कांग्रेस सभापति थापा र उपसभापति शर्मा सहितका नेताहरु निर्वाचन आयोगमा
काठमाडाैं | माघ १, २०८२
काठमाडौं: नेपाली कांग्रेसको विशेष अधिवेशनपछि नबगठित कार्यसमितिका सभापति गगन कुमार थापा सहित कांग्रेस पदाधिकारी केन्द्रीय सदस्यहरु निर्वाचन आयोग गएका छन् ।
बिहान बसेको केन्द्रीय कार्य समितिको निर्णय बमोजिम सभापति थापा उपसभापति विश्व प्रकाश शर्मा र पुष्पा भुसाल लगायत पदाधिकारी र केही केन्द्रीय सदस्यहरु निर्वाचन आयोग गएका हुन् ।
बिहान बसेको केन्द्रीय कार्य समितिको बैठकले विशेष अधिवेशनले गरेका निर्णयहरु आजै निर्वाचन आयोगमा अध्यवधिक गराउने निर्णय गरेको थियो । सोही बमोजिम आवश्यक कागजात सहित नेताहरु आयोग गएका हुन् ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

