आजदेखि नगद कारोबारमा ५ लाखको सीमा
काठमाडाैं | माघ १, २०८२
काठमाडौं: आजदेखि नगद कारोबारमा ५ लाखको सीमा कायम भएको छ । मङ्सिर १६ गतेको निर्णय र राष्ट्र बैंकको केही दिनअघिको परिपत्र अनुसार आजदेखि बैंक तथा वित्तीय संस्थाले एउटा व्यक्तिसँग ५ लाखभन्दा बढी नगद कारोबार गर्न नपाउने भएका हुन् । यसअघि यो सीमा १० लाख रुपैयाँ रहेको थियो ।
यो व्यवस्था लागू भएसँगै अबदेखि कुनै पनि व्यक्तिले एक पटकमा बैंकमा गएर ५ लाख रुपैयाँ भन्दा बढी नगद निकाल्न पाउने छैनन् । त्यस्तै कुनै सामानको खरिदबिक्री गर्दा पनि सो सीमाभन्दा धेरै नगदमा लेनदेन गर्न पाइँदैन ।
नेपाल अहिले सम्पत्ति शुद्धीकरणको ग्रेलिस्टमा छ । धेरै नगद कारोबार हुँदा अवैध कारोबारको सम्भावना रहने भन्दै यो निर्णय गरिएको हो । यो निर्णयले डिजिटल तथा अनलाइन कारोबारलाई सहयोग पुग्ने विश्वास लिइएको छ ।
सरकारले निर्णय गरेको यो नियम बैंक तथा वित्तीय संस्था मात्रै नभएर सबै प्रकारका वित्तीय संस्था वा अन्य व्यावसायिक संस्थाको हकमा समेत लागु हुनेछ । तर केही विशेष अवस्थामा भने यो नियम लागु हुँदैन ।
खासगरी बैंक वा वित्तीय संस्थामा निक्षेप नगद जम्मा गर्न जाँदा वा सावाँ ब्याज तिर्दा जतिसुकै रकम पनि राख्न सकिन्छ । नगदमा निकाल्न भने ५ लाखभन्दा धेरै पाइँदैन ।
बैंकहरू बिचको अन्तर बैङ्क कारोबारमा पनि जतिसुकै रकम कारोबार गर्न सकिन्छ । रेमिट्यान्स कम्पनी सहकारी संस्थाहरूले कारोबार प्रयोजनका लागि समेत जुनसुकै सीमामा रकम निकाल्न पाउनेछन् । उनीहरूका लागि कारोबार सीमामा समेत सहजीकरण गर्ने व्यवस्था गरिएको छ ।
पूर्वाधार आयोजना, जलविद्युत्, सडक र सञ्चार क्षेत्रका कर्मचारी तथा श्रमिकको पारिश्रमिक एवं ज्याला भुक्तानी गर्नको लागि पनि सीमाभन्दा धेरै कारोबार गर्न पाइनेछ ।
यी बाहेक सरकारी राजस्व, बिगो, धरौटी, पेन्सन वितरण, राहत तथा अनुदान सहायता वितरण, आयोजनामा आवश्यक मालसामानको आपूर्ति गर्न, सरकारलाई बुझाउनुपर्ने राजश्व भुक्तानी गर्न, बिगो धरौटी जमानत रकम जम्मा गर्न, पेन्सन क्याम्प मार्फत पेन्सन वितरण गर्ने लगायतका कार्यलाई यो सीमा लागू हुँदैन ।
यो व्यवस्था लागू भए पनि एउटै व्यक्तिले ५ लाखभन्दा धेरै नगद कारोबार गर्न पाउँछन् । तर, यसको स्रोत र प्रयोजन भने खुलाउनु पर्नेछ ।
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...
कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् । पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...

