पोखरामा ११ औं संस्करणको ‘मिस टिन इन्टरनेसनल २०२६’ आयोजना हुने भएको छ ।    लिटिल स्टेप सेकेन्डरी स्कुलको प्रायोजन तथा इभेन्ट्स फर यू प्रालिको आयोजनामा हुने ‘मिस टिन इन्टरनेसन...

पोखरा:    कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि कुल रु ६१ करोड ६८ लाख ७० हजारको बजेट ल्याएको छ । गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारीले गाउँसभामा सो बजेट प्रस्तुत गरेकी हुन् । बजेटका स्रोतहरुमा संघीय सरकार वित्तिय समानिकरण अनुदान रु ९ करोड ४७ लाख, संघीय सरकार सर्शत अनुदान रु।२६ करोड ५२ लाख, संघ समपुरक अनुदान तर्फ १ करोड ६५ लाख, संघ विशेष अनुदान रु।एक करोड ३० लाख, संघीय सरकार राजश्व बाँडफाँट रु १० करोड ३८ लाख ५७ हजार अनुमान गरिएको उपाध्यक्ष अधिकारीले बताईन । यसैगरी प्रदेश सरकार वित्तिय समानिकरण अनुदान रु एक करोड २० लाख, प्रदेश सरकार राजश्व बाँडफाँट रु। ७४ लाख, ४३ हजार, प्रदेश सरकार विशेष अनुदान रु। ३० लाख र प्रदेश सरकार समपुरक अनुदान रु ७० लाख अनुमान गरिएको छ । माछापुच्छ्रे गाउँपालिकाको आन्तरिक राजश्व अनुमान रु छ करोड २८ लाख, चालु वर्षको बैँक मौज्दात रकम रु ३ करोड, घर जग्गा रजिष्ट्रेशन शुल्क रु ८० लाख, जनसहभागिता रु १० लाख अनुमान रहेको छ । उपाध्यक्ष अधिकारीले “उत्पादनशिल रोजगारी, मर्यादित जीवन, समावेशी र सुशासनयुक्त गाउँपालिका“भन्ने लक्ष्य हासिल गर्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याइएको बताईन । उनका अनुसार उत्पादन, रोजगारी र आयआर्जनका अबसर प्रवद्र्धन बजेटको मुख्य उद्धेश्य हो । सांस्कृतिक तथा पर्यटकिय गन्तव्यको रुपमा विकास गर्नु, गुणस्तरिय स्वास्थ्य, शिक्षा र सभ्य समाजको आधार तयार गर्नु, बसोबास, भौतिक सुबिधा तथा अन्तर आबद्धता सहज, व्यवस्थित र उत्थानशिल बनाउनु, वन, जलाधार एबं जैबिक विविधताको संरक्षण, गुणस्तर तथा दीगो प्रयोगमा अभिबृद्धि गर्नु र विकास पूर्वाधारलाई विपद प्रतिरोधी तथा सामाजिक एवं संस्थागत जीवनलाई उत्थानशिल बनाउनु बजेटका मुख्य उद्धेश्य रहेको गाउँपालिकाले जनाएको छ ।    (पूर्णपाठसहित)

पोखरा:    कास्कीको मादी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि ८८ करोड ८२ लाख ४ हजार रुपैयाँको बजेट ल्याएको छ ।  मादी गाउँपालिकाकी उपाध्यक्ष कल्पना गुरुङले १३ औं गाउँ सभामा चालुतर्फ ६१ करोड ८७ लाख रुपैयाँ र पुँजीगतर्फ २६ करोड ९४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् । गाउँपालिकाले पूर्वाधार विकासतर्फ १७ करोड ४१ लाख १५ हजार, आर्थिक विकासतर्फ ६ करोड ३० लाख ५८ हजार, सामाजिक विकासतर्फ ४९ करोड ९९ लाख १५ हजार,  वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ १ लाख २७ लाख ९५ हजार, सुशासन तथा संस्थागत विकासतर्फ १३ करोड ८३ लाख २१ हजार रुपैयाँ विनियोजन गरिएको छ ।   गाउँपालिकाले कृषि, पर्यटन, घरेलु, उद्योग, लघु उद्यम, सडक भवन तथा, अन्य संरचना निर्माणमा गुणस्तरीय भौतिक पूर्वाधारलाई प्राथमिकता दिएको छ ।    (पूर्णपाठ) 

पोखरा:     पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ७ अर्ब १५ करोड १५ लाख १७ हजार रुपैयाँको बजेट ल्याएको छ । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले १३ औं नगर सभामा उक्त बजेट प्रस्तुत गरेकी हुन् ।  बजेटको खर्च व्यहोर्ने स्रोतमा संघीय सरकार अनुदानबाट २ अर्ब ७६ करोड ३२ लाख, प्रदेश सरकार अनुदानवाट १० करोड २३ लाख ६२ हजार, आन्तरिक आयबाट २ अर्ब २७ करोड ८७ लाख, संघीय राजस्व बाडँफाँडबाट ३६ करोड ६२ लाख रुपैयाँ छछ । प्रदेश राजश्व बाँडफाड ८ करोड २५ लाख व्यहोर्ने लक्ष्य छ । स्थानिय राजस्व बाँडफाँटबाट १ अर्ब १ करोड ७५ लाख र संघीय सरकार शहरी विकास आयोजना अनुदानबाट ८ करोड ४० लाख ९१ हजार प्राप्त हुने अनुमान गरिएको छ । यसो गर्दा ४५ करोड ६८ लाख ६५ हजार न्यून हुने बजेटमा उल्लेख छ । चालु आर्थिक वर्षको अन्त्यमा बचत हुने मौज्दातबाट अपुग रकम व्यहोरिने उपप्रमुख गुरुङले बताइन् ।   पोखरा महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० का लागि ८ अर्ब ९९ करोड २ लाख २९ हजार रुपैयाँको बजेट ल्याएको थियो । असार ८ गतेसम्म ३ अर्ब ८५ करोड ५५ लाख ८४ हजार रुपैयाँ (४३.०५ प्रतिशत) खर्च भएको छ । महानगरले चालुआर्थिक वर्षको भन्दा १ अर्ब ८४ करोड रुपैयाँ घटाएर बजेट ल्याएको हो ।    पूर्णपाठ ​

पोखरा:   पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ सम्म दुई लाख विरुवा वृक्षारोपण गर्ने नीति लिएको छ ।  पोखरा महानगरपालिका नगरप्रमुख धनराज आचार्यले १३ औं नगरसभामा आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा एक घर दुई विरुवा कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै वृक्षारोपण गर्ने अभियानका रुपमा सञ्चालन गर्ने बताएका हुन् ।  आर्थिक वर्ष २०८१/०८२ भित्र दुई लाख वृक्षारोपण गर्ने गरी हरित पोखरा निर्माण लागि ‘क्लिन पोखरा ग्रिन’ पोखरा परियोजना सञ्चालन गरिने नगरप्रमुख आचार्यले बताए ।  यस्तै महानगरपालिकाले पोखरालाई पर्यटनको राजधानी शहर घोषणा गर्न, ‘चलिए पोखरा, ओमेन झाओ वा पोखरा, जाउ है पोखरा’ जस्ता नारा सहित छिमेकी मुलुकका पर्यटन गन्तव्यका प्रमुख पर्यटन बजारमा नेपाली तथा पोखरेली पर्यटन प्रचार, प्रसार र प्रवर्धन गर्ने नीति लिएको छ ।  पोखरा -६स्थित लेकसाइड क्षेत्रमा सवारी व्यवस्थापन र रात्रिकालिन व्यवसाय नियमनका लागि उचित कार्यविधि तर्जुमा गरी कार्यान्वयन गर्दै, लेकसाइड क्षेत्रलाई २४ औं घण्टा खुल्ला गर्न पहल गर्ने जनाएको छ ।  पोखरा महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमको (पूर्णपाठसहित)  

गत माघदेखि पोखरा महानगरले सुरु गरेको पे–पार्किङ असफल भएको छ ।    महानगरले न्यूरोडस्थित पुरानो पूर्णिमा हलको खाली जग्गामा पे–पार्किङको व्यवस्था गरी धुमधामले शुभारम्भ गरेपनि अन्ततः सफल हुन सकेन । महानगर र सम्बन्धित वडा कार्यालय जागरुक भएपछि त्यसलाई सघाउन स्थानीय युवाले हलमा पार्किङको व्यवस्थापन गरेका थिए ।    उक्त जमिनलाई पार्किङ्योग्य बनाउन उनले लगानीसमेत गरे । त्यस्तै सवारीसाधन व्यवस्थापन र शूल्क उठाउन जनशक्ति व्यवस्थापन पनि गरे । तर महानगरको योजना नै असफल भएपछि उनको लगानीसमेत डुबेको छ ।    यस विषयमा सञ्चालकले प्रत्यक्षरुपमा कति लगानी भएको हो भन्ने नबताएपनि अनुमानित ५ लाख रुपैयाँ उनको खर्च भएको छ । ‘सरकारी योजनालाई सफल बनाउन नागरिकस्तरबाट सहयोग गरेको हुँ’ सञ्चालक भन्छन् ‘योजना नै असफल भयो, मेरो लगानी पनि खेर गयो ।’   उनको लगानी र समय खेर गएपछि धेरथोर क्षतिपुर्ति दिन वडा र महानगर तयार रहेको बुझिएको छ । वडाध्यक्ष दिपेन्द्र मर्सानी र वडा सचिव लोकदर्शन कोइरालाले ‘केही’ राहत उपलब्ध गराउन लागिपरेका छन् ।    पार्किङ उद्घाटनमा मेयर धनराज आचार्यले नगरभित्र २७ स्थानमा पार्किङ व्यवस्थापन गर्ने बताएका थिए । न्यूरोडमा राखिएका पार्किङको भने व्यवसायीले सुरुदेखि नै विरोध गर्दै आएका थिए । 

पोखरा:  पोखरामा गएराति चट्याङ लागेर देब बहादुर विकको मृत्यु भएको छ ।  पोखरा महानगरपालिका २३ हर्पनमा गएराति ११:३० बजेको समयमा आफ्नै घरको ढोका लगाउने क्रममा अचानक उनलाई चट्याङ लागेको थियो । चट्याङ लागेर बेहोस भएका विकलाई कास्की प्रहरीले उपचारका लागि मेट्रोसिटी अस्पताल पठाएको थियो ।  कास्की प्रहरीका अनुसार अस्पतालमा चेकजाँचको क्रममा आज बिहान २ बजे डाक्टरहरुले मृत घोषणा गरेको जनाएको छ । यस्तै गएराति नै बागलुङको ढोरपाटन नगरपालिकामा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।   

पोखरा:    पोखरामा सम्पन्न भएको निशुल्क स्वास्थ्य शिविरमा १ सय ९ जनाले सेवा लिएका छन् ।  समानताको लागि आवाज भन्ने मूल नारासहित पोखरामा क्रियाशिल रहेको ‘आवाज नामक संस्था’ले पोखरा महानगरपालिका १४ विजय वस्ती चाउँथेमा शनिबार आयोजना गरेको नाक, कान र घाँटी निशुल्क स्वास्थ्य शिविरमा १ सय ९ जनाले सेवा लिएका हुन् ।   पोखरा ईएनटी अस्पतालको सहकार्यमा आवाज नामक संस्थाले निशुल्क स्वास्थ्य शिविर पोखरा १४ विजयवस्तीमा सम्पन्न गरेको संस्थाका अध्यक्ष प्रकाश सुनारले जानकारी दिए ।  निशुल्क स्वास्थ्य शिविरमा नाक, कान र घाँटीमा समस्या देखिएका बिरामीहरुलाई ‘आवाज संस्था’ले निशुल्क औषधि समेत वितरण गरेको छ ।  पोखरा ईएनटी अस्पताल तथा नाक, कान, घाँटी विशेषज्ञ डा. राजेन्द्र नेपाली र मेडिकल अफिसर अलिसा सुर्खेटीले स्वास्थ्य शिविरमा बिरामीको चेकजाँच गरेका थिए । 

पोखरामा:  चीनको सिचुवान ड्रागन बोट टिमले फेवातालमा सम्पन्न पहिलो नेपाल– चीनमैत्रीपूर्ण ड्रागन बोट रेस प्रतियोगिताको उपाधि जितेको छ ।  शनिबार फेवातालमा भएको २ सय र ५ सय मिटर दुवैतर्फको फाइनल खेलमा सिचुवान टिमले उपाधि जितेको हो ।  प्रतियोगितामा विजेता भएको सिचुवान ड्रागन बोट टिमले २ सय र ५ सय मिटर दुवै विधामा उत्कृष्ट बन्दै ५ लाख ५० हजार रुपैयाँका दरले ११ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे । त्यस्तै, प्रतियोगितामा उपविजेता भएको नेपाली टिम ‘नारा ड्रागन बोट टिम’ले २ र ५ सय मिटर दुवै विधामा उपविजेतासँगै ३ लाख ५० हजार रुपैयाँका दरले ७ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । मैत्रीपूर्ण प्रतिस्पर्धामा चीनकै युनान ड्रागन बोट टिम तेस्रो भएको छ । दुवै विधामा तेस्रो युनानले प्रति विधा २ लाखका दरले ४ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको हो ।   प्रतियोगितामा नेपाली टिम एनआरसीए उत्कृष्ट ४ मा पर्न सफल भएको थियो । प्रतियोगितामा नेपाल र चीनका ४/४ गरी ८ टिम सहभागी थिए । शुक्रबार भएको समूह चरणको खेलबाट नेपालका २ र चीनका २ टिम अन्तिम ४ मा प्रवेश गरेका थिए । प्रतियोगितामा भाग लिएका ८ वटै टिमले जनही नगद १, १ लाख रुपैयाँदरले पुरस्कार प्राप्त गरेका छन् ।