रुपन्देही:  रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय झण्डाबाट स्वागत गरिने भएको छ । यसका लागि बेलहिया गाउँ समाजले आइतबार बेलहियादेखि डण्डा खोला पुलसम्मका पोलहरुमा झण्ड...

काभ्रेपलाञ्चोक:   प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदको निर्वाचन सम्पन्न भएको करिब बीस घण्टा हुँदासमेत काभ्रेपलाञ्चोक जिल्लामा मतगणना सुरु हुन सकेको छैन। जिल्लाको प्रतिनिधिसभा १ मा मतपेटिका आउन ढिलाई हुँदा मतगणना सुरु हुन नसकेको हो।  प्रतिनिधिसभा क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत दुर्गाप्रसाद खनालले जिल्लाको खानीखोला गाउँपालिकाको तीन वटा वडाको छ मतदान केन्दको मतपत्र भर्खर आएको जानकारी दिनुभयो। उहाँले कार्यालयमा आएको मतपेटिका बुझ्ने क्रममा रहेको जानकारी दिनुभयो।  यसैगरी प्रतिनिधिसभा २ का सहायक निर्वाचन अधिकृत शेषराज दाहालले मतगणनाको लागि सर्वदलीय बैठक जारी छ। सर्वदलीय बैठकसकिए लगत्तै मतगणनाको काम सुरु हुनेछ। प्रतिनिधिसभा २ को मतगणना एउटै हलमा तीन स्थानमा गरिनेछ। मतगणनको लागि शिक्षा तालिम केन्द्रको सभा हलमा तारजाली र सीसी क्यामेराको व्यवस्थापन गरिएको छ।  उहाँले मतदान केन्द्रबाट आएका मतपेटिका बुझ्न र व्यवस्थापनमा ढिलाई भएका कारण मतगणनाको कार्य ढिलाई भएको बताउनुभयो। जिल्लामा प्रतिनिधिसभा १ अन्र्तगत १८९ वटा मतदान केन्द्र र प्रतिनिधिसभा २ अन्र्तगत एक अस्थायी मतदान केन्द्रसहित २०१ वटा मतदान केन्द्र रहेका छन्। 

स्याङ्जा:   दुई निर्वाचन क्षेत्र रहेको स्याङजाको क्षेत्र नं १ मा मतगणना शुरु भएको छ । दिउँसो सवा १ बजेदेखि मतगणना शुरु गर्ने सर्वदलीय तथा सर्वपक्षीय बैठकले निर्णय गरे पनि तयारी नपुग्दा ढिलाइ भएको हो ।  मतगणना प्रत्यक्ष र समानुपातिक दुबै एकै पटक शुरु गरिएको छ । यहाँ त्रिभुवन आदर्श माबि केन्द्रबाट मतगणना गरिएको हो । यस केन्द्रमा संघको मत गणनासँगै प्रदेश (क) को मतगणना हुने मुख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञवालीले बताउनुभयो ।  यहाँ क्षेत्र नं १ मा ७१ हजार २७३ मत खस्दा प्रदेश (क) मा ३३ हजार १९८ र (ख) मा ३८ हजार ७५ मत खसेको छ । यस्तै, क्षेत्र नं २ मा भने मतगणना कतिबेला शुरु हुने अनिश्चित बनेको छ ।  गठबन्धनले चार बुथ कब्जा गरेको भन्दै एमालेले पुनः मतगणना हुनुपर्ने दाबी गरेसँगै मतगणना अनिश्चित बनेको हो । क्षेत्र नं २ मा ६९ हजार ९२८ मत खस्दा (क) मा ३१ हजार २८६ र (ख) ३८ हजवार ६४२ मत खसेको छ । 

हुम्ला:  नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँका मतपेटिका हेलिकोप्टरमार्फत ढुवानी गरिएको छ । लिमी जाने दुई वटै नाकामा बाक्लो हिउँ जमेर बन्द लिमीका तीन वटै मतदान केन्द्रका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिएको हो ।   जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी सीता परियारले लिमीका तीन वटै मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरबाट ढुवानी गर्ने काम भएको बताउनुभयो । सोमबार नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमार्फत मतपेटिका, सामग्री र १३ जना कर्मचारी तथा सुरक्षाकर्मी ओसार्ने काम भएको बताउनुभयो । निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाले लिमीका तीन मतदान केन्द्रहरूमध्ये तीलमा १११ मत भएकोमा ७४, हल्जीमा २२७ मतदाता भएको १६५ र जाङ्गमा २०४ जना मतदाता रहेकोमा एक सय मत खसेको बताउनुभयो ।  लिमीका तीन वटै मतदान केन्द्रगरी ५४१ मतदाता रहेकामा ३३९ मत खसेको थियो । लिमीको मतदान कार्यका लागि खटिएका बाँकी ५१ जना कर्मचारी र सुरक्षाकर्मी भने लिमीमै रहनुभएको छ । उहाँहरूलाई मङ्गलबार मात्र हेलिकप्टरबाट ल्याइनेछ । यसअघि कात्तिक २९ र ३० गते गरी पाँच वटा उडानबाट लिमीका मतदान केन्द्रमा खुटिनु भएका कर्मचारी, सुरक्षाकर्मी र मतदान सामग्री ढुवानी गरिएको थियो ।  लिमीमा भृकुटी प्रावि जाङ, सुनखानी प्रावि हल्जी र हिमशिखर प्रावि तील मतदान केन्द्र रहेका थिए । लिमी जाने चार हजार छ सय मिटर अग्लो नारा र पाँच हजार मिटर अग्लो न्यालु लेकमा चारदेखि पाँच फिट हिउँ जमेर बाटो बन्द हुँदा पैदल मार्गबाट लिमी आउजाउ बन्द भएको छ । 

काठमाडौं:   धादिङ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादी पार्टीका राजेन्द्र पाण्डेले अग्रता लिएका छन् । ६०० मत गनिसक्दा पाण्डेले ३१९ मत पाएका छन् भने उनलाई पछ्याइरहेका एमालेका त्रिपाठीले २२५ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले ३१ मत प्राप्त गरेका छन् । अहिले गल्छी गाउँपालिकाको वडा नम्बर २ र ५ को मतगणना भइरहेको छ ।

तनहुँ:  तनहुँ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार शंकर भण्डारीले सुरुवाती अग्रता लिएका छन् । उनले ७३६ मत ल्याउँदा नेकपा एमालेका किरण गुरुङले ४२६ मतका साथ पछ्याइरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजय जोशीले २४० मत पाएका छन् । यस्तै हाम्रो नेपाली पार्टीका विष्णु पराजुलीले ३८ मत ल्याएका छन् ।

चितवन: चितवन २ को मतगणना सुरु भएको छ । ३०० मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता लिएका छन्, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तेस्रो स्थानमा छन् । पोखरेलले १५०, नेपाली कांग्रेसका उमेश श्रेष्ठले ९७  र राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेले २५ मत पाएका छन् । यो क्षेत्रमा इच्छाकामना गाउँपालिकाको वडा नं १ र २ बाट मत गणना सुरु गरिएको हो ।

चितवन:  चितवन २ को मतगणना सुरु भएको छ । १०० मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता लिएका छन्, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तेस्रो स्थानमा छन् । पोखरेलले ५३, नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३३ र राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेले ५ मत पाएका छन् । यो क्षेत्रमा इच्छाकामना गाउँपालिकाको वडा नं १ र २ बाट मत गणना सुरु गरिएको हो ।

 काठमाडौं: काठमाडौं ३ मा नेकपा एमालेले अग्रता लिएको छ । सोमबार दिउँसोसम्म तीन हजार ४२४ मत गणना हुँदा नेकपा एमालेका कृष्ण राईले १ हजार ७५ मतसहित अग्रता लिएका छन् । नेपाली कांग्रेसका सन्तोष चालिसेले १ हजार ५८, राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गाविक्रम थापाले ६४७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेश गिरीले २५२ मत पाएका छन् । यो निर्वाचन क्षेत्रबाट यसअघि एमालेका कृष्ण राई निर्वाचित भएका थिए ।

झापा:   झापा निर्वाचन क्षेत्र नम्बर ३ को राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देनले अग्रता कायम राखेका छन्। एक हजार मत गणना गर्दा लिङ्देनले ४८५ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले ४०३ मत ल्याएका छन्। मतगणना जारी छ।