माछापुच्छ्रे गाउँपालिकाको बजेट ६१ करोड ६८ लाख (पूर्णपाठसहित)

पाेखरा | असार ११, २०८०

माछापुच्छ्रे गाउँपालिकाको बजेट ६१ करोड ६८ लाख (पूर्णपाठसहित)

पोखरा:    कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि कुल रु ६१ करोड ६८ लाख ७० हजारको बजेट ल्याएको छ ।


गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारीले गाउँसभामा सो बजेट प्रस्तुत गरेकी हुन् । बजेटका स्रोतहरुमा संघीय सरकार वित्तिय समानिकरण अनुदान रु ९ करोड ४७ लाख, संघीय सरकार सर्शत अनुदान रु।२६ करोड ५२ लाख, संघ समपुरक अनुदान तर्फ १ करोड ६५ लाख, संघ विशेष अनुदान रु।एक करोड ३० लाख, संघीय सरकार राजश्व बाँडफाँट रु १० करोड ३८ लाख ५७ हजार अनुमान गरिएको उपाध्यक्ष अधिकारीले बताईन ।


यसैगरी प्रदेश सरकार वित्तिय समानिकरण अनुदान रु एक करोड २० लाख, प्रदेश सरकार राजश्व बाँडफाँट रु। ७४ लाख, ४३ हजार, प्रदेश सरकार विशेष अनुदान रु। ३० लाख र प्रदेश सरकार समपुरक अनुदान रु ७० लाख अनुमान गरिएको छ ।


माछापुच्छ्रे गाउँपालिकाको आन्तरिक राजश्व अनुमान रु छ करोड २८ लाख, चालु वर्षको बैँक मौज्दात रकम रु ३ करोड, घर जग्गा रजिष्ट्रेशन शुल्क रु ८० लाख, जनसहभागिता रु १० लाख अनुमान रहेको छ ।


उपाध्यक्ष अधिकारीले “उत्पादनशिल रोजगारी, मर्यादित जीवन, समावेशी र सुशासनयुक्त गाउँपालिका“भन्ने लक्ष्य हासिल गर्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याइएको बताईन । उनका अनुसार उत्पादन, रोजगारी र आयआर्जनका अबसर प्रवद्र्धन बजेटको मुख्य उद्धेश्य हो ।


सांस्कृतिक तथा पर्यटकिय गन्तव्यको रुपमा विकास गर्नु, गुणस्तरिय स्वास्थ्य, शिक्षा र सभ्य समाजको आधार तयार गर्नु, बसोबास, भौतिक सुबिधा तथा अन्तर आबद्धता सहज, व्यवस्थित र उत्थानशिल बनाउनु, वन, जलाधार एबं जैबिक विविधताको संरक्षण, गुणस्तर तथा दीगो प्रयोगमा अभिबृद्धि गर्नु र विकास पूर्वाधारलाई विपद प्रतिरोधी तथा सामाजिक एवं संस्थागत जीवनलाई उत्थानशिल बनाउनु बजेटका मुख्य उद्धेश्य रहेको गाउँपालिकाले जनाएको छ ।

 

 (पूर्णपाठसहित)

काठमाडौँ:  चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् ।   उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...

थप पढ्नुहोस्

पोखरा:   कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभा सदस्यको उम्मेदवार बिना गुरुङले मतदातासँग भेट्ने तथ नीतिगत तहबाट गर्न सकिने कामहरुको छलफल गर्ने अभियान चलाइरहेकी छन् । &nbs...

थप पढ्नुहोस्

पोखरा:   कास्की क्षेत्र नम्बर २ का नेकपाका उम्मेदवार हेमबहादुर थापा (आमोद)ले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्याको स्थायी समाधान गर्न नेकपाको नेतृत्व आवश्यक रहेको बताएका छन् ।   अखिल ने...

थप पढ्नुहोस्