भन्दै एकअर्कालाई दोष लगाएर तालाबन्दीमा उत्रेपछि ती क्याम्पसमा तत्कालका लागि निर्वाचन टरेको हो । स्ववियुको निर्वाचन गराउने त्रिविअन्तर्गतको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका अनुसार उपत्यकाको त्रिचन्द्र क्याम्पस, रत्नराज्यलक्ष्मी क्याम्पस, विश्वभाषा क्याम्पस, केन्द्रीय आयुर्वेद क्याम्पस, अमृत साइन्स क्याम्पस, पाटन संयुक्त क्याम्पस, नेपाल कमर्स क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ । त्यस्तै आङ्गिकअन्तर्गत नै उपत्यकाबाहिरका पोखरास्थित पृथ्वीनारायण क्याम्पस, बागलुङको धौलागिरि बहुमुखी क्याम्पस, महेन्द्रनगरको सिद्धनाथ विज्ञान क्याम्पसमा पनि बिहीबार साँझसम्म निर्वाचन प्रक्रिया सुरु भएको छैन । अब ती क्याम्पसमा चैत ५ गते निर्वाचन गर्न मुस्किल हुने निर्देशनालयले जनाएको छ । यीमध्ये अधिकांश क्याम्पसमा तालाबन्दी छ । केहीमा निर्वाचन समितिका पदाधिकारीले राजीनामा दिएपछि प्रक्रिया रोकिएको छ । प्रक्रिया रोकिएकामध्ये त्रिचन्द्र क्याम्पसको निर्वाचन समितिले चैत ९ गते मतदान गर्ने गरी निर्वाचन प्रक्रिया सुरु गरेको निर्वाचन समितिका संयोजक राजेन्द्र गौतमले जारी गर्नुभएको निर्वाचन तालिकामा उल्लेख छ ।

