कैलाली ३ अपडेट: प्रदेश सभातर्फका दुवै सिटमा नागरिक उन्मुक्ति पार्टीको जित
कैलाली | मंसिर ७, २०७९
कैलाली: कैलाली ३ को प्रदेश सभातर्फका दुवै सिट नागरिक उन्मुक्ति पार्टीले जितेको छ।
प्रतिनिधिसभा सदस्यमा सो पार्टीका गंगाराम चौधरी, प्रदेशसभा १ मा घनश्याम चौधरी र प्रदेशसभा २ मा खुसीराम चौधरीले जितेका हुन्।
बुधबार सम्पन्न मत गणनामा प्रदेश १ तर्फ घनश्याम चौधरीले १३ हजार ९ सय २३ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार खेमराज डगौथारुले ११ हजार ५ सय ७२ मत ल्याएका हुन्।
प्रदेशसभा २ मा विजयी खुसीराम चौधरीले ७ हजार ५ सय ३९ मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका अमर साउदले ६ हजार ६ सय १९ मत ल्याए।
क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभातर्फ मंगलबार नै नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीले २३ हजार १ सय २० मत ल्याएर विजयी भएका छन्।
निकटतम् प्रतिद्वन्द्वी माओवादीका कृष्णकुमार चौधरीले १७ हजार ७ सय ४९ मत पाए।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

