तनहुँको गुणादीमा पहिरोले पुरिएर दुई जनाको मृत्यु
तनहुँ | असार ५, २०८०
काठमाण्डौ: तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा पहिरो जाँदा दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।
हिजो सोमवार बेलुका नाली बनाउँदै गर्दा सडकको माथिबाट खसेको माटोको ढिस्कोले पुर्दा झापाको शिवशताक्षी नगरपालिका–७ बस्ने ३३ वर्षका भीम भुजेल र उदयपुरको कटारी नगरपालिका–७ का ४० वर्षका बलबहादुर राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीका अनुसार भीमको दमौली अस्पतालमा र बलबहादुरको पोखरामा उपचारका क्रममा ज्यान गएको हो ।
घाइते झापाको शिवशताक्षी–७ का ४५ वर्षका कृष्ण लिङ्देनको दमौलीको रत्नहरि अस्पतालमा उपचार भइरहेको छ ।
मुग्लिन–पोखरा सडक खण्डअन्तर्गत सडक छेउमा नाली बनाउँदै गर्दा हिजो बेलुका पहिरो खसेको थियो ।
काठमाडौं: पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति...
पोखरा: तमु समुदायको एतिहासिक, मौलिक साँस्कृतिक ट्होटें पर्व तमु धिं नेपालको आयोजनामा चैत्रको अन्तिम मंगलबार मनाएको छ। उधौलीट्होटें पोखराको पुरानो एयरपोर्ट मेयर हर्क गुरुङ चोकबाट प्रकृत...
पोखरा । दशौं पोखरा स्पोर्ट्स अवार्ड–२०८२ अन्तर्गत ‘पिपल्स च्वाइस अवार्ड’ का लागि मनोनयनमा परेका खेलाडीहरूको नाम सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रका...

