तनहुँको गुणादीमा पहिरोले पुरिएर दुई जनाको मृत्यु
तनहुँ | असार ५, २०८०

काठमाण्डौ: तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा पहिरो जाँदा दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।
हिजो सोमवार बेलुका नाली बनाउँदै गर्दा सडकको माथिबाट खसेको माटोको ढिस्कोले पुर्दा झापाको शिवशताक्षी नगरपालिका–७ बस्ने ३३ वर्षका भीम भुजेल र उदयपुरको कटारी नगरपालिका–७ का ४० वर्षका बलबहादुर राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीका अनुसार भीमको दमौली अस्पतालमा र बलबहादुरको पोखरामा उपचारका क्रममा ज्यान गएको हो ।
घाइते झापाको शिवशताक्षी–७ का ४५ वर्षका कृष्ण लिङ्देनको दमौलीको रत्नहरि अस्पतालमा उपचार भइरहेको छ ।
मुग्लिन–पोखरा सडक खण्डअन्तर्गत सडक छेउमा नाली बनाउँदै गर्दा हिजो बेलुका पहिरो खसेको थियो ।
कञ्चनपुर: गएराति देखिको अविरल वर्षाले डुबानमा पार्दा कृष्णपुर नगरपालिका–५ पवित्राबस्तीका आरती विकको चार जनाको परिवारलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्...
कैलाली: गए रातिदेखिको अविरल वर्षा कारण धनगढी बजारलगायत आसपासका विभिन्न क्षेत्र आज जलमग्न भएका छन् । मुख्यगरी धनगढीको विशालनगर, मिलनचोक, शिवनगर, हसनपुर, क्याम्पस रोड, मालिका टोल, कृष्णनगर, प...
काठमाडौं: मन्त्रिपरिषद् बैठकले १५ निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यही असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकले १५ वटा निर्णय गरेको जानकारी द...