पोखरा:  गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले विश्व बजारमा प्रतिष्पर्धा गर्ने समयानुकुल शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ । सुदूरपश्चिम सम्पर्क समाज, पश्चिमाञ्चल क्याम्पस पोखराले आयोजना गरेको ‘पछ्य...

काठमाडौं:  स्वर्गीय पत्रकार सुरेश रजकलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको छ । गत चैत १५ गते तीनकुने घटनामा समाचार सङ्कलनका क्रममा ज्यान गुमाएका रजकलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको हो । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

बागलुङ:   बागलुङको ताराखोला गाउँपालिका–५ मराममा स्काभेटर चलाइ रहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालकको मृत्यु भएको छ।  मृत्यु हुनेमा रोल्पाका १९ वर्षीय विशाल पुन मगर रहेका जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।  स्थानीय बलबहादुर रोका मगरको निजी घर निमार्णको लागि मरामगाउँमा ढुङ्गा निकाल्दा अचानक ढुङ्गा खस्दा सहचालक पुन मगरको घटनास्थलमै मृत्यु भएको हो।  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमलजङ्ग थापाका अनुसार घटनास्थलमा प्रहरी पुगी मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि गलकोट नगर अस्पताल हरिचौरमा लगेको छ।

मुस्ताङ:   हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ ।  बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमको संयुक्त समन्वय र सहकार्यमा यहाँका उच्च लेकमा हिउँ चितुवा सङ्ख्या यकीन गर्न क्यामेरा ट्यापिङमार्फत अध्ययन अनुसन्धान सुरु गरिएको हो । बायोकोर्स नेपाल र एक्याप मिलेर यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गतका उच्च लेकमा हिउँ चितुवाको सङ्ख्या यकीन गर्न, हिउँ चितुवाको आहारा प्रजातिको अवस्था र मानव र हिउँ चितुवाबीचको द्वन्द्वको अवस्था पहिल्याउन  र जलवायु परिवर्तनका कारण हिउँ चितुवाको बासस्थान र विद्यमान अवस्थाको जानकारी लिने उद्देश्यले हिउँ चितुवाको अध्ययन अनुसन्धान गर्न क्यामेरा ट्ययापिङ सुरु गरिएको बायोकोस नेपालका  फिल्ड बायोलोजिस्ट बुद्धिबहादुर गुरुङले जानकारी दिए ।  उनका अनुसार गत हप्तादेखि यहाँको वारागुङ मुक्तिक्षेत्रको झोङ, पुडाक, छेङ्गुर, थोरङ्फेदी, फल्याक, धार्काजुङ र मुस्ताङ—डोल्पा सडकको उच्चलेकमा १५ थान क्यामेरा जडान गरिएको छ । सोमबारदेखि यहाँको घरपझोङ गाउँपालिकाअन्तर्गत स्याङ,मार्फा र चिमाङ गाउँको उच्चलेकमा थप क्यामेरा हिउँ चितुवा ट्यापिङका लागि थप क्यामेरा जडान गरिने कार्यक्रम रहेको उनले जानकारी दिए । यहाँका उच्चलेकमा हिउँ चितुवाको विस्तृत अध्ययन अनुसन्धानका गर्न बायोकोसका प्रतिनिधि बायोलोजिस्ट  गुरुङ र असिस्टेन प्रवीन लामा क्यामेरा जडानकार्यमा खटिएका छन् । यसैगरी एक्याप जोमसोमबाट प्राकृतिक स्रोत संरक्षण सहायक दीपक ओली खटिएका हुन् । बायोकोस र एक्यापका प्राविधिक टोलीले यहाँका उच्चलेकमा हिउँ चितुवाको सम्भावित बासस्थान क्षेत्रमा पुगेर क्यामेरा जडान गरेका हुन् । यहाँका सम्भावित हिउँ चितुवा बासस्थान क्षेत्रलाई केन्द्रित गरी राखिएका ट्ययापिङ क्यामेरा दुई महिनासम्म लेकमा राखिने छन् । हिउँद याममा हिउँ चितुवाको सङ्ख्या यकीन गर्न र हिउँ चितुवाको गतिविधि थाहा पाउँन क्यामेरा जडान गरिएको हो । कायोकोसका प्रतिनिधि बोलोलोजिस्ट गुरुङले दुई महिनापछि उच्चलेकमा राखिएका क्यामेराको डाटा सर्वेक्षण गरिने जानकारी दिए । “दुई महिनापछि क्यामेरा झिकेर ल्याउँछौँ, सफ्वेयर अपडेट गरी हिउँ चितुवाको विस्तृत विवरण संकलन हुन्छ,ू गुरुङले भने, ूक्यामेरामा कैद भएका डाटा सबै एक्यापलाइ नै हस्तान्तरण हुन्छ, हामीले हिउँ चितुवाको यकीन मात्रै गर्छौं ।” 

काठमाडौं:  नागढुंगा–नौबिसे–मलेखु सडकखण्ड यही मंसिर २४ गतेदेखि आंशिक बन्द हुने भएको छ । उक्त सडक खण्डमा कालोपत्र गरी स्तरोन्नतिको काम गर्नुपर्ने भएकाले आंशिक रूपमा सडक बन्द गर्न लागिएको हो । सडकखण्डमा आगामी पुस १ गतेसम्म दैनिक पाँच घण्टा सवारीसाधन सञ्चालनमा रोक लगाउने तयारी गरिएको छ । बिहान १०स्३० बजेदेखि दिउँसो ३स्३० बजेसम्म सडक पूर्ण रूपमा बन्द गरेर निर्माण कार्य अघि बढाइने नागढुंगा–मुग्लिन सडक योजना पूर्वी खण्डले जनाएको छ । धादिङको गल्छी–गजुरी खण्डअन्तर्गत पर्ने जोखिमपूर्ण पोखरेभिर क्षेत्रमा चट्टान काटेर सडक चौडा बनाउनुपर्ने भएकाले सवारी रोकेर काम गर्न लागिएको हो । त्यस्तै, नागढुंगादेखि पिप्लामोडसम्मको खण्ड कालोपत्रे गर्न सवारीसाधन रोकेर काम गर्न लागिएको आयोजनाले जनाएको छ ।  उक्त समय अवधिभित्र वैकल्पिक सडकमार्गहरूको प्रयोग गर्न यात्रु र चालकलाई आयोजना कार्यालयले अनुरोध पनि गरेको छ । काठमाडौंबाट नौबिसेतर्फ जाने सवारीसाधन नागढुंगा चेक पोस्ट, मुग्लिनबाट काठमाडौं आउने सवारीसाधन खानीखोला, नौबिसे र जंगेखोला, थाक्रेमा रोक्ने गरी ठाउँ तोकिएको छ ।  नौबिसेबाट मुग्लिनतर्फ जाने सवारीसाधन गल्छी, बैरेनी र मासटारमा रोकिने छ । मुग्लिनबाट नौबिसेतर्फ आउने सवारी साधनलाई मलेखुमा रोकिने योजना कार्यालयले जनाएको छ ।

काठमाडौं:   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणमा घोटाला गरेको आरोपमा पाँच जना पूर्वमन्त्री सहित ५५ जना विरुद्ध भष्ट्राचारको मुद्दा दायर गरेको छ । आयोगले आज विशेष अदालतमा तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका तत्कालीन मन्त्रीहरु स्व। पोष्ट बाहदुर बोगटी, राम कुमार श्रेष्ठ, भीम प्रसाद आचार्य, दिपक चन्द्र अमात्य, तत्कालीन अर्थ मन्त्री राम शरण महत, तत्कालीन सचिवहरु तथा ने।ना।उ।प्राधिकरणका तत्कालीन महानिर्देशकहरु त्रिरत्न महर्जन, रतीशचन्द्र लाल सुमन, प्रदीप अधिकारी समेत ५५ जना र CAMC Engineering Co. Ltd.  उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको हो । त्यसैगरी निजामती सेवाका सचिवहरु मधु मरासिनी, सुशील घिमिरे लगाएतलाई पनि मुद्दा हालिएको छ । उनीहरुबिरुद्ध जनही ८ अर्व २६ करोड भन्दा बढी बिगो कायम गरिएको विशेष अदालतका सूचना अधिकारी शाखा अधिकृत यज्ञराज रेग्मीले जानकारी दिनुभयो । स्वीकृत लागत अनुमान १६ करोड ९६ लाख ९७ हजार अमेरिकी डलर रहेकोमा अस्वभाविक रुपमा ७ करोड ४३ लाख ४३ हजार ४५० अमेरिकी डलर थप गरिएको अख्तियारको भनाइ छ । लागत अनुमान बढाएर ८ अर्व २६ करोड रुपैया भ्रष्टाचार भएको दाबी सहित मुद्दा दर्ता भएको विशेष अदालतका सूचना अधिकारी रेग्मीले बताउनुभयो । मुद्दा दायर गरिएकमध्ये पूर्वमन्त्री पोष्ट बहादुर बोगटीको मृत्यु भएसकेकाले उहाकी पत्नी राममाया बोगटीलाई प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ ।यसअघि प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले समेत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा अनियमितता भएको देखिएकाले अनुसन्धान गर्न अख्तियारलाई पत्राचार गरेको थियो । चीन सरकारसँग सहुलिएत ऋण लिएर पोखरा विमानस्थल निर्माण गरिएको हो । विमानस्थलको लागत लागत अनुमान अस्वाभाविक रुपमा बढाएर २४ करोड ४० लाख ४० हजार ४५० अमेरिकी डलर कायम गरि निर्माण गरिएको पनि अख्तियारले जनाएको छ ।

पोखरा:   पोखरा महानगरपालिका वडा नं. १७ स्थित नमुना टोलसुधार समितिको २० र्औ बार्षिक साधारण सभामा भूमिहीन सुकुम्वासीको अधिकार पहिचान र जग्गाको मालिक बनाउन पर्ने आवश्यकता माथि जोड दिइएको छ ।  दशकौदेखि बसोवास गर्दै आएका स्थानीयलाई जग्गाको स्वामित्व प्रदान गर्न तिनै तहका सरकार जिम्मेवार भएर लाग्नु पर्नेमा वक्ताहरुले सामुहिक धारणा राखेका थिए । गण्डकी प्रदेश सभा सदस्य भिम कार्कीले साधारण सभाको उद्घाटन गर्दै मुलुकका पुस्तौदेखि जग्गा विहिन परिवार अभैm कानूनीरुपमा असुरक्षित भएकोले उनीहरुको जिवनस्तर उकास्न स्वामित्व अधिकार अनिवार्य भएको बताउनुभयो । मुलुकमा अस्गिर सरकारको कारण भुमिहिनलाई लालपुर्जा वितरण र अव्यवस्थित वसोवासिलाई व्यवस्थित गर्ने अभियानले सार्थकता पाउन नसकेको भन्दै एमाले केन्द्रीय सदस्य समेत रहनु भएका उहाँले मुलुकको समग्र समस्या समाधान गर्न एकल वहुमतको सरकारको खाँचो औल्याउनुभयो ।  पोखरा १७ का वडाअध्यक्ष राधिका शाही योगीले यस क्षेत्रका भूमिहिन सुकुम्वासी वस्तिमा आवश्यक भौतिक पूर्वाधारमा वडाले जोड दिदै आएको बताउँदै जग्गाधनी वनाउन तिनै तहका सरकार जिम्मेवार भएर लाग्नु पर्ने आवश्यकता औल्याउनुभयो । दीर्घकालीन वसोवासका आधारमा जग्गा प्रदान गर्दा सामाजिक सुरक्षादेखि आधारभूत सेवा सुविधासम्म पहुँच सुनिश्चित हुने विश्वास व्यक्त गर्दै उहाँले स्थानीय सरकार र संघीय सरकारले सहकार्य गरि दिगो समस्याको समाधानमा लाग्नुको विकल्प नभएको बताउनुभयो । नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य रुद्र खत्रीले भूमिहिन सुकुमवासीहरु अधिकांश विभिन्न क्षेत्रका श्रमिक भएको उल्लेख गर्दै सामाजिक सुरक्षाकोषमा आवद्ध हुनु पर्ने वताउनुभयो । नेकपा एमाले कास्की जिल्ला सदस्य सुभाष ढुङ्गानाले वर्तमान सरकारले भूमी आयोग खारेज गरेपनि न्यायालयले पुन स्थापना गरेको बताउँदै भूमी हिनलाई लालपुर्जा वितरणमा ढिलाई गर्न नहुने बताउनुभयो । रानीवनको छेउको १३ रोपनी सार्वजनिक जग्गामा दुई दशक अधि ६२ घर परिवार वस्दै आएको टोलका सल्लाहकार दानवहादुर शाहीले जानकारी दिनुभयो । सो क्षेत्रमा खानेपानी, विद्युत, सडकको राम्रो सुविधा रहेपनि जग्गाको लालपुर्जाको अभावमा खड्कीएको उहाँको भनाई छ । नमुना टोलसुधार समितिका अध्यक्ष पुण्यप्रसाद उप्रेतिको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चारकर्मी हरिप्रसाद बास्तोला, एमाले वडा अध्यक्ष एवम् जनप्रतिनिधि विक्रम गुरुङ लगायतले बोल्नु भएको कार्यक्रममा उपाध्यक्ष लोक वहादुर सेन ठकुरीले स्वागत र सचिव भेल वहादुर गुरुङले सञ्चालन गर्नु भएको थियो ।    

पोखरा:  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानीत हुने भएका छन् । पोखरा महेन्द्रपुलमा सञ्चालनमा रहेको निट डेण्टल केयर प्रालिले स्थापना गरेको उक्त पुरस्कारबाट पत्रकार कोइराला सम्मानित हुन लागेका हुन् । फोनिजका संघीय सचिव एमबी आस्थामगरको संयोजकत्वमा गठित प्रतिभा छनोट समिति समितिले सिफारिस गरेको नाम फोनिज गण्डकीको बैठकले अनुमोदन गरेका छ । छनोट समितिका सदस्यहरुमा फोनिज गण्डकी इन्चार्ज रुद्र श्रीस मगर, फोनिज गण्डकी अध्यक्ष खिमा गुरुङ, अनुशासन समिति संयोजक मिना थापा मगर र महासचिव सुरज थापामगर थिए । पुरस्कार डेण्टलको तेस्रो वार्षिकोत्सवको अवसरमा एक समारोहका बिच मंसिर २६ गते अर्पण गरिनेछ । पुरस्कारको राशी नगद २५ हजार ५५५ रुपैयाँ रहेको छ । पुरस्कारका लागि डेण्टलले यसै वर्ष ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिसकेको छ । सम्मानित हुन लागेका पत्रकार कोइराला समाधान मिडिया ग्रुप अन्तर्गतको समाधान न्यूज डटकमका सम्पादक हुन् । पुतलीबजार १३ स्याङ्जा स्थायी घर भएका पत्रकार कोइरालाले २०५९ वैशाख १ गते काठमाडौँमा रही अन्नपूर्ण पोस्टबाट पत्रकारिता यात्रा सुरु गरेका थिए । २०६५ सालमा पोखरा आएर उनले प्रतिष्ठित अंग्रेजी दैनिक द हिमालयन टाइम्स र अन्नपूर्ण पोस्ट को ब्युरो चिफको जिम्मेवारी सम्हालेका थिए । दुई दशकदेखि अघिदेखि पत्रकारितामा निरन्तर कलम चलाइरहेका भरत कोइरालाको यसअघि समाधान दैनिककै कार्यकारी सम्पादक र आदर्श समाज दैनिकको सम्पादक भई काम काम गरेका थिए । केही समय काठमाडौंबाट पोखरा एफएममा समेत काम गरेको उनीसँग अनुभव छ ।   पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर गरेका कोइरालाले लेकसिटी कलेज र भद्रकाली माविमा पत्रकारिता विषय पढाउँछन् । उनी सञ्चार र पत्रकारिता विषयको प्रशिक्षक पनि हुन् । नेपालस्थित अमेरिकी दूतावासमार्फत् सञ्चालित खोज समाचार लेखनवृत्तिमा गण्डकीबाट छनोट र नेपालभरबाट उत्कृष्ट ३ मा परेका पत्रकार कोइरालाले खोजपत्रकारिता केन्द्रबाट खोजपत्रकारिता तालिम ३ महिना र प्रेस काउन्सिल लगायत संस्थाबाट प्रदान गरिएको तालिम लिएका छन् । नेपाल पत्रकार महासंघको केन्द्रीय प्रतिनिधि परिषद सदस्य रहेका पत्रकार कोइराला संसदीय पत्रकार मञ्च गण्डकीका निवर्तमान अध्यक्ष हुन् । उनले गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रेस संयोजक भइ काम गरेका थिए । पत्रकार कोइराला यसअघि पोखरा आर्थिक पत्रकारिता पुरस्कार र गजेन्द्र भण्डारी पत्रकारिता पुरस्काराबाट सम्मानीत भइसकेका छन् ।  

तनहुँ:  मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ ।  दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार लेनको बनाइएको थियो । चारमध्ये अस्थायी दुई लेन खण्ड सवारी चापका कारण चर्किएर गत साउन अन्तिम साता भासिएको थियो ।  भासिएको सडकखण्ड आजदेखि मर्मत गर्न थालिएको मुग्लिन पोखरा सडक आयोजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेले बताउनुभयो । उहाँका अनुसार करिब एक सय मिटर सडक भासिएपछि सो क्षेत्रमा सवारी आवागमन बन्द गरी एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ । सडक भाँसिएको ठाउँमा कालोपत्र उप्काएर मर्मत गर्न थालिएको उहाँले जानकारी दिनुभयो । मुग्लिन–पोखरा सडकको पूर्वी खण्डअन्तर्गत जामुनेबाट आँबुखैरेनीसम्मको ४१ दशमलव पाँच किलोमिटर खण्डमा चार लेनमा कालोपत्र सम्पन्न भइसकेको छ । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ ।  विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक ९एडीबी०को ऋण सहयोगमा सडक चार लेनको बनाइएको हो । पूर्वी खण्डको ठेक्का रु। छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।

काठमाडौंः  सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।  मन्त्री खरेलले मन्त्रिपरिषद्का २७ निर्णय एकसाथ सार्वजनिक गर्नुभएको हो । सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा मृत्यु भई सहिद घोषणा गरिएका व्यक्तिका परिवारलाई तस्बिरसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तो परिचय पत्र आमा, बुवा, श्रीमान्, श्रीमती र अविवाहित छोरा, छोरीलाई दिइने छ ।  सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले भदौ २३ र २४ गतेको प्रदर्शनमा मृत्यु भई सहिद घोषणा गरेका परिवारलाई गृह मन्त्रालयले तस्बिरसहितको परिचयपत्र दिने निर्णय गरेको प्रवक्ता खरेलले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । यस्तै, प्रत्येक वर्ष भदौ २३ गतेलाई ‘जेनजी सहिद दिवस’का रूपमा मनाउने निर्णयसमेत गरिएको उहाँले बताउनुभयो ।   बैठकले आगामी माघ १ गतेदेखि एक पटकमा पाँच लाख वा सोभन्दा बढी मूल्यको सेवा वा वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा वित्तीय संस्था वा बैंकिङ उपकरणमार्फत गर्नुपर्ने निर्णय पनि गरेको छ । यसैगरी श्रीलङ्कामा भीषण बाढीपहिरोले क्षति गरेकाले नेपाल सरकारले सहायतास्वरूप दुई लाख अमेरिकी डलर सहयोग गर्ने निर्णय पनि गरिएको प्रवक्ता खरेलले बताउनुभयो ।  यस्तै, विश्वविद्यालय अनुदान आयोगको सचिव पदमा प्रा। ज्ञानबहादुर थापा, प्रेस काउन्सिल नेपालको अध्यक्ष पदमा डा। कुमार शर्मा आचार्यलाई नियुक्त गर्ने निर्णय भएको छ । कार्बन व्यापार नियमावली २०८२ स्वीकृत गर्ने निर्णय पनि गरिएको छ । राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा वैकुण्ठप्रसाद अर्याललाई बढुवा गरिएको छ ।