पर्वत:  प्रमुख स्वास्थ्य संस्थाका रूपमा रहेको प्रदेश अस्पताल पर्वतमा एकैपटक १२ वटा प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । अब बिरामीले आधुनिक प्रविधिबाट स्वास्थ्य सम्बन्धी समस्याको प्रयोगशाला परीक्षण यहीँबाट गर्न सक्...

पोखराः स्थानीय तह निर्वाचनका दिन स्याङजाको वालिङमा जीप दुर्घटनामा परी घाइते भएकाहरुलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भेटेका छन् ।    पोखराको गण्डकी मेडिकल कलेजमा उपचाररत घाइतेहरुको स्वास्थ्यवस्थाबारे जानकारी लिँदै मुख्यमन्त्री पोखरेलले उपचारमा पूर्ण ध्यान दिन कलेज प्रशासनलाई निर्देशन दिएका छन् ।   ‘स्वास्थ्यविधि र प्रविधि गरी उपचार गर्नुहोला’ पोखरेलले भनेका छन् ‘हामी सबैलाई चाँडै निको भएर फर्केको हेर्न आतुर छौं ।’   उक्त दुर्घटनामा १४ जनाको निधन भएको थियो भने अन्य ८ घाइते भएका छन् । त्यस्तै, एकजना उपचारपछि घर फर्किएको कलेजले जनाएको छ ।     घाइतेमध्ये ३ जनाको आइसियुमा उपचार भइहेको छ । २ बालक अर्थोवार्ड र २ जनाको जनरल वार्डमा छन् ।   हाल घाइते सबै खतरामुक्त रहेको कलेजका मेडिकल सुपरिन्टेन्डेन्ट डा. टुमाया घलेले जानकारी दिएकी छिन् । 

उतर राई, पोखरा:   युुवा बौद्ध संघ नदिपुुरले आयोजना गरेको रक्तदान कार्यक्रममा ३४ युुनिट रगत संकलन भएको छ ।    २५६६ औ बुद्ध जयन्तीको अवसरमा युुवा बौद्ध संघद्धारा सञ्चालित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत दोश्रो दिन आज (सोमबार) ‘रक्तदान जिवनदान, जिवनदान महादान’ भन्ने नारा सहित बुुद्ध विहार अगाडि आयोजना गरिएको कार्यक्रम संयोजक शरण शाक्यले जानकारी दिए ।     विहार प्रमुख भिक्षु धज्जवन्तोले स्थानिय बासिन्दा (रक्तदाता) भुुपेन्द्र श्रेष्ठलाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रम शुुभारम्भ गरे ।   कार्यक्रमका प्रमुख अतिथी समेत रहेका अक्षयकोष दाता एवम्  ईच्छाशक्ति मोवाई प्रालिका सञ्चालक इच्छामान बुद्धाचार्यले सङ्घको विभिन्न उल्लेखनीय कामहरुको प्रशंसा गर्दै शुुभकामना व्यक्त गरे ।  यसैगरि ज्ञानमाला सङ्घका अध्यक्ष श्याम शाक्य,रक्त सञ्चार प्रमुुख महेन्द्र केसी लगायतले बोलेका थिए ।   सामाजिक व्यक्तित्व,  स्थानीय बासिन्दाहरु सहभागिता रहेको उक्त  कार्यक्रममा नेपाल रोडक्रस सोसाइटी  कास्की तथा क्षेत्रीय रक्तसञ्चार सेवा केन्द्र पोखराको प्राविधिक सहयोगमा रहेको थियो ।  

उतर राई, पोखरा:  प्राज्ञिक विद्यार्थी परिषद नेपाल पोखरा महानगर इकाई समितिद्वारा आयोजित रक्तदान कार्यक्रममा ३६ युुनिट संकलन भएको छ ।    ‘रक्तदान जिवनदान, जिवनदान महादान’ भन्ने नारा सहित मजदुर तथा विद्यार्थी दिवसको अवसरमा विन्ध्यवासिनी मन्दिर परिषरमा आयोजना गरेको संयोजक एवम् प्राज्ञिक विद्यार्थी परिषद् पोखरा महानगरका अध्यक्ष रविमोहन बरालले जानकारी दिए ।    कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्राध्यापक हिमराज गिरीले परिषद्का उपाध्यक्ष दिपक रेग्मीलाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रम शुुभारम्भ गरे ।   सो अवसरमा बोल्दै गिरीले परिषदको  विभिन्न उल्लेखनीय कामहरुको प्रसंशा गर्दै शुभकामना व्यक्त गरे । परिषदले सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान कार्यक्रममार्फत सकरात्मक सन्देश प्रवाह गरेको उनले धारणा राखेका थिए ।    सामाजिक व्यक्तित्व, विद्यार्थीहरु लगायत स्थानीयहरुको सहभागिता रहेको उक्त कार्यक्रममा रक्त सञ्चार सेवा केन्द्र गण्डकीको प्राविधिक सहयोग रहेको थियो । परिषदका अध्यक्ष रविमोहन बरालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन दिप्सन गुरुङले गरेका थिए ।

उत्तर राई, पोखरा:   युवा बौद्ध संघ नदीपुरले २५६६ औं बुद्ध जयन्तीको अवसरमा आजदेखि सप्ताहव्यापी कार्यक्रमको आयोजना थालेको छ ।   आगामी जेठ २ गते सम्म सञ्चालन हुने उक्त कार्यक्रमको पहिलो दिन (शनिबार) निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।  उक्त स्वास्थ्य शिविरमा करिब ३ सय बढिले सेवा लिएको कार्यक्रम संयोजक डा. भाइरत्न शाक्यले जानकारी दिए ।   उनका अनुसार शिविरमा हाडजोर्नी, दन्तरोग, नाक, कान, घाँटीलगायतका परीक्षण गरिनुका साथै औषधिसमेत उपलब्ध गराइएको थियो ।   संघका अध्यक्ष सुदीप प्रधानाङ्गले आगामी आइतबार रक्तदानको आयोजना गरिएको बताउँदै वडाबासी एवं सम्पूर्ण पोखरेलीलाई सहभागितको लागि अनुरोध गरे । त्यस्तै, सोमबार साइकल र्यालीको समेत आयोजना गरिने उनले बताए ।   पोखरा साइकल सिटीको सहयोगमा आयोजना हुने उक्त र्याली​ घेछेलिङ गुम्बा दीपहुँदै, सुुखवति गुम्बादेखि अनदुँस्थित शान्ति स्तुपासम्म हुने र्याली संयोजक रवि उदासले बताए ।  बुद्ध जयन्तीको अवसरमा वृहत कार्यक्रम आगामी जेठ २ गते आयोजना गरिने आयोजकले जनाएको छ ।     

काठमाडौं: भीडभाडमा जाँदा स्वास्थ्यका मापदण्ड पालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले यस्तो आग्रह गर्नुभएको हो।    कोरोना भाइरसको संक्रमण दर कम भए पनि जोखिम कम नभएको भन्दै स्वास्थ्यका मापदण्ड अपनाउन अधिकारीले आग्रह गर्नुभएको हो।  मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार अहिले नेपालमा  कोरोना संक्रमणदर स्थिर रहेको छ। केही दिनदेखि दैनिक १० देखि ३० जनामा संक्रमण पुष्टि भइराखेको छ।    संक्रिय संक्रमितको संख्या अहिले दुई सयको हाराहारीमा छ। मन्त्रालयका अनुसार २९ जिल्लामा संक्रमण दर शून्य छ। त्यसैगरी, दुई सय भन्दा कम संक्रमित भएका जिल्लाको संख्या ४८ रहेको डा. अधिकारीले जानकारी दिनुभयो।    संक्रमण पृष्टि हुनेको संख्यामा कमी आएपनि जोखिम उच्च रहेकोले स्वास्थ्यका मापदण्ड अपनाउन मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले अनुरोध गर्नुभएको हो।    छिमेकी देश भारतमा संक्रमणदर विस्तारै बढ्दै गएको र नेपालमा स्थानीय तहको चुनावको प्रचार प्रसारले  गर्दा भीडभाड बढ्दा संक्रमण बढ्न सक्ने भन्दै अधिकारीले स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गर्नुभएको हो।    “नेपालमा संक्रमणदर लामो समयदेखि स्थिर छ। तर, छिमेकी देश भारतमा संक्रमणदर विस्तारै बढ्दै गएको छ। नेपालमा स्थानीय तहको निर्वाचन आएकोले भीडभाड बढ्दा जोखिम उच्च हुनसक्छ। भीडभाडमा जाँदा स्वास्थ्यका मापदण्ड अपनाउन नभुल्नुहोला”, उहाँले भन्नुभयो।    खोप लगाउँदा र स्वास्थ्यका मापदण्डा अपनाउँदा संक्रमणको जोखिम कम हुने भन्दै डा. अधिकारीले नजिकको खोप केन्द्रमा गएर खोप लगाउन आग्रहसमेत गर्नुभएको छ।    नेपालमा २४ घण्टामा पीसीआर र एन्टीजेन परिक्षण गर्दा १५ जनामा कोरोना पृष्टि भएको छ।  योसँगै नेपालमा कोरोना संक्रमण पृष्टि हुनेको संख्या ११ लाख १९ हजार ११२ पुगेको छ। जसमध्ये  नौ लाख ६६ हजार  ७४७ जनाले कोरोना जितेका छन्।    नेपालमा अहिलेसम्म एक करोड ८९ लाख ३७ हजार ३५० जनाले एक मात्रा, एक करोड ९६ लाख ५८ हजार ९५० जनाले पूर्णमात्रा खोप लगाएका छन् भने ३५ लाख ९३ हजार ७२ जनाले अतिरिक्र मात्रा खोप लगाएका छन्। संक्रमितमध्ये ११ हजार ९५२ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमितको मृत्युदर १.२ प्रतिशत रहेको मन्त्रालयले तथयांकले  देखाएको छ।    कोरोना नियन्त्रणका लागि खोप लगाउन सुरु भएदेखि अहिलेसम्म सरकारले चार करोड २१ लख ८९ हजार ५५२ मात्रा खोप ल्याएको छ।  

काठमाण्डाै – सरकारले यही वैशाख ३० गते (शुक्रवार) हुने पालिका चुनावमा सबै मतदान केन्द्र नजिकै खोप केन्द्र पनि राख्ने भएको छ ।   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा.संगीता कौशल मिश्राले सबै मतदान केन्द्रमा खोप केन्द्र राखेर कोरोना भाइरसविरुद्धको खोप लगाउने जानकारी दिनुभयो । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता मिश्राले मतदान केन्द्रसँगै खोप केन्द्र पनि रहने भएकोले बुस्टर डोज नलगाएको भएमा मतदान गर्न जाँदा खोप कार्ड पनि लिएर जान आग्रह गर्नुभयो ।   उहाँले खोप कार्ड सम्भव नभएको खण्डमा परिचयपत्र वा अभिभावकले नाम र उमेर घोषणा गरेको परिचयपत्रका आधारमा खोप दिइने व्यवस्था गरिएको बताउनुभयो । 

काठमाडौं- नेपाल चिकित्सक सङ्घले दुई दिने सार्वजनिक बिदा दिने सरकारको निर्णयको स्वागत गरेको छ ।   सङ्घका महासचिव डा बद्री रिजालले विज्ञप्ति जारी गर्दै बिरामीलाई सेवा दिनुपर्ने चिकित्सक स्वयं आफू पनि मानसिक तथा शारीरिक तनावमा रहनुपर्ने भएकाले सरकारको निर्णय स्वास्थ्य क्षेत्रमा पनि लागू भई चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।   “हप्ताको सातै दिन, दिन रात नभनी बिरामीको सेवामा खटिने चिकित्सक आफ्नो व्यस्त समयका कारण परिवारलाई समय दिन नसक्नु, आफ्नो कार्यमा व्यस्त रहनुले दुई दिनको सार्वजनिक बिदा दिने निर्णयले चिकित्सकलाई राहत मिलेको छ”, विज्ञप्तिमा उल्लेख छ ।-

काठमाडौं– २४ घण्टामा नेपालमा २० जना कोरोना संक्रमित थपिएका छन् ।   देशभरका प्रयोगशालामा ३२२२ जनामा गरिएको नमूना परीक्षणमा २० जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २७ जना संक्रमणमुक्त भएका छन् ।   २४ घण्टामा कोरोनाबाट कसैको पनि निधन भएन । नेपालमा सक्रिय संक्रमितको संख्या २२१ रहेको छ ।

चीनको राजधानी बेइजिङमा पनि कोरोना सङ्क्रमण फेरि तीब्र रुपमा फैलिन थालेपछि विद्यालयहरू बन्द गरिएका छन् ।   महामारी अत्यधिक फैलिन थालेपछि हतार हतार गरेर साविक बमोजिमको बिदा सुरु हुनु एक दिन अगाडि नै बिदा दिइएको हो ।   सरकारले बाल शिशु कक्षादेखि माध्यामिक तहसम्मका सबै विद्यालयमा पठन पाठन रोक्ने निर्णय गरेको अधिकारीहरूले जनाएका छन् ।   महामारी थप फैलिने देखेपछि केही विद्यालयहरूले भने यसअघि नै अनलाइन माध्यमबाट पठन पाठन सुरु गरेका थिए ।   विद्यालय आउनका लागि विद्यार्थी तथा शिक्षकहरूले पछिल्लो ४८ घण्टा भित्र कोरोना परीक्षण गरेको रिपोर्ट देखाउनु पर्ने र त्यसमा नेगेटिभ रिपोर्ट हुनुपर्ने सर्त राखिएको छ ।   विद्यालय अब पुनः कहिले संचालन गर्ने भन्ने बारेमा महामारीको सङ्क्रमणको अवस्थाका आधारमा मात्रै थाहा हुने अधिकारीहरूले जनाएका छन् ।-