सप्तरी २ मा सीके राउतको जित सुनिश्चित

सप्तरी | मंसिर ७, २०७९

सप्तरी २ मा सीके राउतको जित सुनिश्चित

सप्तरी:   सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतको जित सुनिश्चित भएको छ । गन्न बाँकी मतभन्दा बढी उनको मतान्तर भएकाले उनको जित निश्चित भएको हो ।


सप्तरी क्षेत्र नं १ मा जनमत पार्टीका राउत र एमालेको समर्थनमा जसपा अध्यक्ष उपेन्द्र यादव प्रतिस्पर्धामा थिए । राउत यादवभन्दा दोब्बर बढी मतले अगाडि छन् ।


गणना जारी रहँदा राउतले ३१ हजार ९६३ मत पाएका छन्, जबकि उपेन्द्रको मत १५ हजार ५८६ छ । यो समाचार तयार पार्दासम्म यादव १६ हजार ३७७ मत अन्तरले पछि परेका छन् ।


नेपाली कांग्रेसका जयप्रकाश ठाकुरको मत ६ हजार ३६२ छ । अब गन्न बाँकी मत करिब ६ हजार छ । त्यो सबै मत प्रतिस्पर्धीले पाए पनि सीके राउतको जित निश्चित छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न ७ मुद्दा दायर गरेको छ ।   अनुगमन एवं निरीक्षणका क्रममा विभिन्न खाद्य उद्योगहरुले न्यूनस्तर खाद्य पदार्...

थप पढ्नुहोस्

रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्...

थप पढ्नुहोस्

कास्की जिल्ला अदालतबाट विभिन्न कसूरमा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका २७ जना फरार प्रतिवादीहरूलाई प्रहरीले एकै दिन पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्य...

थप पढ्नुहोस्