पर्वत:  प्रमुख स्वास्थ्य संस्थाका रूपमा रहेको प्रदेश अस्पताल पर्वतमा एकैपटक १२ वटा प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । अब बिरामीले आधुनिक प्रविधिबाट स्वास्थ्य सम्बन्धी समस्याको प्रयोगशाला परीक्षण यहीँबाट गर्न सक्...

  काठमाण्डौँ:    थप एक सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा तीन हजार ४५ नमुना परीक्षण गर्दा नयाँ संक्रमित थपिएका हुन्।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार सात सयजनाको पिसिआर परीक्षण गर्दा एक सय चारजना संक्रमित भेटिएका छन् भने एक हजार तीन सय ४५ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको छ। आइतबारसम्मको तथ्यांकअनुसार नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या चार सय ७१ पुगेको छ। सोही अवधिमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३१ छ।    संक्रमितमध्ये  ६ सय ६२ जना होम आइसोलेसनमै छन् भने अन्य १६ जना संस्थागत आइसोलेसन छन्। कोरोना संक्रमणबाट गम्भीर बिरामी भएका सातजनाको आइसियू र एकजनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। हालसम्म नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या ११ लाख २० हजार नौ सय ५६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

  पोखरा  :  परमार्थनगर क्लव पोखरा २७ डाडाकोनाकले निःशुल्क दन्त शिविर सम्पन्न  गरेको छ ।    निःशुल्क दन्त शिविर कार्यक्रममा बोल्दै पोखरा २७ का वडा अध्यक्ष पुर्ण कुमार गुरुङ्गले  भोलिका कर्णदार युवाहरुलाई सतकर्मको बाटो देखाउन आवश्यक रहेको र यस क्लव बाट युवाहरुलाई सम्मेलित गरि विभिन्न रचनात्मक कार्य गरिरहेकोमा खुसी रहेको भाव व्यक्त गरे ।     केबिन न्यु होराईजन डेन्टल सेन्टरको प्रायोजनमा आयोजित शिविरमा डा. मनोज कुमाल, डा गगा भण्डारी तथा उर्मिला कुमालले दन्त विरामीहरुको चेकजाँच गरेका थिए । साथै डाडाकोनाक स्थित श्रीकृष्ण प्रणामी वृन्दावन धाममा रहेका ११ जना बालबालिकाहरुको निशुल्क दन्त परिक्षण गर्ने निर्णय समेत गरिएको क्लवका उपाध्यक्ष विजय वस्ताकोटीेले बताए । शिविरमा करिव १०० जनाले आफ्नो दातको चेकजाँच गरि लाभ लिएका छन् ।   क्लवका अध्यक्ष मनोज गुरुङ्गको अध्यक्षता र सचिव आदर्श लामिछानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएो थिो ।  

काठमाण्डौँ:   देशभर पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा दुई हजार १५४ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार ६१ जनाले पिसीआर र एक हजार ९३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।     सो अवधिमा २७ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार ६२५ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।   एक लाख ६२ हजार ९७१ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५६४ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ । होम आइसोलेशनमा ५५५, संस्थागत आइसोलेसन नौ, आइसियू सात र भेन्टिलेटरमा एक जना सङ्क्रमित रहेका छन् ।    हाल देशभरमा २०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाडौँ एउटा रहेको छ । शून्य सङ्क्रमित रहेका जिल्लामा सोलुखुम्बु, ताप्लेजुङ, सप्तरी, मनाङ, मुस्ताङ, म्याग्दी, नवलपरासी पूर्व, जाजरकोट, डोल्पा, हुम्ला, रुकुम पश्चिम, कालिकोट, मुगु, बाजुरा, बझाङ, डढेलधुरा र कञ्चनपुर रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा २९० र ललितपुर ५४ र भक्तपुरमा आठ सक्रिय सङक्रमित रहेको मन्त्रालयले जनाएको छ ।  

बाँके:     बाँकेमा केही समयअघि भएको रगतको अभावको समस्या अहिले हटेको छ । बाँके रेडक्रसको आह्वानमा रक्तदाता स्वयंसेवकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएपछि रगतको अभाव टरेको हो ।    “हामीले जिल्लाका विभिन्न सामाजिक तथा पेशागत संस्थालाई आग्रह गरेपछि रक्तदाताको सङ्ख्या बढेको छ । अहिले रगत अभाव पनि टरेको छ”, जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत नरेश श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार केन्द्रले सङ्कलन गर्ने रगतमध्ये ८८ प्रतिशत संस्थागत तथा बाँकी व्यक्तिगत स्वयंसेवकको रहेको छ ।   रेडक्रसको नेपालगञ्जस्थित रक्तसञ्चार केन्द्र र कोहलपुर रक्तसञ्चार केन्द्रले आवश्यक पर्ने बिरामीका लागि दैनिक सरदर ८० पिन्ट रगत उपलब्ध गराउँदै आएको छ । अस्पतालमा बिरामीको चाप अत्यधिक कम भएका कारण रगतको माग पनि घटेको श्रेष्ठले बताउनुभयो ।   यसैगरी रगत अभावमा कुनै पनि बिरामीको ज्यान नजाओस् भन्ने उद्देश्यका साथ स्वयंसेवकको सङ्ख्या बढाउन बाँके रेडक्रसले प्रचारमुखी अभियान सञ्चालन गर्दै आएको छ । जिल्लामा रक्त सङ्कलनमा बढोत्तरी भएपछि रगत अभावमा बिरामीका आफन्त भौतारिँनुपर्ने र बिरामीको अकालमै ज्यान जाने अवस्थाको अन्त्य भएको छ ।   स्वयंसेवक रक्तदाताका अलावा जिल्लाका राजनीतिक दलका कार्यकर्ता, विभिन्न सामाजिक तथा पेशागत सङ्घ, सङ्गठनले समय–समयमा गर्ने रक्तदानले रगतको अभाव हुन नदिन सहयोग पु¥याएको छ ।  रक्तदानका लागि महिलाको सहभागिता पुरुषको तुलनामा कम रहेकाले उनीहरुको सहभागिता बढाउने प्रयास केन्द्रले गरेको छ ।   रेडक्रस बाँकेका अध्यक्ष गोवद्र्धनसिंह सम्झनाका अनुसार केन्द्रद्वारा सङ्कलित रगतमध्ये सबैभन्दा बढी रगत गर्भवती, सिकलसेल र रजस्वलाका कारण रक्तअल्पता हुने महिलामा प्रयोग हुने गरेको छ ।   

काठमाण्डौँ:     कोरोना भाइरसको सङ्क्रमण ७८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा तीन हजार ५१५ परीक्षणमध्ये आज ७८ जनामा सङ्क्रमण देखिएको हो । हिजो असार २२ गते ११३ जनामा सङ्क्रमण देखिएको थियो ।    सक्रिय सङ्क्रमितको सङ्ख्या ५०८ जना रहेका छन् । विगत २४ घण्टामा २३ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । यो सँगै निको हुनेको सङ्ख्या नौ लाख ६७ हजार ५९८ पुगेको छ । निको हुने दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।    सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । अहिलेसम्म होमआइसोलेसनमा ५०१, संस्थागत आइसोलेसनमा सात, भेन्टिलेटरमा एक र सघन उपचार कक्ष (आइसियु)मा सात जना उपचार भइरहेको छ । 

पोखरा:   ७ वर्षपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षत्रीय अस्पताल) मा सिटीस्क्यान मेसिन ल्याइएको छ ।  करिब ७ करोडको लागतमा फिलिप्सको सिटिस्क्यान मेसिन आज (बिहिबार) अस्पतालमा आइपुगेको अस्पतालका निर्देशक प्रा. डाक्टर भरत बहादुर खत्रीले जानकारी दिए ।    उनका अनुसार यसअघि उक्त मेसिन वीरगञ्ज भन्सारमा अड्किएको थियो । उनले यही असारसम्म जडान सक्ने बताउदै आगामी महिनादेखि सिटीस्क्यानको सेवा प्रदान गर्ने बताए ।    यसअघि दैनिक २० बढि बिरामीहरु चर्काे शुल्क तिरेर पश्चिामाञ्चल अस्पताल बाहिर निजी ल्याबहरुमा सिटीस्क्यान गर्नुपर्ने बाध्यता थियो ।    अब भने ७ वर्षपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाटै सिटी स्क्यानको सेवा लिन पाउँने अस्पतालको निर्देशक खत्रीले बताए । ‘सिटी स्क्यानको सुविधा नभएको लगभग ७ वर्ष भयो । हामीले विविध कारणले गर्दा किन्न सकेका थिएनौं । हामीले गत वर्षको असार ३१ गते त्यसको एलसी खोलेर प्रक्रिया अघि बढाएका थियौं, उनले भने, ‘त्यो भन्दा अघि टेण्डर प्रक्रियालाई ३ देखि ४ महिना लाग्यो । त्यसपछि फिलिप्स कम्पनीलाई टेण्डर परेको थियो । अस्पलातमै ल्याइसकेका छौं ।’ उनले टेण्डरपश्चात खरिद प्रक्रियामा गएको १ वर्षपछि मात्रै मेसिन आइपुगेको बताउदै जडान प्रक्रियामा लागिहाल्ने बताए । ‘मेसिनको लागि आवश्यक कोठाहरु तयार गरिसकेका छौं । सिटीस्क्यानलाई कहाँ राख्ने र रिडिङ कहाँबाट गर्ने भन्ने कुराहरु पहिले जुन कोठाहरुमा थियो त्यही कोठाहरुलाई नै प्रयोग गर्ने गरि तयारी गरेका छौं ।’ उनले भने ।   ७ करोडको सिटीस्क्यान सिटीस्क्यान र अतिरिक्त सेवा सहित उक्त सिटीस्क्यानको लागत ७ करोड रहेको निर्देशक खत्रीले बताए । ‘एउटा सिटी स्क्यानकै मुल्य छ र हामीले ५ वर्षको लागि सिएमसी भनेर गरेका छौं जसलाई उहाँहरुले फिट गर्नुहुन्छ । र ५ वर्षसम्म बिग्रेपनि सर्भिस डिस्टर्ब हुन पाउँदैन ।’ उनले भने ।    उनले विगतमा मेसिनको वारेन्टी कै आधारमा चलाउने गरेको स्मरण गरे । ‘पहिला पहिला हामीले १ वर्षको वारेन्टी हुन्थ्यो सिएमसी हुन्थेन, निर्देशक खत्रीले भने, ‘वारेन्टी सकिएपछि बिग्रिने कुरालाई मध्यनजरमा राखेर हामीले सिटीस्क्यान मेसिनलाई पाँच वर्षको सम्झौता मै राखेका छौं ।’   लकडाउनले रोकिएको थियो मेसिन कोरोना भाइरसको महामारीका कारण विभिन्न मुलुकमा भएको लकडाउनको कारण समयमा मेसिन नआएको निर्देशक खत्रीले बताए । ‘नेदरल्याण्डबाट आउनुपर्ने । खासगरी युरोप लकडाउन, कहिले एसिया लकडाउन,  चाइनाबाट हिड्नुपर्ने मेसिन फेरि साङ्घाई लकडाउन त्यसले गर्दाखेरी समयमै ल्याउन गाहा्रे भएको हो ।’    उनका अनुसार हस्पिटेक कम्पनीले टेण्डर प्राप्त गरि फिलिप्सको सिटी स्क्यान मेसिन नेदरल्याण्डबाट ल्याइएको हो ।    दैनिक २० बिरामी प्रवाभित अस्पतालका अनुसार गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करिब २० जना बढि बिरामा सिटीस्क्यानको सेवाबाट बञ्चित हुदैं आएका थिए । उनीहरुले यसअघि दैनिक २० बढि बिरामीहरु चर्काे शुल्क तिरेर पश्चिामाञ्चल अस्पताल बाहिर निजी ल्याबहरुमा सिटी स्क्यान गर्नुपर्ने बाध्यता थियो । अब उक्त बाध्यता हल हुने अस्पतालका निर्देशक डाक्टर खत्रीले बताए ।   

  काठमाण्डौँ:   कोरोना भाइरस सङ्क्रमण दैनिक बढिरहेको छ । आज एकै दिन ११३ जनामा सङ्क्रमण देखिएको हो । मङ्गलबार मात्र ९० जनामा सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा सङ्गीताकौशल मिश्राले आज नियमित पत्रकार सम्मेलनमा दुई हजार ७२४ कोरोना परीक्षण गर्दा ११३ जनामा  सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ४७१ जना रहेका छन् ।   विगत २४ घण्टामा २० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुने सङ्ख्या नौ लाख ६७ हजार ५७५ पुगेको छ । यो दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल होम आइसोलेसनमा ४६९, संस्थागत आइसोलेसनमा दुई , भेन्टिलेटरमा एक र दुई जना सघन उपचार कक्ष (आइसियु)मा उपचार भइरहेको छ ।

पोखरा:   पत्रकार तथा एबिसी टेलिभिजनकर्मी गिता रानामगरले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा ‘बिरामी कुरुवा बेड’ सहयोग गरेका छन् ।    स्वर्गीय भाई कुलदिप रानामगर ( अर्जुन) को सम्झनामा पत्रकार रानामगरले प्रसुती तथा स्त्री रोग भवनको शिशु वार्डमा ३ थान बिरामी कुरुवा बेड सहयोग गरेका हुन् ।  उक्त बिरामी कुरुवा बेड पत्रकार रानामगरले अस्पतालका प्रा. डाक्टर भरतबहादुर खत्रीलाई हस्तातरण गरे ।    सो अवसरमा बोल्दै पत्रकार रानामगरले स्वर्गीय भाईको सम्झनामा अस्पतालको शिशु वार्डमा आवश्यकता महसुस गरि राना परिवारको तर्फबाट सहगोग गरेको बताए । ‘भाईपनि सानै उमेरमा सम्झनामै सिमित भएको थियो, उनले भने, ‘त्यही बच्चा वार्डमा बिरामी कुरुवाहरुलाई सहज हुन्छ भन्ने उद्देश्यले सहयोग गरेको हुँ ।’   उनले सोही प्रसंगमा धर्म कमाउन मन्दिर नै जान नपर्ने बताए । ‘धर्म कमाउन मन्दिरमै गएर भेटी चढाउनु पर्छ भन्ने छैन, रानामगरले भने, ‘आफुलाई मनमा शान्ती मिल्ने गरि अस्पताल र वृद्धाश्रममा पनि दान गर्न सकिन्छ ।’   यसैगरि सो समाग्री ग्रहण गर्दै अस्पतालका निर्देशक प्रा. डाक्टर भरत बहादुर खत्रीले सहयोगका लागि आभार व्यक्त गरेका थिए  । उनले अस्पतालमा विशेषगरी फलामका कुर्ची तथा बेन्चहरु सहयोग आउँने बताउदै टिकाउ नहुने धारणा राखे ।   डाक्टर खत्रीले सहयोगी दाताहरुलाई काठले बनेका समाग्रीहरु प्रदान गर्न समेत सुझाएका थिए ।   स्याङ्जाको पुतली बजार नगरपालिका ७ बुढीलेकका पत्रकार रानामगरका भाई स्वर्गीय कुलदिप रानामगर (अर्जुन) ले ७ वर्षको कलिलो उमेरमा ज्यान गुमाएका थिए ।

काठमाडौँ:   काठमाडौँ उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको जानकारी दिनुभयो । ती दुवै बालकमा हिजो हैजा पुष्टि भएको हो ।    योसँगै उपत्यकामा हैजाका बिरामी १९ पुगेका छन् । उहाँका अनुसार कागेश्वरी मनहरा नगरपालिका–६ का ४ र ६ वर्षका बालकमा हैजा भेटिएको हो । उहाँले ती दुवै बालक स्थानीय अस्पतालमा उपचारपछि घर फर्किएको बताउनुभयो । हैजा तथा झाडापखाला रोगबाट बच्नका लागि उमालेको वा क्लोरिन झोल हालेर शुद्धिकरण गरिएको पानी मात्र पिउन आग्रह गरिएको छ । खाना बनाउनु अघि र पछि,  दिसापिसाब गरेपछि र  फोहर चलाएपछि राम्रोसँग साबुनपानीले हात धुनुपर्दछ ।    यस्तै, खानेपानी सधैँ सफा भाँडोले छोप्न, खानेकुरा राम्ररी पकाएर खान, सडेगलेको, बासी र झिँगा भन्केको खानेकुरा नखान समेत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको छ । झापापखाला लागे झोलिलो खानेकुरा खान पनि आग्रह गरिएको छ ।