बहाल कर सङ्कलनको समस्या हटाउन सङ्घीय सरकारलाई काठमाण्डौ महानगरको आग्रह
काठमाडाैं | असार ५, २०८०

काठमाण्डाै: काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले बहाल कर सङ्कलनको विषयमा सिर्जना भएको अन्योल हटाउन सङ्घीय सरकारलाई आग्रह गर्नुभएको छ ।
संस्थागत बहाल करदाताहरूले तिर्नुपर्ने कर नतिर्दा काठमाण्डौ महानगरको वार्षिक आयमा झन्डै एक अर्ब ४३ करोड ४० लाख रुपैयाँ क्षति भएको छ । घरबहाल कर सङ्कलन गर्ने सम्बन्धमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई पत्र लेख्दै मेयर शाहले यस्तो बताउनुभएको हो ।
बहाल आयमा लाग्ने कर सङ्कलनकाे अधिकार संविधानले पालिकालाई मात्र दिएको भन्दै मेयर शाहले यसबाट सिर्जना भएको अन्योल तत्काल हटाउन सङ्घीय सरकारलाई आग्रह गर्नुभएको हो ।
पत्रसँगै संवैधानिक तथा कानुनी प्रबन्धहरू संलग्न गरेर पठाइएको पत्रमा मेयर शाहले अबदेखि घर बहाल कर पालिकाबाहेक कसैले सङ्कलन गर्न नपाउने सुनिश्चित गर्न पहल गरिदिन वित्त आयोगलाई आग्रह गर्नुभएको छ ।
पोखरा: पोखरामा आजदेखि सुरु भएको नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगको महिलातर्फको पहिलो खेलमा नेपाल एपिएफ क्लबले विजयी सुरुवात गरेको छ । एपिएफ क्लबले कोश...
काठमाडौं: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका– १६ पेप्सीकोला बस्...
पोखरा: पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टचारको छानविन हुने भएको छ । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माणका सम्बन्धमा गरेको अध्ययन प्रतिवेदनका आधा...